Forseenetwork
This is the official page of the
ForseeNetwork YouTube channel
https://www.youtube.com/@ForSeeNetwork
Meditation reprograms the autonomic nervous system, And, thereby, transforms the emotional tone of life.
सत्येन धार्यते पृथ्वी सत्येन तपते रविः ।
सत्येन वाति वायुश्च सर्वं सत्ये प्रतिष्ठितम् ॥
-
Earth is stable with truth. The sun is burning with truth.
Air flows from truth. All creation is fixed in truth. 🌻
https://www.youtube.com/
09/01/2026
Natural sound and vibration awaken your intelligence.
To be with nature is to be in silence.
Click on the comment!
07/01/2026
Expansion of is the purpose of , and is the process through which it is fulfilled. Life begins in a natural way, it evolves, and happiness expands. The expansion of happiness carries with it the expansion of intelligence, power, creativity, and everything that may be said to be of significance in life. (Source: ”Science of Being)
07/01/2026
मानव जीवनमा माया सबैभन्दा गहिरो भावनात्मक शक्ति हो। चलनचल्तीको परिभाषाले मायालाई त्याग, समर्पण र स्थायित्वसँग जोडेर आत्मीयता, करुणा, आदर र जिम्मेवारीको भावलाई जनाउँछ। फेरी पनि, बदलिँदो परिस्थिति अनुसार यसको बुझाइ पनि बदलिँदै गएको छ।
माया केवल व्यक्तिगत सम्बन्धमा सीमित नभई सामाजिक, सांस्कृतिक र डिजिटल परिवेशसँग पनि गाँसिएको छ।
बदलिँदो परिस्थितिले मायामा विकृति पनि ल्याएको छ। डिजिटल लत, क्षणिक आकर्षण, उपभोगवादी सोच र आत्मकेन्द्रितता कारण माया सतही बन्ने खतरा बढेको छ। सम्बन्धलाई खेलौना जस्तै प्रयोग गर्ने प्रवृत्ति, असुरक्षा र मानसिक दबाबले युवाहरूमा विकृति जन्माएको छ। यसले दीर्घकालीन विश्वास र स्थायित्वलाई कमजोर बनाउँछ।
युवा पुस्ता मायाको नयाँ अभ्यासमा अगाडि छन्। उनीहरूले स्वतन्त्रता, समानता र व्यक्तिगत अधिकारलाई महत्व दिन्छन्। तर डिजिटल लत, तात्कालिक सन्तुष्टि र सामाजिक दबाबले उनीहरूको सम्बन्धलाई अस्थिर बनाउन सक्छ। परिभाषा जे जस्तो भए पनि यसको मूल सार भने मानव जीवनलाई अर्थपूर्ण बनाउने शक्ति नै हो। मायालाई स्वस्थ अभ्यासमा रूपान्तरण गर्न सकियो भने समाजमा सन्तुलन, विश्वास र सहअस्तित्व कायम रहन्छ।
माया र प्रेमसँग जोडिएका थप कुरा जान्नका लागि लिंक पहिलो कमेन्टमा।
#माया #प्रेमी #सम्बन्ध
सामाजिक सञ्जालको अत्यधिक प्रयोगले युवाको मानसिक स्वास्थ्यमा बेचैनी, तनाव, निद्रा समस्या जस्ता असर पार्छ। सामाजिक सञ्जालमा लामो समय बिताउँदा शारीरिक निष्क्रियता बढ्छ। यसले मोटोपना, आँखाको समस्या, टाउको दुखाइ, र शारीरिक फिटनेसमा कमी ल्याउँछ।
सामाजिक सञ्जालको लतले युवाको ध्यान केन्द्रित गर्ने क्षमता कमजोर बनाउँछ। लगातार नोटिफिकेशन र अनलाइन उपस्थितिको दबाबले सिर्जनशील सोचलाई अवरुद्ध गर्छ। अध्ययनहरूले देखाएका छन् कि सामाजिक सञ्जालमा अत्यधिक समय बिताउने विद्यार्थीहरूको शैक्षिक प्रदर्शन र सिर्जनशीलता घट्ने सम्भावना बढी हुन्छ।
यसकारण समय व्यवस्थापन, सचेत प्रयोग, र वास्तविक सामाजिक सम्पर्कलाई मात्र प्राथमिकता दिनु आवश्यक छ।
यस बाहेक अन्य जानकारीका लागि लिङ्क कमेन्टमा!
नेपालमा युवामाझ लागू पदार्थको प्रयोग तीव्र रूपमा बढ्दो समस्या बनेको छ। विश्व स्वास्थ्य संगठन (WHO) को 2024 को तथ्यांक अनुसार नेपालसहित दक्षिण एशियामा १५–१९ वर्षका २५% किशोरले मदिरा सेवन गर्छन्, १३–१५ वर्षका १०% ले धूम्रपान गर्छन्, र १५–१६ वर्षका करिब ५% ले क्यानाबिस प्रयोग गरेका छन्।
काठमाडौं उपत्यकामा सहित ग्रामीण क्षेत्रमा पनि लागू पदार्थ प्रयोग बढ्दो छ। सामाजिक दबाब, बेरोजगारी, शिक्षा र स्वास्थ्य सेवामा पहुँचको कमी यसका प्रमुख कारण मानिन्छन्।
लागू पदार्थ प्रयोगले शारीरिक स्वास्थ्यमा क्षति, मानसिक असन्तुलन, र सामाजिक सम्बन्धमा दरार ल्याउँछ। परिवारमा तनाव, अपराध दरमा वृद्धि, र भविष्यको सम्भावनामा अवरोध जस्ता असरहरू देखिन्छन्।
विद्यालय र समुदायमा जागरूकता कार्यक्रम विस्तार गर्न आवश्यक छ। नीतिगत स्तरमा हस्तक्षेप गर्दै पुनर्वास केन्द्रहरूको पहुँच बढाउनुपर्छ। परिवार र समाजले युवालाई सकारात्मक गतिविधि र रोजगारीमा संलग्न गराउन सहयोग गर्नुपर्छ।
नेपालमा युवामाझ लागू पदार्थको प्रयोग एक गम्भीर चुनौती हो। समयमै प्रभावकारी कदम चालिएन भने यसको सामाजिक र आर्थिक असर अझ गहिरो हुनेछ।
विज्ञका कुरा सुन्न चाहीँ कमेन्टमा राखेको लिङ्कमा क्लिक गर्नु होला।
#जनहितमाजारी
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) र विश्व स्वास्थ्य संगठनको Global Youth To***co Survey 2024 अनुसार, १०–१९ वर्ष उमेरका किशोरहरू सूर्ति प्रयोगमा सबैभन्दा जोखिममा छन्। एक अध्ययन अनुसार नेपाली किशोर विद्यार्थीमध्ये करिब १५% ले कुनै न कुनै रूपमा सूर्ति प्रयोग गरेका छन्। नेपाल विकास अनुसन्धान संस्थान (NDRI) को प्रतिवेदन अनुसार, देशभर करिब २७% वयस्कले सूर्ति प्रयोग गर्छन्, जसको प्रभाव युवा पुस्तामा पनि गहिरो छ।
साथीहरूको लहैलहमा लागेर अन्य सामाजिक वातावरणले किशोरलाई चुरोट वा खैनी जस्ता पदार्थ प्रयोग गर्न प्रेरित गर्छ। सस्तो मूल्य र सजिलो उपलब्धताले युवालाई सजिलै लतमा फसाउँछ। विज्ञापन र सामाजिक मिडियामा देखिने ग्लामराइजेशन ले पनि युवालाई आकर्षित गर्छ।
सूर्ति प्रयोगले फोक्सोको क्यान्सर, हृदय रोग, श्वासप्रश्वास समस्या जस्ता गम्भीर रोग निम्त्याउँछ। युवामा लत बस्दा शैक्षिक प्रदर्शन कमजोर, आत्मविश्वास घट्ने, र सामाजिक सम्बन्धमा नकारात्मक असर पर्ने देखिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार, सूर्ति प्रयोगले विश्वभर वार्षिक ८ मिलियनभन्दा बढी मृत्यु गराउँछ।
नेपालमा सूर्ति र चुरोटको लत युवा पुस्ताको भविष्यलाई खतरामा पार्ने चुनौती हो। विद्यालयस्तरमै सचेतना कार्यक्रम, कडा कानुनी नियन्त्रण, र परिवार तथा समुदायको सक्रिय सहभागिता आवश्यक छ। युवालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्न सकिए मात्र यो समस्या घटाउन सकिन्छ। (बिभिन्न स्रोतहरूबाट)
-
(विज्ञका कुरा सुन्नका लागि लिङ्क पहिलो कमेन्टमा)
दैनिक कामकाजले मस्तिष्क र शरीर थाक्छन्। यसकारण आराम चाहिन्छ। निद्रा नै थकानको सबैभन्दा प्रभावकारी प्राकृतिक उपाय हो। हाम्रो दिनचर्या यस्तो छ की, हामी ७-८घण्टा पनि राम्ररी निदाउन्नौँ। अनि लगातार थकानबाट ग्रसित हुँदै जान्छौँ, अनि तनाव हुन थाल्छ। शारीरिक र मानिसक तनाब बढ्दै जाँदा स्वास्थ्य र सिर्जनशिलता दुवै क्षय हुँदै जान्छ। यस्तो बेलामा योग, ध्यान र शुद्ध आहार सहितको आध्यात्मिक जीवन शैली उपयोगी हुन्छ। विज्ञानका दृष्ट्रिकोणले पनि Non-drug and alternative techniques भन्छ। आफ्नो मस्तिष्क र शरीर दुरुस्त राख्न विज्ञका कुरा सुन्ने, बुझ्ने र अवलम्वन गर्ने गर्दा फाईदा नै होला।
-
विज्ञका कुरा सुन्नका लागि लिङ्क कमेन्टमा!
कलाकारहरू राष्ट्रका गहना हुन्। आम नागरिकले राष्ट्रकै गहनाकारुपमा सम्मान गर्ने कलाकारहरू चाहिँ एक-आपसमै गाली बेईज्जतीमा उत्रनुले कसैलाई पनि फाईदा पुग्दैन। आफ्नो क्षेत्रको ब्यापार र सम्मानको बिस्तार आफैले गर्ने हो। नयाँ वर्षसँगै सबैमा नयाँ सोच पलाओस्। सबको भलो होस्! 🌻
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Kathmandu
Opening Hours
| Monday | 09:00 - 18:00 |
| Tuesday | 09:00 - 18:00 |
| Wednesday | 09:00 - 18:00 |
| Thursday | 09:00 - 18:00 |
| Friday | 09:00 - 18:00 |
| Sunday | 09:00 - 18:00 |