Nawapath
Nawapath Nepal’s Digital Newspaper
11/05/2026
३५ लाख ठग्ने व्यक्ति पक्राउ
11/05/2026
विराटनगरको अरनिको आवासीय स्कुलमा कक्षा १२ बिदाइ कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरमा रहेको अरनिको आवासीय सेकेण्डरी स्कुलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाई गरेको छ । व्यवस्थापन संकायका विद्यार्थीहरूलाई कलेजले आज शुभकामना सहित बिदाई गरेको हो ।जसको प्राविधिक व्यावस्थापन सास्थम कलेज विराटनगरले गरेको थियो ।
कलेजका प्रिन्सिपल राजेश कार्की का अनुसार व्यवस्थापन संकाय र होटल म्यानेजमेन्टको ५५ जना विद्यार्थीहरूलाई बिदाइ गरिएको हो । कार्यक्रममा बोल्दै प्रिन्सिपल कार्कीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि अरनिको आवसिय स्कुलका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएर कलेज र सहरकै गरिमा बढाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रिन्सिफल कार्कीले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै कलेजमा सिकेको ज्ञान र अनुशासनलाई परीक्षा हलमा उच्च मनोबलका साथ प्रस्तुत गर्न आग्रह गरे । उनले विद्यार्थीहरूको मेहनतले नै अरनिको आवासीय स्कुललाई देशकै उत्कृष्ट कलेजको रूपमा स्थापित गरेको बताए ।
बिदाइ कार्यक्रममा अरनिको आवशिय सेकेण्डरी स्कुलका प्लस टु कोर्डिनेटर सुशिल खनाल, सास्थम कलेजका क्याम्पस प्रमुख विनय विष्णु केसी , म्यानेजिङ डाइरेक्टर रोशन बहादुर थापा, क्याम्पस म्यानेजर महेश्वर प्रसाद सिंह, बीएचम प्रोग्राम डाइरेक्टर शैलेन्द्र गणेश, लगायतको उपस्थिति रहेको थियो । उनीहरुले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिए ।
लामो समयदेखि विराटनगरमा व्यवस्थापन र विज्ञान संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको अरनिको आवशिय सेकेण्डरी स्कुल यस क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको रूपमा परिचित छ ।
काठमाडौंको सडक फूलले हराभरा बनेको छ।
11/05/2026
मोरङ्गबाट २० लाख भारतीय रुपैयाँ बरामद
मोरङ्ग जिल्लाको रतुवामाई नगरपलिका–२ घररुचोक स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले बैशाख २७ गते राती २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
५ सय दरको ४० बण्डल उल्लेखित भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ मोटरसाईकलमा आउदै गरेका व्यक्तिहरुलाई शंका लागि जाँच गर्ने क्रममा मोटरसाईकल पछाडि सवार व्यक्तिले बोकेको झोला सोही ठाउँमा फालेर भागेका थिए ।
बरामद रुपैयाँ आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।
मोरङ जिल्लाको रतुवामाई नगरपलिका–२ घररुचोक स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले बैशाख २७ गते राती २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
५ सय दरको ४० बण्डल उल्लेखित भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ मोटरसाईकलमा आउदै गरेका व्यक्तिहरुलाई शंका लागि जाँच गर्ने क्रममा मोटरसाईकल पछाडि सवार व्यक्तिले बोकेको झोला सोही ठाउँमा फालेर भागेका थिए । बरामद रुपैयाँ आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।
20/02/2026
डान इङ्गलिस मिडियम सेकेन्डरी स्कुलको २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न , ‘जेन्जी आन्दोलन’को पीडामा आधारित नाटकले अभिभावक रुवायो
-- विराटनगर, मोरङ — डान इङ्गलिस मिडियम सेकेन्डरी स्कुलको २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न विराटनगर–१ स्थित डान इङ्गलिस मिडियम सेकेन्डरी स्कुलले आफ्नो २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। । कार्यक्रमको उद्घाटन प्रमुख अथिती प्याब्सन मोरङ का अध्यक्ष जगत बहादुर बस्नेत ले गरेका थिए। उद्घाटन मन्तव्यमा उनले समयअनुसारको गुणस्तरीय शिक्षाका लागि प्रविधिसँग जोडिएको शिक्षण आवश्यक रहेको बताए। “विद्यार्थीलाई दक्ष र प्रतिस्पर्धी नागरिक बनाउन शिक्षालाई प्रविधिमैत्री बनाउनु जरुरी छ,” उनले भने।
त्यसैगरी अथिती प्याब्सन विराटनगर का अध्यक्ष अर्जुन श्रेष्ठ लगायत अतिथिहरूले विद्यालयको २१ वर्षे शैक्षिक यात्राको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।विद्यालय परिसरमा आयोजित विशेष समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेको ‘जेन्जी आन्दोलन’को पीडामा आधारित मर्मस्पर्शी नाटक मुख्य आकर्षण बनेको थियो।
भदौ २३ र २४ गते भएको ‘जेन्जी’ आन्दोलन र त्यसक्रममा घटेका हिंसात्मक घटनालाई केन्द्रमा राखेर तयार पारिएको उक्त नाटकले वर्तमान समसामयिक परिवेशलाई जीवन्त रूपमा चित्रण गरेको थियो। विद्यार्थीहरूको उत्कृष्ट अभिनय, भावपूर्ण संवाद र यथार्थपरक प्रस्तुतीले कार्यक्रमस्थल केही समय सन्नाटामय बनेको थियो। धेरै अभिभावकहरू भावुक देखिन्थे, कतिपयका आँखा रसाएका थिए।
कार्यक्रममा उपस्थित विद्यालयकी संस्थापक सदस्य इन्दिरा गिरि भावुक हुँदै भनिन्, “विद्यार्थीहरूले देखाएको अभिनय अत्यन्तै उत्कृष्ट र मार्मिक थियो। भदौ २३ र २४ गतेका घटनाहरू फेरि सम्झिएँ, म धेरै भावुक भएँ।”
‘संस्कारसहितको शिक्षा’ हाम्रो प्राथमिकता : प्रिन्सिपल थापा
विद्यालयका प्रिन्सिपल हिरा थापा मगर ले विद्यालय केवल किताबी ज्ञानमा सीमित नरही विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित रहेको बताए।
“हामी विद्यार्थीको चौतर्फी विकासका लागि संस्कारयुक्त शिक्षामा जोड दिन्छौँ। घरबाट प्राप्त संस्कार र विद्यालयबाट प्रदान गरिने ज्ञान तथा सीपको समन्वयले नै उज्ज्वल भविष्य निर्माण हुन्छ,” उनले भने।
उनले अभिभावकहरू बालबालिकाका पहिलो शिक्षक भएको उल्लेख गर्दै विद्यालय र अभिभावकबीचको सहकार्य, समझदारी र विश्वास नै सफल शिक्षाको आधार भएको धारणा राखे ।
विविध सांस्कृतिक प्रस्तुति र पुरस्कार वितरण
नाटकसँगै विद्यार्थीहरूले विभिन्न विधाका उत्कृष्ट नृत्य, सुमधुर गायन तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी समारोहलाई थप आकर्षक बनाएका थिए। कार्यक्रममा विद्यालयले सञ्चालन गरेका आन्तरिक परीक्षा तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाण–पत्र वितरण गरिएको थियो।
समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि, विद्यालय व्यवस्थापन समिति, शिक्षक–कर्मचारी, विभिन्न विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरू, अभिभावक, शुभचिन्तक तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।।विद्यालय प्रशासनले २१ वर्षको सफल यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण अभिभावक, शिक्षक तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ।।
कार्यक्रमको अन्त्यमा प्रिन्सिपल थापाले विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र सदाचारमार्फत उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर रहन प्रेरणा दिँदै अभिभावक दिवसको हार्दिक शुभकामना व्यक्त गरे । कार्यक्रमलाई सफल बनाउन विद्यालय परिवारले सक्रिय भूमिका निर्वाह गरेको थियो। यसै अवसरमा विद्यालयका प्रिन्सिपल थापाले आफ्नो सहकर्मी प्रेम बस्नेत, रञ्जन गिरि, नितेन गजुरेल, बिक्रम महर्जन तथा सम्पूर्ण शिक्षक एवं स्टाफ सदस्यहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।
प्रिन्सिपल थापाले भन्नुभयो, “तपाईंहरूकै अथक मेहनत, समर्पण र उत्कृष्ट टिमवर्कका कारण कार्यक्रम भव्य तथा सफल रूपमा सम्पन्न हुन सकेको हो। कार्यक्रमको प्रत्येक चरणमा देखिएको जिम्मेवारीबोध र सक्रियता प्रशंसनीय छ। भविष्यमा पनि यस्तै साथ, सहयोग र प्रतिबद्धता निरन्तर रहने विश्वास लिएको छु।”
विद्यालय व्यवस्थापन समितिले समेत कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण अभिभावक, विद्यार्थी तथा सहयोगी हातहरू प्रति आभार प्रकट गरेको छ। । समारोहमा टिनपैनी–२, विराटनगर स्थित सामुदायिक प्रहरी सेवा केन्द्र, टिनपैनी–२ की अध्यक्ष मीना जोशी, उद्योगपति तथा समाजसेवी चम्पालाल राठी, सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर का उपाध्यक्ष (पूर्व SP) बिद्यानन्द माझी , सामुदायिक प्रहरी सेवा केन्द्र का सचिब भोजराज घिमिरे , कोषाध्यक्ष सन्तोष वाहेती , डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष , सामुदायिक प्रहरी सेव केन्द्र को कानुनी सल्लाहकार अधिवक्ता सुनिल कुमार कर्णको पनि उपस्थिति रहेको थियो।
सांगीतिक क्षेत्रमा वरिष्ठ गायक रमा मण्डल, राष्ट्रिय गायिका मीना नेपाली तथा कलाकार मिस सङ्गीता यादवको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमका अध्यक्ष संस्थापक प्रिन्सिपल तथा प्याब्सन मोरङ का सदस्य हिरा बहादुर मगर रहेका थिए भने सभापतित्व विद्यालयकी अध्यक्ष सूर्या कुमारी रिजालले गरेकी थिइन्।
कोशी प्रदेशसभाको बैठक सञ्चालनका लागि विराटनगरस्थित विरेन्द्र सभागृह प्रयोग गरिने भएको छ। यसका लागि प्रदेशसभा सचिवालय र सभागृह व्यवस्थापन पक्षबीच ६ महिनाको सम्झौता सम्पन्न भएको छ।
01/02/2026
पुण्य माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्य सचेतना
कक्षा ९–१० का विद्यार्थीका लागि ‘Understanding Emotion & Mental Health’ कार्यशाला सम्पन्न
काभ्रे ।
विद्यार्थीहरूको बढ्दो मानसिक दबाब, तनाव र भावनात्मक अन्योललाई मध्यनजर गर्दै पुण्य माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूका लागि ‘Understanding Emotion & Mental Health’ विषयक एकदिने कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
मिति २०८२ माघ १८ गते सम्पन्न उक्त कार्यशाला सार्वजनिक सरोकार (Public Concern) को आयोजना, पूर्व प्रधानाध्यापक सरस्वती कणेलको रु. १५ हजार व्यक्तिगत सहयोग तथा संस्थाको समन्वयमा सञ्चालन गरिएको हो।
कार्यक्रम सार्वजनिक सरोकार काभ्रे शाखाकी संयोजक सरस्वती कणेलको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सविन ताम्राकार, विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयराम मानन्धर रहनु भएको थियो।
त्यसैगरी विद्यालयका कार्यवाहक तथा सहायक प्रधानाध्यापक वालकृष्ण प्रजापति, वडा नं. ७ का बालमैत्री सहजकर्ता गीता दाहाल, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक निरा भट्टराईले गर्नुभएको थियो।
मनका कुरा संस्थाको सहजीकरण
कार्यशालामा मनका कुरा संस्थाकी Counsellor सृष्टि खरेल, Outreach Trainer सुरेखा मालाकार तथा सानी लामाले विद्यार्थीहरूलाई
भावना बुझ्ने तरिका
मानसिक स्वास्थ्यको महत्व
तनाव व्यवस्थापन
डिजिटल लतका जोखिम
आत्म–जागरुकता र सहानुभूति
जस्ता विषयमा व्यवहारिक ढंगले सहजीकरण गर्नुभएको थियो।
किन आवश्यक भयो यस्तो कार्यशाला ?
विद्यालय प्रशासनका अनुसार विद्यार्थी जीवन केवल किताब र परीक्षामा सीमित नभई मानसिक र भावनात्मक परिवर्तनको संवेदनशील चरण भएकाले यस्तो कार्यक्रम आवश्यक भएको हो। कार्यशालाले
✔ शैक्षिक प्रदर्शन सुधार
✔ तनाव र दबाब नियन्त्रण
✔ आत्मविश्वास वृद्धि
✔ सामाजिक सम्बन्ध सुदृढ
✔ गम्भीर मानसिक समस्याको प्रारम्भिक रोकथाम
मा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रममा वक्ताहरूले मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाले विद्यार्थीलाई केवल “राम्रो विद्यार्थी” मात्र होइन,
“सक्षम, सचेत र लचिलो मानव” बनाउन मद्दत गर्ने धारणा व्यक्त गरे।
कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मनका कुरा संस्थाका सम्पूर्ण टिम, विशेषगरी सृष्टि खरेल, सुरेखा मालाकार र सानी लामाप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
साथै, कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने विद्यालय परिवार, प्रमुख तथा विशिष्ट अतिथि, शिक्षक तथा विद्यार्थी भाइबहिनीहरूप्रति पनि आयोजकले आभार प्रकट गरेका छन्।
29/01/2026
प्रभुराम शर्मा प्रधानसेनापति भएका बखत भारत पठाइएका दुवै हेलिकोप्टर मर्मत अवधि नौ महिना (२७० दिन) नाघिसक्दा पनि नेपाल आउन सकेका छैनन्।
सेनाका दुई हेलिकोप्टर भारतमा दुई वर्षदेखि अलपत्र २१ फागुन २०८२ मा हुने प्रतिनिधिसभा निर्वाचनको एक महिनाअघि नै नेपाली सेना परिचालन गर्ने सरकारको तयारी छ। निर्वाच....
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Shantinagar
Kathmandu
44600