JEEBASEEMA
JEET BAHADUR SINJALEE MAGAR LITERATURE ACADEMY
मगर साहित्यकार, शिक्षासेवी, समाजसेवक आदिकवि जीतबहादुर सिञ्जाली मगरले मगर भाषा, साहित्यको विकास, उत्थान, संरक्षण एवं सम्बद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको हुँदा चारदशक बेपत्ता भइ दयनीय अवस्थामा भेटिनु अघि उनको सम्मानमा मगर भाषा (मगर खाम, काइके सहित) साहित्य लेखिरहेका साहित्यकारलाई प्रोत्साहन गर्न जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठान काठमाण्डौ २०५८ सालमा स्थापना गरिएको मुनाफारहित मगर साहि
03/04/2026
सबैलाई निम्तो ।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा काठमाडौं । जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले साहित्यिक पुरस्कार तथा सम्मान घोषणा गरेको छ । वार्षिक रू.....
03/04/2026
सबैलाई निम्तो ।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा पुरस्कार तथा सम्मान घोषणा पुरस्कार यही चैत २८ गते शनिबार काठमाडौंमा एक कार्यक्रमबीच वितरण गरिने जनाइएको छ ।
30/03/2026
#बधाई छ #
The Euro American Education Group द्वारा सम्बन्धन प्राप्त European Institute of Management and Technology (EIMT) बाट Doctorate in Arts- Social Science विषयमा विद्यावरिधी (PhD) गरेका मगर आदिकवि जितबहादुर मगर साहित्य प्रतिष्ठानको कोष संरक्षक, जित-रेख मगर नवप्रतिभा साहित्य पुरस्कारको संरक्षक, साहित्यकार, समाजसेवी दुतबहादुर पुन मगरलाई हार्दिक बधाई ।
27/01/2026
#अन्त्यष्टी #
नेपालको पहिलो ओलम्पियन बक्सर क्याप्टेन नामसिङ् थापा मगरको हङकङस्थित इन्टरनेशनल फ्युनरल पार्लर हङहोममा मगर संघ हङकङ, मगर बुद्व संघ हङकङ, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पियन्स एशोसियन्स, मगर आदिकवि जितबहादुर सिॅजाली मगर साहित्य प्रतिष्ठान काठमाडौं, गोर्खा सेमिट्रिज ट्रष्ट नेपालको संयुक्त आयोजनामा 25 janaury 2026 को दिन अन्त्यष्टी सभा सम्पन्न भयो ।
03/01/2026
पितृकोमा बास होस #
मगर आदिकवि जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठान कोष संरक्षक, प्रथम ओलम्पियन खेलाडी (Summer Olympic Game 1964 जापान), समाजसेवी क्याप्टेन नामसिं थापा मगरको हङकङमा आज निधन भएकोले प्रतिष्ठान स्तब्ध भएको छ। उहाँको मृतआत्माले पितृकोमा बास गरुन । शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं ।
मगर आदिकवि जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठान, काठमाडौं ।
11/12/2025
#पितृकोमा बास होस #
नेपाल मगर संघको संस्थापक सचिव जयबहादुर हितान मगरको श्रीमती, जयबहादुर हितान मगर स्मृति पुरस्कार कोषको संरक्षक, लेखक, पर्यावरण साहित्यकार विजय हितान मगरको मोई (आमा) प्रेमकुमारी हितान मगरको ८१ वर्षको उमेरमा २०८२ मंसिर २५ गते बिहान ३:४५ बजे बिहिवारको दिन निधन भएकोले मृत्तआत्माले पितृकोमा बास गरुन ।
शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं ।
सन्जोग लाफा मगर
अध्यक्ष
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठान, काठमाडौं
(अन्त्यष्टिकार्य बुटवल मूलघरमा हुने भएकोले रुपन्देही जिल्लाका मगरहरुलाई जानकारी गराउँदछौं)
14/08/2025
#बधाई छ #
मगर आदिकवि जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठान, “जितरेख नवप्रतिभा पुरस्कार” संरक्षक, लेखक, कवि, गीतकार, चलचित्र निर्माता, पत्रकार, समाजसेवी चिमखोले काइँला (दुतबहादुर गर्बुजा पुन मगर) लाई नेपाल आदिवासी जनजाति महासंघ युकेले “बर्ष पुरुष-२०८२” बाट विभूषित गरेकोमा हार्दिक बधाई सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
13/07/2025
#२१ औं मगर आदिकवि स्मृति दिवस #
मगर आदिकवि रेखबहादुर थापा मगरको २१ औं स्मृति दिवससमा हामी सधैं सम्झी रहने छौं ।
01/06/2025
#मगर आदिकवि जन्मजयन्ती #
मगर आदिकवि जितबहादुर सिंजाली मगरको ९४ औं जन्मजयन्तीको अवसरमा मगर भाषा र साहित्यप्रतिको अतुलनीय कर्मलाई सधैं सम्मान गरिरहने छौं ।
#जेठ १८ गते #
04/03/2025
#कोष संरक्षक #
मगर आदिकवि जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानको कोष संरक्षक (रु. २५,०००/-) बनेर मगर भाषा, साहित्य पुरस्कार वृद्विको लागि सहयोग गर्नु भएका मगर बौद्ध सेवा समाज बेलायतका अध्यक्ष मगर अभियन्ता मित्र रिम गलामी मगरप्रति आभारी छौं।
25/02/2025
#कोष संरक्षक #
मगर आदिकवि जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानको कोष संरक्षक (रु. २५,०००/-) बनेर मगर भाषा, साहित्य पुरस्कार वृद्विको लागि सहयोग गर्नु भएका मगर लिपि अक्खारिका ज्ञाता, मगर बौद्व धर्मका अभियन्ता मित्र Prem Magar (Bhutan America Magar Association) प्रति आभारी छौं।
Click here to claim your Sponsored Listing.
Category
Address
Kathmandu