matrisandesh.com
matrisandesh.com is dedicated to nepali motherland news portal covered latest news & information.
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको द्वितीय उपाध्यक्षमा अनिल बोगटीको उम्मेदवारी,संगठन सुदृढीकरण, व्यवसायीहरूको हकहित संरक्षण तथा समग्र वैदेशिक रोजगार क्षेत्रको सुधारमा केन्द्रित गर्ने प्रतिबद्धता !
व्यवसायीमैत्री नीति निर्माण, वैदेशिक रोजगार क्षेत्रमा देखिएका विकृति तथा विसंगतिको अन्त्य, र श्रमिक तथा व्यवसायी दुवैको हित सुनिश्चित गर्नु प्राथमिक एजेन्डा !!!
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेशमन्त्रीले उठाए सीमा सुरक्षाको विषय !
06/06/2026
नेपाल भारतसँग व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा-स्वास्थ्य क्षेत्रमा सहयोग चाहन्छः परराष्ट्रन काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरका....
06/06/2026
ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । गुरुङ आज प्.....
ईश्वरी भुजेल हत्या प्रकरण: बालाजु प्रहरी वृत्त अगाडि आफन्त र प्रहरीबीच हात हालाहाल, अवस्था तनावग्रस्त !!!
‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा श्रीमती हत्याको आरोपमा पक्राउ!
06/06/2026
भारतको नयाँ दिल्लीमा ककरोचको प्रदर्शन
भारतको नयाँ दिल्लीमा ककरोच जनता पार्टीले गरेको प्रदर्शन। नीटको प्रश्नपत्र लिक भएको बारे पाँच जना विद्यार्थीले आत्महत्या गरेपछि उनीहरूले शिक्षामन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेका हुन्।
06/06/2026
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ !
06/06/2026
सभामुख डोल प्रसाद (डीपी) अर्यालद्वार सुदूरपश्चिम प्रदेशस्थित धार्मिक, पर्यटकीय तथा आर्थिक दृष्टिले महत्त्वपूर्ण भक्केनी धाम, ब्रह्मदेव, टनकपुर र प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्रको अवलोकन ।
06/06/2026
एनआरएनए जापानको प्रवक्तामा पत्रकार सचिन आचार्य चयन
टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रवक्तामा पत्रकार सचिन आचार्य चयन भएका छन्। एनआरएनए जापानको कार्यसमितिको निर्णयअनुसार आचार्यलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो।
पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय आचार्यले जापानस्थित नेपाली समुदायका विविध गतिविधि, समस्या तथा सरोकारका विषयलाई निरन्तर रूपमा उजागर गर्दै आएका छन्। उनलाई प्रवक्ताको जिम्मेवारी दिइनु संगठन र सञ्चार क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नवनियुक्त प्रवक्ता आचार्यले संगठनका गतिविधि, योजना तथा निर्णयहरूलाई पारदर्शी र प्रभावकारी रूपमा समुदायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, जापानमा रहेका नेपाली समुदायका हितका विषयमा संगठन र सञ्चारमाध्यमबीच सहकार्यलाई थप मजबुत बनाउने उनको भनाइ छ।
हाल एनआरएनए जापानको अध्यक्षमा सुभाष लामिछाने रहेका छन्। एनआरएनए जापानले जापानमा बसोबास गर्ने नेपालीहरूको हकहित, सहयोग तथा समुदायिक एकताका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसअघि प्रवक्ता रहेका साहित्यकार रविन शर्मा अमेरिका प्रस्थान गरेकोले आचार्यलाई प्रवक्ताको जिम्मेवारी तोकेको एनआरएनए जापानले जनाएको छ ।
सचिन आचार्यलाई नयाँ जिम्मेवारीको सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना
05/06/2026
‘नेपाली ब्रो’ले परिचित कुमारले आफ्नै श्रीमतीको गरे हत्या
काठमाडौं। टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित रेसलर कुमार थापा आफ्नी श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार शुक्रबार साँझ बालाजुस्थित निवासमा भएको घटनामा गम्भीर घाइते भएकी महिलालाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि कुमार थापा स्वयं बालाजु प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेका थिए। हाल उनलाई प्रहरी नियन्त्रणमा राखेर घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
प्रारम्भिक जानकारीअनुसार दम्पतीबीच लामो समयदेखि पारिवारिक विवाद चलिरहेको थियो। सम्बन्ध विच्छेद (डिभोर्स) सम्बन्धी मुद्दा समेत अदालतमा विचाराधीन रहेको बताइएको छ।
वास्तविक नाम कुमार थापा रहेका उनी प्रो रेस्लिङ खेलाडी हुन्। पछिल्लो समय सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा ‘नेपाली ब्रो’ नामबाट चर्चित थिए।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Tokyo
Kathmandu