Bhakta Rokaya
सबैलाई नमस्कार म भक्त रोकाया । हजुरहर?
10/07/2026
२५ वर्षीय गणेश नेपालीले किन रोजे आत्मदाहको बाटो?
विदेश जाने सपना बोकेर राजधानी काठमाडौँमा पठाओ चलाउँदै जीविकोपार्जन गरिरहेका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको घटनाले देशलाई स्तब्ध बनाएको छ।
प्रारम्भिक रूपमा सार्वजनिक भएका विवरणअनुसार, आर्थिक अभाव र ठूलो जरिवानाको दबाबले उनी गम्भीर मानसिक तनावमा पुगेका थिए। दैनिक गुजाराका लागि संघर्ष गरिरहेका नागरिकमाथि अत्यधिक जरिवाना र प्रशासनिक दबाबले कस्तो असर पार्न सक्छ भन्ने प्रश्न यो घटनाले फेरि उठाएको छ।
हजार–पन्ध्र सय रुपैयाँसमेत सहजै तिर्न नसक्ने अवस्थामा रहेका नागरिकलाई २५ हजार रुपैयाँसम्मको जरिवानाको त्रास देखाएर राज्यले कस्तो सुशासन स्थापित गर्न खोजेको हो भन्ने विषयमा व्यापक बहस आवश्यक देखिन्छ।
यस घटनाको निष्पक्ष छानबिन गर्दै वास्तविक कारण सार्वजनिक गरिनुपर्छ। साथै, यस्ता दुःखद घटना दोहोरिन नदिन राज्यले गरिब तथा श्रमिक नागरिकप्रति संवेदनशील नीति अवलम्बन गर्नु आजको आवश्यकता हो।
03/07/2026
सुन्दर अदानचुली 😊
📸 Keshav Bogati
03/07/2026
अन्तिम मिनेटको रोमाञ्चक खेल!
पोर्चुगलले कडा संघर्षपछि शानदार जित हात पार्यो! 🇵🇹�तर क्रोएसियालाई पनि पूरा सम्मान—उनीहरूले आफ्नो सबै शक्ति लगाएर अन्तिम सिटीसम्म पोर्चुगललाई कडा चुनौती दिए। साँच्चै अविस्मरणीय खेल! ⚽
02/07/2026
सुर्खेतबाट कालिकोटको रास्कोट जाँदै गरेको बुलबुले यातायातको १०५५ नं को फोर्स गाडी, दैलेख जिल्लाको डुगेस्वर नजिक साङ्गेता भन्ने ठाउमा दुर्घटना भै कर्णाली दिनमा खसेको दुखत खवर आएको छ। क्षेतिको विवरण आउन बाकी।
01/07/2026
FULL TIME : ENGLAND 2-1 DR CONGO
कप्तान ह्यारी केनले दोस्रो हाफमा दुई गोल गरेपछि इंग्ल्यान्डले पुनरागमन गर्दै डिबर कंगोलाई २-१ ले पराजित गरी फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
५२ वर्षपछि विश्वकपमा फर्केको कंगोले सातौं मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा बाहिरियो ।
इंग्ल्यान्डले अब अन्तिम १६ मा मेक्सिकोसँग खेल्नेछ ।
FIFA World Cup 2026, 2026 World Cup schedule, FIFA World Cup live, World Cup 2026 results, World Cup football 2026
30/06/2026
नेदरल्याण्ड्सविरूद्व पेनाल्टी सुटआउटमा जित निकालेपछि खुसी साट्दै मोरोक्को
16/06/2026
स्पेन र केप भर्डेबीचको खेलपछि केप भर्डेका गोलरक्षक भोजिन्हा (जोशिमार डायस) ले भावुक हुँदै मैदानमै आँसु बगाए
४० वर्षको उमेर, जीवनकै पहिलो विश्वकपको मञ्च, अनि अगाडि थियो स्पेन जस्तो विश्वकप विजेता र स्टार खेलाडीहरूले भरिएको टोली!
तर, यी 'सुपरम्यान' गोलकिपरले उमेर र इतिहासलाई बिर्सेर मैदानमा जे गरे, त्यो सायदै कसैले बिर्सनेछ। स्पेनका हरेक प्रहारलाई रोक्दै गोलपोस्ट अगाडि अभेद्य पर्खाल बनेर उभिए।
पुरै खेलभर उनले स्पेनका लगातार आक्रमणहरूलाई रोक्दै आफ्नो टोलीलाई विश्वकप डेब्युमा ऐतिहासिक एक अंक दिलाउन महत्वपूर्ण भूमिका खेले।
करिब ६ लाख जनसंख्या भएको केप भर्डेका लागि यो नतिजा केवल एक बराबरी मात्र नभई गर्व र ऐतिहासिक उपलब्धि बनेको छ।
विश्व च्याम्पियन स्पेनविरुद्ध देखाइएको अनुशासित र साहसी प्रदर्शनले सानो राष्ट्रले पनि ठूलो स्तरमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने सन्देश दिएको छ।
खेल सकिएपछि आफ्ना प्रयासको परिणाम महसुस गर्दै भावनालाई नियन्त्रण गर्न नसकेका Vozinha आँसुमा बगे, जसले सम्पूर्ण खेलको भावनात्मक क्षणलाई अझ गहिरो बनायो।
07/03/2026
हुम्ला ✅
06/03/2026
Breaking: रुकुम पूर्वमा प्रचण्ड भारी मतान्तरले विजयी भएका छन्। 😮
06/03/2026
झापामा ५ मा बालेन दोब्बर मतले अगाडी !
🔔बालेन शाह : ६०९०
☀️केपि ओलि : २०८७
Category
Contact the business
Telephone
Address
Nepalganj
21900
Alerts
Be the first to know and let us send you an email when Bhakta Rokaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.