Know Nepal
Know Nepal documents how Nepal actually functions — from village logic to state behavior.
01/05/2026
ज्ञानका आफ्नै ‘क, ख, ग, घ’, स्तर छन्, सीमाना छन्, सन्दर्भ छन्।
कसैको लागि सत्य जे हो, अर्कोका लागि त्यो भ्रम हुन सक्छ।
हामीले बुझ्नुपर्ने पहिलो कुरा यही हो, मानव जीवन आफैंमा सीमित छ।
यति छोटो जीवनमा हामीले सबै ज्ञान हासिल गर्न सक्दैनौं।हामीले सबै अज्ञानता चिन्न पनि सक्दैनौं।
हामीले त केवल आफ्नो सन्दर्भको सत्य देख्छौं, आफ्नो अनुभवको ज्ञान बोल्छौं,
र आफ्नै सीमित बुझाइलाई “पूर्ण सत्य” ठान्छौं।
साँचो क्रान्ति तब सुरु हुन्छ, जब हामी आफ्नो अज्ञानता स्वीकार्न थाल्छौं।
जब हामी भन्छौं,
“म गलत पनि हुन सक्छु।”
“अर्को दृष्टिकोण पनि सत्य हुन सक्छ।”
“मलाई सबै थाहा पो छैन कि।”
“मेरो बुझाइ अधुरो छ।”
त्यो क्षण नै पहिलो कदम हो समस्या बुझ्ने, सत्य खोज्ने, र परिवर्तन सम्भव बनाउने।
किनकि, बुद्ध सबै जन्मिँदैनन्, र बुद्धत्व सबैमा स्वतः हुँदैन।
तर,प्रश्न गर्ने क्षमता, शंका गर्ने साहस,र बुझ्ने प्रयास, त्यो भने हरेक मान्छेमा हुन सक्छ।
हामीले समस्या देख्न थालेका छौं, तर समस्या देख्नु र समस्या बुझ्नु दुई फरक कुरा हुन्।
कसैको मात्र ज्ञान कुनै सार्वभौम सत्य होइन।
ज्ञान सन्दर्भमा बाँच्छ।सीमामा बाँधिन्छ।र मान्छेको अनुभवले मात्र देख्छ।
त्यसैले सबैसँग उही स्पष्टता हुँदैन।सबैले उही गहिराइमा समस्या देख्दैनन्।
कहिले समस्या सजिलो बनाइन्छ, कहिले जटिलतालाई बेवास्ता गरिन्छ।
अनि त्यहीँबाट सुरु हुन्छ, सरलीकरणको खतरा।
क्रान्ति तब सुरु हुन्छ, जब हामी आफ्नो सीमितता बुझ्छौं। किनकि समस्या बुझ्नु पहिलो क्रान्ति हो।
बुद्ध जयन्तिको शुभकामना ।।
बाध्यता र भविष्य बीचको लडाइँ: नेपाल बस्ने कि छोड्ने?
If you’re thinking about leaving the country or staying in Nepal, leave your thoughts in the comments below 👇
हाम्रो प्रतिस्पर्धा विश्वसँग होइन, आफ्नै सम्भावनासँग हो।
From Innovation to Human Development, the numbers tell a story of where we are, but our talent tells the story of where we can go. It’s time to bridge the gap and do justice to the energy we carry.
27/03/2026
प्रधानमन्त्री बालेन्द्र शाहलाई हार्दिक बधाई।
यो जनविश्वासले दिएको ठूलो जिम्मेवारी हो।
राष्ट्रहित, संस्थागत सुधार, र जनअपेक्षाअनुसार परिणाम दिने शासनमार्फत यो अवसर ऐतिहासिक बन्न सकोस् भन्ने शुभकामना।
***n
व्यवस्था बदलियो, अब अवस्था बदलिनुपर्छ। यो कुनै व्यक्तिको जीत होइन, थकित नेपाली मनहरूको एउटा अन्तिम भरोसा हो। अबको राजनीति सिंहासनका लागि होइन, सेवाका लागि होस्।
सत्ता परिवर्तन मात्र होइन, अब प्रणाली र राजनीतिक संस्कृतिको रूपान्तरण आवश्यक छ।
नयाँ जनादेश जिम्मेवारी र अवसर दुवै हो।
19/03/2026
परिवर्तन आयो। प्रणाली बदलिन्छ?
परिवर्तनको चाहना नेपाली जनताले स्पष्ट रूपमा व्यक्त गरेका छन्।
RSP को उदयलाई धेरैले पुराना दलप्रतिको असन्तोष, स्थायित्वको खोजी, र जवाफदेहिताको मागको संकेतका रूपमा हेरेका छन्।
तर कुनै पनि जनादेशले आफ्नै बलमा राम्रो शासन सुनिश्चित गर्दैन।
संस्था, नियम, प्रक्रिया र कार्यान्वयन बिना ठूलो बहुमत पनि अपेक्षाको बोझमै अड्किन सक्छ.
समस्या केवल को सत्तामा पुग्यो भन्ने होइन।
मुख्य प्रश्न - सत्ता प्रक्रियाभित्र चल्छ कि व्यक्तिको इच्छाभित्र चल्छ।
यदि निर्णय संस्था, नियम र स्पष्ट प्रक्रियाबाट हुन्छ भने जनादेशले सुधार ल्याउन सक्छ।
यदि निर्णय फेरि पनि पहुँच, प्रभाव, र तात्कालिक लोकप्रियताले चलायो भने नयाँ शक्ति पनि पुरानै चक्रमा फस्न सक्छ।
आजको मुख्य प्रश्न RSP राम्रो कि नराम्रो भन्ने होइन।
प्रश्न - के यो जनादेशलाई संस्थागत शासन, नीतिगत अनुशासन, र जवाफदेहिता मा रूपान्तरण गर्न सकिन्छ ?
नेपालले पार्टी परिवर्तन धेरै देखिसकेको छ।
अब देशले शैली मात्र होइन, प्रणाली बदलिएको देख्न चाहन्छ.
समस्या बुझ्नु पहिलो क्रान्ति हो।
र आजको समस्या व्यक्ति होइन- प्रक्रियाभन्दा माथि उठ्ने शक्ति हो।
16/03/2026
पहिले राजनीतिक संस्कृति, पहिले संस्थागत विकास; त्यसपछि मात्रै स्थिर र सफल लोकतन्त्र।
नेपालको लोकतान्त्रिक यात्राले एउटा महत्वपूर्ण पाठ सिकाएको छ, व्यवस्था परिवर्तन मात्र पर्याप्त हुँदैन।
नेपालले विगत सात दशकमा धेरै पटक राजनीतिक परिवर्तन देख्यो।
राणा शासनको अन्त्य भयो।
राजतन्त्र आयो र फेरि समाप्त भयो।
1990 को जनआन्दोलनले बहुदलीय लोकतन्त्र ल्यायो।
2006 को आन्दोलनपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो।
यी सबै परिवर्तनहरूले राजनीतिक संरचना परिवर्तन गरे।
तर एउटा प्रश्न अझै बाँकी रह्यो,
के राजनीतिक संस्कृति र संस्थागत अभ्यास परिवर्तन भए?
यहीँ नेपालले सबैभन्दा ठूलो चुनौती भोग्यो।
दलहरू प्रायः व्यक्तिमा केन्द्रित भए।
निर्णय प्रक्रिया प्रायः closed leadership circles भित्र सीमित भयो।
नेतृत्व उत्पादन गर्ने प्रणाली स्पष्ट बनेन।
पार्टीभित्र accountability र institutional discipline कमजोर रह्यो।
परिणामस्वरूप,
लोकतन्त्र भए पनि शासन प्रणाली स्थिर र परिणाममुखी बन्न सकेन।
यसले एउटा महत्वपूर्ण निष्कर्ष दिन्छ
स्थिर लोकतन्त्रको आधार केवल संविधान वा चुनाव होइन।
स्थिर लोकतन्त्रको आधार राजनीतिक संस्कृति र संस्थागत संरचना हो।
राजनीतिक संस्कृति किन महत्वपूर्ण छ?
राजनीतिक संस्कृति भन्नाले
नेतृत्वको व्यवहार, निर्णय प्रक्रिया,
जवाफदेहिता, र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता बुझिन्छ।
यदि राजनीतिक संस्कृति rule-based नभई
personality-based भयो भने
संस्था कमजोर हुन्छन् र शासन अस्थिर बन्छ।
संस्थागत विकास किन आवश्यक छ?
संस्थागत विकास भन्नाले
- निर्णय प्रक्रिया स्पष्ट हुनु,
- भूमिका र जिम्मेवारी प्रणालीमा आधारित हुनु, र नेतृत्व परिवर्तन नियमित र पारदर्शी हुनु हो। जब संस्था बलियो हुन्छन्, व्यक्ति परिवर्तन हुँदा पनि प्रणाली टिकिरहन्छ।
वर्तमान सन्दर्भ
आज नेपालमा नयाँ राजनीतिक शक्तिहरू उदाएका छन्,
जसले सुधारको अपेक्षा जगाएका छन्।
तर सुधारको पहिलो कदम सत्ता प्राप्त गर्नु मात्र होइन।
सुधारको पहिलो कदम हो,
● राजनीतिक प्रक्रियालाई पारदर्शी बनाउनु
● समावेशी नेतृत्व विकास गर्नु
● संस्थागत निर्णय प्रणाली स्थापना गर्नु
यदि यी आधारहरू निर्माण गर्न सकियो भने
नेपालले स्थिर लोकतन्त्र, राम्रो शासन, र आर्थिक विकास तर्फ अघि बढ्न सक्छ।
नेपालको लोकतान्त्रिक अनुभवले स्पष्ट देखाउँछ,
पहिले राजनीतिक संस्कृति सुधार्नुपर्छ।
पहिले संस्थागत विकास गर्नुपर्छ।
त्यसपछि मात्रै लोकतन्त्र स्थिर र सफल हुन्छ।
किनकि अन्ततः
लोकतन्त्र केवल चुनावको प्रणाली होइन,
यो संस्थागत अभ्यास र राजनीतिक संस्कृतिको गुणस्तर हो।
नेपालको जनादेशले स्पष्ट सन्देश दिएको छ - जनता अब केवल सरकार होइन, राजनीतिक संस्कृतिको परिवर्तन चाहन्छन्।
भोट हाल्ने मात्रै होइन, शासनको हरेक तहमा सहभागिता खोजिरहेका छन्।
अब प्रश्न एउटै छ - नयाँ शक्तिले यो ऊर्जा संस्थागत गर्न सक्छ कि सक्दैन?
Democracy is a right, but Good Governance is a responsibility. ⚖️
Nepal’s history is a story of resilience, from the monarchy to the present republic. But as we enter this new chapter, the questions are simple yet serious:
✅ Can the government execute decisions?
✅ Can institutions fulfill their roles?
✅ Will the economy finally move?
The citizens have spoken. We don't want unrealistic promises; we want a Functional State. We want an end to corruption and a future for the youth.
The debate is no longer about "who" is in power, but "how" that power is used to run the country better. ✊
13/03/2026
जनताले परिवर्तनको पक्षमा मत दिएका छन्, यो चुनावले देखाएको मुख्य सन्देश के हो भने जनताको राजनीतिक सहभागिता पुरानो संरचनाभन्दा धेरै अगाडि बढिसकेको छ। अब प्रश्न हो - नयाँ शक्ति त्यसलाई संस्थागत गर्न सक्छ कि सक्दैन?
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dhumbarahi 04
Kathmandu