Mulpati

Mulpati

Share

This is an Online News portal from Nepal.

01/01/2026

नेकपा (एमाले) जिल्ला कमिटी रुकुम पश्चिमकाे आज सम्पन्न बैठकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवार नन्दराम देवकाेटा र राष्ट्रिय सभाको उम्मेदवार गाेबिन्दबहादुर केसीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
देवकोटा पार्टीको जिल्ला अध्यक्ष र केसी पार्टीको सल्लाहकार समिति सदस्य हुनुहुन्छ ।

01/01/2026

सुर्खेतको वीरेन्द्रनगरमा कोठामा कोइला बालेर सुत्दा एक शिशुको मृत्यु भएको छ, भने अन्य तीन जना बेहोस भएका छन्।
मृत्यु हुनेमा ३८ दिनकी शिशु प्रतीक्षा बुढा छिन्, भने अन्य बेहोस हुनेहरूमा आमा र भदैनी रहेका छन्।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ, र चिसोबाट बच्न कोइला बाल्दा सावधानी अपनाउन आग्रह गरेको छ।

01/01/2026

पार्किङमा राखेको अटोका टायर चोरी !
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १४ निवासी पूर्ण बहादुर ओलीको अटोका टायर चोरी भएका छन् ।
गएराती पार्किङमा राखेको अटोका तीन वटै टायर चोरी भएका हुन् ।
पीडितले घटनाबारे प्रहरीलाई जानकारी गराउनु भएको छ ।

01/01/2026

जाजरकोटकी सुमी खड्का ‘द स्पिकिङ टाइटन’ को फाइनलमा"

कर्णाली प्रदेशको जाजरकोटबाट उदाएकी सुमी खड्काले राष्ट्रिय स्तरको रियालिटी शो ‘द स्पिकिङ टाइटन’ को टप ६ फाइनलिस्टमा आफ्नो स्थान सुरक्षित गरेकी छिन्।
हाल चार्टर्ड एकाउन्टेन्सी (CA) अध्ययन गर्दै पेशागत रूपमा पनि कार्यरत खड्का कर्णालीबाट फाइनलसम्म पुग्ने एकमात्र आवाजका रूपमा उदाएकी छिन्।
यस सिजनमा डिजिटल अडिसनमा ३,००० भन्दा बढी प्रतिस्पर्धी सहभागी थिए।
खड्काले ती सबैलाई पार गर्दै
फिजिकल अडिसन, सर्वाइवल स्टेज, ‘कठिन परीक्षा’ र विभिन्न चुनौतीपूर्ण चरणहरू पार गरिन्।
टप ५० → टप ३० → टप २० → टप १५ → टप १० हुँदै
अन्ततः टप ६, अर्थात् ग्रान्ड फिनालेमा प्रवेश गर्न सफल भइन्।
यस यात्राको सबैभन्दा गर्विलो पक्ष —
यो सिजनको फाइनलमा कर्णाली प्रदेशबाट, जाजरकोट जिल्लाबाट एकमात्र प्रतिस्पर्धी सुमी खड्का हुन्।
कर्णालीको नाम सुनिँदा अविकास, गरिबी, अवसरको कमी, अशिक्षा जस्ता शब्दहरू जोडेर हेर्ने प्रवृत्ति आज पनि छ।
तर यस पटक खड्काको आवाजले त्यो दृष्टिकोण चिरेर देशभर संदेश पठाइरहेको छ

“कर्णालीका युवाहरू सपनासहित उठ्न सक्छन्, कर्णालीले पनि राष्ट्रिय मञ्चमा आवाज बुलन्द गर्न सक्छ भन्ने देखाउन पाउनु मेरो गर्व हो,”
खड्काले फाइनलअघि भनिन्।
अब फाइनलको तयारीसँगै उनी
देशभरबाट समर्थन र भोटको अपील गर्दैछिन्।
उनको भनाइमा—
“यो मात्र मेरो जित होइन, यो कर्णालीको जित हो।
यो जाजरकोटको जित हो।
मलाई जिताउन तपाईंहरूको भोट, तपाईंहरूको साथ आवश्यक छ।
मलाई जिताउनु भनेको कर्णालीलाई आवाज दिनु हो।”
फाइनल नजिकिँदै जाँदा
सुमी खड्काको उपस्थिति स्वयं कर्णालीको विजय सावित भइरहेको छ।
अब सारा नेपालले हेर्न बाँकी छ —
के यो आवाज, जुन जाजरकोटका डाँडाबाट उठेको थियो, राष्ट्रिय शीर्षक बनेर प्रतिध्वनित हुन्छ?

01/01/2026

गोली लागेर एक जनाको मृत्यु
जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान ९ः०० बजे बारेकोट–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न गएकामा प्रचण्ड देवको मृत्यु भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेपछि बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंहलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५।१८ ग्राम बारुद र २१ थान भरुवा बन्दुकमा प्रयोग हुने धातुका टुक्रा बरामद भएका छन् । रासस

01/01/2026

जाजरकोटमा बन्दुकसहित पाँच जना पक्राउ !

01/01/2026

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -८ स्थित जनचेतना आधारभूत विद्यालय लसुनबारीमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराईएको छ ।

विपदमा प्रकृति पनि निर्दयी बन्दै, पीडितहरु चिसाले कठ्याङग्रिन थाले 11/11/2023

विपदमा प्रकृति पनि निर्दयी बन्दै, पीडितहरु चिसाले कठ्याङग्रिन थाले

विपदमा प्रकृति पनि निर्दयी बन्दै, पीडितहरु चिसाले कठ्याङग्रिन थाले भूकम्पपछि घरबासविहीन यहाँका सर्वसाधारणहरु चिसोले कठ्याङिग्रन थालेका छन् ।

सार्वजनिक शिक्षा सबलिकरणका लागि मुसिकोटमा दुई दिने अन्तरक्रिया सुरु 30/12/2022

सार्वजनिक शिक्षा सबलिकरणका लागि मुसिकोटमा दुई दिने अन्तरक्रिया सुरु

सार्वजनिक शिक्षा सबलिकरणका लागि मुसिकोटमा दुई दिने अन्तरक्रिया सुरु सार्वजनिक शिक्षा सबलिकरणका लागि रुकुम पश्चिमको मुसिकोटमा दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।

रुकुम चिनाउने उद्धेश्य बोकेको ‘कोसेली घर’ बन्द 30/12/2022

रुकुम चिनाउने उद्धेश्य बोकेको ‘कोसेली घर’ बन्द

रुकुम चिनाउने उद्धेश्य बोकेको ‘कोसेली घर’ बन्द रुकुम र रुकुमको उत्पादन चिनाउने गरी ११ वर्ष पहिला सञ्चालनमा ल्याईएको कोसेली घर दुई वर्ष यता बन्द अवस्थामा रहेको .....

अवैध बाटो अमेरिका हिडेका रुकुमका अर्का युवाको पानामाको जंगलमा मृत्यु 30/12/2022

अवैध बाटो अमेरिका हिडेका रुकुमका अर्का युवाको पानामाको जंगलमा मृत्यु
पछिल्लो एक वर्षमा अमेरिका जाने क्रममा रुकुमका चार युवाको ज्यान गयो

अवैध बाटो अमेरिका हिडेका रुकुमका अर्का युवाको पानामाको जंगलमा मृत्यु अवैध बाटो हुँदै अमेरिका जाने लहर चलिरहेको बेला पछिल्लो समय रुकुम पश्चिमका शाह सहित चार जनाको बाटो मै ज्यान गएको छ ...

बाँफिकोटको कृषि मेलामा उत्कृष्टलाई पुरस्कार, सहभागीलाई प्रोत्साहन 29/12/2022

बाँफिकोटको कृषि मेलामा उत्कृष्टलाई पुरस्कार, सहभागीलाई प्रोत्साहन

बाँफिकोटको कृषि मेलामा उत्कृष्टलाई पुरस्कार, सहभागीलाई प्रोत्साहन प्रदर्शनीमा खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्तरगत विभिन्न प्.....

Want your business to be the top-listed Media Company in Musikot?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Musikot, Rukum West
Musikot
22000