Neelam Roju Rai

Neelam Roju Rai

Share

''Happy people are always happy, not because everything is right in their life. They are happy because their attitude towards every-things is right''.

15/09/2026

कोरियामा हुन गइरहेको नेपथ्यको सांगीतिक कार्यक्रममा विश्व लिम्बूलाई बहिष्कार गर्ने प्रयास भइरहेको खबरले हाम्रो समाजको राजनीतिक चेतना कति परिपक्व भयो भन्ने मात्रै होइन, हामी अझै कति असहिष्णु छौ,भन्ने गम्भीर प्रश्न खडा गरेको छ।

फरक विचार राखेकै कारण कसैलाई मञ्चबाट हटाउने, आवाज दबाउने र सामाजिक रूपमा निषेध गर्ने संस्कारलाई सामान्य बनाउँदै जाने हो भने भोलि त्यो बहिष्कारको घेरा कसको वरिपरि पुग्छ, भन्न सकिँदैन।

तर्कको सामना गर्न नसक्नेहरू निषेधको सहारा लिन्छन्।
विचारको जवाफ दिन नसक्नेहरू बहिष्कारको हतियार उठाउँछन्।
र आफूभन्दा फरक आवाज सुन्न नसक्नेहरू लोकतन्त्रको भाषण गरिरहन्छन्।

सबैभन्दा खतरनाक कुरा यही हो—
जब विचारको जवाफ विचारले दिन छोड्छ र बहिष्कारले ठाउँ लिन्छ, त्यहाँ केवल एउटा व्यक्ति अपमानित हुँदैन, त्यो समाजको भिडको विवेकमाथि नै प्रहार हुन्छ।
लोकतन्त्र भनेको आफूलाई मन पर्ने आवाज मात्रै सुन्ने व्यवस्था होइन।
आफूलाई मन नपरेको विचार पनि सुन्न सक्ने साहस हो।
किनकि
बहिष्कारले मान्छेलाई केही समय रोक्न सक्छ,
मञ्च खोस्न सक्ला
आवाज दबाउन सक्ला
तर विचारलाई कहिल्यै कैद गर्न सक्दैन।

त्यसैले प्रश्न विश्व लिम्बूलाई बहिष्कार गर्ने कि नगर्ने मात्र होइन—
हामी कस्तो समाज निर्माण गर्दैछौँ?
विचारसँग विचारले लड्ने समाज कि फरक विचार देख्नासाथ बहिष्कार गर्ने भीड?

निर्णय तपाई हाम्रो हातमा छ।

15/09/2026

यता सहरमा ग्यास नपाएर जनता प्याक–प्याक हुन लागिसके,
उता संगठन र व्यक्तिहरूका गोदाममा ग्यास फुला–फुल छन्।
साला, जिन्दगी,, टिपेर प्याट्टै पछारौँ जस्तो😡

08/09/2026

जीवन प्रकृतिसँगको सहयात्रा हो,
मृत्यु प्रकृतितिरको पुनरागमन हो।

03/09/2026

मृत्यु!!!
समयले कोरेको एउटा अन्तिम पूर्णविराम
जहा शरीर माटोलाई सुम्पिन्छ
तर आत्मीयता स्मृतिको आकाशमा
अमर भएर बाँचिरहन्छ।

जन्मले हामीलाई सन्सार देखाउँछ
मृत्युले सन्सारबाट बिदा गराउँछ
तर मानिस साँच्चै कहाँ मर्छ र?
ऊ त प्रियजनका आँखामा
कसैको सम्झनामा
कसैको अधुरो कथामा
बारम्बार जन्मिरहन्छ।

सायद मृत्यु त्यही हो
फर्केर कहिल्यै नआउने यात्रा
तर पछाडि छोडेर जाने
अनगिन्ती सम्झनाहरूको सागर

27/08/2026

बाढीले मानिसको जीवन बगाइरहेको बेला, कसैको परिवार र अस्तित्व नै समाप्त भइरहेको बेला त्यही मृत्युलाई अवसर बनाएर शवबाट गहना निकाल्नु वा मृतकका सामान लुट्नु मानवताको सबैभन्दा दर्दनाक पतन हो।😡

19/08/2026

धर्मले बाँच्न र बचाउन सिकाउँछ,
धर्मले हाँस्न र हसाउन सिकाउँछ, तर......

08/08/2026

सेवा सेवारो 🙏🙏

स्वच्छ र सभ्य ढङ्गको बहस हुनु सबैका लागि राम्रो कुरा हो, त्यसले हामीलाई नयाँ कुरा सिकाउँछ, सोचलाई परिपक्व बनाउँछ र दृष्टिकोण फराकिलो बनाउँछ। तर आजभोलि सामाजिक सञ्जाल हेर्दा यस्तो लाग्छ कि हामी आफैं आफ्नै घरभित्र खाडल खनिरहेका छौँ। आफ्नैलाई पराइ ठानिरहेका छौँ, आफ्नैबीच दूरी बढाइरहेका छौँ। आफ्नो खुट्टामा आफैँ बन्चरो बजारेर आइया दुख्यो दुख्यो भन्दै नकरौँ दाजुभाइ हो।

सायद हामीले खनेको त्यो खाडल एकदिन हामी आफैंले पुरिनु पर्नेछ, अनि बल्ल बुझ्नेछौँ भत्काउनु भन्दा जोड्नु कठिन हुन्छ भन्ने सत्य। बहसभन्दा बढी विवाद, तर्कभन्दा बढी आरोप, र विचारभन्दा बढी अहंकार देखिन्छ। हामी सत्य खोज्नेभन्दा एक अर्कालाई हराउने, खुइल्याउने, पिल्साउने, नङ्गाउने दौडमा छौँ। कसैले आफ्नो मत राख्यो भने बुझ्ने प्रयास गर्नुको साटो तुरुन्तै विरोध, गाली र अपमान गर्ने प्रवृत्तिले सारै नमिठो लाग्छ। यसले न त सही निष्कर्ष दिन्छ, न त समाजलाई अघि बढाउँछ।

यदि बहसलाई साँच्चै उपयोगी बनाउन चाहन्छौँ भने, पहिले सुन्न सिकौँ, सम्मान गर्न सिकौँ र तथ्यमा आधारित भएर बोल्न सिकौँ। किनकि सभ्य बहसले मात्र समाजलाई जोड्छ। 🙏 #

07/08/2026

मुन्दुम! पुर्खाको आवाज हो,
आत्माको पुकार हो,
र प्रकृतिसँगको सीधा संवाद हो। र सत्य वचन हो!

24/07/2026

खम्बु राई समुदायमा “लाम्छेक्मा” (लाम्खोर) केवल परम्परा होइन यो मृत आत्माको मार्गदर्शक र अदृश्य सुरक्षात्मक कवच हो। भर्खरै बिदा भएको आत्माले कुनै दुःख नपाओस्, कुनै भड्किएको शक्तिले छुन नसकोस् भन्ने अटल विश्वास यसमै जीवित छ।

13/05/2026

बोलाउँदा बोल्ने सरकार, छुँदा छुन मिल्ने सरकार, प्रश्न सोध्दा उत्तर दिने सरकार त हुनु पर्छ नि। किनकि गणतन्त्रको फूलबारीमा हामी हुर्किँदै छौं। यदि गणतन्त्रको केवल अभ्यास मात्र भइरहेको हो भने, त्यो गलत भइरहेको छ।

Category

Website

Address


Kathmandu