Possible Life Center

Possible Life Center

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Possible Life Center, Nonprofit Organization, Tarakeshwor Municipality-11,seshmati Mahadev Khola, kathmandu, Kathmandu.

21/03/2026

प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएकोमा आदरणीय गंगा छन्त्याल (Ganga Chhantyal) ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।💐
यहाँको नेतृत्वमा समावेशी विकास, आदिवासी जनजाति तथा अपाङ्गता भएका समुदायको हक, अधिकार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं।🙏
सम्भव जीवन केन्द्र परिवार

Photos from Possible Life Center's post 03/12/2025

३४औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस को सबैमा शुभकामना 3 Dec 2025. प्रभातफेरी तथा बृहत जमघट कार्यक्रमको झलक।

Photos from Possible Life Center's post 04/11/2025

धन्यवाद
यस सम्भव जिवन केन्द्रमा श्री तेन्जिङ गुरूङ्ग ज्यूकाे सम्पूर्ण परिवारका सदस्यहरू — हाल अमेरिका निवासी छोरा बुहारी श्री कुङ्गा गुरूङ्ग र श्रीमती साेनाम गुरूङ्ग तथा उहाँहरूका सुपुत्र काई गुरूङ्गज्यूले — संसारका सम्पूर्ण प्राणीकाे कल्याण र हितकाे कामना गर्दै यहाँ आश्रित सम्पूर्ण अपाङ्गहरूका लागि बेलुकाकाे मिष्टान्न भाेजनकाे व्यवस्था गर्नु भएको छ ।
उहाँहरूकाे यस पुण्य कार्यप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ । तपाईहरूकाे हितकारी भावना र सहयोगले हामी सबैलाई प्रेरणा प्रदान गरेको छ । ईश्वरले तपाईहरूको उत्तरोत्तर प्रगति, स्वास्थ्य, दीर्घायु र मनाेकामनाहरू पूरा गरुन् भन्ने कामना गर्दछाैं ।
नाेट:
यदि तपाईँहरूले पनि जन्मदिन, विवाह वर्षगाँठ, बार्षिकी, स्मृति दिवस जस्ता विशेष अवसरहरू यस सम्भव जिवन केन्द्रमा मनाउन चाहनुहुन्छ भने तलकाे ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ ।
सम्भव जिवन केन्द्र
तार्केश्वर नगरपालिका–४, मिलनबस्ति
📱 मोबाइल नं.: ९८४३१२९०४४, ९८४९१०६३१०

Photos from Possible Life Center's post 03/09/2025

हार्दिक धन्यवाद 🙏
आजको पुण्य अवसरमा, स्वयम्भू निवासी पूज्य गुरु Maniwa Sherab Gyaltsen Rinpoche ज्युबाट सम्भव जिवन केन्द्रमा अत्यन्तै प्रेरणादायी सेवा कार्य सम्पन्न भएको छ।
यस केन्द्रमा रहेका अपाङ्ग दिदीबहिनी तथा दाजुभाइहरूका लागि खाद्यान्न सामग्री वितरण गर्नु भएकाे छ।
यसअघि पनि पूज्य गुरुज्यूले यस केन्द्रमा बारम्बार निःस्वार्थ सेवा गर्दै आउनुभएको छ, जसप्रति हामी गहिरो आभार प्रकट माया गर्दछौं र मनाङ सेवा समितिलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

💐 हामी पूज्य गुरु Maniwa Sherab Gyaltsen Rinpoche ज्युप्रति
शिर नमन गर्दै, उहाँको दीर्घायु, उत्तम स्वास्थ्य तथा आध्यात्मिक समृद्धिको शुभकामना व्यक्त गर्दछौं।

🙏 धेरै धेरै धन्यवाद।

सम्भव जीवन केन्द्र
सम्पर्क : ९८४३१२९०४४
९८४९१०६३१०

Photos from Possible Life Center's post 20/07/2025

आज यस सम्भव जिवन केन्द्रमा Food Aid Project Venerable Kuang Hsin Zseng Kuo Tample, Taiwan तर्फबाट उहाँले पठाउनु भएकाे अपाङ्गता भएका व्यक्तिहरूका लागि खाद्यान्न सामाग्रिहरू सहयाेग गर्नु भएकाेमा
श्री रामेश्वर श्रेष्ठ ज्यु,
श्री बिकास महर्जन ज्यु,
श्री मिना गाेपालि ज्युहरूलाई धेरै धेरै धन्यवाद। तपाईहरू प्रति याे संस्था अाभारी रहने छ । अागामि दिनहरूमा तपाईहरूले जीवनमा साेचेकाे सबै पुरा हाेस भन्ने कामाना पनि गर्दछाैं ।

Photos from Possible Life Center's post 13/06/2025

हार्दिक धन्यवाद 🙏
आजको पुण्य अवसरमा, स्वयम्भू निवासी पूज्य गुरु Maniwa Sherab Gyaltsen Rinpoche ज्युबाट सम्भव जिवन केन्द्रमा अत्यन्तै प्रेरणादायी सेवा कार्य सम्पन्न भएको छ।
यस केन्द्रमा रहेका अपाङ्ग दिदीबहिनी तथा दाजुभाइहरूका लागि खाद्यान्न सामग्री वितरण गर्नु भएकाे छ।
यसअघि पनि पूज्य गुरुज्यूले यस केन्द्रमा बारम्बार निःस्वार्थ सेवा गर्दै आउनुभएको छ, जसप्रति हामी गहिरो आभार प्रकट माया गर्दछौं।

💐 हामी पूज्य गुरु Maniwa Sherab Gyaltsen Rinpoche ज्युप्रति
शिर नमन गर्दै, उहाँको दीर्घायु, उत्तम स्वास्थ्य तथा आध्यात्मिक समृद्धिको शुभकामना व्यक्त गर्दछौं।

🙏 धेरै धेरै धन्यवाद।

Photos from Possible Life Center's post 01/06/2025

मिति २०८२-०२-(१६/१७)भक्तपुरमा जारी दुईदिने घरेलु उत्पादन प्रवर्धन मेलाले स्थानीय उत्पादनको बजारीकरण र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। जहाँ विभिन्न घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीहरू प्रदर्शन र बिक्री भइरहेका छन्। मेलामा स्थानीय उद्यमीहरूले आफ्ना उत्पादनहरू जस्तै हस्तकला, कृषिजन्य वस्तु, खाद्य सामग्री र अन्य परम्परागत सामानहरू प्रदर्शन गरेका छन्। मेलामा स्थानीय उद्यमीहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुर्‍याएको छ। यो मेलाले स्वदेशी उत्पादनको उपयोगलाई प्रोत्साहन गर्दै बेरोजगारी न्यूनीकरण र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य राखेको छ। थप जानकारीका लागि, मेलाको आयोजकले स्थानीय कला, संस्कृति र उद्यमशीलताको प्रवर्धनमा जोड दिएको छ, जसले भक्तपुरको सांस्कृतिक र आर्थिक पहिचानलाई उजागर गर्न मद्दत गरिरहेको छ।
भक्तपुरमा जारी दुईदिने घरेलु उत्पादन प्रवर्ध्दन मेला बागमति प्रदेशका सभासद सुरेन्द्रराज गोसाईज्युको प्रमुख आतिथ्यतामा सम्पन भयो।
हामीलाई पनि समाबेश गर्नु भएकाेमा धेरै धेरै धन्यवाद ।
आयाेजक
भक्तपुर घरेलु तथा साना उद्योग संघ
उद्योग तथा बाणिज्य कार्यालय भक्तपुर

Photos from Possible Life Center's post 01/06/2025

सम्भव जीवन केन्द्र,
ताक्रेश्वर लोलाङ्ग–४
अबिलिस फाउन्डेसन नेपालसँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी १ फेब्रुअरी २०२५ देखि ३० अप्रिल २०२५ सम्म सञ्चालित तीन महिने एड्भान्स सिलाई–कटाइ तालिम एक विशेष सीप विकास कार्यक्रम हो। यो तालिमले सहभागीहरूलाई सिलाई–कटाइमा दक्ष बनाउनुका साथै उनीहरूको आत्मनिर्भरता र आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्य राख्छ।
लक्षित समूह: शारीरिक अपाङ्गता भएका व्यक्ति।
अवधि: ३ महिना (१ फेब्रुअरी २०२५ – ३० अप्रिल २०२५)।उद्देश्य: सहभागीहरूलाई सिलाई–कटाइको उन्नत सीप सिकाएर स्वरोजगार र आत्मनिर्भर बनाउन सहयोग गर्ने।आयोजक: सम्भव जीवन केन्द्र
आर्थिक सहयोग :अबिलिस फाउन्डेसन नेपाल
प्रमाण–पत्र: तालिम सफलतापूर्वक पूरा गर्ने सहभागीहरूलाई प्रमाण–पत्र प्रदान गरिएको छ ।
याे तालिमहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक र आर्थिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्।

प्रमाण–पत्र वितरण: तालिम सफलतापूर्वक पूरा गर्ने सहभागीहरूलाई प्रमाण–पत्र प्रदान गरिएको छ ।
प्रशिक्षक: श्री करुणा उपाध्याय
अध्यक्ष: श्री रघुनाथ बस्नेत
ताक्रेश्वर नगरपालिकाकी उप–प्रमुख :श्री सृजना बुर्लाकोटी अर्याल
अबिलिस फाउन्डेसन नेपालका संयोजक: डा. विरेन्द्र राज पोखरेलको हस्ताक्षर समावेश गरिएको छ।

आउनु भएका प्रमुख अतिथि, सभापति, बिशिष्ट अथिति, अतिथिहरू, पाहुनाहरूलाई धेरै-धेरै धन्यवाद जुन याे समापन कार्यक्रमले राम्रो भयो ।

Photos from Possible Life Center's post 31/05/2025

आजको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका लागि बजार व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रमबारे हाल उपलब्ध जानकारीले विशिष्ट कार्यक्रमको विस्तृत विवरण प्रदान गयौं । यद्यपि, अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण र समावेशीकरणका लागि विभिन्न पहलहरू भइरहेका छन्, जसमा व्यावसायिक तालिम, उद्यमशीलता विकास, र बजार पहुँच सम्बन्धी कार्यक्रमहरू समावेश छन्। यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी, तालिम, र बजार ब्यवस्थापनका अवसरहरू प्रदान गर्न विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन भयो ।
धन्यवाद अबिलिस फाउन्डेसन
मिति :२०८२-०२-१७

Photos from Possible Life Center's post 05/05/2025

The guest from JAPAN
The "Sambhav Jivan Kendra Possible Life Center" in Survinayak-8, Bhaktapur. The sign indicates it is a registered organization (Regd. No. 072/ and PAN No. 604779665, SWC No. 42607) with a mission to bring about positive change, as stated by the phrase "We Possible to Change." In the foreground, a person in a wheelchair is shaking hands with another individual who is holding a small potted plant with red and green flowers, suggesting a moment of support or celebration.

Photos from Possible Life Center's post 05/05/2025

यस सम्भव जीवन केन्द्र भक्तपुर अपाङ्गता क्षेत्रमा कार्य गर्नको लागि भौतिक संरचना बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी प्रेमीहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Telephone

Address


Tarakeshwor Municipality-11,seshmati Mahadev Khola, Kathmandu
Kathmandu
44600