World Update
मान्छे जस्तो सुकै होस् फरक पर्दै तर बानी,ब्यवहार,चाहि असल अनि सब्य हुनु पर्दैछ ! #(natureLover❣️🥀🏅)
मीठो सम्बन्धलाई सधैं जोगाएर राखौं,साथ हरायो भने गुगलले पनि फेला पार्न सक्दैन !
मलाई त्यस्तो व्यक्ति चाहिंदैन जसले मेरा समस्याहरुको समाधान गरोस् म त्यस्तो मान्छे चाहन्छु जो मेरालागि समस्या नबनिदिओस् ।✍️
हार्नु गलत होइन तर हार मान्नु गलत हो किनकी
पूर्ण-विराम अन्त्य होईन नयाँ वाक्यको सुरुवात पनि हो !
शुभ बिहानी 🙏🍀🌺💐
#जापानको एउटा कथा :-))
जापानमा एउटा कथा छ जसले संसारभरका मानिसहरूको हृदय छोएको छ।
एकजना मानिसले आफ्नो पुरानो घरको मर्मत गरिरहेका थिए। उनले काठको भित्ताको एउटा प्यानल हटाउँदा स्तब्ध भए-उनले त्यहाँ एउटा माउसुली भेट्टाए,
जुन ज्यूँदै थियो, तर त्यसको एउटा सानो खुट्टा काठभित्र ठोकेको एक किलोले भित्तामा जेलिएको थियो।
उनलाई लाग्यो, यो कसरी ज्यूँदै छ? उनलाई थाहा थियो कि त्यो भित्ता दश वर्षअघि बनाइएको थियो। यसको मतलब त्यो सानो माउसुली दश वर्षदेखि त्यहीँ फसेको थियो।
उनी अचम्मित भएर उभिरहेका बेला, उनले अझै अचम्मलाग्दो कुरा देखे-भित्ताको चिराबाट अर्को माउसुली देखा पर्यो, जसले आफ्नो मुखमा खानेकुरा बोकेको थियो। दोस्रो माउसुलीले फसेको माउसुलीलाई खाना खुवायो।
त्यो मानिस गहिरो रूपमा प्रभावित भए। उनले काँटी निकालेर फसेको माउसुलीलाई मुक्त गरिदिए र सानो जीवहरूबीच पनि प्रेम, निष्ठा र बाँच्ने प्रयासको शक्तिमाथि विचार गरे।
यो कथा इन्टरनेटमा (विशेषगरी जापानी ब्लगहरू र सन् २००० को शुरुवाती चेन इमेलहरूमा) निकै फैलियो-एउटा भावनात्मक अनुस्मारकको रूपमा कि प्रेम र समर्पणले असम्भव परिस्थितिहरूलाई पनि जित्न सक्छ र जनावरहरूले पनि करुणा र निष्ठा देखाउँछन् ।
16/08/2025
अफ्रिकन देश ब्रुकिनाफासोका राष्ट्रपति ईब्राहिम ट्राओरेले आफू राष्ट्रपति भए पछि राष्ट्रपति भवनका एसी झिकेर स्कुलमा जडान गराए । उनले साँसद र मन्त्रीको तलब २०% ले घटाएर शिक्षक कर्मचारीको तलब ५०% ले बढाए। उनको राष्ट्रवादी सोचले कुल गार्हस्त उत्पादन पनि मनग्य बढेको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसँग ऋण लिन नमानेको मात्रै होईन ४.७ अर्व विदेशी ऋण पनि फिर्ता गरिसकेका छन् । उनका प्रगतिशिल कदमहरूले अफ्रिकाको मात्रै नभएर विश्वकै एक उदाउदो लिडरका रूपमा उभ्याईदिएको छ ।
Nepal Ko Halat ani Neta Chor la Garekoo Bikash.....??
Click here to claim your Sponsored Listing.
Category
Address
Katmandu