Rajnpn updates

Rajnpn updates

Share

Neupane Raj

16/09/2026

बझाङमा एक महिलाले जिउँदो कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। घटना सार्वजनिक भएपछि प्रहरीले भिडियोमा देखिएकी महिलाको खोजी थालेको जनाएको छ।

कुकुरमाथि भएको उक्त व्यवहारप्रति सामाजिक सञ्जालमा व्यापक आक्रोश व्यक्त भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

16/09/2026

चिलिमे हाइड्रो पाओर टनेल बाट ४ जाना को शब फेला।।😱😭

16/09/2026

पाल्पाको सिद्धेश्वर महादेव मन्दिरमा कारमाथि ढुंगा खस्दा ३ जना घाइते

पाल्पाको सिद्धेश्वर महादेव मन्दिर क्षेत्रमा माथिबाट खसेको ढुंगाले कारमा क्षति पुग्दा तीन जना घाइते भएका छन्। घटनामा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

ढुंगा खसेर कार क्षतिग्रस्त भएको घटनापछि स्थानीयवासी तथा सम्बन्धित निकायले सडक र आसपासको क्षेत्रको अवस्थाबारे निरीक्षण गरिरहेका छन्।

16/09/2026

समाचार संकलनका क्रममा लस एन्जलसमा हेलिकप्टर दुर्घटना, ३ जनाको मृ*त्यु।।

अमेरिकाको लस एन्जलसस्थित च्याट्सवर्थ क्षेत्रमा समाचार संकलन गरिरहेको NBC4 को हेलिकप्टर दुर्घटनामा पर्दा तीन जनाको मृ*त्यु भएको छ। स्थानीय अग्नि विभागका अनुसार घटनामा घाइते एक जनालाई उपचारका लागि अस्पताल लगिएको छ।

मंगलबार साँझ करिब ७ बजे North Mason Avenue क्षेत्रमा हेलिकप्टर खसेर आगलागी भएको थियो। दुर्घटनास्थल नजिकै SUV र मेट्रो बस ठोक्किएको घटनाको समाचार संकलन भइरहेका बेला हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक विवरण छ।

दुर्घटनामा हेलिकप्टरमा सवार दुई जनासहित जमिनमा रहेका एक जनाको मृत्यु भएको बताइएको छ। घटनाको कारणबारे अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) र संघीय उड्डयन प्रशासन (FAA) ले अनुसन्धान गरिरहेका छन्।

16/09/2026

बाढीले अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा सरकारले ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ। अब भोलिदेखि उक्त सडकमा पूर्णरूपमा सवारीसाधन सञ्चालन हुनेछन्। ड्रोनबाट कैद गरिएको पछिल्लो दृश्य।

15/09/2026

मनोहरा खोलामा बाढी आएपछि पुरानो बस्ती हटाउने निर्णयको चर्चा

काठमाडौंको जडीबुटीस्थित मनोहरा खोलामा आएको बाढीले नदी आसपासका क्षेत्र डुबानमा परेका छन्। भारी वर्षापछि खोलाको बहाव बढ्दा तटीय भूभाग तथा केही संरचना जलमग्न भएका हुन्।

केही महिनाअघि यही क्षेत्रमा जोखिमयुक्त सुकुम्बासी बस्ती हटाइएको थियो। २०८३ वैशाखमा सुरक्षाकर्मी र डोजर परिचालन गरी ९४१ घरटहरा भत्काइएको थियो।

त्यतिबेला सरकारी निर्णयको आलोचना भए पनि अहिले बाढीले उक्त क्षेत्र डुबाएपछि सामाजिक सञ्जालमा बस्ती हटाउने कदमको चर्चा चुलिएको छ। बाक्लो बस्ती कायम रहेको भए मानवीय क्षति अझ ठूलो हुन सक्ने भन्दै कतिपयले निर्णयलाई दूरदर्शी भनेका छन्।

घटनाले नदीको प्राकृतिक बहाव क्षेत्र संरक्षण, जोखिमयुक्त बस्ती व्यवस्थापन र प्रभावित परिवारको सुरक्षित पुनर्स्थापनाबारे बहस पुनः सुरु गराएको छ।

15/09/2026

खोटाङमा भरुवा बन्दुकको गोली लागेर एकको मृत्यु

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–११ मा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकको गोली लागेर ५३ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको छ। घटनामा संलग्न भलबहादुर तामाङलाई प्रहरीले बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

15/09/2026

सांसद आशिका तामाङका श्रीमान् थोमस दोस्रोपटक नेपाल आएपछि विमानस्थलबाट आएको एउटा फोन सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

आशिकालाई फोन गर्दै ‘तपाईंको हजुरबा नेपाल आउनुभएको छ, लिन आउनुहोस्’ भनिएको बताइएको छ। तर खासमा फोन गर्ने व्यक्तिले ‘तपाईंको हस्बेन्ड ल्यान्ड हुनुभएको छ’ भन्न खोजेका रहेछन्।

फोनमा भएको यही शब्दको हेरफेर अहिले सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ।

14/09/2026

तिज उपलक्ष्यमा को बबाल डान्स ।।🤪😂😂

14/09/2026

काठमाडौं मनहरा खोला मा एक्कासि बाढि आउदा सबै भागमभाग तटिय क्षेत्रमा साबधानि अपनाउन अनुरोध ।।😱😱

Category

Website

Address


Chahabil/7
Kathmandu
00977

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00