Hellopalika

Hellopalika

Share

सत्यतथ्य समाचार को एक पहरेदार hellopalika.com

18/12/2025

रवि लामिछानेलाई धरौटिमा रिहा गर्न अदालतको आदेश !

15/12/2025

यी सभा/ सम्मेलन; यी भेला/ मिलन के का लागि ?

#- प्रतिवर्ष मुलुकको ८० प्रतिशत युवा श्रमशक्ति बेरोजगार रहनुपर्ने वा कामको खोजीमा देशबाहिर जानु परेको छ । गत आवमा ८ लाख ३९ हजार २७० जनाले वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका थिए । यसबाट गतवर्ष दैनिक सरदर २ हजार ३०० युवा रोजगारीका लागि विदेशिने गरेका देखिन्छ । उनीहरूलाई नेपालमै रोजगारी दिने योजना कुन दलले बनायो ? कुन दलले त्यसका लागि नाराजुलुस/बहस/छलफल चलायो ?
#- स्वदेशभित्र रोजगारीका अवसरहरूको उपलब्धताका बारेमा सूचना प्रवाहका लागि हाल ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्रहरू छन् । त्यहाँ कार्यरत सरकारी भत्ता खानेहरूले के गरेका छन् ? कुन दलले बहस चलायो ?
#- किसानका खेतबारी दिनहुँ बाँझिदै छन् । कृषि गणना तथ्यांक अनुसार एक दशकअघिको तुलनामा बाँझो जग्गा ९५ प्रतिशतले बढेको छ । तर खेतबारीको माटो परिक्षण गरि बालि सिफारीस गर्न कुनै दलले जुलुस गरयो ? बहस छलफल चलायो ?
#- विश्वका १८० देशमध्ये नेपाल धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा १०७ औँ स्थानमा छ । तर भ्रष्टाचार रोक्न, भ्रष्टलाई कारबाही गर्न कुन दलले आन्दोलन/जुलुस गरे ? बहस/छलफल गरे ?
#- सुशासनको पक्षमा आवाज उठाउन पुगेका ७६ जना विद्यार्थी, किशोरकिशोरी र युवायुवतीक‍ो जीवन समाप्त पारियो । उनीहरूको न्यायको लागि कुनै दलले जुलुस गरे ? बहस चलाए ?
बरू २४ भदौमा उनीहरूको जुलुसमा घुसपैठ दलहरूले गरेर ऐतिहासिक धरोहर जलाए, मुद्दाका मिसिल जलाए, जघन्य अपराधका कैदीबन्दी उम्काए, आफ्नाे रिसइवी साँधेर फरक पार्टीका नेताका घर जलाए, दलहरूले जेनजी आन्दोलनकै बदनाम गराए ।
अहिले सभम/सम्मलेलन, भेला वा जुलुस के का लागि ? ७६ जना बालबालिका, युवा विद्यार्थीको रगतमा होली खेलेर पुगेन र अझै प्रदर्शन ?
कि यो आन्दोलन नै अन्तिम हो, अब हामी पूर्ण रूपमा सुरक्षित भयौँ भन्ने छ ? अब सत्तामा फर्कने दाउपेच होइन, आन्दोलन गर्नै नपर्ने वातावरण बनाओ ।

15/12/2025

शुभविहानी !

12/12/2025

जेनजी आन्दाेलनकारीलाई रिहा गर्न प्रहरीमा गोप्य सर्कुलर

विभिन्न आराेपमा पक्राउ परेका जेनजी आन्दाेलनकारीलाई रिहा गर्न सरकारले सर्कुलर जारी गरेको छ ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ का घटनामा संलग्न भएकाहरुलाई रिहा गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयहरूमा गाेप्य सर्कुलर जारी गरेको हो । सर्कुलरमा थुनामा रहेकाहरूलाई ‘हाजिर जमानी’मा रिहा गर्न भनिएको छ । भदौ २४ मा भएको गतिविधिमा संलग्न आरोपमा अहिलेसम्म ८७२ जना पक्राउ परेका छन् ।

12/12/2025

अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई आशा र खुसीको खबर :
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को संस्थापक प्रमुख राजेन्द्र सिँह भण्डारी श्रम मन्त्री बनेपछि वैदेशिक रोजगारीमा हुने ठगी बिरुद्ध चलाइने भएको छ । प्रहरीमा रहँदा भ्रष्टाचारविरुद्ध छुट्टै छाप छाडेका भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेपछि वैदेशिक रोजगारी र श्रमिक ठगीमा हुने विकृति बिरुद्ध प्रहार हुने ठानिएको छ ।
मन्त्री भण्डारीले सपथ ग्रहण पछि पत्रकारहरुसँग भने 'यो मन्त्रालय अन्तरगत हुने आपराधिक घटनाहरूलाई पनि निर्ममतापुर्वक र कठोरतापुर्वक कारबाही गर्नुपर्ने देखेको छु।’ उनको भनाईले पनि जनतामा आशा पलाएको छ ।

12/12/2025

नवलपुर जिल्लाको अरुणखोला बाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४ च्युरीबासनजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । उकालो सडकमा जिपले नतानेपछि यात्रु ओराल्ने क्रममा व्याक भएको जिप सडकबाट झण्डै एक किलोमिटर तल खसेको स्थानीयले बताएका छन् ।

12/12/2025

थपिँदै ४ जना नयाँ मन्त्री :

प्रधानमन्त्री शुशिला कार्कीले श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाउन लागेकी छन् । श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

12/12/2025

प्रचण्डलाई यो टिसर्ट कसले लगाइदियो ?

Photos from Hellopalika's post 12/12/2025

नेपाली सेनामा पुजारी देखि भिडियो ग्राफरसम्मको लागि जागिर खुल्यो !

Photos from Hellopalika's post 12/12/2025

खुल्यो खुल्यो नेपाल प्रहरीमा भर्ना खुल्यो !

12/12/2025

सन्तुष्टि महलमा होइन, झुपडीमा हुन्छ, जहाँ शान्ति हुन्छ ।

12/12/2025
Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


अनामनगर/३२ काठमाडौ
Kathmandu
44600