Panta Literary Blog
The basic purpose of this page is to share the personal literary and creative works to the people. Former Campus Chief, Principal, M.Phil. in English (P.U.)
M.A., B.Ed. & LL.B. Tribhuvan University.
एउटा सानो परिवार थियो श्रीमान श्रीमती र छोरा छोरी थिए श्रीमानले एउटा सानो जागिर गरिरहेको थियो श्रीमती भने घरायसी काम गर्थिन्।
श्रीमानले सधै श्रीमतिलाई तैले के गरेकी छस् घरमा के काम हुन्छ खानी बस्नी त हो भनेर सधै सोधी रहन्थियो।
यो कुराले श्रीमतीको मन सार्है दुख्थियो।
एक दिन श्रीमती माईत जानी निधो भयो।
श्रीमान अफिस गएका थिए जाने बेलामा उनले आफ्नो श्रीमानलाई पत्र लेखेर एउटा टेबल मा राखेर गइन श्रीमान अफिस बाट आए अनि टेबलमा पत्र देखे अनि पढ्न थाले !!
पत्र मा लेखिएको थियो मेरो प्यारो श्रीमान ज्यु धेरै दिन देखी केही कुरा भन्न मन थीयो तर भन्न लाई
आट आएन आज यही पत्र मा लेखेको छु हजूरले मलाई सधैं सोध्ने गर्नु हुन्छ नी घरमा के काम छर खाने बस्ने केटा केटी हेर्ने त होलानी है म सधै हाँसी खुशीले जबाफ दिने गर्छु उम् केहि काम छैन त्यहि हो तर हजुरको यो कुराले मेरो मन लाई दुखाउँछ हजुर लाई थाहा छ म बिरामी हुँदा नी बिरामी छु भनेर सुतेको देख्नु भयको छ, अनी कुनै दिन मलाई सञ्चो छैन भोकै सुत्नु बुडो भनेको छु।
छैन,हजुरको त काम सकाएर छुट्टी हुन्छ नी मेरो त २४ घन्टा हो,के काम छर भनु हुन्छ नी
ल सुन्नु मेरो काम म बिहान उठेर घरको काम अनी हजुर हरूलाई नास्ता अनी खाना बनाएर खुलाएर बाबू नानी लाई स्कुल को तयारी गराएर स्कूल पुर्याएर हजुरको काममा जानलाई कपडा तयार बनाई दिएर अनी हजुर काममा गए पछि खाएको भाँडाकुँडा धोई पखाली अनी लत्ता कपडा धोएर नानी बाबु लाइ नास्ता पुर्याएर फेरी हजुर लाई साँझ को लागि नास्ता पकाएर बाबू नानी लाई स्कूल बाट लिएर आएर नास्ता खुवाएर होम वर्क गराएर साझ को खाना बनाएर रेडी गरेको हुन्छू त्यहि नी परिवारको चाहना अनुसार कहीले काही म असक्त हुँदा मैले हजुरलाइ भनेको छैन की म थाकेको छु खाना पकाई दिनुन,
बरू अलीक समय हजुरलाई काम बाट भयनी घुमफिर त हुन्छ होला नि है मलाई त त्यो पनि छैन अनी महिना भरीको थकान तलब आउँदा त कम हुन्छ होला तपाइलाई
मेरो त तलब पनि छैन अझै सोध्नु हुन्छ नी तिमीले के कमाएको छौ भनेर मैले सारा परिवार कमाएको छू अनी हजुरहरुको लागि समय लोटायको छू छैन र
हजुरको काम सम्म जानलाई मैले सहयोग गरेको हैनर यदि मैले यो सब नगरे भन्नु त कसरी कमाउन जानु हुन्छ
कसरी काम गर्नु हुन्छ।
हजुर बेला-बेलामा भन्नु हुन्छ नी साथी भाई को बुढि सबै काम गर्छन् ,अनि मलाई सोध्दा म केहि भन्दिन भनेर
अनि अरूले सोध्दा House Wife भन्न लाज लाग्छ नी हजुरलाई ,
लाज हैन proud ले भन्नु सिर माथि उठाएर मेरो बुढि घरको खम्बा हो, जस्ले घरको भार उठाएको छ हामिलाई पखेटा लगाएको छ ।
हाम्रो सफलता पुग्न सहयोग गरेको छ भनेर ,
घर को मूल खम्बा भनेको नै House Wife हो,
तर सबैको नजरले यो देख्न नसक्ला हुजुरले देख्नु है ,
दिनभरीको थकान आधा हजुरले नी सगै बॉड्नु है ,
म असक्त भयर एक दिन सुत्दा घरको हालत बिग्रियो भन्ने ले यो पनि बुझनु है,
त्यसैले आज देखि यस्तो कुरा न सोध्नु है प्यारा तिम्रो के काम छर भनेर मेरो काम र तलब भनेकै हजुरहरू हो मेरो कमाई भनेकै हजुरहरू हो यति बुझे घर सोर्ग बन्छ है प्यारो मान्छे♥️♥️
पत्र पढेपछी श्रीमानको आँखामा आँसु आयो त्यस दिन पछि श्रीमानले कहिलै पनि श्रीमतीको मन दुख्ने कुरा गरेनन् ?
साच्चिकै भन्नू पर्दा श्रीमती घरको मुल खम्बा हो,
उनले बिना तलब नै एउटा घर परिवार चलाएकी हुन्छिन् ,
घर परिवारकै लागि दिन रात काम गरेकी हुन्छिन्, परिवारको खुसीको लागि मेहेनत गरेकी हुन्छिन्,
त्यसैले उनको मन दुखाउने काम गर्नु हुदैन,
उनको पनि त्यो एउटा जागिर हो,
त्यसैले हिम्मतका साथ भन्नू पर्छ श्रीमती घरको मुल खम्बा हो।
#श्रीमती
उत्तरपुस्तिका परीक्षण : शिक्षकले नै बुझ्दैनन, अनि विद्यार्थीको च्वाट्ट पुरै नम्बर काट्छन्
उत्तरपुस्तिका परीक्षण गर्दै गर्दा एक जना शिक्षकले भने : सामाजिक अध्ययनको उत्तरपुस्तिका परीक्षण गर्दा विद्यार्थीले मैले पढाएको किताबबाट भन्दा बाहिरबाट लेखेछ यो मिलेन, मैले यसरी पढाएकै छैन भन्दै च्वाट्ट पुरै नम्बर काटेछन् ।
छेउमै बसेर उत्तरपुस्तिका परीक्षण गरिरहेका अर्का शिक्षकले सुनेपछि चासो राखे : कुनको उत्तर सर, त्यो त मिलेको छ त, हजुरले पढाएको पब्लिकेशनको किताब र विद्यार्थीले पढेर उत्तर लेखेको पब्लिकेशनको किताब फरक भएर उत्तर फरक लेखेको होला । तर मैले पढाएकोमा यस्तो छ (पब्लिकेशनको नाम पनि सोधेछन्) । सन्दर्भ र लेखाई मिलेको छ काट्न मिल्दैन नम्बर दिनुहोस् ।
यसले के देखायो भने हामी कति हचुवामा विद्यार्थीको जीवनलाई मूल्याङ्कन गरिरहेका छौँ भन्ने हो । पढाउने शिक्षक, पाठ्यक्रमको प्रयोग, पाठ्यपुस्तक, प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, शैक्षिक सामग्री र उत्तरपुस्तिका परीक्षणमा कतै पनि समन्वय छैन र एक रूपता तथा वैज्ञानिक आधार तय गर्न सकिएन । पढाउनेदेखि उत्तरपुस्तिका परीक्षणसम्म सबै फरक फरक व्यक्ति हुने भएकोले पाठ्यक्रमको तालिका भन्दा पनि परीक्षण गर्नेको मुडमा भरपर्ने दादागिरी अवस्था । विद्यार्थीको भविष्य भन्दा पनि कति कपि चेक गर्दा कति पैसो आयो भनेर छिटो कपि परीक्षण गर्ने प्रतिस्पर्धा, विषयगत शिक्षकको कमिले गर्दा फरक विषयका शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्ने हुँदा यसको भारी विद्यार्थीले बोक्नुपर्ने । उसले आफू असफल भएको ट्याग जीवनभर बोक्नुपर्ने मनोवैज्ञानिक त्रास पनि छ ।
परीक्षा र मूल्याङ्कनलाई यति सतही रूपमा लिएका छौँकी हाम्रा विद्यार्थीलाई सफल र अफलको झोला भिरायौँ । सामुदायिक विद्यालयका शिक्षकले आफ्नो प्रतिष्ठा र निजी विद्यालयहरूले विद्यालयको प्रतिष्ठा मात्रै उपलब्धि ठाने तर विद्यार्थीलाई जहिले पीडित बनाइ रहे ।
यसबारे यस भन्दा अगाडीका शिक्षामन्त्रीहरू सबैलाई भनिसकेको छु, छ महिने मन्त्रीले यसलाई गम्भीर रूपमा हेर्न सकेनन्, कम्प्युटर विषय लागु गर्नका लागि मात्रै मरिहत्ते गरे तथापि पाठ्यक्रम परिमार्जनका लागि कार्यदल गठन गरे तर बोर्डका सवालमा, निजी पब्लिकेशनका सवामा, परीक्षाका सवालमा, बग्रेल्ती कक्षाकोठामा पुगेका विदेशी शैक्षिक सामग्रीका विषयमा एक शब्द बोल्न सकेनन्, चाहेनन्, अध्ययन गरेनन्, उनिभित्र यो आँट छैन ।
पाठ्यक्रम परिमार्जनका केही कामहरू सुमना श्रेष्ठ शिक्षामन्त्री हुँदादेखिनै अगाडी बढेका थिए । पछिल्ला मन्त्रीले कार्यदल बनाए तर निजी पब्लीकेशनको पाठ्यक्रम भित्रको प्रवेश र किताबमा देखिएका त्रुटिलाई कसले हेर्ने वा रोक्ने ? यसको कथा पछि लेखौला ।
पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्डलाई पनि यसबारे जानकारी र छलफल पनि गरिएको छ । त्यसैले पनि पाठ्यक्रम परिमार्जनदेखि प्रश्नपत्र निर्माणमा एकरूपता कायम गर्न आवश्यक देखिए पनि जिम्मेवारी निकायले बेवास्ता गरिरहेका छन् यसमा निश्चित रूपमा पेसा जोडिएको छ । सँगै शिक्षकहरूलाई पाठ्यपुस्तक भन्दा पनि पाठ्यक्रम केन्द्रीत नगरेसम्म अब यो सम्भव छैन । परीक्षण गरिएको उत्तरपुस्तिका क्रस परीक्षण गर्दा २६ नम्बरसम्मको भिन्नता देखिएको छ, गलत गर्नेलाई कारबाही हुनै पर्छ । यो आँट बोर्ड मन्त्रालयले गर्नै पर्छ ।
त्यसैले अब बन्ने सरकारले साना तर महत्वपूर्ण अर्थ राख्ने विद्यार्थीको जीवनसँग जोडिएका विषयबाट शिक्षामा काम गरोस, अनि मात्रै शिक्षामा सुधार सम्भव छ । ***n
— एउटा कथा
कुनै ठाउँमा मुर्खहरूको एउटा बस्ती रहेछ। एक दिन त्यहाँ एउटा विद्वान मानिस पुगेछ।
त्यहाँका मानिसहरू सामान्यभन्दा सामान्य कुरासमेत नबुझ्ने रहेछन्।
अगाडि जाँदा उसले एउटा मानिसलाई देख्यो।
त्यो मानिस घोडामाथि चढेको थियो, तर भारी झोला आफ्नै काँधमा बोकेको थियो।
विद्वानले सोध्यो:
“घोडा चढेको छौ, भारी किन आफैं बोकेको?”
त्यो मानिसले सहजै उत्तर दियो:
“यो घोडा बिरामी छ। आज यसले केही खाएको छैन। त्यसैले यसलाई भारी नहोस् भनेर म आफैं बोकेको।”
विद्वान अचम्म मान्दै अगाडि बढ्यो।
अलि पर उसले अर्को मानिसलाई बाटोमै दुवै हात फैलाएर लडिरहेको देख्यो।
उसले उठाउन खोज्दा त्यो मानिसले भन्यो:
“मेरो हात नचलाउनु है!”
विद्वानले सोध्यो:
“किन?”
उसले भन्यो:
“मेरी श्रीमतीले आज यति फैलिएको हात जति घाँस काटेर ल्याउनु भनेकी छ।
यदि मैले हात चलाएँ भने, कसरी थाहा पाउने कि कति घाँस काट्ने?”
विद्वान अझै छक्क पर्यो।
अलि अगाडि पुग्दा उसले एउटा घरको आँगनमा अर्को दृश्य देख्यो।
बाख्राहरू आएर सुकाएको धान खाइरहेका थिए, तर घरधनी भने चुपचाप बसेर हेरिरहेको थियो।
विद्वानले सोध्यो:
“बाख्राले धान खाइरहेका छन्, तपाईंले धपाउनु भएन?”
उसले उत्तर दियो:
“आमाले भन्नुभएको थियो —
‘धान हेरेर बस, छिमेकीका बाख्राले आएर खान सक्छन्।’
त्यसैले म हेरेर बसेको।”
अब विद्वानलाई लाग्यो —
“पूरै गाउँ नै यस्तै रहेछ। कति दया लाग्दो अवस्था!”
उसले मनमनै सोच्यो:
“यी मानिसहरूलाई म केही सिकाउँछु,
यीलाई अज्ञानको दलदलबाट बाहिर निकाल्छु।”
त्यसपछि उसले सबै गाउँलेलाई एउटा भोजमा बोलायो।
सबैजना आफ्नै तालमा खाना खाइरहेका थिए।
त्यही बेला एउटा मानिसको हातमा भएको थाल बिचको पिल्लरमा अड्कियो।
उसले थाल दुवै हातले समातेको थियो, त्यसैले निकाल्न सकेन।
ऊ कराउन थाल्यो।
सबै मानिसहरू आए, तर कसैले पनि थाल निकाल्न सकेन।
त्यही बेला विद्वान त्यहाँ आयो।
उसले स्थिति बुझ्यो र भन्यो:
“एउटा हात छोड त थालबाट।”
उसले एउटा हात छोड्यो,
अनि सजिलै थाल बाहिर निकाल्यो।
सबै गाउँले छक्क परे।
एकजनाले भन्यो:
“यो मानिस त अत्यन्त बुद्धिमान रहेछ!
हामी कसैले गर्न नसकेको काम यसले गर्यो।”
अर्कोले भन्यो:
“यदि यस्तो बुद्धिमान मानिसको **गिदी खायौँ भने हामी पनि बुद्धिमान हुन्छौं होला!”
सबैले यसमा समर्थन गरे।
अन्ततः ती सबैले मिलेर
त्यो विद्वान मानिसलाई मारे
र उसको गिदी बाँडेर खाए।
कथा : (हाम्रो सार्वजनिक सेवामा यस्तो नहोस्।)
एउटा सरकारी कार्यालय थियो। त्यहाँ चार जना कर्मचारी काम गर्थे। अनौठो कुरा के थियो भने, उनीहरूको नाम नै अचम्मको थियो—Everybody (सबैजना), Somebody (कोही), Anybody (जो–कोही) र Nobody (कोही पनि होइन)।
एक दिन बिहानै मन्त्रालयबाट फोन आयो—
“आजै अत्यावश्यक प्रतिवेदन पठाउनुपर्छ, नत्र बजेट रोकिन सक्छ।”
कार्यालयमा हल्ला मच्चियो।
Everybodyले भन्यो,
“चिन्ता लिनु पर्दैन, कोही न कोहीले गरिहाल्छ।”
Somebodyले मनमनै सोच्यो,
“यो त लेखा शाखाको काम हो होला, म किन गर्ने?”
Anybodyले भन्यो,
“म पनि गर्न सक्छु, तर मलाई कसैले जिम्मा दिएको छैन।”
Nobody चुपचाप आफ्नो कुर्सीमा बसिरह्यो।
दिन बित्दै गयो। सबैले अरूले गरिहाल्छ भन्ने सोचिरहे। साँझ हुँदा प्रतिवेदन तयार भएन। अर्को दिन मन्त्रालयबाट कडा चेतावनी आयो। हाकिम रिसाए।
हाकिमले सबैलाई बोलाएर सोधे,
“यो काम कसले गर्नुपर्ने थियो?”
Everybodyले भन्यो, “हामी सबैले गर्नुपर्ने थियो।”
Somebodyले भन्यो, “मलाई लाग्यो अरू कसैले गर्छ।”
Anybodyले भन्यो, “मलाई कसैले भनेको भए म गर्थें।”
अन्त्यमा सत्य बाहिर आयो—काम त Nobodyले गरेको रहेन।
सबै लाजले निहुरिए।
त्यसपछि हाकिमले नियम बनाए—
“अबदेखि प्रत्येक कामको स्पष्ट जिम्मेवारी तोकिन्छ। कसैले पनि ‘अरूले गरिहाल्छ’ भनेर नबस्ने।”
केही समयपछि त्यही कार्यालय जिल्लाकै उत्कृष्ट कार्यालय बन्यो।
अब Everybodyले आफ्नो भूमिका बुझ्यो,
Somebodyले जिम्मेवारी स्वीकार्न सिक्यो,
Anybody सधैं सहयोगका लागि तयार रह्यो,
र “Nobody जिम्मेवार छैन” भन्ने अवस्था सधैंका लागि अन्त्य भयो।
शिक्षा
जब सबैले “अरूले गरिहाल्छ” भन्छन्,
त्यो काम कसैले गर्दैन।
तर जब प्रत्येक व्यक्ति आफ्नो जिम्मेवारी बुझ्छ,
त्यो कार्यालय मात्र होइन, देश नै अगाडि बढ्छ!
समय सान्दर्भिक महात्म्य
१. विद्यार्थी बिहानभरि सुत्छ :
परिवार भन्छ: सुतोस्, उठाइदिनु हुँदैन, उसको भावनामा चोट पुग्छ ।
२. उसले होमवर्क गरेन :
अभिभावक भन्छ : सर ! आज यसले होमवर्क गरेको/ गरेकी छैन, दवाव नदिनुहोला, उसको भावनामा चोट पुग्छ ।
३. विद्यार्थी झम्लङ्ग कपाल पालेर, ट्याटु खोपेर, बहुरूपी भएर स्कूल पुग्छ :
अभिभावक भन्छ: यसलाई केही नभन्नुहोला, उसको भावनामा चोट पुग्छ।
४. विद्यार्थीले चुरोट तान्न सिकेको छ, गाँजा खान सिकेको छ, जाँडरक्सी खाएर सडकमा लम्पसार भेटिन्छ, हुक्का र गाँजा बोकेर स्कूल जान्छ । ऊ यो सबै सिकाउने 'गुरु' को 'आज्ञाकारी विद्यार्थी ' बनिसकेको हुन्छ । शिक्षक अभिभावकको साथ खोज्छ :
अभिभावक भन्छ : उसले होइन भनेको छ , उसलाई केही भन्नुहोला, उसको भावनामा चोट पुग्छ ।
५. विद्यार्थी चार, पाँच कक्षादेखि लभको चक्करमा हुन्छ । कक्षाकोठा, सार्वजनिक यातायात, शौचालय, भर्याङ सबैतिर ऊ अश्लिल हर्कत गरिरहेको हुन्छ । क्रस, ब्रेकअप, प्याचअप, डेटिङ... अनेक जानेको छ उसले ।
अभिभावक भन्छ : ऊ त्यस्तो छैन, यो उमेरमा अलिअलि त भैहाल्छ, उसलाई केही नभन्नुहोला, उसको भावनामा चोट पुग्छ ।
६. विद्यार्थीसँग आइफोन छ, ल्यापटप छ, ट्याब छ । ऊ रातभरि अनलाइन हुन्छ, फ्रिफायर, पब्जी खेल्छ, को कोहोसँग अनलाइन च्याट गरेर वा के केको हो भिडियो हेरेर रात बिताउँछ, दिउँसो स्कूल आएपछि टाउको दुख्यो भनेर टेबलमा निदाउँछ । आँखा सधैँ राता, मान्छे सधैँ झुम्म, शिक्षक सुधारको प्रयास गर्छ :
अभिभावक भन्छ : यसलाई केही नभन्नुहोला, उसको भावनामा चोट पुग्छ ।
७. विद्यार्थीको पाखुराभरि ब्लेडले चिरेको डाम छ, ऊ कक्षामा टोलाएर एउटैलाई हेरिरहन्छ, अरू सप्पै उसलाई र उसले हेरेकोलाई हेरिरहन्छन् । शिक्षकले सप्पै बुझेको छ । अभिभावकसँग सहयोग माग्छ :
अभिभावक भन्छ : उसलाई केही नभन्नुहोला, उसको भावनामा चोट पुग्छ ।
८. कहिलेकाहीँ होमवर्क बुझाइहाल्यो भने अलि जान्ने साथीले गरेको होमवर्क सारेर बुझाउँछ, शिक्षकले आफैँ गर भनेर दवाव दिन्छ :
अभिभावक भन्छ : उसलाई केही नभन्नुहोला, उसको भावनामा चोट पुग्छ ।
९. विद्यार्थी कापीकलम लिएर जाँदैन । शिक्षक 'कापी कलम खोइ ?' भन्छ ।
अभिभावक भन्छ : नमाग्नोस्, उसको भावनामा चोट पुग्छ।
समाज भन्छ : टर्चर दिन पाइँदैन, उसको भावनामा चोट पुग्छ।
प्रेस भन्छ : मानव अधिकारको गम्भीर उलंघन भयो ।
युट्युबर भन्छ : यो ज्यादती कहिले सम्म ? उसको भावनामा चोट पुग्यो ।
१०. स्कूल अभिभावक बोलाउँछ । विद्यार्थी 'आउने हैन नि' भनेर आँखा तर्दिन्छ ।
अभिभावक भन्छ: जान्न, उसको भावनामा चोट पुग्छ।
११. स्कूलले परीक्षा लिन्छ ।
अभिभावक भन्छ : चार जिपिएभन्दा कम नदिनोस्, उसको भावनामा चोट पुग्छ।
१२. बोर्डले परीक्षा लिन्छ । ऊ उत्तीर्ण हुँदैन।
कथित बुद्धिजीवी भन्छ : परीक्षा खारेज हुनुपर्छ, नत्र उसको भावनामा चोट पुग्छ।
अभिभावक भन्छ : ऊ अनुत्तीर्ण हुनै मिल्दैनथ्यो, उसको भावनामा चोट पुग्यो।
समाज भन्छ : अनुत्तीर्ण भन्न मिल्दैन, उसको भावनामा चोट पुग्छ।
अनि माथिका सप्पैले एकैचोटि भन्छन् : यी शिक्षकले पढाएनन् । सबैलाई पास गराएनन्। यिनलाई कारबाही हुनुपर्छ ।
************************
अँ साँच्ची, शिक्षकको चाहिँ भावना हुँदैन है !
*************************
कुनै व्यक्ति विशेषमा लक्षित छैन । शिक्षकहरूको औषत भोगाइ र अनुभूति मात्र हो । कसैको ब्यक्तिगत जीवनसँग मिलेमा संयोग मात्र हुनेछ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Katmandu
05/12/2025