Samayachakra Network

Samayachakra Network

Share

News and Political Discussion (समयचक्र नेटवर्क)

16/09/2026

मन्त्रिपरिषदका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता..!

16/09/2026

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेका छन् । आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चारवटा शव भेटिएका हुन् ।

भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवाका र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो । त्यसयता आयोजनाभित्र हराइरहेका कर्मचारी तथा कामदारको खोजी कार्य जारी छ ।

फेला परेका शवको पहिचान र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । सुरक्षा निकाय र सम्बन्धित निकायले शवको सनाखत तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छन् ।

16/09/2026

सरकारको नेतृत्व र पार्टीको नेतृत्व फरक हो..!

16/09/2026

तराईमा जनतालाई प्रशिक्षण दिँदै प्रचण्ड... आन्दोलन तराईबाटै गर्न उक्साहट...!

16/09/2026

उष्णकटिबन्धीय चक्रवातको त्रास: असोज ८ देखि १२ सम्म भारी वर्षाको प्रक्षेपण, कोशी, मधेस र बागमती उच्च जोखिममा!

​काठमाडौँ।
अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान मोडलहरूले आगामी असोज ८ देखि १२ गते (सेप्टेम्बर २४ देखि २८) सम्म नेपालमा जलप्रलय गराउन सक्ने एक शक्तिशाली प्रणालीको संकेत गरेका छन्। उष्णकटिबन्धीय चक्रवात (Tropical Cyclone) घुमीफिरी पुनः नेपालतर्फ नै सोझिने सम्भावना देखिएकाले मुलुकका विभिन्न भू-भागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने उच्च जोखिम छ।

​मौसमविद् बिनोद पोखरेलका अनुसार युरोपेली मध्यम-श्रेणी मौसम पूर्वानुमान केन्द्र (ECMWF) को ६–६ घण्टाको वर्षा र समुद्री सतहको वायुदाब (SLP) सम्बन्धी डेटाका साथै अन्य तीनवटा अन्तर्राष्ट्रिय मोडलहरूले नेपालमा भारी वर्षाको समान संकेत गरेका छन्। चक्रवात बंगालको खाडीबाट जलवाष्पयुक्त हावा लिँदै उत्तर-पश्चिम दिशातर्फ बहने क्रममा मुख्य रूपमा पूर्वी, मध्य र दक्षिण-पूर्वी नेपाल प्रभावित हुने प्रक्षेपण गरिएको छ।
​सर्वाधिक प्रभावित हुनसक्ने प्रदेश र जिल्लाहरू
​कोशी प्रदेश (उच्च जोखिम): चक्रवातको प्रणाली सबैभन्दा पहिले भित्रिने भएकाले झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सङ्खुवासभा, भोजपुर र उदयपुरमा अति भारी वर्षाको जोखिम छ।
​मधेस प्रदेश: तराई तथा सीमावर्ती भू-भाग भएकाले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा तीव्र प्रभाव पर्न सक्छ।

​बागमती प्रदेश र काठमाडौँ उपत्यका: सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर तथा काठमाडौँ, ललितपुर र भक्तपुरमा निरन्तर भारी वर्षाको सम्भावना छ।
​गण्डकी प्रदेश (आंशिक जोखिम): प्रणाली अझै पश्चिमतर्फ विस्तार भएमा यहाँका केही भू-भागमा समेत असर पर्न सक्छ।

​पूर्वसतर्कताको आह्वान
​चक्रवातको वास्तविक मार्ग, तीव्रता र नेपालमा पर्ने प्रत्यक्ष प्रभावबारे आगामी थप पूर्वानुमानहरूपछि मात्रै शतप्रतिशत स्पष्ट हुने भए पनि यसलाई सम्भावित विपद्को प्रारम्भिक संकेत (Early Warning) का रूपमा लिनुपर्ने देखिन्छ।

​"अझै पूर्वाभास पूर्ण रूपमा निश्चित भइसकेको छैन, तर सम्भावित जोखिमलाई ध्यानमा राख्दै अहिलेदेखि नै पूर्वसतर्कता अपनाउनु बुद्धिमानी हुन्छ।"
— बिनोद पोखरेल, मौसमविद्
​चक्रवातको दिशा र गतिमा परिमार्जन आउन सक्ने भएकाले जल तथा मौसम विज्ञान विभागको अद्यावधिक (Updated) बुलेटिन नियमित रूपमा हेर्न र पूर्वतयारीमा जुट्न आग्रह गरिएको छ।

16/09/2026

प्रचण्डको फेरि तराई दौडाहा.. स्थापित भएर फर्केलान् वा विस्थापित होलान्..
(सीमा मिचिएको दोष तराईबासीलाई लगाएको हो: प्रचण्ड)

16/09/2026

ड्राइभर, प्राविधिक जनशक्ति कोही पनि रहेन, सबै बगायो..
कुलमान घिसिङको हृदय विदारक.....!

16/09/2026

बज्रबाराही अस्पतालमा भर्ना हुने बिरामीलाई निःशुल्क खानाको व्यवस्था!

​चापागाउँ, ललितपुर — बज्रबाराही चापागाउँ अस्पतालले भर्ना भई उपचार गराइरहेका बिरामीहरूका लागि निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय गरेको छ।

​अस्पतालले भर्ना भएका बिरामीहरूलाई सहज होस् भन्ने उद्देश्यका साथ यही भाद्र ३० गतेदेखि लागू हुने गरी निःशुल्क खानाको प्रबन्ध मिलाएको हो। भाद्र ३० गतेदेखि भर्ना हुने सम्पूर्ण बिरामीहरूले निःशुल्क खाना प्राप्त गर्नेछन्।

15/09/2026

विगतका सरकारले गरेका गुठी सम्बन्धी सहमति अक्षरस
कार्यान्वयन गर्ने मन्त्री प्रतिभा रावलको प्रतिबद्धता..!
Pratibha Rawal Secretariat - प्रतिभा रावल सचिवालय

15/09/2026

खगेन्द्र सुनुवारले संसदमा बोलेको अराजक शब्द संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन...!

Website

Address

Lalitpur
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Samayachakra Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Lalitpur.