Creative 8 Design Associates
(Aesthetic, function and durability) Architectural and interior design in context to social, cultur
07/12/2022
आधा दर्जन स्टिल उद्योग बन्द, एक दर्जनमा उत्पादन रोकियो माग र बजार नभएपछि डेढ दर्जन स्टिल उद्योगले उत्पादन ठप्प पारेका छन् । तीमध्ये ६ वटा उद्योग पूर्ण रूपमा बन्द भएका छ......
24/10/2022
09/02/2021
15/01/2021
...buildings with brick facades in order to blend into the historical ensemble, whilst adopting and expanding on the tradition of the historically protected structures.
Photo by: BTTR GmbH
Location: / 2019
Architecture firm GRAFT revitalizes historical post office complex on the Hauptstraße in Schöneberg with parametric brick façade. The new buildings were equipped with brick facades in order to blend into the historical ensemble, whilst adopting and expanding on the tradition of the historically protected structures.
Photo by: BTTR GmbH
Location: / 2019
10/01/2021
10/01/2021
CONGRATULATIONS !!! Karina Tiwari
🔥GIVEAWAY!🔥 Win Rs.1000
Participate in our giveaway contest and have a chance to be one lucky winner who win voucher worth Rs. 1000.
READ THE RULES TO PARTICIPATE:
1) Like the official page of Creative Eight Design Associates (https://bit.ly/3rLTjE2)
1. TAG 2 of your friends in the comment section.
2. SHARE this post
3. You need to do these 3 things in order to be eligible.
4. Multiple entries are accepted
5. The will be randomly selected on January 8, 2021.
You've got until January 7 to participate.
Announced winners are requested to message us on our official accounts to reclaim their gift vouchers.
Remember to follow our page so you can be the first to hear about the winner. Share with your friends so they can join in too. And good luck! 🍀 HAPPY NEW YEAR 🍀
31/12/2020
17/09/2020
वास्तुदेव= विश्वकर्मा Hindu God Architect
विश्वकर्मा एक महान ऋषि र ब्रम्हाज्ञानी थिए । ऋगवेदमा उनको बारेमा उल्लेख गरिएको छ । भनिन्छ, उनले नै देवताको घर, नगर, अस्त्र-शास्त्र आदि निर्माण गरेका थिए । उनी महान शिल्पकार थिए । अतः उनीसँग जोडिएका केही घतलाग्दा कुरा छन् ।
विश्वकर्माको जन्म
ब्रम्हाको पुत्र धर्म तथा धर्मको पुत्र वास्तुदेव हुन् । धर्मकी वस्तु नामक पत्नीले जन्माएका वास्तु सातौं पुत्र थिए, जो शिल्पशास्त्र आदिको प्रवर्तक थिए । उनै वास्तुदेवका अंगिरसी नामक पत्नीबाट विश्वकर्मा जन्मिएका हुन् ।
स्कन्द पुराणका अनुसार धर्म ऋषिका आठौं पुत्र प्रभासको विवाह देव गुरु बृहस्पतिको बहिनी भुवना ब्रम्हावादिनीसँग भयो । भगवान विश्वकर्माको जन्म उनैको कोभबाट भएको हो । महाभारत आदिपर्व अध्याय १६ श्लोक २७ एवं २८ मा पनि यसको स्पष्ट उल्लेख पाइन्छ ।
वराह पुराणको अ. ५६ मा उल्लेख भए अनुसार सबै मानिसको उपकारार्थ ब्रम्हा परमेश्वरले विश्वकर्मालाई पृथ्वीमा उत्पन्न गरेका हुन् । उनले घर, कुवा, रथ, शास्त्र आदि समस्त प्रकारका शिल्पीय पदार्थको रचना गर्ने भए ।
विश्व कर्माको निर्माण
प्राचिन कालमा जनकल्याणार्थ मनुष्यलाई सभ्य बनाउने संसारमा अनेक जीवनोपयोगी वस्तु जस्तो कि वायुयान, जलयान, कुआ, कषि यन्त्र, अस्त्र, शस्त्र, भवन, आभूषण, मूर्ति, रथ आदि आविष्कार गरेका हुन्, विश्वकर्माले । उनलाई जगतकै प्रथम शिल्पाचार्य मानिन्छ । उनलाई आचार्यको पनि आचार्य भनिन्छ ।
भनिन्छ, प्राचीन समयमा इन्द्रपुरी, लंकापुरी, यमपुरी, वरुणपुरी, कुबेरपुरी, पाण्डवपुरी, सुदामापुरी, द्वारिका, शिवमण्डलपुरी, हस्तिनापुर जस्ता नगरको निर्माण विश्वकर्माले नै गरेका थिए । उनले नै कर्णका कुन्डल, विश्वको सुदर्शन चक्र, पुष्पक विमान, शंकर भगवानको त्रिशूल, यमराजको कालदन्ड आदि वस्तु निर्माण गरेका थिए ।
विश्वकर्माको तीन पुत्र
राजा पि्रयव्रतले विश्वकर्माको पुत्री बहिर्ष्मतीबाट विवाह गरेका थिए, जसबाट अग्नीध्र, यज्ञबाहु, मेधातिथि आदि दश पुत्र जन्मिए । पि्रयव्रतको दोस्रो पत्नीबाट उत्तम, तामस र रैवत तीन पुत्र जन्मिए । महाराज पि्रयव्रतका १० पुत्रमा कवि, महावीर तथा सवन यी तीन नैष्ठिक ब्रम्हाचारी थिए र उनले सन्यास धर्म ग्रहण गरेका थिए ।
विश्वकर्मा
विश्वकर्माको अनेक रुपको वर्णन छ । भगवान विश्वकर्माको अनेक रुपको वर्णन पुराणमा गरिएको छ । दुई पाखुरा भएका, चार पाखुरा भएका, दश पाखुरा भएका । यसका साथै एक मुख, चार मुख, पाँच मुखवाला विश्वकर्मा ।
पुराणमा विश्वकर्माको पाँच स्वरुपको निर्माण पाइन्छ, एक विराट विश्वकर्मा, जसले सृष्टिको रचना गरे । धर्मवंशी विश्वकर्मा, जो महान शिल्प विज्ञान विधाता र प्रभात पुत्र थिए । अंगिरावंशी विश्वकर्मा, जो आदि विज्ञान विधाता वसु पुत्र थिए । सुधन्वा विश्वकर्मा, जो महान् शिल्पाचार्य विज्ञान जन्मदाता वा ऋषिको पुत्र थिए । भृंगुवंशी विश्वकर्मा, जो उत्कृष्ट शिल्प विज्ञानाचार्य थिए ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Mahalaxmi
Lalitpur