Dev Entertainment
Entertainment
10/08/2021
Bicha Bicha ma-5 New Teej Song Pani Pani Ma REVIEW VIDEO Ft. Paul Shah | Durgesh Thapa|Basanta Thapa
Bicha Bicha ma-5 New Teej Song Pani Pani Ma REVIEW VIDEO Ft. Paul Shah | Durgesh Thapa|Basanta Thapa Bicha Bicha ma-5 New Teej Song Pani Pani Ma REVIEW VIDEO Ft. Paul Shah | Durgesh Thapa|Basanta Thapa ORIGINAL VIDEOhttps://youtu.be/FKhAWKUk-xI🎶 Audio Credi...
05/08/2021
दुर्गेश थापा लाई राष्टिय लोक दोहोरी प्रतिष्ठानले बहिस्कार गरेको छैन || यो सब YOUTUBE र ONLINE NEWS !
दुर्गेश थापा लाई राष्टिय लोक दोहोरी प्रतिष्ठानले बहिस्कार गरेको छैन || यो सब YOUTUBE र ONLINE NEWS ! दुर्गेश थापा लाई राष्टिय लोक दोहोरी प्रतिष्ठानले बहिस्कार गरेको छैन || यो सब YOUTUBE र ONLINE NEWS ले मात्र लेखेको हो यस्तो फेक ...
04/08/2021
गायक मुकेश रसाइलीका छोराले यति राम्रो गीत गाउछन सुमित रसाइली लाई सपोट गर्नु होला
Her TimroLagi Tara Todi Dinchhu song | फुलबुट्टे सारी सपक पारी पछेउरी मलमलको | @Sumit Rasaili Her TimroLagi Tara Todi Dinchhu song | हेर तिम्रोलागी तारा तोडी दिन्छु त भनाई मात्र हो|Sumit RasailiHer TimroLagi Tara Todi Dinchhu song | फुलबुट्टे सारी सपक...
17/06/2021
ढाड दुख्ने समस्या छ ? कपुर हुनेछ अचूक ओखती…
ढाड दुख्ने समस्या छ ? कपुर हुनेछ अचूक ओखती… - SandeshMedia.com काठमाडौं । कपुरको प्रयोग पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छन् । यसलाई औषधिको रुपमा सही तरिकाले प्रयोगमा ...
19/06/2020
निर्माता खड्काले वृक्षारोपण छोरी प्रान्सुको जन्मदिनको अवसर पारेर आयोजना गरेका थिए ।
फिल्म ‘फुर्के’ युनिटद्वारा वृक्षारोपण काठमाडौं । कोरोनाको कहर नियन्त्रणको कामना गर्दै फिल्म ‘फुर्के’ युनिटले वृक्षारोपण कार्यक्रम गरेको छ । फिल्म यु.....
इटालीमा क्वारेन्टाइनमा बसेकी एक महिलाले देशले भोगिरहेको पिड़ा अरुदेशले भोग्नु नपरोस भनि आफ़्नो दुःख यसरी व्यक्त गरेकी छिन्
(कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि पूरै इटाली अहिले क्वारेन्टाइनमा छ। चीनपछिको केन्द्रविन्दु अहिले इटाली नै हो। इटालीमा १ हजार ४ सय ४१ जना मानिसको मृत्यु भइसकेको छ भने २१ हजार १ सय ५७ मानिस संक्रमित भएका छन्। क्वारेन्टाइमा रहेकी एक इटालियन नागरिकले लेखेको क्वारेन्टाइन अनुभूति अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ। डा. समिर लामाले उनको त्यो अनुभूतिलाई नेपालीमा अनुवाद गरेका हुन्।)
सबैलाई थाहा भएको कुरा हो, अहिले कोरोना भाईरस (कोभिड-१९) फैलिएको कारणले पूरै इटाली क्वारान्टाइनमा छ।
त्यो भनेको बाहिर निस्कने अति आवश्यक काम नभए सम्म देशका सबै नागरिक, सबै जना सकेसम्म घरमा नै बस्नुपर्छ।
यो नराम्रो र डरलाग्दो अवस्था हो, तर यो भन्दा पनि डरलाग्दो के हो भने बाँकी संसारका देशहरुले आफ्नो देशमा यो भाईरस नआईपुगेको र धेरै नदेखिएको भन्दै हामीलाई त केही हुँदैन भनेर ढुक्क सँग बसेका छन्।
हामीलाई थाहा छ तपाइहरुले के सोंचिरहनुभएको छ।
किनकी हामी पनि केही समय अघि त्यही अवस्थामा थियौं। एकछिन हेरौं हामी र हाम्रो इटाली लगभग २-३ हप्तामा कसरी त्यो अवस्थाबाट यो अवस्थामा आइपुग्यौं।
पहिलो स्टेज- तपाईलाई थाहा छ कोरोना भाईरस छ भन्ने कुरा, न्युजमा पढेका छौं, टिभी, इन्टरनेटमा त्योबारे समाचार हेरेका छौं। पहिलो दोस्रो गरेर केही पोजिटिभ केसहरु तपाइँको देशमा देखिएका छन्।
डराउनुपर्ने केही छैन, यो अलि कडा खालको रुघाखोकी मात्रै हो, बुढाबुढीहरुलाई मात्र डर हुन्छ। जवानहरुले त भाईरसलाई पचाईहाल्छन्। गर्मी लाग्दैछ, भाईरसहरु मरिहाल्छन्। म सुरक्षित छु, ढुक्क छु।
सबै किन यति साह्रो आत्तिरहेका छन्, बेकारमा मान्छे तर्साउने काम किन गर्दैछन्। केही डर छैन।
दोस्रो स्टेज- अब बिस्तारै पोजिटिभ केसहरु बढ्न थालेका छन्, अब स-साना क्षेत्रहरुलाई ‘रेड जोन’ भनेर तोकिन थालिएको छ, सुरुमा केस देखिएका सहरहरुमा अलि बढी बिरामी देखिन थालेका छन् (फेब्रुअरी २२ तिरको कुरा)।
तर पनि आत्तिनुपर्ने केही छैन, त्यहीँका डाक्टर, नर्स, अस्पतालहरुले हेर्दैछन्। केही मान्छे मरेका छन् तर सबै बुढाबुढीहरु छन्, पहिलेदेखि सुगर, दमजस्ता अरु रोग लागेकाहरु पनि छन्। मिडियाहरुले बेकारमा सानो कुरालाई ठूलो बनाएर मान्छे तर्साउँदैछन्। म आफ्नो काम गरिरहन्छु, व्यापार व्यवसाय गरिरहन्छु, साथीभाइ भेटिरहन्छु, मलाई यो भाईरसको डर पनि छैन। यहाँ सबै ठिकै छन्।
तर पनि आत्तिनुपर्ने केही छैन, त्यहीँका डाक्टर, नर्स, अस्पतालहरुले हेर्दैछन्। केही मान्छे मरेका छन् तर सबै बुढाबुढीहरु छन्, पहिलेदेखि सुगर, दमजस्ता अरु रोग लागेकाहरु पनि छन्। मिडियाहरुले बेकारमा सानो कुरालाई ठूलो बनाएर मान्छे तर्साउँदैछन्। म आफ्नो काम गरिरहन्छु, व्यापार व्यवसाय गरिरहन्छु, साथीभाइ भेटिरहन्छु, मलाई यो भाईरसको डर पनि छैन। यहाँ सबै ठिकै छन्।
तेस्रो स्टेज- अब पोजिटिभ केसहरु छिटो छिटो बढ्दैछन्, दिनमै दोब्बर देखिन थालेका छन्, धेरै मर्न थालेका छन्। ‘रेड जोन’ र ‘क्वारान्टाइन क्षेत्र’ भनेर सरकारले अरु अरु सहरहरुलाई पनि ‘लक डाउन’ गर्दैछ।
इटालीमा मार्च ७ सम्ममा एक चौथाई देश क्वारेन्टाइनमा बसिसकेको छ। ती क्षेत्रका स्कूल, कलेजहरु बन्द भएका छन् तर रेस्टुरेन्ट, बार, फिल्महल, अफिसहरु अझै खुल्ला छन्। कुनै पत्रिकामा पूरै देश लक डाउन हुने समाचार अफिसियल्ली आउनुभन्दा अघि लिक हुन्छ, अनि करिब १० हजार जना ती ‘रेड एरिया’ तोकिएका भाईरस फैलिएको क्षेत्रबाट भाईरस नफैलिएका क्षेत्रमा भएका आ-आफ्ना घर फर्कन्छन्।
बाँकी तीन चौथाइ इटालीका बासिन्दाहरुको दैनिकी खासै बद्लिएको हुँदैन, उनीहरु साबुन पानीले हात धुन्छन्, मास्क लगाएर हिँड्छन्, भेला, समारोह नगरौं, सकेसम्म घरमै बसौं भन्ने सन्देश रेडियो, टिभीमा बजिरहन्छ। तैपनि अवस्था कतिसम्म बिग्रनसक्छ भनेर उनीहरुले अनुमान लाउन सकेका छैनन्।
चौथो स्टेज- पोजेटिभ केसहरु ह्वात्तै बढ्न लागेका छन्, सबै स्कुल कलेजहरु कम्तीमा १ महिनाका लागि बन्द भएका छन्। देशमा स्वास्थ्यको इमर्जेन्सी घोषणा गरिएको छ। अस्पतालहरुमा विरामी भर्ना गर्न ठाउँ नपुगेपछि अन्य सामान्यहरुलाई हटाएर खाली गर्न लागिएको छ, रेगुलर अप्रेसनहरु क्यान्सिल गरिएका छन्, भएका डाक्टर, नर्स, स्वास्थ्यकर्मीले विरामीको चाप धान्न सकेको छैन। रिटायर्ड भईसकेकाहरुलाई बोलाइएको छ, अन्तिम वर्ष पढ्दै गरेकाहरुलाई काममा खटाइको छ, स्वयंसेवकहरु भर्ना गरिएका छन्।
सिफ्टमा काम गर्ने भन्ने नै छैन, जति काम गर्न सकिन्छ, गर्नु भनिएको छ। डाक्टर नर्सहरुलाई पनि भाईरस संक्रमण देखिएको छ, उनीहरुको परिवार, बच्चाबच्चीलाई पनि देखिएको छ। भाईरस संक्रमण जटिल भएर निमोनिया भएका विरामीहरु थुप्रिन थालेका छन्, आइसीयु चाहिने विरामीहरुको भीड बढ्न थालेको छ, तर विडम्बना आइसीयु बेड खाली नै छैन, अझ भर्ना गर्नलाई सामान्य बेडहरु पनि खाली छैन, भर्ना गरेपनी हेर्नलाई पर्याप्त स्वास्थ्यकर्मी छैनन्।
अझै पनि धेरै देशहरुले ‘यो हामीलाई लाग्दैन, हाम्रो देशमा आउन सक्दैन, मौसम वा भगवानले हामीलाई बचाउँछ’ भनेर रोकथाम र उपचारको लागि तयारी नगरी हल्का रुपमा लिएको देख्दा डर लाग्छ। यो समस्यालाई वेवास्ता गर्दैमा, समस्या छैन भनी आँखा छोप्दैमा, हल्का रुपमा लिदैमा यो हराएर जाने वाला छैन। हाम्रो इटालीको सरकार पूरै देशलाई ‘लक डाउन’ गरेर राम्रो गरेको हो, यो भाईरसलाई अरु फैलनबाट रोक्न यही उपाय हो।
यो एउटा युद्दक्षेत्र जस्तै भएको छ। डाक्टरहरुले आउने जति सबैलाई उपचार गर्न चाहेर पनि सकिरहेका छैनन्, उपचारपछि बाँच्ने सम्भावना जसको बढी छ, उसलाई बेड दिनुपर्ने, औषधि दिनुपर्ने अवस्था आएको छ। त्यसले गर्दा बुढाबुढीहरुले उपचार पाउने सम्भावना घट्दो छ। थोरै जनशक्ति र स्रोतले सबैलाई धान्नै नसकिने देखिएको छ।
भेन्टिलेटर चाहिने सिकिस्त विरामीलाई अक्सिजन मात्र लगाएर राख्नुपर्दा मर्नेको संख्या बढ्दो छ। यस्तो तरिकाले आँखैअघि बाँच्नसक्ने र बाँच्नपर्ने विरामी मरेको देख्दा डाक्टर, नर्स विक्षिप्त छन्। तर गर्न सकिने केही छैन, पूरा सिस्टम धरासायी हुँदैछ।
पाँचौ स्टेज- रेड जोनबाट भागेर घर पुगेका १० हजार जनाबारे अघि भनिसकें। अब उनीहरुले गर्दा पूरा इटालीभरि भाईरस फैलिसकेको छ। अब पूरा देश नै क्वारान्टाइनमा छ। सकेसम्म भाईरस फैलनबाट रोक्ने भन्ने उद्देश्यले। तर मान्छेहरु काममा जान, किनमेल गर्न, औषधि पसल जान सक्छन् किनभने व्यापार त रोकिनु भएन नि, नत्र अर्थतन्त्र धराशायी हुन्छ। अब सबै जनाले मास लगाउने, पन्जा लगाउने गर्न थालेका छन्। तर अझै पनि केही मान्छेहरु भेटिन्छन् जो आफूलाई भाईरससँग डर लाग्दैन भन्ने गर्छन्, अनि साथीभाइ जम्मा हुन्छन्, खान्छन्, पिउँछन्, रमाइलो गर्छन्।
छैठौं स्टेज- २ दिनपछि सूचना आउँछ, रेस्टुरेन्ट, बार, सपिङ सेन्टर सबै खालका पसलहरु बन्द गर्नुपर्छ, केही सुपर मार्केट र औषधि पसलहरुलाई छोडेर। तिमी घर बाहिर हिंड्नको लागि एउटा सर्टिफिकेट बोक्नुपर्छ, जसमा आफ्नो नाम, घर, कहाँबाट आएको, कहाँ जाने, किन जाने सबै कुरा खुलाएको हुनुपर्छ। जताततै प्रहरीको चेक पोइन्टहरु छन्।
मलाई लाग्छ यो विश्वभरि फैलिएको कोभिड-१९को प्रकोपले पूरा समाजलाई नै परिवर्तन गर्नेछ, तपाईंलाई के लाग्छ? त्यसैले साथीहरु, तपाइको देश र ठाउँमा यो भाईरस देखिन थालेको छ भने यसको मतलब यो फैलिरहेको छ, तपाइहरु हामी भन्दा १-२ हप्ता पछाडि छौं, केही समयमा हाम्रो अहिलेको अवस्थामा आइपुग्छौं। त्यसैले प्लीज, प्लीज, प्लीज अहिलेबाटै गर्नुपर्ने सावधानीहरु गरिहालौं, मलाई यसले भेट्न सक्दैन भनेर भ्रममा नबसौं, हामी इटालियनलाई पनि त्यस्तै लागेको थियो। अनि सकेसम्म घरमै बसौं, भिडभाडमा नजाऔं। टेक केयर।
विना अत्यावश्यक काम बाहिर निस्केको भेटिएमा २०६ युरो फाइन लाग्छ, अझ तपाइ कोरोना भाईरस पोजिटिभ हो भने त हत्यारालाई लाग्ने कानुन लाग्छ र १२ वर्षसम्म जेल बस्नुपर्ने हुन्छ। इटालीको आज मार्च १२ गतेको अवस्था भनेको यही छैठौं स्टेजको छ। र यो अवस्था मात्र २ हप्तामा भएको हो।
तेस्रो स्टेजबाट अहिलेको अवस्थामा त ५ दिनमा आएको हो। इटाली, चीन, कोरियाबाहेक अन्य विश्व अहिले पनि पहिलो स्टेजमै छ, कुनै देश दोस्रो स्टेजमा जान लागेका छन्। तिमीहरुलाई थाहा नै छैन अब कस्तो दिन आउँदैछ भनेर। किनभने २ हप्ताअघि मलाई पनि थाहा थिएन अवस्था यस्तो हुन्छ भनेर। तर अहिले त्यो नसोचेको सपना वास्तविकता बनिसकेको छ।
अझै पनि धेरै देशहरुले ‘यो हामीलाई लाग्दैन, हाम्रो देशमा आउन सक्दैन, मौसम वा भगवानले हामीलाई बचाउँछ’ भनेर रोकथाम र उपचारको लागि तयारी नगरी हल्का रुपमा लिएको देख्दा डर लाग्छ। यो समस्यालाई वेवास्ता गर्दैमा, समस्या छैन भनी आँखा छोप्दैमा, हल्का रुपमा लिदैमा यो हराएर जाने वाला छैन। हाम्रो इटालीको सरकार पूरै देशलाई ‘लक डाउन’ गरेर राम्रो गरेको हो, यो भाईरसलाई अरु फैलनबाट रोक्न यही उपाय हो।
चीनमा यो तरिकाले काम गरेको छ, आशा छ हाम्रो देशमा पनि काम गर्छ। सुरुमा फैलिएका केही सहरहरुमा यसले नयाँ संक्रमण घटाउनलाई काम गरेको छ। त्यस्तै व्यापार व्यवसाय बन्द गरेर बस्नुपरेका नागरिकहरुलाई सरकारले सहयोगी नियम ल्याउनु भएको छ। यी कदमहरु एकदमै अफ्ठ्यारा हुन् तर यी नगरे देश र विश्वको हालत के होला भनेर सोंच्न पनि सकिन्न। कति देशहरुले यो समस्यालाई आफ्नो हैन, आफ्नो देशमा आएको छैन भनेर समय छँदै सावधानी नअपनाएको देख्दा रिस पनि उठ्छ।
मलाई लाग्छ यो विश्वभरि फैलिएको कोभिड-१९को प्रकोपले पूरा समाजलाई नै परिवर्तन गर्नेछ, तपाईंलाई के लाग्छ? त्यसैले साथीहरु, तपाइको देश र ठाउँमा यो भाईरस देखिन थालेको छ भने यसको मतलब यो फैलिरहेको छ, तपाइहरु हामी भन्दा १-२ हप्ता पछाडि छौं, केही समयमा हाम्रो अहिलेको अवस्थामा आइपुग्छौं। त्यसैले प्लीज, प्लीज, प्लीज अहिलेबाटै गर्नुपर्ने सावधानीहरु गरिहालौं, मलाई यसले भेट्न सक्दैन भनेर भ्रममा नबसौं, हामी इटालियनलाई पनि त्यस्तै लागेको थियो। अनि सकेसम्म घरमै बसौं, भिडभाडमा नजाऔं। टेक केयर
24/08/2019
म नेपाल बाट!
तपाई नि?
23/08/2019
रबि को लागि भएनी शेर गर्नु होला ।
1 barsa pura vo Nepal ko pulish kata harayo.murda khaate.sacho kura,kaha sunxa,khaate danthe.paisa khalti ma rakhanai best vo.jagir khada aama Lai bau Lai marxu,vanera Didi bahini Lai baltkar garne Manish Lai dekhada,namste gari,jhuto Lai sacho vanxa.paisa le sabai hunxa desh bidesh ma.sacho kura vane nai Paisa ki mukh vhayo.sacho kura parda wasta vhayena.nirmala bahini ko betha dukha,jareko aasuko Bertha ko Karan aama babu Ghar ma Mai basdai maile payeko vhaye maari dinthe
छवि बा हिराे शिल्पा हिराेइन निर्माता हेमा फिल्म त धेरै नै हिट हाेला जस्ताे पाे छ त😆😆😆
Click here to claim your Sponsored Listing.
Telephone
Website
Address
Kathmandu
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 10:00 - 15:00 |
| Sunday | 11:00 - 16:00 |