Solution samaj
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Solution samaj, Social service, Lalitpur.
08/05/2026
७औं ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अवसरमा आदरणीय सम्पूर्ण ज्येष्ठ नागरिकहरू, उपस्थित महानुभावहरू तथा सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।❤️✨
कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण सहयोग प्रदान गर्नु हुने सहयोगी दाताहरू:
बारिष्ट समाजसेवी Moti Shanti Shakya ज्यू,
खानपान सम्बन्धी जनचेतना अभियन्ता Dr. Kanti Shrestha ज्यू
तथा "अभिलेख बहुउद्देश्यीय सहकारी संस्था लि". प्रति विशेष धन्यवाद व्यक्त गर्दछौं।🙏
Dr. Kanti Shrestha ज्यूको विशेष सहजीकरणमा खानपान सम्बन्धी जनचेतना कक्षा समेत सम्पन्न भएको जानकारी गराउँदछौं, जसले कार्यक्रमलाई अझ ज्ञानवर्धक र उपयोगी बनाएको छ।🧠
साथै कार्यक्रममा गरिमामय उपस्थिति जनाई प्रेरणादायी साथ र हौसला प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
यहाँहरूको साथ, सहयोग र प्रेरणाले कार्यक्रमलाई अझ सफल, सभ्य र अर्थपूर्ण बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ।🙏
12/02/2026
समाधान (Solution) समाजसँगै मनाइएको वर्षगाँठ र अन्नप्राशन कार्यक्रमका रमाइला पलहरू।
माया, हाँसो र आशीर्वादले भरिएको सुन्दर दिन।🙏
24/01/2026
आज सम्पन्न शुभ गृह प्रवेश समारोहका केही तस्बिरहरू।
सह–आयोजक : Solution Samaj 🙏
22/01/2026
Fortune Dental Clinic द्वारा सोलुसन समाजमा आयोजित निःशुल्क दन्त शिविर मिति २०८२/१०/०८ गते सफलतापूर्वक सम्पन्न भएको छ।
सहभागी भई सेवाको लाभ लिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद।
13/01/2026
पहिलो सेवादल/अधिकारी तथा ज्ञान प्रचारक प्रशिक्षणको दोस्रो दिन ।🙏
13/01/2026
समाधान समाजको इतिहासमा नयाँ अध्याय। जर्सिङ पौवा, Hill Vision Resort मा पहिलो सेवादल/अधिकारी तथा ज्ञान प्रचारक प्रशिक्षणको पहिलो दिन ।🙏
28/11/2025
जीत मात्र परिणाम होइन, जिम्मेवारीको सुरुवात हो।
मंका खलः क्षेत्रीय निर्वाचनका विजयी जनप्रतिनिधिहरूलाई Solution Samaj को तर्फबाट हार्दिक बधाई अर्पण गर्दै समुदायको विश्वास, नेतृत्व र उत्तरदायित्वलाई सम्मान गर्ने एक उज्यालो क्षण।🙏
07/11/2025
Best wishes to our former President, Santosh Maharjan, as he begins a new journey abroad. Thank you for your guidance and inspiration. Your presence will always be missed.❤️
22/08/2025
Solution Samaj Youth Group की सदस्य Ruby Maharjan ले CA उत्तीर्ण गर्नुभएको उपलक्ष्यमा आयोजित सम्मान कार्यक्रम। उहाँको सफलताले सम्पूर्ण समुदायलाई नयाँ ऊर्जा र प्रेरणा दिएको छ। हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना। 👩🎓👏
31/07/2025
सगरमाथा चढेर Interpol को झण्डा फहराउने विश्वकै पहिलो प्रहरी अधिकारी श्री "पुरुषोत्तम नेपालीज्यू" लाई, तथा कार्यक्रममा उपस्थित प्रहरी परिवारलाई Solution समाजको तर्फबाट हार्दिक सम्मान, स्वागत र शुभकामना।🙏☺️❤️
31/07/2025
"महान समाजसेवी बुद्धिराज बज्राचार्यजीलाइ Solution Samaj द्वारा भावपूर्ण श्रद्धाञ्जली। वहाँको अमूल्य योगदान सधैं सम्झनायोग्य रहनेछ। वहाँको जीवन, सेवा र योगदान हाम्रो समाजका लागि प्रेरणादायी रहिरहनेछ। 🕊️🙏
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Lalitpur