Health Office, Rolpa

Health Office, Rolpa

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Health Office, Rolpa, Medical and health, Rolpa Municipality/02 Reugha, Liwang.

Photos from Health Office, Rolpa's post 05/06/2026

मिति २०८३ जेठ २०–२२ सम्म 👁️ आँखा 👃 नाक 👂 कान 🗣️ घाँटी र 👄 मुख स्वास्थ्य सम्बन्धी प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रमका केही झलकहरू।।।

Photos from Health Office, Rolpa's post 02/06/2026

रोल्पा अस्पताल रेउघामा सञ्चालित "स्वास्थ्य सेवा प्रदायकहरूलाई अपाङ्गता मैत्री यौन तथा प्रजनन स्वास्थ्य (SRH) निर्देशिका सम्बन्धी अभिमुखीकरण” कार्यक्रम पश्चात सम्बन्धित क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरू नेत्रहीन युवा संघका अध्यक्ष श्री रामप्रसाद गैरे तथा निर्देशक श्री निर श्रेष्ठ एवं सहयोगी संस्था KIDS का कार्यक्रम व्यवस्थापक बाबुराम सुवेदीज्यूलाई स्वास्थ्य कार्यालय रोल्पामा स्वागत कार्य सम्पन्न भएको छ।

Photos from Health Office, Rolpa's post 31/05/2026

प्रदेश स्वास्थ्य निर्देशनालय (रोल्पा कारागारमा), रोल्पा नगरपालिका, त्रिवेणी गाउँपालिका, रुन्टिगढी गाउँपालिका र सुनिलस्मृति गाउँपालिकाको आयोजना, BNMT NEPAL को प्राविधिक सहयोग तथा स्वास्थ्य कार्यालय रोल्पाको समन्वयमा मिति २०८२/०२/०६ देखि मिति २०८२/०२/१७ सम्म सक्रिय क्षयरोग खोजपडताल कार्यक्रम अन्तर्गत AI-Xray द्वारा परिक्षण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यमा सहयोग गर्नुहुने BNMT NEPAL, रोल्पा अस्पताल रेउघा, स्थानीय तहहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौ।
परिक्षण गरिएको कुल संख्या: २४७८
शंकास्पद क्षयरोगीको संख्या: ३१७
प्रमाणित क्षयरोगीको संख्या: परिक्षणको क्रममा रहेको

Photos from Health Office, Rolpa's post 29/05/2026

गणतन्त्र दिवस २०८३ को अवसरमा दिप प्रज्वलन कार्यक्रम:
स्वास्थ्य कार्यालय, रोल्पा

25/05/2026

क्षयरोगको सक्रिय खोजपडतालको लागि Artificial Intelligence (AI) X-ray मार्फत निःशुल्क जाँच कार्यक्रम तपसिलको मिति समय र स्थानमा सञ्चालन हुन गइरहेको हुँदा सो सेवाको उपभोग गरी मौकाको फाइदा उठाउनुहुन अनुरोध छ।
मिति २०८३ जेष्ठ ११ गते: झेनाम स्वास्थ्य चौकी , रुन्टिगढी गाँउपालिका ६
मिति २०८३ जेष्ठ १२ गते: मसिना स्वास्थ्य चौकी, रुन्टिगढी गाँउपालिका ४
मिति २०८३ जेष्ठ १३ गते: आधारभूत स्वास्थ्य सेवा केन्द्र लिबाङीआँप, रुन्टिगढी गाँउपालिका १
मिति २०८३ जेष्ठ १४ गते: जेदवाङ स्वास्थ्य चौकी, रोल्पा नगरपालिका ५
(समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म,)
मिति २०८३ जेष्ठ १५ गते, १६ गते र १७ गते सुनिलस्मृति गाँउपालिकाको ३ स्थानमा संचालन हुनेछ।

नोट: सुनिलस्मृति गाउँपालिकाको स्थानको विवरण यस पश्चात जारी गरिनेछ। धन्यवाद
थप जानकारीको लागि: स्वास्थ्य कार्यालय रोल्पा ( 086-594033)
रोल्पा नगरपालिका स्वास्थ्य शाखा, रुन्टिगढी गाउँपालिका स्वास्थ्य शाखा, र सुनिलस्मृति गाउँपालिका, रोल्पा

Photos from Health Office, Rolpa's post 23/05/2026

विश्व फिस्टुला दिवस (International Day to End Obstetric Fistula) हरेक वर्ष मे २३ मा मनाइन्छ।
मे २३, २०२६ तदनुसार मिति २०८३ जेष्ठ ९ गतेका दिन स्वास्थ्य कार्यालय रोल्पाको आयोजना, रोल्पा अस्पताल रोल्पा अस्पताल रेउघाका वरिष्ठ MDGP Dr. संञ्जय पोखरेल तथा वरिष्ठ नर्सिङ अधिकृत ज्योती पौडेलको सहजीकरणमा स्वास्थ्यकर्मी; सञ्चारकर्मी एवं जनप्रतिनिधि ज्यूहरूको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमले सम्बन्धित स्वास्थ्य समस्या भएका र सेवाको पहुँचमा नपुगेका महिलाहरूलाई सेवासम्म जोड्ने कार्यमा सहयोग पुर्याउनेछ भन्ने अपेक्षा लिएका छौं। यस कार्यमा सहजीकरण गर्नुहुने रोल्पा अस्पताल रेउघा परिवार एवं उपस्थितिको लागि सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं।

23/05/2026
विश्व प्रसव फिस्टुला निवारण दिवस सम्बन्धि अन्तरक्रिया रेउघामा सम्पन्न 23/05/2026

विश्व फिस्टुला दिवस (International Day to End Obstetric Fistula) हरेक वर्ष मे २३ मा मनाइन्छ।
समाचार प्रकाशनको लागि Radio Malashree FM 100.5MHz लाइ धेरै धेरै धन्यवाद।
लामो प्रसव अवस्थाको कारण हुने यस समस्याको बारेमा थप जानकारीको लागि यस समाचार पढन तथा नजिकैको स्वास्थ्य संस्था एवं स्वास्थ्य कार्यालय रोल्पा (०८६-५९४०३३) म सम्पर्क गर्नुहुन अनुरोध छ।

विश्व प्रसव फिस्टुला निवारण दिवस सम्बन्धि अन्तरक्रिया रेउघामा सम्पन्न मालश्री खबर, जेठ ९ रोल्पा । विश्व प्रसव फिस्टुला निवारण दिवस सम्बन्धि अन्तरक्रिया कार्यक्रम रेउघामा सम्पन्न भएक....

23/05/2026

लुम्बिनी प्रदेशको तराईको जिल्लाहरुमा बिसेष सावधानी अपनाउहुन आग्रह

जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो दिन तथा तातो लहर (लु) चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

Want your practice to be the top-listed Clinic in Liwang?
Click here to claim your Sponsored Listing.

Category

Address


Rolpa Municipality/02 Reugha
Liwang

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00