Shakti Basnet

Shakti Basnet

Share

. Shakti Bahadur Basnet is a Nepalese politician and former Minister of Forest and Environment. He is a Central Committee Member of Nepal Communist Party.

He served as Minister of Home Affairs. He inaugurated the campaign "Police My Friend"

01/05/2026

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस)को हार्दिक शुभकामना!
श्रमजीवी वर्गको संघर्ष, बलिदान र योगदानबाट नै नयाँ सामाजिक व्यवस्था र अधिकारहरू सम्भव भएका हुन्। तर अझै पनि श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा तथा उत्पादनका साधनमाथिको न्यायपूर्ण पहुँच सुनिश्चित गर्नुपर्ने चुनौती यथावत् छ।
यस ऐतिहासिक दिनमा, श्रमिक अधिकार, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि अझ सशक्त र संगठित भएर अघि बढ्न हामी सवैमा प्रेरणा मिलोस।
श्रमको सम्मान गरौं, श्रमिकको अधिकार सुनिश्चित गरौं!

30/04/2026

रुकुम पूर्वबाट रोल्पाको थबाङ–१, जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जनाको दुःखद निधन भएको खबरले स्तब्ध बनायो।
दुर्घटनामा ज्यान गुमाउनु हुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

22/04/2026

🇳🇵 आज, नेपाली कम्युनिष्ट पार्टी स्थापना दिवस र लेनिन दिवस।

राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा नेपाली कम्युनिष्ट पार्टीले गरेको संघर्ष र योगदानलाई गौरवपूर्वक सम्झने, सिक्ने र प्रेरणा लिने दिन।

साथै, राष्ट्र, आन्दोलन र पार्टी जीवनमा भएका सीमा, कमी र कमजोरी सच्याउँदै — विचार, संगठन, कार्यक्रम, स्प्रिट र
संकल्प एवम प्रतिबद्धतालाई थप सुदृढ गर्ने दिन।

कम्युनिष्ट पार्टी र समाजवादी आन्दोलन ऐतिहासिक वस्तुगत आवश्यकताको उपज हो।
हरेक मुलुकका विशेषता र विशिष्टतामा आधारित रहँदै, विजय र पराजयका कैयौं शृङ्खला पार गर्दै यो निरन्तर अगाडि बढिरहन्छ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र नेपाली विशेषतासहितको समाजवादको उद्देश्यमा एकताबद्ध पहलकदमीका लागि इमान्दार बनौं।

17/04/2026

सम्पूर्ण आमाहरुप्रति नमन, सम्मान र कृतज्ञता !

14/04/2026

जन्मदिनको अवसरमा विभिन्न माध्यमबाट शुभेच्छा तथा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण आदरणीय अग्रजहरू, सहकर्मी मित्रहरू, शुभेच्छुक तथा आफन्तजनहरूप्रति हार्दिक आभार प्रकट गर्दछु।
यहाँहरूको माया, सद्भाव र प्रेरणाले आगामी दिनहरूमा अझ जिम्मेवार, सक्रिय र प्रतिबद्ध भएर अघि बढ्न थप ऊर्जा र हौसला प्रदान गरेको छ।
फेरि एकपटक सम्पूर्णमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! नयाँ वर्ष सबैका लागि सुख, शान्ति, समृद्धि र सद्भावले भरिएको सफल वर्ष बनोस्।

14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
यो नयाँ वर्ष २०८३ समृद्धि, स्थायित्व र उन्नतितर्फ नयाँ ऊर्जा र आशाको बर्ष बनोस। नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!

02/04/2026

एसइइ (SEE) २०८२ मा सहभागी हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना!
तपाईंहरूको मिहिनेत, लगनशीलता र आत्मविश्वासले उत्कृष्ट सफलता दिलाओस्। परीक्षा केवल मूल्याङ्कनको एउटा माध्यम मात्र हो—तपाईंहरूको वास्तविक क्षमता र सम्भावना अझ विशाल छ। सकारात्मक सोच, धैर्यता र आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्। उज्ज्वल भविष्यको कामना!

02/04/2026

धन्यवाद हेमन्त जी र सम्बन्धित सबैलाई!

जगदुल्ला जलविद्युत आयोजना ‘ए’ को बिजुली प्रसारण लाइनमा जोड्ने सहमति 02/04/2026

सुखद अनुभूति !

जगदुल्ला जलविद्युत आयोजना ‘ए’ को बिजुली प्रसारण लाइनमा जोड्ने सहमति १९ चैत, जाजरकोट । जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन हुने १२४.३५ मेगावाट विद्युत् ४०० केभी प्रसारण लाइनमा...

25/03/2026

हार्दिक श्रद्धाञ्जली तथा समवेदना ! 🕯️
२०४९ सालमा जाजरकोट जिल्लाको जिविस सभापति तथा २०५६ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित अनुभवी राजनीतिक व्यक्तित्व आदरणीय गोविन्द विक्रम शाहज्यूको ६८ वर्षको उमेरमा भएको असामयिक निधनको खबरले अत्यन्त दुखित बनाएको छ।
उहाँले जिल्लाको विकास, जनसेवामा पुर्‍याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ।
मामा गोविन्द विक्रम शाहज्यूप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त सम्पूर्ण परिवारजन, आफन्त तथा शुभेच्छुकहरूमा गहिरो समवेदना व्यक्त गर्दछु। 🙏

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu