Inside Nepal
Follow Us For Lastest News
08/06/2026
नेपाललाई भारतको साथ !
पश्चिम एसियाको चुलिँदो संकटका बीच भारतीय विदेशमन्त्री एस जयशंकरले जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपालको इन्धन आपूर्ति नरोक्ने स्पष्ट पारेका छन्। दुई देश सधैँ आवश्यकताको समयमा एकअर्काको साथमा रहेको स्मरण गराउँदै उनले नेपाललाई आवश्यक पर्ने पेट्रोलियम पदार्थको निर्बाध आपूर्ति सुनिश्चित गर्ने आधिकारिक प्रतिबद्धता जनाएका हुन्।
07/06/2026
सुधन गुरुङ निर्दोष !
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेका आ'रोपहरूमा सत्यता नभएको र उनको जग्गा, सुन तथा सेयर कारोबारमा कुनै 'ब्लन्डर' नभएको छानबिन समितिले प्रस्ट पारेको छ। समितिले व्यक्तिभन्दा पनि हाम्रो देशको प्रणालीमै मुख्य समस्या रहेको निष्कर्ष निकाल्दै सरकारलाई तत्काल सिस्टम सुधार गर्न सुझाव दिएको छ।
07/06/2026
भारतीय मिडियासामु परराष्ट्रमन्त्रीको क'डा अडान !
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सञ्चारकर्मीहरूसामु लिपुलेक र लिम्पियाधुरा पूर्ण रूपमा नेपालको भूमि भएको क'डा र साहसिक अडान राखेका छन्। नेपाललाई नसोधीकन उक्त क्षेत्रमा भारत र चीनले आफूखुसी कुनै पनि सम्झौता गर्न नपाउने स्पष्ट चेतावनी समेत उनले दिएका छन्।
07/06/2026
बालेन् शाहले अन्त्य गरेरै देखाए भागबन्डाको राजनीति !
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले वर्षौंदेखिको राजनीतिक भागबण्डाको संस्कारलाई अन्त्य गर्दै पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने ऐतिहासिक प्रक्रिया अघि बढाएपछि परराष्ट्र मन्त्रालयमा करिब ३ हजार जनाको आवेदन परेको छ। 'राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५' अनुसार योग्यता पुगेका आवेदकहरूको निष्पक्ष स्क्रिनिङ गरी मन्त्रालयले उत्कृष्ट उम्मेदवारहरूको सूची मन्त्रिपरिषद्मा पठाउनेछ, जसलाई संसदीय सुनुवाइपछि राष्ट्रपतिद्वारा औपचारिक रूपमा राजदूत नियुक्त गरिनेछ।
06/06/2026
सुकुम्बासीलाई बालेन सरकारले जग्गा दिने ।
बालेन शाह नेतृत्वको सरकारले 'भूमिसम्बन्धी (एक्कासौं संशोधन) नियमहरू, २०८३' बमोजिम देशभरका वास्तविक भूमिहीन तथा सुकुम्बासीहरूलाई बसोबासका लागि ४ आना र खेतीका लागि ३ रोपनी १४ आनासम्म जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। यसैअनुरूप मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश बलभद्र बास्तोलाको अध्यक्षतामा शक्तिशाली 'भूमि समस्या समाधान समिति' गठन गरी १२ लाख ३३ हजारभन्दा बढी आवेदकहरूको जग्गा नापजाँच र लालपुर्जा वितरणको काम सुरु गरेको छ।
06/06/2026
एकैदिन करिब १३ हजारले लिए रास्वपाको सदस्यता!
रास्वापा नेता कविन्द्र बुर्लाकोटीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने नागरिकको लहर बढ्दै जाँदा एकैदिन करिब १३ हजार जनाले नयाँ सदस्यता लिएका छन् । देशमा सुशासन र नयाँ राजनीतिक विकल्प खोजिरहेका युवा तथा आम नागरिकहरूको आकर्षण रास्वपाप्रति तीव्र रूपमा बढिरहेको छ।
05/06/2026
युरेनियम खानी जोगाउन बालेन सरकारको एक्सन !
नेपालमा रहेको बहुमूल्य युरेनियमलगायतका रेडियोएक्टिभ खनिज पदार्थको सुरक्षा र संरक्षण गर्न बालेन शाह नेतृत्वको सरकारले खानी तथा खनिज पदार्थसम्बन्धी नयाँ विधेयक ल्याउँदै विशेष नजर राखेको छ। यो नयाँ कानुनअनुसार सरकारको अनुमतिबिना अवैध रूपमा खानी उत्खनन गर्नेलाई खनिजको प्रकृति हेरी १ करोड रुपैयाँसम्म कडा जरिवाना र कैदको व्यवस्था गरिएको छ।
04/06/2026
बालेन सरकारले ल्यायो मेरो कित्ता एप !
नापी कार्यालय धाएर घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै बालेन शाहको नेतृत्वमा रहेको सरकारले घरमै बसेर जग्गासम्बन्धी सम्पूर्ण सेवा लिन सकिने ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। अब सेवाग्राहीले नक्सा प्रिन्ट, फिल्डबुक उतारदेखि रेखांकनसम्मका लागि अनलाइन आवेदन दिएर ओटीपी (OTP) मार्फत आफ्नो कामको अवस्था मोबाइलबाटै ट्र्याक गर्न सक्नेछन्।
04/06/2026
भारत भ्रमणमा रवि लामिछानेको निम्तो, नरेन्द्र मोदी नेपाल आउन उत्सुक
भारत भ्रमणका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका छन् । रास्वपा सभापति रविको निम्तोलाई सकारात्मक रूपमा लिँदै प्रधानमन्त्री मोदीले पनि आफू नेपाल आउन निकै उत्सुक रहेको प्रतिक्रिया दिएका छन् ।
03/06/2026
मोदीले सिधै स्वीकारे रवि लामिछानेको प्रस्तावलाई !
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको विशेष भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साझा र समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने रविको प्रस्तावलाई सहर्ष स्वीकार गरेका छन् । 'छिमेकी पहिलो' नीतिअन्तर्गत नेपाललाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्दै मोदीले दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu