Fast Cyber
Communication Where U Can Visit Around The World With An Entertainment
30/09/2019
विजया दशमी २०७६ को सुखद् उपलक्ष्यमा
यहाँको सु–स्वास्थ्य
दिर्घायु एवं उत्तरोत्तर प्रगतिको
कामना गर्दछौं
- Swayambhu Press
13/10/2017
भाइटीकाको चलन आउनुअघि दाजुभाइ, दिदीबहिनी बीच यौन सम्बन्ध हुन्थ्यो !!
वरिष्ठ संस्कृतिविद् तथा इतिहासकार डा जगमान गुरुङ संस्कृत भाषामा गहिरो दख्खल राख्ने ब्यक्तित्व हुनुहुन्छ । नेपाली समाजका चालचलनवारे गहिरो अध्ययन गर्नुभएका गुरुङसँग तिहार संस्कृतिका बारेमा चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः
हाम्रा संस्कृतिहरु मध्ये तिहारको के महत्व छ ? यो कसरी सुरु भएको थियो ?
तिहार हाम्रो एउटा चाड हो । हिन्दीमा तेउहार भनिन्छ । तेउहारले तिहार होइन सिंगै चाडपर्ब भन्ने जनाउँछ उनीहरुकोमा । उनीहरु तिहारमा दीपावलीसम्म मनाउँछन् । त्यसैले उनीहरुको र हाम्रो तिहार मिल्दैन ।
हामी यमपञ्चकको पाँच दिनलाई तिहार भन्छौं । अब बुझ्नु पर्ने कुरा छ, यमपञ्चक केलाई भनिन्छ भनेर । यम भनेको धर्म । धर्म भनेको नीति नियम हो । पञ्चक भनेको पाँच दिन । पाँच दिन मनाइने पाँच तिहारमा काग, कुकुर, गोरु, गाई र मान्छे छुट्टा छुट्टै पुजिन्छ । यसले त्यो बेला देखिको समाज र संस्कृतिलाई जनाउँछ । त्यसबेला के कुरा केन्द्रमा थियो समाजले त्यहि चिजलाई पूजा गर्दै आएको छ । पहिलेको घुमन्ते, शिकारी, पशुपालन, कृषि, हुँदै अहिले मान्छे आधुनिक युगमा आइपुग्यो । घुमन्ते युगमा सूचनाका केही साधन थिएनन् । त्यसबेला सूचनाको मुख्य सहयोगी कागलाई बनाइथ्यो । काग बोटमा बसेर करायो भने समाचार ल्याएको भन्ने मानिन्थ्यो । काग काराएपछि मान्छेहरु ‘सुवोल सुवोल, ठाँउ सरी बस, शुभ समाचार ले’ भन्थे । आफ्नो जीवनमा सूचना ल्याउने सहयोगी भनेर कागलाई पूजा गर्न थालियो । त्यसपछि मान्छे शिकारी युगमा आयो । त्यो बेला शिकार खेल्नका लागि कुकुरको प्रयोग गरिन्थ्यो । कुकुरको सुंघ्ने शक्ति तेज हुन्छ । उसले के हँुदैछ भनि अगाडि नै जानकारी दिने र अन्य जनावारको आक्रमणबाट बचाउने गथ्र्याे । कुकुरलाई आज्ञाकारीजनावारको रुपमा मानिन्छ । त्यसैले कुकुर मानिसको शिकारी जीवनको सहयोगी हो ।
शिकार खेलेर मासुले पालिदै गरेका मान्छेहरु पशुपालन गरेर बस्नथाले । दूध, दहि, घिउ, उत्पादन गर्ने र अन्य ठाँउका मान्छेसँग तिनै सामान साटेर खानथाले । वस्तु विनिमयको युग त्यसरी सुरु भयो । खाद्य वस्तु र अन्य साधनलाई सम्पत्ती मान्ने बेला थियो त्यो । त्यसबेला गाईंलाई पुज्न थालियो । पछि मुद्राको अविष्कार भएपछि बेचबिखन हुन थाल्यो । भविश्यका लागि वस्तु भन्दा पनि मान्छे पैसा कमाउन थाले । त्यसैले उनीहरुले गाईलाई लक्ष्मीको रुपमा पुज्नथाले भने मुद्रा र रुपैयाँ पैसाको पूजा गर्ने चलन पनि त्यसै बेलादेखि भयो ।
पशुपालन युगसँगै खेतीको युग सुरु भएको पाइन्छ । त्यसपछि माछेहरु कर्सन कर्ममा लागे । कर्सन भन्या कृषिकर्म । कृषिको लागि गोरु प्रयोग हुन्थ्यो । कृषिको मुख्य सहयोगी गोरुलाई उनीहरु देवतासरी मानेर पूजा गर्नथाले । गोरु मान्छेको कृषि जीवनको द्योतक हो ।
त्यसपछि आयो भाइटीका । तिहार भनेको चाहिँ सु–सभ्य, सु–संस्कृत मानव जीवनको द्योतक हो । त्यसबेला आफ्नै परिवारका सदस्यबीच यौन सम्बन्धको चलन थियो । त्यस्तो चलन रोक्दै दाजुभाई र दिदीबहिनीबीच यौन सम्बन्ध हुनुहुँदैन भन्ने चलन आयो । एकले अर्कोलाई पूजा गर्ने सम्बन्धको रुपमा या भनौं सुसंस्कृत र सभ्य समाज निर्माण गर्न यसको विकास भएको देखिन्छ ।
कार्तिक शुक्ल द्वितीयाको दिन यमराज आफ्नो बहिनी यमुनाको घरमा गएर टीका लागाएको पौराणिक कथा छ । तर यसको वैदिक कथा अर्कै छ । ऋग्वेदको ‘यमयमी शुद्ध’ भन्ने कथामा छ यो कुरा । यम र यमी भन्ने जुम्ल्याहा दाजुबहिनी थिए । एक दिन बहिनी यमीले दाइ यमसँग बैवाहिक जीवनमा बाधिन प्रस्ताव गर्छिन् । यौनसम्बन्धमा जाने प्रस्तावले उ विचलित हुन्छ । यमले बहिनीलाई एउटै आमाबाट एकै समयमा जन्मेकाले हामीबीच त्यस्तो सम्बन्ध हुँदैन भनेर सम्झाउँछ । मान्छेको धर्म भनेकै नैतिकतामा छ । पछि यहि कुरा ऋग्वेदले यमुना र यमराजको कथामा परिणत गर्यो । बेद भनेको समाजका चालचलनलाई लिपिवद्ध गरेको कुरा हो । त्यसबेला समाजमा हुने यौन जीवनलाई सु–ब्यवस्थित गर्दै आजको यो सभ्य समाज निर्माण भएको छ । यस्तो चाड अन्य कुनै मुलुकमा छैन ।
नेपालकै उत्तरी भेगमा पाँच पत्नी बिवाह गर्ने चलन अझै यदाकदा छ । त्यस्तै गुरुङ र तामाङमा पनि कुटुम्बेली चल्छ । मगरमा पनि यो चलन थियो । तर अहिले पाल्पा, स्याङजा, तनहुँका मगरहरुले मामाकी छोरी विवाह गर्ने फुपूकी छोरी नगर्ने भन्ने चलन ल्याएका छन् । ठकुरीमा पनि यस्तै चलन छ । बिस १९९६ सालमा रंगनाथ पौडेल प्रधानमन्त्री हुँदा पश्चिम सतथौलाका जैसी बाहुनहरुलाई एउटा रुक्का पठाएर तिमीहरुले भाञ्जी बिवाह नगर्नु भनेका छन् । रुक्का भनेको अर्डर पेपर हो । मनुस्मृतिमा लेखिएको छ– ‘दक्षिणे मातुली कम्पा, उत्तरे माषेमक्षण ।’ यो भनेको भारत तिरका बाहुनले मामाका छोरी बिहे गर्छन् र उत्तरकाले मासु खान्छन् । मतलव ती दुबै नराम्रा हुन् भनिएको छ । मुसलमानले आफ्नै दाइभाईका छोरी विवाह गर्छन् । कोख र योनी मात्र बार्ने चलन तिनीहरुको छ । यम र यमीको कथाबाट चाहिँ आर्यहरु परिष्कृत हुँदै भाइ तिहारका रुपमा सभ्य संस्कृति अघि बढाएको देखिन्छ । त्यसैले तिहार नैतिकताको धरोहर हो । यसले नीति नियम कायम गरायो । समाजलाई सभ्य र सुसंस्कृत बनायो । त्यसैले सभ्य जीवन, सुसंस्कृत र आर्दश जीवन जीउने शन्देश यम द्वितीयाले दिएको छ ।
अहिलेत तिहार नभनी दीपावली भन्ने गरिन्छ नि, यो ठीक होइन ?
त्यो हुँदै होइन । त्यो त भारतबाट आएको शब्द हो, हामीसँग मिल्दैन । त्यो शब्द त हामीले उच्चारण नगर्दा राम्रो । हाम्रो तिहार हो । यम पञ्चकको पाँच दिनको तिहार । त्यसको पनि भाइटीका । लक्ष्मी पूजाको रात सबैभन्दा अंध्यारो रात हुथ्यो । मानिसहरु राँको बालेरै एक अर्को घरमा आउजाउ गर्थे । घरघरमा लक्ष्मी पुजेर राखेको दियो, रातभर नै बालेर छोडिदिने गरिन्थ्यो । त्यसरी वत्ती बाल्ने चलनलाई दीपावली गर्ने चलनका रुपमा पछि आयो ।
दुवै हिन्दु संस्कारबाट निर्देशित भए पनि नेपाल र भारतमा केहि मिल्ने र केहि फरक हुनुको कारण के होला ?
भारत पनि हिन्दु सभ्यताबाट प्रभावित र नेपाल पनि त्यहि सभ्यताले सुसज्जित देश हो । तर हाम्रै देशमा पनि एउटै दशैं कसैले तिहारसम्म मनाउने कसैले एक दिन मात्र मनाउने चलन छ । हाम्रा राम्रा संस्कृति त्यता पनि गएका छन् तर हुबहु त्यहाँ पनि लागू हुन्छन् भन्ने हुँदैन । कुनै हुबहु लागू छन् पनि । कुनै आंशिक रुपमा लागू भएका छन् । ठाँउ अनुसार फरक हुनु स्वाभाविक हो । नेपालमा आफ्नै स्वदेशीय रैथाने परम्परा छ । यहाँका भूमी पुत्र आदिवासी जनजातिहरुको संस्कृति र हिन्दु संस्कृतिको बीचमा समन्वय छ । त्यसकारण नेपाल र भारतको हिन्दु संस्कृतिमा पृथकता छ ।
देउसी भैलो खेल्ने चलन चाहिँ कसरी सुरु भयो ?
भैलीमा भनिने एउटा लाइन छ– हामी त्यसै आएनौं वली राजाले पठाए । यो यम पञ्चकको पाँच दिनसम्म पौराणिक वली राजाको पनि कथा जोडिएको छ । तर ती बली राजा पौराणिक नभएर नेपालका राजा नै हुन् । एक हजार बर्षअघि, पूर्व मध्यकालमा यो चलन आएको हो । लिच्छवीकाल सकिएपछि पश्चिम नेपालमा बली राजा आए । त्यसबेला ‘सहपाद्य लक्ष स्वदेश’ भनिन्थ्यो । यो भनेको सवा लाख मान्छे भएको देश । त्यो खस राज्य अवसान भएपछि जुम्लामा वली राजा आए ।
त्यसबेला देवदास र देवदासीहरुको प्रचलन थियो । देउकीको रुपमा अहिले कानुनले मान्यता नदिए पनि यो प्रचलन नेपालको पश्चिम भागतिर पाइन्छ । तिनै दासीहरुलाई यहि यम पञ्चकको समयमा, बलिराजाले ‘जाउ तिमीहरु मागेर खाउ’ भनेर आज्ञा दिए । उनीहरु देउसी भैलो खेलेर अन्न बटुल्न थाले ।
देवदासीहरुले भैलेनी खेले र देवदासहरुले देउसुरे खेले । हामी त्यसै आएनांै बली राजाले पठाए भनेपछि सबैले धान, चामल, रोटी, रक्सी पैसा जसले जे सक्यो त्यहि दिने गरे । पछिपछि हुँदै गएपछि अन्यलाई पनि राम्रो लागेर त्यो बेला पैसा चामल उठाउन पाइने भएर अरुले पनि खेल्न थाले । पश्चिमतिरबाट पूर्व र पूर्वतिर हँुदै सबैतिर फैलियो । अहिले त राजनीतिक दलले पनि धेरै पैसा उठाउन देउसी भैलो खेल्ने गरेका छन् ।
तर, त्यसबेला देउसी भैलो खेल्दा दिएको रोटी र रक्सी त्यसैबेला चलन थियो । जम्मा भएको अन्न र पैसा बटुलेर राख्ने र पछि पुस १५ गतेको दिन खुवा खाने चलन थियो । बूढाबूढी हैन युवतीहरुले खेल्छन् यस्तो देउसी । गण्डकी प्रदेशका मगर समुदायका युवायुवतीहरुमा पुस १५ को दिन खुवा खाएर आफ्नो जीवनसाथी रोज्ने चलन छ । तर, अहिले भ्यालेन्टाइन डे भन्ने बिदेशी चलन हावी भो ।
पुस १५ लाई गुरुङहरुले ल्होछारको रुपमा मनाउँछन् । नयाँ बर्ष मनाउने आयश्रोत पनि त्यहि देउसी भैलो हो । राई लिम्बुमा कतिपयको तिहारसम्म पनि दशैंको टीका लगाउने चलन छ । यसरी बिभिन्न जात र ठाउँमा चलन फरक भए जस्तै तिहारको पनि कहिँ कतै चलन फरक हुन सक्छ । तर यसको मुल मुल्य एउटै हो ।
तपाईंले बाहुनले देउसी भैलो कम खेल्ने भन्नु भो, त्यो चाहिँ किन रहेछ ?
बाहुन त पहिलेकै वेद पढ्ने मान्छे हो नि । हासी मजाक गर्ने, जुवा तास खेल्ने काम जनजातिले मात्र गर्थे । ती जनजातिहरुको देवदासीहरुसँग सिको गरे र उनीहरु पनि खेल्न थाले । अहिले त सबैले खेल्छन् ।
सप्तरंगी टीकाको चाहिँ अर्थ के छ ?
सप्तरंग सूर्यको सात रगंको प्रतीक हो, जो इन्द्रेणीमा पनि देखिन्छ । सूर्य भन्या सौर्य मण्डलको अधिपति हो । अनि सौर्य शक्तिको आराधनाद्वारा शरीर र मनलाई पुनर्ताजगीको लागि सप्तरंगी टीका लगाइएको हो । सबै शक्ति तिमीमै केन्द्रित होस् भन्ने अर्थमा यस्तो गरिएको हो ।
पहिले दखि नै थियो यो सप्तरंगी टीका लगाउने चलन ?
थियो नि, किन नहुनु । तर, अहिले प्रयोग भएका रंग भने पछि आएका हुन् । त्यसबेला पहेंलो रंगको लागि बेसारको प्रयोग गरिन्थ्यो । हरियो रंगका लागि दुवोबाट लेप बनाइन्थ्यो । त्यस्तै अन्य रंगको लागि काफल, र अन्य फूलहरु प्रयोग गरिन्थ्यो । यसरी आफ्नै गाउँघरका कुरा प्रयोग गरेर सप्तरंगी टीका लगाइन्थ्यो ।
18/09/2017
यसकारण नेवार महिलाले फुली लगाउदैनन्,जुन रहस्य तपाईलाई थाहै छैन
नाक छेडेर लगाइने फुली को चलन नेपालमा कसरी रह्यो त? के यो हिन्दू चलन हो? यदी हो भने, पक्कै फुलीको संस्कृत शब्द पनि हुनु पर्ने हो, के हो त संस्कृत नाम? लिच्छवीकालिन कै कुरा गरौ, नेपालका प्राचीन देवीका मुर्तीहरुमा के फुली लगाइएको छ र?
यो त एघारौ वा बार्हौ शताब्द तिर भारतमा मुगल राज्य रहFदा, मुगलहरुको नजरबाट आफ्नो छोरी चेली बचाउन हिन्दूहरुले प्रचलनमा ल्याएको चलन थियो, कारण त्यस ताका मुस्लिमहरुका बिवाहित महिलाहरुले फुली लगाउने गर्थे (जस्तो कि नेपाली समाजमा सिन्दुर पोते), र उनीहरुको समुदायमा बिवाहित स्त्री माथि दृष्टि लगाउनु, हरण गर्नु जघन्य अपराध मानिन्थ्यो।
त्यही भएर हिन्दूहरुले सानैमा आफ्ना छोरी चेलीको नाक छेड्ने गर्थे, ताकी मुगलहरुको गिद्दे नजरबाट बचोस्। त्यो परम्परा बिस्तारित हुँदै गयो, त्यहाँ बसोबास गर्ने सबै हिन्दूहरु र खस समुदायले यसलाई परम्पराकै रूपमा ढाले। त्यहाँबाट बसाइ सराइ गर्दै नेपाल आएका खसहरुले त्याे परम्परा साथै ल्याए, उनीहरुको संसर्गमा परेका अन्य जातजातिले पनि अङ्गाले।
तर प्राचीन समयदेखि कहिल्यै मुगलहरुको र खस सम्प्रदायको संसर्गमा नपरेकाहरुले कहिल्यै फुलीलाई आफ्नो ठानेनन्। ब्राह्मणी हुँदैमा फुली लगाउनु पर्ने होइन, मेरो परिवार पूर्णरूपमा ब्राह्मण हो, तर फुली कसैले कुनै पुर्खाले पनि लगाएनन्, मेरा जातका महिलाहरु कसैले लगाउदैनन् पनि, किनकी हामी त्यो ताका पनि नेपालमै थियौ।
नेवार समुदायका श्रेष्ठ, मल्ल आदि थर गरेकाहरु पूर्ण रूपले क्षत्रीय हुन्, उनीहरु छेत्री हुँदैमा पनि महिलाहरु फुली लगाउदैनन् किन कि उनीहरु पनि त्यतिखेर नेपाल मै थिए। अन्य पनि यही हो। अचेल कसैले आफ्नो स्वेच्छाले लगाये त्यो छुट्टै कुरा हो।
12/08/2017
विवाहपछी छोरा – छोरी आफ्नै ईच्छ्या अनुसार जन्माउने बिचार छ भने यसो गर्नुहोस
गर्भवती समाजमा छोरा या छोरी नजन्मिएकै कारण कैयौ परिवारमा द्वन्द्व हुने गर्दछन् । यसकै कारण कयै महिलाले मानसिक र शारिरीक यातना भोगिरहेका घट्नाहरु छन् । कतिपय महिलाले यसैको कारण सौता त कतिपयले सम्बन्ध विच्छेद गर्नुपरेका घटनाहरु भेटिन्छन् ।
कोही भने सन्तान प्राप्तीका लागि भएभरका अस्पताल, बैद्य, मठ–मन्दिर र तीर्थस्थलमा पुगेर सास्ती बेहोरिरहनु भएको त छैन ?
यदि त्यसो हो भने छोड्नु होस्, ती सबैखाले प्रयास । चिनियाँ बैज्ञानिकहरुले लामो समय र अनुसंधानपछि पत्ता लगाईएको यो प्रविधि ९९.९ प्रतिशत सफल भएको छ । तपाई पनि ढुक्कका साथ यो प्रविधि अपनाउनु होस् । इच्छा र चाहाना तपाईको छोरा या छोरी पाउने जिम्मा श्रीमतिको ।
शुरुमा, चाइनीज विशेषज्ञद्धारा आविष्कार गरिएको यो प्रविधिमा धेरैले शंका गरेका थिए । तपाईंलाई पनि त्यस्तै लाग्न सक्छ । चाइनीज बैज्ञानिकको यो आविष्कार सन्दर्भमा दुविधा भएमा यो क्यालेण्डरलाई यसअघि जन्मिएको तपाईको छोरा–छोरीसँग समिक्षा गर्नसक्नु हुनेछ । त्यसका लागि तपाईको श्रीमती गर्भ रहँदाको उमेर र महिना एकिन हुनु पर्दछ । तपाईको छोरा या छोरी गर्भ रहँदाको अवस्थामा श्रीमतिको उमेर कति थियो ?
कुन महिनामा श्रीमतिले गभर्धरण गरके ो हो ? अनि यो चार्ट हने ार्से ठय् ाक्कै मिल्ने छ । छारे ा नै छोरा र छोरी नै छोरीले भरिएका कैयौं परिवारले यो प्रविधि अपनाएर यतिखेर हाँसीखुशीका साथ जीबन बिताइरहेका छन् । तपाई पनि यो प्रविधि अपनाउनोस्, सुखी र खुशीका साथ जिउनोस् ।
सिन्धुपाल्चोकको चौतारा बजारका धेरै जनाले चीनमा आविष्कार गरिएको लिंग निर्धारण क्यालेण्डरकै विधि र प्रकृया अपनाएर इच्छा बमोजिमको सन्तान जन्माई सकेका छन् । आफ्नो इच्छा बमोजिमका सन्तान जन्माउन सफल भएका छन् । चौतारा–४ की राज्यलक्ष्मी श्रेष्ठको परिवारमा लगातार चारवटी छोरीे जन्मेपछि छोराको आस नै मरिसकेको थिए ।
यो प्रविधि अपनाएपछि मनले चिताएको पूरा भएको राज्यलक्ष्मी श्रेष्ठ बताउँछिन् । चाइनीज बैज्ञानिकको यो प्रविधि सत् प्रतिशत मिलेको बताउँदै आफूले करिब दुईसय जनालाई सल्लाह दिएकोमा धेरै जनाबाट धन्यवाद पाएको र कतैबाट गुनासो नआएको राज्यलक्ष्मी बताउँछिन् ।
छोरा पाउने अभिलाषाका साथ लिंग निर्धारण चिनिया क्यालेण्डरको अनुशरण गरेपछि यतिखेर चाहेकै सन्तान प्राप्त भएकोमा एकदम खुशी छन्, चौतारास्थित जुगल फोटो स्टूडियोका कृष्ण श्रेष्ठ । उहाँको परिवार यतिखेर छोरा र छोरीसँग रम्दै आइरहेका छन् । हिजोआज उहाँ यो क्यालेण्डरमा पुरै विश्वास गर्नुहुन्छ ।
सदरमुकाम चौतारास्थित सुवेदी हार्डवेयर सेन्टरका प्रोपाईटर चन्द्र सुवेदी ३ वटी छोरीपछि छोरा पाउन सफल भएका छन् । छोराको आशमा छोरी नै छोरी भएको र चाइनीज विशेषज्ञले आविष्कार गरेको क्यालेण्डरकै विधि अपनाएर उहाँको परिवारमा छोराको जन्म भएको सुवेदी बताउँछन् । चाइनीज विधि अत्यन्तै व्यवहारिक र सत् प्रतिशत सफल भएको उहाँको भनाई छ ।
चाइनीज विशेषज्ञले आविष्कार गरिएको यो क्यालेण्डर वेभ साईटमा पनि राखिएको छ । गुगलमा गई सर्च बक्समा
टाईप गरी उक्त कुराको जानकारी लिन सकिन्छ । चाइनीज विशेषज्ञको यो आविष्कारको बारेमा अहिलेसम्म ६०–७० जनालाई यो सल्लाह दिएको र हालसम्म कुनै किसिमको गुनासो नआएको डिभिजन खानेपानी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत द्वारिकाबहादुर तामाङ बताउँछन् ।
चार्टको माथिल्लो तेर्सो हरफमा महिलाको उमेर दिएको छ । बायाँतर्फको ठाडो हरफमा महिना दिएको छ । उदाहरणको लागि तपाईको श्रीमति १८ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघमा गर्भ रहेमा छोरा, फागुनमा रहेमा छोरी र चैत्रदेखि मंसिर महिना सम्ममा गर्भ रहेमा छोरा हुनेछ ।
त्यस्तै तपाईको श्रीमति २२ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघ र फागुन महिनामा गर्भ रहेमा छोरा, चैत्रमा गर्भ रहेमा छोरी, बैशाखमा रहेमा छोरा हुनेछ । यसका लागि तपाईको श्रीमतिको उमेर वास्तविकमा आधारित हुनुपर्नेछ ।
उमेरमा तलमाथि परेमा तपाईको योजना विफल हुनेछ । तसर्थ, आफ्नो श्रीमतिको उमेर किटान गरेर मात्र छोरा या छोरी जन्माउने निधो गर्नोस् ।
10/08/2017
जागिर चाहियो ? भृकुटीमण्डप जानुहोस्
बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुँदैछ । यही शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको अवसर दिलाउनका लागि फेयर आयोजना गर्न लागेको फेयरका कार्यक्रम संयोजक शंकर भट्टराईले जानकारी दिए ।
उनले एउटै छानामुनि जागिरको अवसर जुटाउनका लागि फेयर गर्न थालेको बताए । ‘बेरोजगार युवा रोजगारीका लागि कतै भौँतारिन नपरोस् भन्नका लागि हामीले एउटै छानामुनि कम्पनीलाई आवश्यक कर्मचारी उपलब्ध गराउने भएका हौं’ उनले भने, ‘फेयरमा युवाले कम्पनीमा रोजगारका लागि निवेदन दिन्छन् र कम्पनीले योग्यलाई छनोट गरेर जागिर दिन्छन् ।’
प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हुने फेयरमा नेपालका १८ र भारतका दुई कम्पनीले सिधै रोजगारको अवसर दिनेछन् । ती कम्पनीले आफूलाई आवश्यक जनशक्ति फेयरबाट नै छनोट गर्ने भट्टराईले बताए ।
उनका अनुसार नेपालका सिप्रदी, क्लासिटेक, विरला टायर, सुविसु, डिसहोमलगायत र भारतका रिलायन्स, जिओ मोबाइल कम्पनी र रिलायन्स होटल सहभागी हुनेछन् ।
फेयरमा युवाले आफ्नो व्यक्तिगत विवरण ती कम्पनीलाई बुझाउनेछन् र ती कम्पनीले मेलाबाटै अन्तर्वार्ता लिएर योग्य कर्मचारी छान्नेछन् । अधिकारी क्रियटिभ कन्सर्नको आयोजनामा फेयरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
09/08/2017
पेनड्राइभ जत्रै कम्प्युटर, गयो जमाना ल्यापटप र डेक्सटपको !
एउटा राम्रो कम्प्युटर तथा डेक्सटप खरीद गर्दा तपाईलाई कम्तीमा पनि २५ हजार रुपैयाँ लाग्छ । डेक्सटप कम्प्युटर नै लिनुुहुन्छ भने त्यसलाई राख्न घरमा अलग्गै स्थान बनाउनुपर्ने हुन्छ । तर, बजारमा यस्तो कम्प्युटर पनि आइपुुगेको छ, जसलाई तपाईले नेपाली ८ हजार रुपैयाँमै खरीद गर्न सक्नुुहुन्छ ।
कम मूल्य भएका कारण ल्यापटप र डेक्सटपको पीसीमा जस्तो सुविधा यसमा नहोला भन्ने चिन्ता हटाइदिनुहोस् । यो पीसीबाट समेत तपाईले ल्यापटपजस्तै मुुभी हेर्न सक्नुुहुन्छ, गेम खेल्न सक्नुुहुन्छ र यसमा आफूलाई चाहिने डेटा समेत स्टोर गर्न सक्नुुहुन्छ । यति मात्र होइन, तपाईले यो कम्प्युटरबाट अफिसको काम पनि गर्न सक्नुुहुन्छ । हाल विभिन्न इकमर्स कम्पनीको प्लेटफर्ममा इन्टेलदेखि आईबलसम्मका कम्पनीबाट उत्पादित यो कम्प्युटर खरीद गर्न सकिन्छ । काठमाण्डौका केही प्रतिष्ठित कम्प्युटर पसलमा समेत यो पीसी खरीद गर्न पाइन्छ ।
डेस्कटप पीसीपछि ल्यापटपलाई पोर्टेबल कम्प्युटरको रुपमा लिने गरिन्थ्यो । तर, अब इन्टेल जस्ता कम्प्युटर उत्पादक कम्पनीले यो भन्दा पनि सानो कम्प्युटर पीसी पेश गरेका छन् । स्टिक पीसी वा पीसी स्टिकको नामबाट चिनिइने यो कम्प्युटर एउटा पेनड्राइभ भन्दा थोरै मात्र ठूलो हुन्छ । यसलाई तपाईले आफ्नो गोजीमा राखेर जसरी र जुन बेला समेत प्रयोग गर्न सक्नुुहुुन्छ । यसका लागि तपाईलाई ल्यापटपलाई जस्तै कहीँ लैजान न ब्यागको आवश्यकता पर्छ, न त डेस्कटपको जस्तो घरमा राख्नका लागि खालि ठाउँकै ।
स्टिक पीसी तपाईको सामान्य डेक्सटप कम्प्युटर वा ल्यापटप जस्तै विन्डोज अपरेटिङ सिस्टमले सुुसज्जित हुन्छ । यसमा पनि ती सबै फङ्सनहरु हुन्छन्, जति फङ्सन एउटा कम्प्युटरमा हुन्छ । यसलाई तपाईले आफ्नो घरको टिभीमा जोडेर टिभीलाई नै कम्प्युटर समेत बनाउन सक्नुुहुन्छ । डेक्सटपको मनिटरमा समेत यसलाई कनेक्ट गर्न सकिन्छ । तर, यसका लागि तपाईको टेलिभिजन सेटमा एचडीएमआई पोर्ट हुनुपर्छ । स्टीक पीसीमा काम गर्नका लागि तपाईलाई ब्लुुटुुथ किबोर्ड र माउसको आवश्यकता पर्छ ।
पेन ड्राइभको साइजमा देखिने स्टीक पीसीबाट तपाईले वाइफाई इन्टरनेट, ब्लुुटुुथ र अन्य कयौं काम गर्न सक्नुुहुन्छ ।
यसलाई एचडीएमआई पोर्टमा कनेक्ट गरेर तपाईले युट्यूवबाट भिडियोहरु हेर्न सक्नुुहुन्छ । गेम खेल्न सक्नुुहुन्छ । एचडी मुुभी पनि हेर्न सक्नुुहुन्छ ।
यदि यो पीसीलाई अफिसको काम गर्नका लागि खरीद गरिरहनुुभएको छ भने यसमा तपाईले आफ्नो डेटा सुरक्षित गर्न सक्नुुहुन्छ । यसबाट माइक्रोसफ्ट अफिसमा मज्जाले काम गर्न सकिन्छ ।
स्टीक पीसीको बजार मूल्य न्यूनतम ५ हजारदेखि अधिकतम १६ हजार रुपैयाँसम्म पर्नसक्छ । जति बढी मूल्य छ, उति नै धेरै विशेषताहरु पाउन सक्नुुहुन्छ । ८ हजारको हाराहारीमा आउने स्टिक पीसीमा आइरेवो स्मार्ट मिनी पिसी सबैभन्दा अगाडि आउँछ । क्वाड कोर सिपीयूू, ८ जीबी इन्टरनल मेमोरी तथा माइक्रोसफ्ट किबोर्डको साथमा यो प्राप्त हुन्छ ।
इन्टरनल मेमोरी कम छ भने पनि यसको एक्सटर्नल मेमोरी बढाउन सकिन्छ । ८ हजार रुपैयाँकै हाराहारीमा लेआक्सिस कम्पनीको स्टिक पीसी समेत खरीद गर्न सक्नुुहुन्छ ।
स्टीक पीसीको माध्यमबाट यदि तपाई कम्प्युटरको सबै र एड्भान्स विशेषताको आनन्द उठाउन चाहनुुहुन्छ भने तपाईले इन्टेल वा एसुुस क्रामबिट कम्पनीको स्टीक पीसी लिन सक्नुुहुन्छ ।
यी कम्पनीका स्टीक पिसीका लागि तपाईले ८ हजारदेखि २४ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । यी पीसीको साथमा तपाईले एड्भान्स विशेषता पनि पाउनुुहुुन्छ । इन्टेल कम्प्युट स्टीक, लेनोभो तथा एसुस क्रामबिट समेत कयौं यस्ता स्टीक पीसी तपाईले इकमर्स कम्पनी वा बजारबाट खरीद गर्न सक्नुुहुन्छ ।
बजारमा ५ हजारदेखि २४ हजार रुपैयाँसम्मका स्टीक पीसी उपलब्ध हुन्छन्, खरीद गर्नुभन्दा अगाडि तपाईले आफ्नो आवश्यकतालाई ध्यान दिनुपर्ने हुन्छ । यदि तपाई यूट्यूूव भिडियो हेर्न तथा इन्टरनेट चलाउन वा मुुभी हेर्नका लागि मात्र यस्तो पीसी लिन चाहिरहनुुभएको छ भने ८ हजार रुपैयाँसम्मको पीसी तपाईका लागि उपयुक्त हुन्छ ।
तर, यदि तपाईले एउटा कम्प्युटरले झै सबै काम स्टीक पिसीबाट होस् भन्ने सोचिरहनुुभएको छ भने चाहि इन्टेल तथा लेनोभो जस्ता कम्पनीको स्टीक पीसी तपाईका लागि उपयुक्त हुुनसक्छ । जसको मूल्य ८ हजारदेखि २४ हजार रुपैयाँसम्म हुनसक्छ ।
03/08/2017
तपाई तालिम लिई रोजगारी बन्न चाहानुहुन्छ ? यदि हुनुहुन्छ भने घरेलु तथा साना उद्योग परिक्षण केन्द्रमा निःशुल्क तालिम दिने भएको छ ।
तलको विज्ञापन हेरी आफूलाई इच्छुक विषयमा तालिमका लागि तोकिएको सयममा आवेदन दिन सक्नुहुनेछ ।
निःशुल्क तालिम लिने हो ? दिदैछ, सरकारले यी विषयमा तालिम
14/07/2017
Atribute To Bhanu Bhakta Acharya !!
10/07/2017
१८ लाखमै बनाउन सकिन्छ ५० बर्ष टिक्ने ४ कोठाको २ तले घर
नेपाल राष्ट्र बैंकले आइतबार सार्बजनिक गरेको मौद्रिक नीतिले काठमाडौंमा घर बनाउने चाहना राख्नेलाई केही धक्का लागेको छ । यसअघि काठमाडौं उपत्यकाभित्र रियलस्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात (एलटीभी रेसियो) ५० प्रतिशत थियो ।
नयाँ मौद्रिक नीतिले यो अनुपात घटाएर ४० प्रतिशतमा झारेको छ । अन्य स्थानमा भने ५० प्रतिशतलाई निरन्तरता दिइएको छ । यसले काठमाडौं उपत्यकामा घर निर्माण गर्न चाहनेले बैंकबाट कम ऋण पाउने भएका छन् ।
काठमाडौं उपत्यकामा परम्परागत रुपमा बन्ने घर निर्माणको खर्च अत्याधिक बढिरहेको समयमा राष्ट्र बैंकको नयाँ नीतिगत ब्यवस्थाले तपाइलाई केही चिन्ता बढाइ दिएको हुन सक्छ । तर, यसका विकल्प छन् । ती विकल्प प्रयोग गरेर सस्तोमा सुरक्षित र बलियो घर बनाउन चाहनु हुन्छ भने यी विकल्प प्रयोग गर्ने पो हो कि ?
भूकम्प प्रतिरोधी र उच्च प्रविधियुक्त घर सस्तोमा बनाउने विकल्प छ । यो विकल्पबारे जानकारी पाउनु नभएको हुन सक्छ । त्यस्तै एक विकल्प पन्चकन्या समुहले बनाइदिने ‘स्टक्चर स्टिल’ तपाइको लागि राम्रो विकल्प हुन सक्छ ।
पञ्चकन्या ‘स्टक्चर स्टिल’को नामबाट पञ्चकन्या समुहले नेपालमा नै पहिलो पटक ग्याल्भनाइज स्टिलको उत्पादन गरेर घर निर्माणमा नयाँ प्रविधि भित्र्याएको छ । विदेशमा बिशेष गरेर संमृद्ध र भूकम्पीय जोखिम भएका देशहरुले यस्ता ग्याल्भनाइज स्टिलको प्रयोग गरेर घरहरु निर्माण गर्ने गरेका छन् ।
नेपालमा २०७२ सालको भूकम्पपछि धेरै घरहरु भत्किए । पुननिर्माणको सुरुवातसँगै अब बनाइने घरहरुको मोडल, प्रबिधि र जोखिम रहित हुनुपर्छ भन्ने बहस सुरु भएको पञ्चकन्या समुहका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठ बताउछन् ।
‘हामीले भूकम्प जानु अगाडीदेखि फ्याक्ट्री निर्माणको तयारी गरिरहेका थियौं, भूकम्पपछि निकै छिटो गरेर उत्पादन गर्यौं,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।
ग्याल्भनाइज स्टिल हलुका हुनेहुँदा यसलाई कुनैपनि ठाँउमा लान निकै सहज हुन्छ । इन्जिनियरले घरको नक्सा बनाउँदा नै कति क्षेत्रफलमा, कति भार थेग्न सक्छ भन्ने जस्ता कुराको अध्ययन गरेर बनाउछन् । निर्माणकर्ताको आवश्यकता अनुरुप यसको प्रयोग हुने हुँदा यसबाट बनेका घरहरु निकै आर्कषक र बलिया हुने श्रेष्ठ बताउँछन् ।
के हो ग्याल्भनाइज स्टिल ?
स्टिल वा फलामका सामानमा खिया नलागोस् र नबिग्रियोस् भन्ने हेतुले बाहिरबाट कोटिङ गर्ने प्रबिधिलाई ग्याल्भनाइज भनिन्छ । यसमा समेत हलुका र गरुङ्गा दुबै किसिमका स्टिल र फलाममा यो प्रबिधि प्रयोग गर्न सकिन्छ । जसले फलाम र स्टिललाई सुरक्षित बनाउँछ ।
घर कसरी निर्माण गरिन्छ ?
सर्बप्रथम तपाईसँग भएको जग्गा र त्यसको साइज अनुसार आफ्नो अवश्यकता बमोजिम इन्जिनियरलाई डिजाइन बनाउन लगाउनु होस् ।
यस्ता घरहरु ४ तलासम्म निर्माण गर्न सकिने हुनाले आफूलाई कति चाहिने हो सोहीअनुसारको डिजाइन तयार पार्न लगाउँनु पर्नेछ ।
त्यसपछि कम्पनीले तपाईको घर निर्माणको जिम्मा लिने छ । उसले तपाईको घर निर्माण सुरु गर्नेछ । तपाईले यस्ता घर निर्माण गर्दा आफ्नो लगानी गर्ने क्षमता अनुसारको सामान प्रयोग गर्ने अवसर पाउनु हुनेछ ।
कम्पनीले प्रतिबर्गफिट २२०० रुपैयाँदेखि माथि तपाईको छनोट अनुसारको सामान प्रयोग गरेर घर निर्माण गरिदिने छ । यो दर अनुसार तलमाथि गरी १३ सय स्वायर फिटको २ तले घर बनाउन करिब १८ लाख रुपैयाँ लाग्नेछ । परम्परागत रुपमा बनाइने यो क्षेत्रफलको घरका लागि ३० लाख रुपैयाँभन्दा बढी खर्च हुन सक्छ ।
यदि कम्पनीको अनुसार निर्माण गर्ने हो भने २२०० देखि २४०० प्रतिबर्गफिटमा तर्पाइको घर निर्माण हुने छ । यो खर्च अन्य परम्परागत रुपमा बनाइने घरको भन्दा कम्तिमा पनि ३० प्रतिशत सस्तो पर्ने कम्पनीले जानकारी दिएको छ । यस्ता स्टक्चरको आयु ५० बर्षसम्म हुने दाबी कम्पनीको छ ।
तल्लो तलामा जग बनाउनु पर्ने हुँदा बढी खर्च पहिलो तला बनाउदै लाग्नेछ भने माथिल्लो तला निकै सस्तो पर्नेछ । यसैकारण १३ सय स्वायर फिटको २ तले घर १८ लाख रुपैयाँ तयार पारेर सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिने कम्पनीले जानकारी दिएको छ । घरधनीले महंगो निर्माण सामाग्री प्रयोग गर्न चाहेमा प्रतिबर्ग फिट ५ हजारभन्दा महंगा निर्माण सामाग्री पनि उपलब्ध छन् ।
घरका बिषेशता
साधारण वाल सिस्टमबाट निर्माण गर्ने घर बराबरको मुल्यमा यस्ता घरहरु बनाउन सकिने कम्पनीका सेल्स एण्ड मार्केटिङ बिभागका विप्सा शाक्यले बताईन् ।
‘घरको डिजाइन परिवर्तन गर्नुपरेमा यस्ता घरहरुको डिजाइन सजिलै परिवर्तन गर्न सकिन्छ, आग्लागी, भूकम्प जस्ता बिपदबाट यस्ता घरहरु सुरक्षित हुन्छन्,’ शाक्यले भनिन् ।
यदि घर भत्काएर नयाँ निर्माण गर्नु परेमा वा घर थप्नु परेमा यस्ता घरहरु सहज हुनेछन् । यो घरको मुख्य बिषेशता छिटो निर्माण हुनु समेत हो । २ तलाको घर १५ देखि २० दिनमा निर्माण गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
यस्ता घरहरुमा प्रयोग हुने झ्यालहरु युपिभिसीका हुन्छन् । जुन पञ्चकन्याको आफ्नै उत्पादन हो ।
कस्ता घर बनाउन सकिन्छ ?
पुराना शैलीका गाउँघरमा हुने ‘ट्रेडिसनल’ घरहरु यो प्रबिधिको प्रयोगबाट सजिलै निर्माण गर्न सकिन्छ । ४ तलासम्मका औद्योगिक भवन, स्कुल, हस्पिटल, होस्टल, रिटेल स्टोर, रेन्टल हाउस, एयरपोर्ट, रेष्टुरेन्ट एण्ड बार, पार्टी प्यालेस जस्ता पूर्वाधार निर्माण सजिलै सकिने कम्पनीले जानकारी दिएको छ ।
‘केही विकास आयोजनाको स्टाफ क्वाटर निर्माणमा हामीले काम गरिरहेका छौं, अहिले अरुण तेस्रो आयोजनाको फार्म हाउस हामीले नै बनाइरहेका छौं,’ शाक्यले भनिन् । उनका अनुसार कम्पनीले १०० को हारहारीमा यस्ता घरहरु निर्माण गरिसकेको छ ।
Baisakh 12 Massive Earthquake Year 2072 A National Flag Down Day !!
https://youtu.be/MX_q7N1-E7Q
13/04/2017
वित्त सेयर समाचार बजार सेवा जनशक्ति समाज विचार विश्वफोकस
यी हुन काठमाडौंका अब्बल ११ सरकारी स्कुल, जहाँ प्राइभेटमा भन्दा राम्रो पढाई हुन्छ
काठमाडौँ । निजी विद्यालयको हालिमुहाली रहेको काठमाडौँमा केही सामुदायिक विद्यालय पनि निजीकै हाराहारीमा उत्कृष्ट नतिजा दिन सफल रहेका छन्। सख्यात्मक हिसाबले एक हजार दुई सय निजी विद्यालय रहेको काठमाडौँमा दुई सय ८५ सामुदायिक विद्यालय रहेका छन्। दुई सय ८५ मा पनि केही विद्यालयमात्र निजीसँग प्रतिस्पर्धा गर्न सक्नेगरी उत्कृष्ठ कहलिएका छन्। प्रधानाध्याक, शिक्षक र अभिभावकको लगनशीलता एवं सक्रियताले केही विद्यालय अब्बल कहलिएका हुन्। रत्नराज्य मावि मध्यबानेश्वर, ज्ञानोदय मावि कलङ्की, निलवराही मावि कालिमाटी, विश्वनिकेतन मावि त्रिपुरेश्वर, गीतामाता मावि डल्लु, जनसेवा मावि, कीर्तिपुर, मङगलोदय मावि थानकोट, विजय स्मारक मावि, डिल्लीबजार, पद्मोदय मावि पुतलीसडक, तरुण मावि बालाजुलगायत विद्यालय सामुदायिकका राम्रा विद्यालयअन्र्तगत पर्दछन्। ती विद्यालयमा माध्यमिक शिक्षा परीक्षाको उत्रीर्ण प्रतिशत ९६ देखि १०० सम्म छ।
वैशाखको पहिलो हप्ताबाट हुने विद्यार्थी भर्ना कार्यक्रममा अधिकांश विद्यालय विद्यार्थी भर्ना गर्न घरदैलो कार्यक्रम गरेपनि त्यस्ता अब्बल विद्यालयमा भर्ना अभियान नै नगरी पढ्नका लागि विद्यार्थीको भीड देखिएको छ। जसका कारण विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन थालेका छन्। विद्यालयमा विद्यार्थीको आकर्षण भएपछि विद्यार्थीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता ती विद्यालयलाई छ।
निजी जस्तै अङ्गेजी माध्यममा पढाउने हुने ती सामुदायिक विद्यालयमा विद्यार्थी प्रवेश परीक्षा उर्तिण गरेपछि मात्र भर्ना पाउँछन्। ‘धेरै विद्यार्थी आउन थालेपछि केही वर्षदेखि हामीले प्रवेश परीक्षा लिन थालेका छौँ’, रत्नराज्य माविका प्राधानाध्यापक डा. गीता खरेल भनिन, ‘प्रवेश परीक्षामा उत्तिण गर्नेलाई मात्र विद्यालयमा भर्ना गर्दछौँ।’ यो विद्यालयले कक्षा एकदेखि ७ सम्म तीनवटा र कक्षा ८ देखि १० सम्म चार अतरिक्त कक्षा सञ्चालन गर्दै आएको छ। करिब २१ सय विद्यार्थी रहेको उक्त विद्यालयमा सवैभन्दा बढी निजी विद्यालयबाट विद्यार्थी भर्ना गर्न आउने गरेको उनी उनको भनाईछ । सामुदायिक स्कुलमा राम्रो पहिचान बनाउन सफल रत्नराज्य निजी विद्यालयको जस्तै कक्षा ३ बाट नै कम्प्युटर शिक्षा, शान्त वातावरण, अनुशासन भएकोले धेरै अभिभावकको रोजाइ हुने गरेको छ। पूर्णतया निःशुल्क पढाइ हुने रत्नराज्यमा कम्प्युटर कक्षाको भने ५० देखि सय लिने गरिएको छ। कलङ्कीस्थित ज्ञानोदय माविमा पनि भर्ना अभियान सञ्चालन गरी नयाँ शैक्षिकसत्रमा विद्यार्थी पढ्नका लागि भीड हुने गरेको छ। विद्यार्थीको अत्यधिक चाप भएकाले विद्यालयले प्रवेश परीक्षा लिने गरेको विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जन बताउछन्। कक्षा १ देखि १० सम्म अङ्गे्रजी माध्यममा पढाइ हुने ज्ञानोदयको पढाइको गुणस्तर राम्रो भएकाले विद्यार्थीको चाप छ। ज्ञानोदयमा माथिल्लो कक्षामा बढी विद्यार्थीको चाप हुने गरेको छ। कक्षा ७ देखिमाथि निजी विद्यालयबाट विद्यार्थी आउने गरेको महर्जन बताउछन्।
विद्यालयमा अघिल्लो वर्ष कक्षा ९ मा सिभिल इन्जिनियरिङ विषयको पढाइसमेत हुने गरेको छ। ‘सक्ने अभिभावकले मासिक तीन सय रुपैयाँ दिनुहुन्छ’, उनले भने, ‘तर नसक्ने जति विद्यार्थीलाई निःशुल्क भर्ना गर्छौं र उसलाई आवश्यक कापी, कलम, झोला किन्ने उल्टो पैसा दिन्छौँ।’ कालीमाटीस्थित नीलबराही माविले सोमबारबाट प्रवेश परीक्षाका लागि फारम वितरण गरेको र वैशाख ४ गते परीक्षा तोकेको छ। विद्यालयकी प्रधानाध्यापक जानुका नेपाल आफूहरु सरकारलाई विद्यालय भर्नामा सहयोग पु¥याउन अभियान सञ्चालन गर्ने बताउछिन। ‘हामीले हाम्रा विद्यालयका लागि भर्ना अभियान गरेर विद्यार्थी खोज्नु पर्दैन’, उनी भन्छिन्, ‘सरकारलाई सहयोग गर्न अन्य विद्यालयमा विद्यार्थी भर्ना गराउनका लागि अभियान सञ्चालन गर्दछौँ।’ कक्षा १ देखि कक्षा ८ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुने नीलबराहीले आगामी वर्षमा कक्षा ९ मा पढाइ गर्ने उनले जानकारी गराए।
ज्ञानोदय स्कुलका २० वर्षदेखि कार्यरत पूर्वप्रधानाध्यपक धनञ्जय शर्मा अभिभावकसँग बालबालिकाको पढाइका बारेमा छलफल गर्ने र ती छलफलबाट आएका सुझावका आधारमा प्रधानाध्यापक र शिक्षकले मिहेनत गरे सामुदायिकको पनि पढाइ गुणस्तर बनाउन सकिने बताउछन्। कीर्तिपुरको जनसेवा माविका शिक्षक चन्द्र बानियाँ प्रवेश परीक्षाले सामुदायिक विद्यालय सुधारमा सहयोग पुग्ने बताउँदै शिक्षक र अभिभावकको सक्रियता हुने हो भने यी विद्यालयमा विद्यार्थीको चाप अझ बढ्ने धारणा राख्छन्।
Click here to claim your Sponsored Listing.