Sandhya Music Production

Sandhya Music Production

Share

Sandhya Khabar Established in the year 2068-2-30 B.S. with a motto to develop and flourish along with the development and prosperity of Nepali music. Ltd.

Sandhya Music pvt. is always active to fulfill its goal. It deals with the production and distribution of Nepali Modern, Folk, Pop, Remix as well as the Filmy songs . Sandhya Music puts itself ahead of the other music company in the market as it is always involved and concerned in the uplifting of the artist and treats them as its assets.

07/02/2026

७२ घण्टा सबै सीमा बन्द गर्ने निर्णय, बोर्डर नाका सील गरिने !
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी नेपाल-भारत सीमा नाका ७२ घण्टा अगावै बन्द गरिने भएको छ।
माघ २३ गते मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल (APF) नेपाल र भारतीय सशस्त्र सीमा बल (SSB) बीचको समन्वय बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरेको हो।

07/02/2026

‘राते काइँला’को स्वर्गवास !
महान कलाकार सुनिल थापालै भौतिक शरीर छोड्नु भएको छ । नेपाली र भारतीय
सिने क्षेत्रमा उहाँ सधैं जीवित रहनुहुनेछ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली, शोकसन्तप्त परिवारमा गहिरो समवेदना🙏

06/02/2026

सुत्नेबेला मा जय पाथिभरा माता कोदर्शन गर्नु होला !❤🙏🙏
माता पाथिभराको कृपाले सुख, शान्ती छाओस!!❤🙏🙏

06/02/2026

चन्द्रागिरीमा जन्मदिनको बहानामा बोलाएर ४ जनाले १६ वर्षीय किशोरीमाथि रातभर पालै*पालो क #र*_णी गरेको घटना सार्वजनिक भएको छ।

गत २०८२ पुस २४ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका–९, मच्छेगाउँमा एक १६ वर्षीया किशोरीमाथि सा'मू_हि;क ब'ला #त्का_*र भएको छ। जन्मदिन मनाउने बहानामा बोलाइएकी ती किशोरीलाई मदिरा सेवन गराई अचेत अवस्थामा पुर्याएर ४ जना युवाले रातभर पालैपालो क' #र*_णी गरेको अभियोग पत्रमा उल्लेख छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले माघ २२ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। पीडित नाबालिका रहेकाले मुलुकी अपराध संहिता बमोजिम १० देखि १२ वर्ष कैद र सा'मू_हि;क ब'ला #त्का_*रको कसुरमा थप ५ वर्ष कैद गरी हदैसम्मको सजाय माग गरिएको छ। साथै, पीडितलाई उचित क्षतिपूर्ति भराउन समेत माग दाबी गरिएको छ।

यस अपराधमा संलग्न चार जनामध्ये बर्दियाका २१ वर्षीय भीमराज बोहरा मात्र प्रहरी हिरासतमा छन्। अन्य तीन अभियुक्तहरू खगेन्द्र धिताल (जीवन क्षेत्री), समिर पाण्डे र सुदीप योगी हालसम्म फरार रहेकाले प्रहरीले उनीहरूको खोजी कार्य तीव्रताका साथ अघि बढाएको छ।

भोलिपल्ट बिहान होस आउँदा आफ्नो शरीरको अवस्था र घाँटीमा चोटका दागहरू देखेपछि किशोरीले आफूमाथि ज'घ*न्य अ'प_राध भएको थाहा पाएकी थिइन्। स्वास्थ्यमा समस्या देखिएपछि परिवारलाई जानकारी गराएसँगै घटनाको दुई दिनपछि मात्र प्रहरीमा उजुरी परेको थियो।

06/02/2026

😍😍

05/02/2026

उदयपुर बाट बालेन ,
उद्योगहरू देशको मेरुदण्ड हुन । उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ।
उदयपुर सिमेन्ट जस्तो उधोगलाई राज्यले संरक्षण तथा प्रबर्द्धन गर्नु पर्छ ।

05/02/2026

५० लाख पारिश्रमिक लिने स्टारहरूको यो ट्रेन्डले निर्माता मात्र होइन, समग्र कलाकार र फिल्म टिमलाई पनि डुबाइरहेको विश्लेषण हुन थालेको छ ।

05/02/2026

जेनजी आन्दोलनमा गोली खाएका प्रकाश बोहराको प्रश्न छ, ‘त्यतिबेला मान्छे मार्ने को थियो ? आदेश दिने को थियो ? त्यसबेला देशको नेतृत्व गर्ने को थियो ?, सरकारले कारबाही गरेन ।’

05/02/2026

फेसबुकमा एमाले कार्यकर्ता सबिता बस्नेत र रास्वपा समर्थक हिमेश पन्तबीचको जुहारी

05/02/2026

नेपालको राजनीतिक परिदृश्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यन्त छोटो समयमै उल्लेखनीय स्थान बनाएको छ। नयाँ दल भए पनि यसले पुराना स्थापित राजनीतिक शक्तिहरू—नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस—लाई गम्भीर चुनौती दिएको देखिन्छ। यही कारणले यी दलहरू निरन्तर रूपमा रास्वपामाथि आलोचना र आक्रमण गरिरहेका छन्। तर, यस्तो आक्रामक रणनीतिले अपेक्षित नतिजा दिनुको साटो उल्टै प्रभाव पारिरहेको छ, जसलाई राजनीतिक विश्लेषकहरूले ‘बूमराङ इफेक्ट’ का रूपमा व्याख्या गर्न थालेका छन्।

पुराना दलहरूले रास्वपालाई ‘दृष्टिकोणहीन’, ‘व्यक्तिकेन्द्रित’, ‘अराजकता फैलाउने’ र ‘जेनजी आन्दोलनको उक्साहटकर्ता’ भनेर चित्रण गर्ने प्रयास गरेका छन्। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको सन्दर्भमा रास्वपालाई सिंहदरबार जलाउने अभियानको समर्थकजस्तो प्रस्तुत गर्न खोजिएको छ। कांग्रेसले रास्वपाको वैकल्पिक राजनीतिलाई अस्थिर र अनुभवहीन भन्दै खारेज गर्ने प्रयास गरिरहेको देखिन्छ भने एमाले र माओवादीले यसलाई प्रतिगमनको कारकका रूपमा चित्रण गर्न खोजेका छन्।

तर यथार्थमा, यस्ता आरोपहरूले रास्वपाको छविमा भन्दा पनि पुराना दलहरूको नैतिक धरातलमा प्रश्न उठाइरहेका छन्। जनतामा, विशेषतः युवा पुस्तामा, यस्ता नकारात्मक प्रचारलाई अस्वीकार गर्ने प्रवृत्ति बढ्दै गएको छ। लामो समयदेखि सत्ता, भ्रष्टाचार, सिन्डिकेट र स्वार्थकेन्द्रित राजनीतिबाट आजित भएका मतदाताहरूले रास्वपामाथिको आक्रमणलाई पुराना दलहरूको डर र असहजताको संकेतका रूपमा लिन थालेका छन्।

यही ठाउँमा ‘बूमराङ इफेक्ट’ स्पष्ट रूपमा देखिन्छ। जब कुनै दलले अर्को दललाई अत्यधिक नकारात्मक रूपमा आक्रमण गर्छ, त्यो आक्रमण मतदाताको नजरमा अनुचित र असभ्य देखिन थाल्छ। परिणामस्वरूप, आक्रमणमा परेको दल ‘पीडित’ को रूपमा देखिन्छ र त्यसप्रति सहानुभूति बढ्छ। रास्वपाको हकमा पनि यही भइरहेको छ। जति बढी आलोचना, त्यति बढी चर्चा; जति बढी हमला, त्यति बढी सहानुभूति।

जेनजी आन्दोलनपछि युवा मतदाताहरू पुराना दलहरूप्रति गहिरो असन्तुष्टि व्यक्त गरिरहेका छन्। उनीहरू पारदर्शिता, जवाफदेहिता र नयाँ राजनीतिक संस्कारको खोजीमा छन्। रास्वपामाथि आरोप लगाउँदा पुराना दलहरूले आफ्नै कमजोरी उजागर गरिरहेका छन्—जस्तै सत्ता स्वार्थ, अस्थिर गठबन्धन, र विगतका असफल शासन अभ्यास। सडक र सदनमा एमाले–माओवादीबीचको टकराव र कांग्रेसको स्पष्ट दिशाहीनताले पनि जनमतलाई पुराना दलहरूबाट अझ टाढा धकेलिरहेको छ।

सामाजिक सञ्जालमा देखिएको बहसले पनि यही संकेत गर्छ। रास्वपा अब केवल एउटा दल मात्र नभई वैकल्पिक राजनीतिको प्रतीक बन्दै गएको छ। काठमाडौँको मेयरको रुपमा असल काम गरेर राम्रो छवी बनाएका बालेन शाह रास्वपाको नाम जोडिनुले जनतामा नयाँ आशाको संकेत दिएको छ। आलोचनाले रास्वपाको प्रचार स्वतः गरिरहेको छ, जुन पुराना दलहरूले आफैं बुझ्न नसकेको वास्तविकता हो।

यदि पुराना दलहरूले रास्वपासँग स्वस्थ प्रतिस्पर्धा गर्न चाहन्छन् भने, नकारात्मक आक्रमणको रणनीति त्याग्नुपर्ने देखिन्छ। रास्वपाको नाम नलिएर आफ्नै नीति, कार्यक्रम र दृष्टिकोण जनतामाझ स्पष्ट राख्नु उनीहरूका लागि प्रभावकारी उपाय हुन सक्छ। तर, वर्तमान प्रवृत्तिमा पुराना दलहरू अझै पनि आरोप–प्रत्यारोपमै अल्झिएका छन्, जसले फागुन २१ को निर्वाचनमा रास्वपालाई थप फाइदा पुग्ने संकेत देखिन्छ।

नेपालको राजनीतिमा देखिएको यो ‘बूमराङ इफेक्ट’ ले एउटा स्पष्ट सन्देश दिन्छ—असभ्य आलोचना र नकारात्मक प्रचारले लक्षित दललाई होइन, आक्रमण गर्ने दललाई नै कमजोर बनाउँछ। रास्वपाले यही अवस्थाको लाभ उठाउँदै आफूलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गरिरहेको छ। यदि यही क्रम जारी रह्यो भने, पुराना दलहरूले आफ्नै हातले आफ्नो राजनीतिक भविष्य कमजोर पार्नेछन्। राजनीतिमा दीर्घकालीन सफलता सभ्यता, विचार र रचनात्मक प्रतिस्पर्धामै निहित हुन्छ भन्ने सत्यलाई यो घटनाक्रमले पुनः पुष्टि गरेको छ।

04/02/2026

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ ।

04/02/2026

आयल निगम भन्छ- खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको छ, अनावश्यक सञ्चय नगर्नुस्

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Anamnagar
Kathmandu
00977