Kclass
हस्तकला
EPS परिक्षाका लागि १ लाख ३ हजार जनाको आवेदन🇰🇷यसपटक दक्षिण कोरिया जानका लागि ईपीएस परीक्षा फाराम भर्नेहरुको संख्या करिब १ लाख ३ हजार पुगेको छ। तर, उत्तीर्ण हुने अनुमानित कोटा भने केवल ५,३०० मात्र रहेको छ।
जसमा म्यानुफ्याक्चरिङ क्षेत्रमा ३,५०० र कृषि क्षेत्रमा १,८०० जना समेटिएका छन्। ५,३०० जनाको मात्र माग रहँदा १ लाखभन्दा बढीले आवेदन दिनु नेपाली युवामाझ कोरियाली रोजगारप्रतिको आकर्षण मात्र होइन, देशभित्रको गम्भीर बेरोजगारी समस्याको प्रतिबिम्ब पनि हो।
परीक्षाको तालिका निकट भविष्यमै सार्वजनिक हुने बताइएकाले परीक्षार्थी उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्। यससँगै, फाराम भर्ने क्रममा देखिएका नामसम्बन्धी त्रुटि तथा अन्य प्राविधिक समस्या पनि चाँडै समाधान हुने अपेक्षा गरिएको छ।
महत्वपूर्ण सूचना – EPS फारम जाँच ✨📢
प्रिय विद्यार्थीहरू,
EPS फारम भरेका सबैलाई आफ्नो फारम पूर्ण रूपमा भरिएको छ वा छैन भनेर अनिवार्य रूपमा जाँच गर्न अनुरोध गरिन्छ ✅
🔍 जाँच गर्ने तरिका
1️⃣ eoers. Id मा जानुहोस्।
2️⃣ Login पेज मा:
🆔 ID ⇒ आफ्नो पासपोर्ट नम्बर राख्नुहोस्।
🔑 Password ⇒ आफ्नो पासवर्ड राख्नुहोस्।
3️⃣ Login भइसकेपछि,
📱 मोबाइल प्रयोग गर्दै हुनुहुन्छ भने → Top Right (३ डट) क्लिक गर्नुहोस् → My Application छान्नुहोस्।
📄 फारम भरिएको छ भने:
👉 EPS-TOIK 2025, UBT संगै तल Download Admit Card देखिन्छ।
⚠ फारम भरिएको छैन भने:
👉 Regenerate Token, Proceed Payment जस्ता विकल्प देखिन्छ।
💡 नोट:
✅ Download Admit Card देखिएमा मात्र फारम भरिएको बुझिन्छ।
❌ अन्य कुनै विकल्प देखिएमा फारम अपूर्ण हुन सक्छ।
🚨 थप जानकारी 🚨
📌 हाल Admit Card डाउनलोड गर्न मिलेको छैन ।
📌 Gender Error, Middle Name Error जस्ता समस्या देखिएको भए यो सिस्टमको कमजोरी (System Weakness) हो र यी सबै system बाटै Correction हुनेछ।
⚠ तर ध्यान दिनुहोस् —
❌ Sector, Photo र Passport भने Correction गर्न मिल्दैन।
For More Information 9841297153,9849536744,9841819667
Sours :- ओ.डि.सी. एकाडेमी किर्तिपूर काठमाण्डौं
15/08/2025
Teaching License 2081 👨🏫👩🏫 WhatsApp Group Invite
15/08/2025
दक्षिण कोरिया आजको दिन बारे जानकारी ।।
दक्षिण कोरियाको स्वतन्त्रता दिवस (광복절) बारे जानकारी ।
दक्षिण कोरियामा हरेक वर्ष अगस्ट १५ तारिखमा 광복절 (स्वतन्त्रता दिवस) मनाइन्छ । यो दिन १९४५ मा ३५ वर्ष लामो जापानी औपनिवेशिक शासनबाट मुक्ति प्राप्त गरेको ऐतिहासिक क्षणको स्मरणका लागि मनाइन्छ । “광복” शब्दमा ‘광’ (प्रकाश, उज्यालो) र ‘복’ (पुनः प्राप्ति, फिर्ता पाउनु) मिलेर बनेको हो, जसको अर्थ उज्यालो पुनः प्राप्त गर्ने दिन, अर्थात् स्वतन्त्रता र स्वाधीनताको पुर्नजन्म भएको दिन हो । १९१० मा जापानले कोरियालाई आफ्नो अधिनमा लिएपछि राजनीतिक, आर्थिक, सांस्कृतिक स्वतन्त्रता गुम्यो र कोरियाली जनताले अत्यधिक पीडा भोग्नुपर्यो तर दोस्रो विश्वयुद्धमा जापानको पराजयसँगै १९४५ कोरियाले स्वतन्त्रता प्राप्त गर्यो ।
स्वतन्त्रता दिवसको दिन कोरियामा राष्ट्रिय झण्डा (태극기) घर–घरमा फहराइन्छ, राष्ट्रपति तथा उच्च पदाधिकारीहरूले स्वतन्त्रता स्मारकमा पुष्प अर्पण गर्छन्, र स्वतन्त्रता सेनानीहरूको सम्मानमा विभिन्न कार्यक्रम आयोजना हुन्छन् । विद्यालय, मिडिया तथा सामाजिक प्लेटफर्महरूमा यस दिनको ऐतिहासिक महत्वबारे विशेष प्रसारण गरिन्छ । यो दिन केवल विगत सम्झिने अवसर मात्र नभई स्वतन्त्रता, राष्ट्रिय एकता, र देशप्रेमको भावना जगाउने दिन पनि हो । “स्वतन्त्रता सजिलै प्राप्त हुँदैन, त्यसैले यसको सधैं रक्षा गर्नुपर्छ” भन्ने दक्षिण कोरियालीहरूको भनाइ ।
대한민국 만세! 🇰🇷
E–9 र E–7 भिसाधारीका लागि ठूलो राहत; कोरियामा नयाँ राष्ट्रपति 이재명 का श्रमिक–मैत्री नीति
कोरियामा नयाँ राष्ट्रपति 이재명 ले पदभार सम्हाले सँगै वैदेशिक श्रमिकका लागि ल्याइएका नीतिहरू उत्साहजनक देखिएका छन् । नयाँ सरकारले श्रमिक मैत्री परिवर्तनहरू अघि सारेको छ, जसले हजारौँ विदेशबाट आएका श्रमिकको जीवनस्तरमा ठुलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।
सबैभन्दा पहिले, कार्यस्थल र आवास सुविधा आधुनिक र सुरक्षित बनाइनेछ । औद्योगिक दुर्घटना रोकथामका प्रयासलाई थप सुदृढ गरिनेछ भने कोरियन भाषा सिक्ने अवसर अझ विस्तार गरिनेछ । श्रमिक माथि दुर्व्यवहार गर्ने मालिकलाई कडा सजाय दिइनेछ र अघिल्लो सरकारले बन्द गरेका विदेशी सहयोग केन्द्रहरू पुनः सञ्चालन गरिनेछ ।
E–9 भिसाधारीका लागि ठूलो राहतको खबर — अब ३–३ वर्षको अवधिमा कोरिया नछोडी १० वर्षभन्दा बढी काम गर्न पाइनेछ । साथै, कार्यस्थल परिवर्तनको नियम पनि सहज बनाइनेछ । E–7 भिसा विस्तार गर्दै बसोबास र स्थायी आवासको लागि सहयोग गरिनेछ, निर्माण क्षेत्रलाई E–7–3 भिसामा समावेश गरिनेछ र निर्माण श्रमिकका लागि कार्यस्थल परिवर्तन पनि सजिलो बनाइनेछ ।
यी सबै सुधारले नयाँ सरकारले वैदेशिक श्रमिकको योगदान र महत्वलाई गहिरो रूपमा बुझेको स्पष्ट संकेत दिन्छ ।
30/07/2024
Tattoo CT use 9846501899
08/05/2024
आमा Krishnamaya Rai ❤️❤️❤️❤️❤️❤️❤️
02/01/2024
कोरियाको प्रमुख प्रतिपक्षी दलका नेता इ जे म्यङ माथी चक्कु प्रहार भएको छ ।
मंगलबार बिहान बुसानको भ्रमणका क्रममा आक्रमण भएपछी उनलाई बेहोस अवस्थामा अस्पताल लगिएको थियो !
कोरियाको प्रमुख प्रतिपक्षी डेमोक्र्याटिक पार्टीका अध्यक्ष लीलाई बिहान १०ः२७ मा एक अज्ञात व्यक्तिले उनको घाँटीको देब्रे भागमा आक्रमण गरेको जनाइएको छ !
बुसानको गादोक टापुमा नयाँ विमानस्थलको निर्माण स्थलको भ्रमण गरेपछि पत्रकारहरूसँगको प्रश्नोत्तर सत्रको क्रममा सो घटना भएको हो !
01/08/2023
Information
कोरियन भाषा विशेष परिक्षा CBT को लागि झण्डै ३ हजार जनाको आबेदन परेको छ । वैदेशिक रोजगार बिभाग इपिएस कोरिया शाखाद्वारा जुलाई २९ देखि ३१ सम्म अर्थात साउन १३ देखि १५ सम्म CBT परिक्षाको लागि आबेदन दिने समय तोकिएको थियो । सो समय सिमा हिजो बेलुका १२ बजे बाट सकिएको छ ।
परीक्षा भदौ १८ देखि २९ गतेसम्म संचालन हुनेछ भने नतिजा असोज ३ गते प्रकाशित गर्ने HRD कोरियाको कार्यतालिका रहेको छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
284403