Co
The story of pain
14/04/2026
हिजो सामाजिक सञ्जालमा एउटा भावनात्मक पोस्ट सेयर गरेको थिएँ। मजाकमै गरिएको त्यो पोस्ट एकाएक भाइरल बन्यो र अप्रत्याशित रूपमा नयाँ मोड लियो।
Evening walk को क्रममा बानेश्वरमा एक्कासी देखिएकी ती युवती, जसलाई मैले एकतर्फी रूपमा निकै मन पराएको थिएँ, पोस्ट गरेको २४ घण्टा नपुग्दै सम्पर्कमा आइन्। उनले मेरो पोस्ट देखेर आफूलाई ड्रेसबाट चिनेको बताइन्, र त्यसैबाट आजको दोस्रो भेट सम्भव भयो।
थापाथली नजिकै ‘चियावाला’ नामको पसलमा हामी भेट्यौं। पसलको ठिक पछाडि अलिकती खुलेर बोल्न मिल्ने ठाउं छ - त्यहीं केही समय गफियौं ।
‘के खाने?’
भेट्ने बित्तिकै मैले सोधें।
‘चिया खाने!
चिया पसलमा अरू के खान्छ र?’ उनले तुरुन्तै जवाफ फर्काइन्।
मैले वेटर बहिनीलाई अर्डर गरें,
‘बहिनी, दुई वटा घनश्याम चिया है।’
‘अनि अर्को पनि होला नि!’
उनले मुस्कुराउँदै भनिन्।
‘अर्को? मतलब?’
मैले बुझ्दा-बुझ्दै सोधें।
उनले चुरोटको संकेत गरेकी थिइन्,
जुन बुझ्न मलाई गाह्रो परेन।
मैले हाँस्दै भनें, ‘त्यो कुरा त मेरो लागि सबैभन्दा मन नपर्ने चिज हो। केही दिनअघि फेसबुकमा गरेको पोस्ट हेर्नुभयो भने थाहा पाइहाल्नुहुन्छ-खान्छु कि खान्न भनेर ! 🙁’
इमोजीमा जस्तै मेरो फेस देखेर होला, ‘सरी’ भनिहालिन् ।
‘यो घनश्याम चिया भनेको के हो त?’
उनले फेरी जिज्ञासा राखिन्।
‘यो चिया पसल फिल्म निर्देशक गणेश देव पाण्डेको हो,’ मैले जवाफ दिएँ, ‘उहाँका बुवाले सुरु गर्नुभएको व्यवसाय भएकाले बुवाकै नामबाट चियाको नाम राखिएको हो।’
केहीबेरको मिठो संवादपछि हामी उठ्यौं।
म उनलाई उनी चढ्ने बससम्म छोड्न पुगेँ। त्यही क्रममा थाहा भयो- उनी भक्तपुर बस्ने रैछिन् । बसमा चढेर टाढिँदै जाँदा पनि, उनको सम्झनाले मनमा एउटा अनौठो खुसी र सन्तुष्टि छोडेर गयो।
उनी प्राकृतिक, हँसिली र सोझो स्वभावकी ! आहै ! ठीक मैले कल्पना गरेजस्तै 😊 । कहिलेकाहीँ जीवनमा यस्ता संयोगहरू पनि घट्छन्, जसले कल्पनालाई यथार्थको स्वाद दिन्छ। यो यात्रा कहाँ पुग्छ, त्यो त समयले नै बताउनेछ। तर आजको यो भेटले मनमा एउटा मिठो अध्याय थपेको छ।
केपी ओलिले जित्लान् त ? 😟
17/09/2025
Finally he realized why British couldn't capture Nepal😂
17/09/2025
Ohh ❤️☺️
15/09/2025
Veteran actor Sathyaraj, best known as Kattappa in the 'Baahubali' franchise, is dealing with a personal tragedy that has largely remained private. His wife Maheshwari has been in a coma for the past four years, with his daughter Divya Sathyaraj recently sharing a heartbreaking status on social media. 🙏
15/09/2025
Ever felt like doing something crazy?
Once I feel like proposing to my crush 😝
If they reject me, I’ll just say my ID was hacked 🤣😁
एउटा भाइको आइडिया बबाल लाग्यो ?
एकचोटी propose गनु पयो crush लाई 😝
reject गयो भने ID hack भाको भन्दिछु🤣😁
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu