Change Is Possible
A dreamer of excitement and enlightment in peoples soul and life. You can share your problems, your story and your querries about life and success.
"परिवारमा एउटा व्यक्ति नै काफी हुन्छ,
परिवर्तन लिएर आउनको लागि,
दुःखबाट सुखको प्राप्ति,
दुर्गतिदेखि उन्नतिको प्राप्ति,
अध्यारो देखि उज्यालोसम्म,
गरिबीबाट मुक्ति,
सबैजनाको सपना पूरा गर्न,
लाग्छ त बस एक व्यक्ति,
त्यसैले हजूरको जित हजूरको मात्र नभएर हजूर परिवारको हो,
त्यसैले कहिले हार नमान्नु,
धैर्यता, मेहनत अनि अनुशासनले आफ्नो सपना पूरा गर्न लाग्नुहोस्।
हजुरको समय पनि पक्कै आउनेछ।"
शुभ दिन 🙏
"जीवनमा केही होस् नहोस् तर एक असल अनि बिना केही लाभ गरी मदत गर्ने अनि सधै हजुरलाई साथ दिने साथी होस्।"
राधे राधे🦚🙏
शुभ रात्री✍️💜
"भ्रममा नबस्नु होस् कि कोहि साथ रहेने छ,
बस यती मेहनत गर्नु होस कि सफलताले धमाल गरोस्,
अनि अहिले नकार्नेहरु नि यो त मेरो आफ्नै हो भन्दै गुहार्दै हजुरको सामु आउन।"
राधे राधे🦚✌️
शुभ रात्री✍️❤️
केही नहुनु भन्दा केही भएको राम्रो होईन र?
दुख सुख त आउदै जाँदै गर्ने छन्,
अनि केही समय दुख,पीरले सतायो भन्दैमा हार मानी हाल्नु पर्छ त,
मेहनत गर्नी,
आफू माथी सधै बिश्वास राखी आगि बढ्नी पो हो,
एक्दिन कस्तो आफ्नो दिन न आउला र,
एक्दिन त सफल,सम्पन्न अनि सुखी पक्कै भाईन्छ नि।।।।
राधे राधे🦚🦚
शुभ-रात्री❣️❣️
22/12/2023
हजुर जस्तो अरु को होला र!
हजुरको जस्तो माया अनि ममता अरु कसले देला र है!
हरेक क्षण हजुरको यादले नयनमा आँसु आउने गर्छ!
हरेक क्षण हजुरको यादमा नै हराएको हुन्छु!
खै कता हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ त्यो त मलाई थाहा छैन!
तर हजुर जता भएपनी मलाई हेर्दै हुनुहुन्छ होला!
मलाई कठिन देखि कठिन अवस्थामा लडिबडी गर्दै अघि बढेको हेर्दै हुनुहुन्छ होला नि?
किन हजुरको याद यति धेरै आउछ!
मैले सोचेको जस्तो खै कहिले केही भएन!
हजुरलाई जति माया मैले कसैलाई पनि गर्दैन!
हजुरको नै माया सधैभरी थियो, छ र लागि रहने छ!
तर मलाई यो पनि थाहा छ कि हजुर अब फिर्ता आउनु हुने छैन!
अब केवल हजुरको याद मात्र रहने छ र फर्के पनि ती मिठा यादहरु मात्र फर्किने छन!
हजुरले सिकाउनु भएको अनि दिनु भएको ज्ञान, म कहिले पनि भुल्ने छैन!
त्यही ज्ञानालाई मन र मस्तिष्कमा राखेर उपयोग गर्ने छु र जीवन सुधार गर्ने छु!
हजुरको धेरै याद आउँछ मम्मी!
जता हुनुहुन्छ आफ्नो ख्याल गर्नु है!
अनि मलाई सधै भरी आशिर्वाद अनि अघि बढ्ने प्रेरणा दिनु होला है!
अझै पनि हजुरको यादमा छु मम्मी!
समय अनि फर्किने मौका भए कुनै न कुनै रुपमा मेरो साथ हुनु है!
म सधै हजुरको तस्बिर हेरि हजुरको छेउमा नै भएको महसुस गर्दछु!
हजुर संग बिताएका मिठा पलहरु सम्झेर टोलाउने र रमाउने गर्दछु!
हजुरको सारा सपना ढिलो चाडो भएपनी म पूरा गर्ने छु!
हजुरको छोरा ❤️
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu