Satkar Post
"सबैका लागि सत्कार, निशानामा भ्रष्टाचार"
आजको खेलमा
चितवन राइनोज् VS लुम्बिनी लाइन्स
कस्ले बाजि मार्ला?
19/10/2024
https://satkarpost.com/2024/10/29489/
रवि लामिछानेलाई कास्की प्रहरी समक्ष बुझाइयो, आइतबार अदालतमा उपस्थित गराइने satkar post
28/09/2024
https://satkarpost.com/2024/09/29482/
भारी वर्षाको कारण उपत्यकाको अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित satkar post
27/09/2024
https://satkarpost.com/2024/09/29479/
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस satkar post
27/09/2024
https://satkarpost.com/2024/09/29476/
‘शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छ’ satkar post
26/09/2024
https://satkarpost.com/2024/09/29473/
अखिल क्रान्तिकारीमा वर्षमान र जनार्दन आमनेसामने satkar post
23/09/2024
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति satkar post
23/09/2024
https://satkarpost.com/2024/09/29469/
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति satkar post
22/09/2024
नेपाल पुलिसले जित्यो काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि
काभा महिला क्लब भलिबल च्याम्पियनसि
६ असोज, काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि जितेको हो ।
मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५-१६, २५-२२, २५-२३ ले पराजित गरेको हो ।
६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो । लिग चरणमा पाँचवटै खेल जितेर शीर्षमा रहेको पुलिसले फाइनल समेत जितेको हो ।
पुलिसले लिग चरणामा हुमोसहित, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० ले पराजित गरेको थियो भने माल्दिभ्सको वाम्को क्लबलाई ३-२ ले तथा माल्दिभ्सको माल्दिभ्स लिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।
प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका र ताजकिस्तानका समान १ तथा माल्दिभ्सको २ गरी कूल ६ टोलीको सहभागिता थियो ।
18/09/2024
पशुपतिमा पितृ पूजा, सोह्र श्राद्ध
२ असोज, काठमाडौं । आजबाट १६ श्राद्ध सुरु भएको छ। १६ दिनसम्म पितृप्रतिको सम्मान प्रकट गरिने भएकाले यस अवधिलाई पितृ पक्ष भनिन्छ ।
श्राद्ध पक्षका १६ दिनमा भाद्रशुक्ल पूर्णिमाको दिन पूर्णिमा तिथिको श्राद्ध गरिन्छ । यसपछि आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्या (औंसी)सम्म तिथिअनुसार श्राद्ध गरिन्छ। अन्तिम दिन सर्वपितृमोक्ष अमावस्या पर्छ ।
पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा नजानेर हामीबाट पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा उनीहरू सँग क्षमा माग्ने पर्व हो श्राद्ध पक्ष । श्राद्ध पक्षमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् ।
जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ अमावस्याका दिन श्राद्ध गर्छन् ।
के हो श्राद्ध ?
श्राद्ध पक्ष हरेक वर्ष शारदीय नवरात्र प्रारम्भ हुनुअघि आउँछ। श्राद्धको सीधा अर्थ हो आफ्ना पूर्वजहरूप्रति श्रद्धा । शास्त्रले भनेको छ- ‘श्रद्धया इदम् श्राद्धम्’ अर्थात् पितृहरूका निमित्त श्रद्धापूर्वक गरिने कर्म नै श्राद्ध हो ।
श्राद्ध पक्षका क्रममा आफ्ना परिवारका ती मृत सदस्यहरूलाई याद गरिन्छ, उनीहरूप्रति सम्मान प्रकट गरिन्छ, श्रद्धान्जलि दिइन्छ, जसका कारण आज हामीले वर्तमान जीवन प्राप्त गर्न सकेका छौँ । श्राद्धका क्रममा पूर्वजहरूलाई जौ, तील, कुश, पानी तथा पन्चामृतको तर्पण दिइन्छ ।
तर्पण गर्नुको उद्देश्य आफ्ना पूर्वजहरूको आत्मालाई उनीहरू आज पनि हाम्रो परिवारको हिस्सा हुन्, आजसम्म पनि हाम्रो स्मृतिमा जीवित छन् र हामी आफूप्रति उनीहरूको आशीर्वादका साथै उनीहरूको प्रसन्नताको कामना गर्छौं भन्ने भाव दर्शाउनु हो।
हिन्दू धर्मको मान्यता अनुसार श्राद्ध पक्षमा सम्पूर्ण पूर्वजहरूको आत्मा आफ्ना परिवारजनको प्रसन्नता जान्नका लागि जागृत हुन्छ । यसकारण यो समयमा गरिने तर्पणबाट उनीहरू सीधै हाम्रो श्रद्धारूपी भावना एवम् उपहार स्वीकार गर्छन् र खुशीपूर्वक आशीर्वाद प्रदान गर्छन्, जसबाट हाम्रो जीवन उन्नति मार्गमा अघि बढ्छ ।
श्राद्ध पक्षका १६ दिन अलग-अलग व्यक्तिको श्राद्ध सुनिश्चित गरिएको छ । विशेषगरी बाबु वा हजुरबुबाको मृत्यु तिथि पारेर श्राद्ध गर्ने चलन छ । यसमा सामान्यत आफ्नो कुलका तीन पुस्ता अर्थात् बुबा, हजुरबुबा र बुढो हजुरबुबा तथा मावलीतर्फ तीन पुस्ता अर्थात् मावली हजुरबा, बुढो हजुरबा र कुप्रो हजुरबालाई पत्नीसहित पिण्ड प्रदान गरिन्छ।
तर्पण भने आफू शास्त्रले निर्देश गरेबमोजिम सबैलाई दिइन्छ। श्राद्ध पक्षको अन्तिम दिन सर्वपितृ अमावस्याका दिन मृत्यु तिथि ज्ञात नभएका सबै पूर्वजको श्राद्ध गर्न सकिन्छ ।
श्राद्ध पक्ष वा पितृपक्षका १६ दिनमा ‘पितृ-आराधना’ का क्रममा श्राद्ध र तर्पण इत्यादि कर्म गरिन्छ ।
श्राद्ध पक्षमा पितृगणका निमित्त तर्पण एवं ब्राहृमण भोजन गराउने विधान छ। शास्त्रले ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवतास्’ अर्थात् देवता भावले प्रसन्न हुन्छन् भने पितृगण शुद्ध र उचित विधिबाट गरिएको श्राद्ध कर्मबाट प्रसन्न हुन्छन् भनेको छ। यो १६ दिने समयमा तर्पण एवं ब्राहृमण भोजन गर्ने गराउने कार्यले पितृ तृप्त हुन्छन् ।
मार्कण्डेय पुराणका अनुसार श्राद्ध पक्षका सबै दिन ‘पितृ स्तुति’ वा पितृ सूक्त पाठ गर्नाले पितृ प्रसन्न भएर आशीर्वाद प्रदान गर्छन् । श्राद्ध पक्षमा ‘कुतप’ कालमा नित्य तर्पण गर्नु पर्छ ।
पितृलाई तर्पण पितृ-तीर्थ अर्थात् चोरी र बूढी औंलोको बीचबाट गर्नुपर्छ । श्राद्ध कर्म अनिवार्य हो तर त्योभन्दा महत्वपूर्ण जीवित अवस्थाका माता-पिताको सेवा गर्नु हो । जसले जीवित अवस्थामै माता-पितालाई सेवाले सन्तुष्ट पारेको छ उसलाई सदैव पितृहरूको आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ ।
किन यही १६ दिन ?
पितृपक्ष पूर्णिमादेखि अमावस्यासम्म १६ दिनको हुन्छ। धर्मशास्त्रहरूका अनुसार प्रत्येकको मृत्यु यी १६ तिथि बाहेक अन्य कुनै दिन हुँदैन। यसकारण श्राद्ध पक्ष १६ दिनकै हुन्छ । यही समयमा श्राद्ध हुनुको एक मनौवैज्ञानिक पक्ष के छ भने यो अवधिमा हामी आफ्ना पितृहरू समक्ष श्रद्धा भाव पठाउँछौँ।
श्राद्धपक्षको सम्बन्ध मृत्युसँग छ यसकारण यो अवधिलाई अशुभ काल मानिन्छ । जसरी हामी परिजनको मृत्युपश्चात शोकाकुल अवधिमा रहन्छौँ र आफ्नाअन्य शुभ, नियमित, मंगल, व्यावसायिक कार्यलाई विराम दिन्छौँ, त्यही भाव पितृपक्षसँग जोडिएको छ । अत: अन्य शुभ-मांगलिक कार्य नगरेर हामी पितृहरूप्रति पूरा सम्मान र एकाग्रता बनाइराख्छौँ ।
शास्त्रका अनुसार श्राद्धका अधिकारी छोरा हुन्छन्। छोरा नभए श्रीमतीले श्राद्ध गर्न सक्छन् । श्रीमती पनि नभए सहोदर दाजुभाइले गर्न सक्छन् । एकभन्दा बढी छोरा भए जेठो छोरो श्राद्धको अधिकारी हुन्छ । छोरीको श्रीमान् वा छोरो पनि श्राद्धको अधिकारी हुन्छ। छोरा नभए नाति वा पनातिले पनि श्राद्ध गर्न सक्छन्।
छोरा, नाति वा पनाति नभए एकल महिलाले श्राद्ध गर्न सक्छिन् । श्रीमतीको श्राद्ध श्रीमानले छोरा छैन भने मात्र गर्न मिल्ने विधान छ । छोरा, नाति, पनाति वा छोरीको छोरो नभए भतिजाले पनि श्राद्ध गर्न सक्छ । धर्मपुत्रलाई पनि श्राद्धको अधिकारी मानिएको छ ।
सोह्रश्राद्धको पहिलो दिन आज पशुपति क्षेत्रमा श्राद्ध गर्नेहरुको भिडभाड छ ।
08/04/2024
आज सोमवार सूर्य र पृथ्वीको बीचबाट चन्द्रमा जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्य ग्रहण लाग्नेछ। गुगलले आजको सूर्य ग्रहणलाई विशेष एनिमेशन मार्फत देखाउने भएको छ। आजको सूर्यग्रहण नेपाल, भारतलगायत एशियाली मुलुकहरूबाट देख्न सकिने छैन।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu