Astro With Narayan

Astro With Narayan

Share

Astrologer, Spiritual Seeker, Meditator, Yoga, Philosophy and more.

Online मार्फत ज्योतिष परामर्श तथा विश्लेषण गराउन हामिलाई सम्झनुहोस ।

Whatsapp/Viber/Phone📞 9803747427

26/03/2026

रामनवमी | श्रीराम जयन्ती | हार्दिक मंगलमय शुभकामना
(चैत्रशुक्ल नवमी तिथिमा श्रीराम जयन्ती मनाईन्छ)

💁‍♂️आत्मारुपि प्रकाश(राम) अनि शरीर(अयोध्या) दुबै हामीभित्रै छन, आफैमा डुल्नुहोस, खोज्नुहोस, पहिचान गर्नुहोस, जीवन राममय बनाउनुहोस, राममन्दिर आफ्नै शरीर हो, सधै स्वच्छ, रमणीय बनाउनुहोस ।

रामनवमी तथा श्रीरामजयन्तीको हार्दिक मंगलमय शुभकामना ।

#रामनवमी #अयोध्या #नवरात्री #रामराम #जयश्रीराम 🙏

14/03/2026

विवाहपूर्व कुन–कुन ज्योतिषीय पक्षमा विचार गर्नुपर्छ?
(विवाह = गुण मिलान + कुण्डलि मिलान)

✍️ विवाह गर्नु अघि केवल गुण मिलान मात्र होइन, पूर्ण कुण्डली विश्लेषण गरेर निष्कर्षमा पुग्नु राम्रो हुन्छ। गुण मिलानलाई सहायक रूपमा लिनुहोस्, तर कुण्डली मिलानलाई प्राथमिकता दिनु आवश्यक छ ।

✍️ वैवाहिक सुखसँग सम्बन्धित मुख्य पक्षहरू:

✔️सप्तम भाव र सप्तमेश

✔️लग्न, लग्नेश

✔️पञ्चम र नवम भाव

✔️वैवाहिक कारक ग्रह: शुक्र, गुरु, मङ्गल

✔️नवाम्स कुण्डली

✔️पारिवारिक सुखको भाव (चौथो)

✔️ससुराल पक्षसँग सम्बन्धित अष्टम भाव

✔️माङ्गलिक दोष

✔️पाप ग्रहको दृष्टि वा प्रभाव.... लगायत,

यी धेरै महत्वपूर्ण पक्षहरू सामान्य गुण मिलानमा समावेश हुँदैनन्।

त्यसैले… 👍
✍️ विवाहको निर्णय गर्दा गुण मिलानभन्दा पूर्ण कुण्डली मिलानमा बढी ध्यान दिनु आवश्यक हुन्छ।

✍️ गुण मिलानमा नाडी, भकुट, गण, ग्रहमैत्री, योनि, तारा (नक्षत्र), वश्य र वर्णको मिलान गरी ३६ अङ्कमध्ये दुईतर्फको नक्षत्र मिलान अनुसार अंक दिइन्छ।
✍️तर यो केवल बाहिरी मूल्याङ्कन मात्र हो। गहिरो र सूक्ष्म विश्लेषणका लागि पूर्ण जन्मकुण्डली अध्ययनको आवश्यक हुन्छ, जुन माथी उल्लेखित छन ।

#ॐनमःशिवाय ः_पार्वतीपतये #लक्ष्मीनारायण 🙏

Sri Sri Narayan 🕉️ Astro With Narayan
(For contact inbox or whatsapp 980-3747427)

02/03/2026

🤷‍♂️फाल्गुपुर्णिमा तथा होलि पर्वको हार्दिक शुभकामना
(आउनुहोस् होलि पर्वको रहस्य बुझौं⬇️)

💁‍♂️होलिको सन्देश शत्रुलाई पनि मित्र ठान्नु, कोहि शत्रु नरहुन । पुरानो रिस-रागलाई भुली(निस्तेज पारी) सबैलाई अङ्गालोले बेर्नु, उत्सवको रंग साटासाट गर्नु, फिकाफिका सम्बन्धलाई रङ्गिविरङ्गी रंगहरु लगाइदिदै सबैलाई मित्र बनाउनु- एक नयाँ जीवनको सुरुवात गर्नु नयाँ बसन्त लहराउनु - नयाँ वर्षको आवाहनको लागि क्रोध र अहंकार(रातो र हरियो) हटाई आनन्द(पहेलो), प्रेम(गुलाबी), शान्ती(सेतो), ज्ञान(जामुन), बिस्तार(निलो) र त्याग(केशरी) को सन्देशको लागि रङ्गिबिरङ्गी रंगले उत्सव मनाउनु- शरीर-मन-चेतनाको साथ पवित्रता र अनुशासनको रंग नै होलि हो।

🌎️होलिको २ प्रमुख पौराणिक कहानी छन । दक्षिण भारतमा ताराकासुरको दहन र उत्तर भारत तथा नेपालमा होलिका दहन ।

💁‍♂️दक्षिण भारतको पौराणिक मान्यता अनुसार भगवान शिव एक गहिरो ध्यानमामा हुनुहुन्थ्यो त्यसबेला असुर ताराकासुरले देवताहरुलाई दुख दिइरहेका थिए ताराकसुरको दहन शिव पुत्रले मात्र गर्न सक्ने भगवानहरुलाई थाहा भएपछी ध्यान मग्न शिवलाई ब्रह्मा, विश्नुले कामदेवलाई काम शक्ति द्वारा ध्यान भङ्ग गर्न आदेश दिए, कामदेव शिव नजिक गैइ कामवाण प्रहार गरे जसको कारण शिवको तेस्रो नेत्रबाट ज्वाला उत्पन्न भैइ कामदेवको दहन भयो, संसारमा काम(मोह) नाश भएको देखि भगवानहरु घवराउन थाले र शिवलाई काम(मोह) नभैइ संसार चल्दैन भनी काम(कामना)को माग गरे सोही अनुसार शिवले नया काम(मोह)को सिर्जना गर्नुभयो र संसार जिवन्त पार्नुभयो अनि शिव र शक्तिबाट उत्पन्न हुनुभएका कार्तिक्य जसको अर्थ हुन्छ योद्धा, विरता, सुरता, प्रज्ञावान, अग्निपुत्र जसको उत्पत्ती कृतिका नक्षत्रमा भएको थियो उहाले नै ताराकासुर असुरको दहन गर्नुभयो जसको कारण ब्रह्माण्डमा फेरि उमंग छायो, उत्सव भयो, जगतमा एक आनन्दको रस जाग्यो, सबै नया उर्जाको साथ रङ्गिविरङ्गी हुँदै उत्सव मनाए त्यही दिन आज होलि भनी हामी गर्दछौ ।

💁‍♂️अर्को पौराणिक मान्यता अनुसार राजा हिरण्यकश्यप आफुलाई जगतको सबैभन्दा महान सम्झन्थे उनी चाहन्थे आफ्नो पर्जाका हरेक उनको आराधना गरून् पुजा गरून् तर उनैका छोरा प्रह्लाद उनलाई आराधना नगरी परम भगवान विष्णुको आराधना गर्दथे नारायणका परम भक्त थिए, जुन कुरा हिरण्यकश्यपलाई मन पर्दैनथ्यो विष्णुलाई उनी परम शत्रु मान्दथे त्यसकारण आफ्नो प्रजामा छोराको विष्णुप्रती भक्ती देखि आफ्नो छोरालाई पनि उनी शत्रु मान्न थाले र उनलाई मार्नको लागि बहिनी होलिका जो अग्निले जलाउन नसक्ने शक्तिशाली थिईन उनैको सहायता लिगि अग्नि कुण्डमा बसिन तर विष्णुभक्तको प्रभावले होलिका अग्नि कुण्डमा दहन हुन पुगिन भने नारायण नारायण जपिरहेका प्रह्लादलाई अग्निले छुन सकेन ततपश्चात भगवान विष्णु अवतार नरसिंह उत्पन्न भैइ अहंकारि राजा हिरण्यकश्यपको पनि दहन गर्नुभयो । एक असुर राजाको अन्त्य तथा राज्यमा दबेर रहेको जनताको पिडा छुटकारा पाएको हर्षको उत्सव र असुरको अन्त्य तथा भगवानको दिब्यताको उपलक्ष्यमा सम्पुर्ण प्रजाको खुशियालीमा रङ्गिविरङ्गी उत्सव लाग्यो र खुशियाली मनाईयो त्यसैलाई होलि पर्व नाम दिईयो ।

Sri Sri Narayan 🕉️ Astro With Narayan

#जयमातादी #ॐनमःशिवाय ः__पार्वतीपतये #हरेकृष्ण #जयमहाकाल 🙏

02/03/2026

ध्यान- आफू भित्र ईश्वरलाई देख्नु | आत्मा र परमात्माको मिलन

✍️ध्यानको कुनै नियम विधि हुदैन ध्यान केवल घटित हुन्छ, धारणाको अन्तिम बिन्दु नै हामी ध्यान बुझ्दछौ जुन केवल घटित हुन्छ, जसलाई घटित बनाउन हामी ध्यानका विधि भनेर सिक्दछौ बास्तवमा ध्यानको कुनै विधि हुदैन त्यहा सम्म पुग्ने मार्ग अर्थात योगको धारणा नै हामी गर्दछौ ।

#ॐनमःशिवाय #जयमहाकाल #ध्यान #ॐभैरवायनम

21/02/2026

ॐ शं शनैश्चराय नम: 🙏

ॐ नीलांजन समाभासम् । रविपुत्रम यमाग्रजम् ।
छाया मार्तण्डसंभूतम । तम् नमामि शनैश्चरम् ।।

#ॐनमःशिवाय #ॐशंशनैश्चरायनमः ः__पार्वतीपतये

28/01/2026

“वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥”

ं_गणपतये_नमः #ॐनमःशिवाय #जयमातादी

27/01/2026

🔱🚩ॐ हं हनुमते नमः🔱🚩

24/01/2026

🤷‍♂️आज शनिबार: काल भैरव भगवानको आराधना गरौं
(मूल मन्त्र: ॐ कालभैरवाय नमः)

23/01/2026

माँ सरस्वती पुजा तथा बसन्त पन्चमीको हार्दिक शुभकामना🙏

✍️ज्ञान, विद्या, बुद्धि, संगीत, कला र सिर्जनशीलताको प्रतीक माँ सरस्वती को कृपा सधैं बनी रहोस् ।

मां सरस्वती स्तुति मन्त्र💁‍♂️
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥

ध्यान मंत्र
या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा।।
शुक्लां ब्रह्मविचारसारपरमांद्यां जगद्व्यापनीं। वीणा-पुस्तक-धारिणीमभयदां जाड्यांधकारपहाम्।।
हस्ते स्फाटिक मालिकां विदधतीं पद्मासने संस्थिताम्।
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।

प्रतिष्ठा मंत्र
ॐ भूर्भुवः स्वः सरस्वती देव्यै इहागच्छ इह तिष्ठ ।
यो मन्त्र बोली अक्षता छोड्दिनुहोला यसपछि जल लिगि
‘एतानि पाद्याद्याचमनीय-स्नानीयं, पुनराचमनीयम् ।

#जयमातादी #ॐश्रीमहाकालिमहालक्ष्मीमहासरस्वत्योनमोनम
#ॐनमःशिवाय #जयश्रीराम ः__पार्वतीपतये

14/01/2026

💁‍♂️मकर सङ्क्रान्ति तथा राष्ट्रिय योग दिवसको शुभकामना🙏
(मेष, बृष, सिंह, बृश्चिक, मकर र मीन राशीलाई विशेष लाभ)

✍️सुर्य आजको रात्रिदेखी आफ्नो(सुर्य) पुत्र शनिको राशी मकर(१०) मा प्रवेश गर्दैछ ।
✍️सुर्य मकर राशिमा प्रवेश गरे लगत्तै सुरु हुने दिनलाई माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति पनि भनिन्छ जुन भोलि माघ १ गते मनाईदैछ ।
✍️विशेषगरि यस दिन गङ्गा स्नान, सुर्य आराधना तथा दानकर्म महत्त्वपूर्ण मानिन्छ ।
✍️सुर्य मकरदेखि मिथुन राशीमा भ्रमण गर्दा उत्तरायण तथा सुर्य कर्कटदेखि धनु राशी सम्मको भ्रमणलाई दक्षिणायन भनिन्छ ।
✍️तसर्थ मकर राशी सुरु हुदा माघे सन्क्रान्ती र कर्कट राशी सुरु हुदा श्रावण सन्क्राती गरि यी दुई दिनलाई वैदिक सनातन धर्ममा पर्वको रुपमा उत्सव मनाईन्छ ।
✍️उत्तरायण समयमा बिशेषगरि विवाह, ब्रतबन्द, गृहप्रवेश, यज्ञ लगायत मङ्गल कार्यहरु सुरुवात गर्न शुभ मानिन्छ ।
✍️यस दिन सुर्य मकर राशीमा गोचर गरि आफ्नो प्रकाश शनिको राशीमा पुर्याउने हुदा शनिमा रहेको नकारात्मकता नाश गरि सकारात्मकता दिलाउने ज्योतिषय मान्यता पनि छ, त्यसैले आज शनिजन्य खानेकुरा तथा बस्तु(तिलको लड्डु, मास/चामलको खिचडी, मासको दाल, गुड, बदाम, चाकु, मासको फुरौला लगायत) खाने तथा दान गर्ने गरिन्छ ।

ध्यानाकर्षण💁‍♂️
✍️ मेष, बृष, सिंह, बृश्चिक, मकर, मीन राशीलाई यो गोचर विशेष शुभ रहेको छ भने अन्य राशीलाई केही परिसानी तथा समस्या दिन सक्छ ।
✍️ मकर सन्क्रान्तीको दिन शनि जन्य खानाको प्रयोग तथा जसलाई अशुभ प्रभाव रहेको छ उसले शनि जन्य बस्तु दान तथा सुर्य तथा शनि मन्त्रको जप गर्नुहोला लाभ मिल्छ ।

[मन्त्र: ॐ सुर्याय नम:🙏 ॐ शं शनैश्चराय नम:🙏]

#ॐनमःशिवाय ः__पार्वतीपतये #ॐ

Astro With Narayan 🕉️ Sri Sri Narayan

13/12/2025

💁‍♂️शुक्र अस्त हुदै: शुभ कार्यहरु यस समयमा बर्जित रहनेछन्)
(शुक्र अस्त: २०८२ मंसिर २७ गतेदेखी माघ १५ गतेसम्म)

✍️ज्योतिषशास्त्रमा शुक्र अनि गुरु ग्रहलाई ताराको रुपमा लिईन्छ । हरेक शुभ अनि मांगलिक कार्य गर्नुअघी गुरु-शुक्र ताराको उदित स्वरुपमा बिचार गरि अघि बढ्ने अत्यावश्यक मानिन्छ । गुरु-शुक्र अस्तमा सबै मांगलिक कार्यहरु सुरुवात गरिदैन । शुक्र गुरु अस्तको ३ दिन अघि र पछि दुबै समयलाई सुतकको रुपमा लिईने हुदा यस समय पनि शुभ कार्य सुरुवात गरिदैन ।

✍️शुक्र-गुरु जब सूर्य ग्रहमा आपशमा १० डिग्री भित्र समिपमा (नजिक) रहन्छ त्यो अवस्थामा शुक्र या गुरु अस्त मानिन्छ । यस्तो अवस्थामा शुक्र सुर्य ग्रहको नजिक प्रभावले बलहिन हुन पुगि कमजोर रहन्छ भन्ने ज्योतिषी मान्यता रहि आएको छ ।

💁‍♂️ज्योतिषशास्त्रमा शुक्रलाई भौतिक सुख, ऐश्वर्य, वैभव, प्रेम सम्बन्ध, सुन्दरता, सुन्दर शरीर, सुन्दर लत्ताकपडा, पत्नी, सेतो रङ, कफ प्रकृति, ब्राह्मण, सौम्य, विर्य, काम- बासना-शक्ति, वैवाहिक सुख, काव्य-साहित्य, स्त्री आदिको कारक मानिन्छ। तसर्थ शुक्र अस्तमा यी कुरामा समेत ध्यान पुर्याउनुपर्दछ ।

समग्रमा💁‍♂️
✍️विवाह, गृह प्रवेश, भवन निमार्ण, कुवा, तलाउ, बगैंचा निर्माण, व्रतको प्रारम्भ, उद्यापन, प्रथम उपाकर्म, नयाँ बेहुलीको गृह प्रवेश, देवस्थापन, दीक्षा, उपनयन लगायत कार्यहरु गुरु अनि शुक्र अस्तमा ज्योतिष शास्त्रअनुसार वर्जित गरिएको छ ।

Sri Sri Narayan 🕉️ Astro With Narayan
(For contact inbx or whatsap 980-3747427)

#ॐनमःशिवाय #हरेकृष्ण ं_गणपतये_नमः #रामराम

23/11/2025

बुध राशी परिवर्तन: २०८२ मंसिर ०७ गतेदेखि २० गतेसम्म ।
(मेष देखि मीन राशीसम्म बुधको यस गोचरको प्रभाव)

यस गोचरमा बुधको प्रभाव💁‍♂️
✍️बुध आफ्नो मित्र राशी तुलामा गोचर गर्दैछ, जहाँ केही समय शुक्र सङ्ग युतिगत रहनेछ ।
✍️बुधको यस शुभ गोचरले ब्यापार तथा शेयर मार्केट लाभ मिल्ने तथा मार्केटिङ, पत्रकारिता, संचारमा पनि शुभ रहनेछ ।
✍️बुद्धि कारक ग्रह बुध आफ्नो मित्र राशीमा हुदायो समय दीर्घकालीन सोचको लागि राम्रो नै रहनेछ । साथै केही दिनमा बुध मार्गी एवं उदय पनि हुनेछ, जसले गर्दा रोकिएका कार्य अघि बढ्नेछन ।

💁‍♂️वैदिक ज्योतिषमा बुध ग्रहलाई ब्यवसाय, बुद्धि, वाणी, तर्क, संचार, संवाद, गणित, चतुरता साथै मित्रताको कारक मानिन्छ, त्यस्तै लेखन, पत्रकारिता, वकिल, शेयर, बाचक, कलाकार, लेखक लगायतको कारक पनि मानिन्छ ।

💁‍♂️यदि बुध ग्रह् जन्म कुन्डलीमा शुभ कारकत्व भएमा तथा लग्न र चन्द्र गोचरमा बुधको शुभ गोचर रहे यस समय माथिका सबै कारक कुरामा सर्वश्रेष्ठ सबलता दिन्छ ।

✍️ मिथुन, कन्या, तुला, धनु र कुम्भ राशिलाई अति लाभप्रद छ । त्यस्तै मेष, कर्कट, सिंह र मकर लाई मध्यम रहनेछ तर वृष, वृश्चिक र मीन राशी भने सावधानीपुर्वक रहनुपर्नेछ ।
✍️मीन राशीवालाको लागि तन्त्रमन्त, गुप्त ज्ञान तथा रिसर्च कार्यमा भने राम्रो नै हुन्छ स्वास्थ्यमा भने ख्याल राख्नुहोला, वृश्चिम/वृष लागि खर्चमा नियन्त्रण तथा अनावश्यक तर्कमा/लफडामा नपर्नुहोला, कुलत र अनैतीक कार्यमा सरिक नहुनुहोला साथै स्वास्थ्यमा ख्याल राख्नुहोला तर बिदेश यात्राको चाही योग छ ।

💁‍♂️सम्पुर्ण १२ राशी/लग्नमा बुध गोचरको शुभ-अशुभ प्रभाव:

☑️मेष: नोकरी, व्यवसाय तथा पार्टनरसीप कार्यमा राम्रो, धनसम्पत्ति जोडिने साथै आवस्यक चिजमा लगानी रहने छ, सामाजिक तथा पारिवारिक स्तरमा शुभ रहेको छ सुख तर नैतिक तथा व्यवहारिक आचरणमा ध्यान दिनुपर्नेछ त्यस्तै श्रीमतीसङ्ग वादविवाद लगायत हुन सक्ने हुदा मिलनसार बन्नुहोला ।
☑️वृष: अनावश्यक ऋण र लफडामा नफस्नुहोला, स्वास्थमा कुनै समस्या आउने सम्भावना रहने हुदा खानपान सहित दैनिक ब्यायाम योग ध्यानमा समय दिनुहोला, जिवनशैलिमा परिवर्तन गर्नुहोला, प्रेमसम्बन्धमा केही विवाद रहन सक्ने हुदा यसमा ख्याल राख्नुहोला, तर बिदेश यात्रा आदिमा भने उत्तम छ, प्रतियोगिता तथा खिलाडीको लागि शुभ नै रहनेछ ।
☑️मिथुन: आत्मविश्वास बढ्ने, निर्णय लिने क्षमतामा वृद्धि, रचनात्मक समय रहनेछ, शिक्षामा सफलता, प्रेममा सुखद समय, लगानीको लागि सहि समय, सन्तान प्राप्तिको योग सङै सन्तानसङ राम्रो सम्बन्ध, सिर्जनात्मक कार्यको लागि शुभ समय ।
☑️कर्कट: अचल सम्पत्तिमा वृद्धि, नोकरीमा शुभ, सामाजिक तथा राजकीय स्तरमा अति उत्तम, पारिवारिक सुखमा वृद्धि, वाणी तार्किक रहने, तर यहाँ शनि र सुर्यको प्रभाव पनि रहनेहुदा छाती, मुटु र पेटको रोगिले बिशेश ख्याल राख्नुपर्ने साथै खानपानमा ध्यान दिनुपर्ने हुन्छ त्यस्तै अनावश्यक खर्चबाट बच्नुहोला ।
☑️सिंह: उर्जामय समय, संचार तथा नेटवर्क सम्बन्धी संबंधित कार्यमा सफलता, आत्मविश्वासमा वृद्धि, नयाँ कार्यमा सफलताको योग, भाग्यले साथ दिने, कार्यमा सफलता, पराक्रम बढ्ने, भाईबैनिमा सम्बन्ध राम्रो, सामाजिक स्तरमा अति उत्तम, बिदेश यात्राको लागि शुभ समय ।
☑️कन्या: आफन्तबाट सहयोग, भोग विलासमा वृद्धि, स्वादिष्ट भोजनको समय, बोलिमा मधुरता, नैतिक आचरण, धन प्राप्ती, रहस्यमय ज्ञानमा लाभ, तर मद्यपान, धूम्रपान, कुलत र अधिक मसालेदार खानाबाट टाढा रहनुहोला, पेटजन्य रोगले सताउन सक्छ ।
☑️तुला: उच्च लाभयुक्त समय, भोगविलास, सम्मान, नया वस्त्रको योग, श्रीमती, पारिवारिक सम्बन्धमा अति राम्रो समय, अनुहारमा नया चमक, सरकार तथा पिताबाट लाभ तर घमण्ड र अत्याधिक अहंकार र अस्वस्थ खानाबाट बच्नुहोला ।
☑️वृश्चिक: अधिक खर्चो या अनावश्यक खर्चसम्बन्धि कुरामा समस्या आउन सक्ने हुदा यसमा ख्याल गर्नुहोला, उच्च भोगविलास, भौतिक सुखमा वृद्धि, बिदेश यात्रा सफल, उच्च स्तरीय बस्तुमा खर्चो तर स्वास्थ, रोग र अनैतिक प्रेम तथा सम्बन्धबाट बच्नुहोला ।
☑️धनु: लाभदायक समय, ईक्षा प्राप्तिको योग, प्रेममा सफलता, गायन तथा कलात्मक क्षेत्रमा लाभ, आकस्मिक लाभ, स्त्रीवर्गबाट लाभ मिल्ने तथा अध्ययनमा पनि शुभ समय रहेको छ ।
☑️मकर: ब्यवसाय, तथा नोकरीमा राम्रो छ, नया नोकरी, भौतिक सुखमा वृद्धि हुने योग छ, उच्च पद तथा पद वृद्धिको योग, मानसम्मान तथा सरकारी पक्षबाट पनि लाभ मिल्नेछ ।
☑️कुम्भ: भाग्यको साथ मिल्नेछ, महाधनी योग, धार्मिक तथा राजनीति सफलता मिल्ने, नया कार्य थालनि तथा उच्च शिक्षा र बिदेश यात्राको लागि राम्रो समय रहने छ साथै माथिका बुध कारकत्वमा पनि वृद्धि हुनेछ।
☑️मीन: अधिक संघर्ष गर्नुपर्ने, स्वास्थ्यमा समस्या आउन सक्ने, गुप्त धनमा वृद्धिको योग, कुटुम्ब परिवारमा सामन्जस्यता कायम राख्नुहोला, अनैतिक सम्बन्धबाट टाढा रहनुहोला, स्वास्थ्य तथा खानपानमा विशेष ख्याल राख्नुहोला, गुप्त ज्ञान, तन्त्रमन्त्र तथा शास्त्र अध्ययनको लागि भने शुभ रहनेछ ।

ध्यानाकर्षण🤷‍♂️
✍️जन्मकुण्डलीमा लग्नेश, बुध, गुरु, शनि, मङ्गल र राहु त्यस्तै वर्तमान ग्रह दशाको अवस्था जति सकारात्मक तथा योगकारक छन त्यही अनुसारको अनुपातमा यस गोचरले आफ्नो विशेष शुभ-अशुभ फल दिन्छ ।

#ॐनमःशिवाय ं_गणपतये_नमः #हरेकृष्ण 🙏

Sri Sri Narayan 🕉️ Astro With Narayan
(For contact inbx or whatsapp 980-3747427)

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu