Shree Rudrawati Basic School
"वालमैत्री, प्रविधियुक्त र गुणस्तरीय शिक्षा, हाम्रो प्रतिवद्वता"
19/03/2026
शैक्षिक सत्र २०८२ सालको #वार्षिक_परीक्षा
#चैत्र ४ देखि सुरु.....
09/03/2026
📢आदरणीय अभिभावकज्यूहरूमा नमस्कार 🙏
यस शैक्षिक सत्र २०८२ को अन्तिम त्रैमासिक परीक्षा (वार्षिक परीक्षा) को लागि परीक्षा तालिका (Exam Routine) विद्यार्थीहरुलाई प्रदान गरी सकेको छौं। कृपया आफ्ना बालबालिकालाई तलको तालिका अनुसार परीक्षा तयारीका लागि नियमित अध्ययन गराइदिनुहुन अनुरोध छ। धन्यवाद
I got over 10,700 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉
19/02/2026
🎉🏆 गौरवमय सफलता 🏆🎉
नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका -२ देउराली, गुल्मीको ६९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको अवसरमा आयोजित खुल्ला अन्तरविद्यालय रेकर्ड डान्स प्रतियोगितामा सहभागी आठ ओटा समूहहरूमध्ये हाम्रो विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको सुखद जानकारी गराउँदछौं।
यस उपलब्धिले हाम्रो विद्यालय परिवारलाई अत्यन्त गर्वान्वित भएका छौ। यस प्रतियोगितामा सहभागी विद्यार्थीहरु कक्षा ५ मा अध्ययनरत छात्रा #सानिया_नेपाली र कक्षा ३ मा अध्ययनरत छात्रा #एरिका_नेपाली ज्यु र प्रशिक्षक तथा सहयोगीहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं। 🌸👏
#प्रथमस्थान #अन्तरविद्यालयप्रतियोगिता #रेकर्डडान्स #विद्यालयकोगौरव #गौरवकोक्षण
15/02/2026
🎉 गौरवको क्षण – हाम्रो विद्यालयका नानीहरूको उत्कृष्ट उपलब्धि 🎉
अनुरोध प्रगतिशील युवा क्लब, मुसिकोट–१, अरेवा, गुल्मी द्वारा आयोजित २६औँ वार्षिकोत्सव तथा महाशिवरात्रीको अवसरमा सम्पन्न खुल्ला रेकर्ड डान्स प्रतियोगितामा सहभागी भई ९ वटा टिमहरुका बिच उत्कृष्ट प्रदर्शन गर्दै तृतीय स्थान हासिल गर्न सफल भएका हाम्रो श्री रुद्रावती आधारभूत विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ। 👏🌟
यस सफलताले विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र सिर्जनात्मक क्षमतालाई अझ प्रोत्साहित गरेको छ। आगामी दिनहरूमा अझ उचाइ चुम्दै जानुहोस् भन्ने शुभेच्छा।
विद्यालय परिवारलाई गर्वको अनुभूति दिलाउने सहभागी विद्यार्थीहरु सानिया नेपाली र एरिका नेपालीलाई हार्दिक धन्यवाद। 🙏
14/02/2026
श्री भगवती आधारभूत विद्यालय को ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित खुल्ला अन्तर–विद्यालय रेकर्ड नृत्य प्रतियोगितामा हाम्रो विद्यालयको तर्फबाट समेत गौरवपूर्ण सहभागिता जनाइएको थियो।
उक्त प्रतियोगितामा सहभागी ६ वटा टिमहरूमध्ये हाम्रो विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएकोमा हामी अत्यन्त गर्वान्वित छौं।
कक्षा ५ मा अध्ययनरत छात्रा सानिया नेपाली तथा कक्षा ३ मा अध्ययनरत छात्रा एरिका नेपाली ले उत्कृष्ट प्रस्तुति मार्फत विद्यालयको नाम उच्च बनाउनु भएकोमा उहाँहरूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं।
तपाईंहरूको समर्पण, मेहनत र प्रतिभा हाम्रो लागि प्रेरणाको स्रोत बनेको छ। तपाईंहरूको यो महत्वपूर्ण योगदानलाई हामी सदैव सम्झिरहनेछौं।
तपाईहरुको उज्ज्वल भविष्यको हार्दिक शुभकामना! 🌸
निस्ती रिभरसाईड युवा क्लब मुसिकोट नगरपालिका -२ निस्ती, गुल्मीले आयोजना गरेको खुल्ला रेकर्ड डान्स प्रतियोगितामा सहभागी ८ टिमहरू मध्ये प्रथम स्थान हासिल गर्न सफल हाम्रो विद्यालयको प्रस्तुती.....❣️
07/02/2026
निस्ती रिभरसाईड युवा क्लब मुसिकोट नगरपालिका -२ निस्ती, गुल्मीले आयोजना गरेको खुल्ला रेकर्ड डान्स प्रतियोगितामा हाम्रो विद्यालयबाट सहभागि भई ८ समुहहरु मध्ये हाम्रो विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ्। उक्त डान्स प्रतियोगितामा सहभागी हुनुहुने कक्षा ५ कि छात्रा सानिया नेपाली र कक्षा ३ कि छात्रा एरिका नेपाली लाई विद्यालयको तर्फ देखि धेरै धेरै बधाई तथा धन्यवाद व्यक्त गर्दछौ। साथै सहभागिको लागि टिम दर्ता शुल्क सौजन्य गर्नु हुने यसै विद्यालयका आदरणीय अभिभावक तथा युवा शिक्षा प्रेमि श्री अर्जुन नेपाली ज्युलाई विद्यालको तर्फबाट धेरै धेरै धन्यवाद🎉🙏
06/02/2026
🌼 हार्दिक आभार एवं कृतज्ञता 🌼
शिक्षा नै उज्यालो भविष्यको आधार हो भन्ने उच्च सोचका साथ, यस श्री रुद्रावती आधारभूत विद्यालयमा अध्ययनरत विपन्न, मेहनती तथा अनुशासित विद्यार्थीहरूको शैक्षिक प्रगति र जीवन निर्माणमा सहयोग पुर्याउने पवित्र उद्देश्यसहित स्थापना गरिएको #जन्मदिन_कोष का लागि इस्मा गाउँपालिका वडा नं. ५ सालबिसौना निवासी श्री देबराज नेपाली र मिठु नेपाली ज्यूको छोरा श्री आर्यन नेपालीज्यूको शुभ जन्मदिनको अवसरमा व्यक्तिगत उत्सवभन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै विद्यालयलाई रु.५५५/- (अक्षरूपी पाँच सय पचपन्न रुपैयाँ मात्र) सहयोग प्रदान गर्नु भएकोमा विद्यालय परिवार गहिरो सम्मानसहित हार्दिक आभार तथा जन्मोत्सवको भव्य शुभकामना व्यक्त गर्दछ।
तपाईंको यो सद्भावपूर्ण योगदान केवल आर्थिक सहयोग मात्र नभई, विद्यार्थीहरूका सपनामा आशा थप्ने प्रेरणाको स्रोत हो। यस्तो पुण्य कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै शिक्षा क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने विश्वास विद्यालय परिवारले लिएको छ। यस महान् सहयोगका लागि कृतज्ञता प्रकट गर्दै, तपाईंको जीवन सधैं स्वास्थ्य, शान्ति, समृद्धि र निरन्तर सफलताले भरिपूर्ण रहोस् भन्ने मंगलमय कामना सहित विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
🙏 धन्यवाद | आभार | कृतज्ञता 🙏
श्री रुद्रावती आधारभूत विद्यालय परिवार
मुसिकोट नगरपालिका -०२ लुग्रुँङ, गुल्मी
#शिक्षामा_लगानी
#जन्मदिनकोष
#हार्दिकआभार
06/02/2026
🌼 हार्दिक आभार एवं कृतज्ञता 🌼
शिक्षा नै उज्यालो भविष्यको आधार हो भन्ने उच्च सोचका साथ, यस श्री रुद्रावती आधारभूत विद्यालयमा अध्ययनरत विपन्न, मेहनती तथा अनुशासित विद्यार्थीहरूको शैक्षिक प्रगति र जीवन निर्माणमा सहयोग पुर्याउने पवित्र उद्देश्यसहित स्थापना गरिएको #जन्मदिन_कोष का लागि यसै विद्यालयका आदरणीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बुद्धिवल चालिसेज्यूको जन्मदिनको अवसरमा व्यक्तिगत उत्सवभन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै विद्यालयलाई रु. १५५५/- (अक्षरूपी एक हजार पाँच सय पचपन्न रुपैयाँ मात्र) सहयोग प्रदान गर्नु भएकोमा विद्यालय परिवार गहिरो सम्मानसहित हार्दिक आभार तथा जन्मोत्सवको भव्य शुभकामना व्यक्त गर्दछ।
तपाईंको यो सद्भावपूर्ण योगदान केवल आर्थिक सहयोग मात्र नभई, विद्यार्थीहरूका सपनामा आशा थप्ने प्रेरणाको स्रोत हो। यस्तो पुण्य कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै शिक्षा क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने विश्वास विद्यालय परिवारले लिएको छ। यस महान् सहयोगका लागि कृतज्ञता प्रकट गर्दै, तपाईंको जीवन सधैं स्वास्थ्य, शान्ति, समृद्धि र निरन्तर सफलताले भरिपूर्ण रहोस् भन्ने मंगलमय कामना सहित विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
🙏 धन्यवाद | आभार | कृतज्ञता 🙏
श्री रुद्रावती आधारभूत विद्यालय परिवार
मुसिकोट नगरपालिका -०२ लुग्रुँङ, गुल्मी
#शिक्षामा_लगानी
#जन्मदिनकोष
#हार्दिकआभार
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Musikot Municipality/2 Lugrung
Musikot