Bulbul Publication

Bulbul Publication

Share

स्रष्टा, सिर्जना र सञ्चार

22/02/2026

COMING SOON चाँडै आउँदैछ ..
प्रतीक्षा गर्नुहोस् !!

16/07/2025

#पहेँलपुर श्रव्य पुस्तक सुनेपछि आएका प्रतिनिधि प्रतिक्रियाहरू

12/07/2025

एक सर्को माया र पहेँलपुर बिच के सम्बन्ध छ ? पढेका साथीहरूले कमेन्ट गर्नुहोला ।

05/06/2025

पहिलो प्रकाशनको ७ वर्षपछि मीरा बुलबुल कम्युनिकेसनको बाटो हुँदै बुलबुल पब्लिकेशनमा आइपुगेकी छे । रेखा थापा अभिनित नाटक #मीरा को चर्चासँगै बजारमा उपन्यास मीराको खोजी हुँदै गर्दा बुलबुल पब्लिकेशनले मीराको दोस्रो संस्करण बजारमा ल्याउँदैछ । भोलिदेखि #मीरा उपन्यास Theatre र बुलबुल पब्लिकेशनमा तत्काल उपलब्ध हुनेछ । पर्सिदेखि बिस्तारै हामी पुस्तक पसलहरूमा वितरण शुरू गर्नेछौं ।

PAHELPUR [PART 2] | पहेँलपुर [भाग - २] || GS POUDEL || AUDIO BOOK || ACHYUT GHIMIRE 12/04/2025

पहेँलपुर उपन्यास । श्रव्य संस्करण भाग-२

PAHELPUR [PART 2] | पहेँलपुर [भाग - २] || GS POUDEL || AUDIO BOOK || ACHYUT GHIMIRE PAHELPUR [AUDIO BOOK PART-2]Vocal By - Achyut Ghimire BulbulWriter - GS PoudelIntro...

25/09/2024

आज बुधबार । अबको ४५ मिनेटमा आजको बुलबुल प्रसारण शुरु हुनेछ । आजको कार्यक्रममा दुई वटा मुक्तक पनि पढेको छु । कस कसको होला त ? सुन्दै गर्दा जाँगर चल्यो भने यी दुई प्रश्नको जवाफ लेखिदिनुहोला ।
१) मेरो आवाज अरु दिनको मिठो सुनिन्थ्यो कि आजको मिठो ?
२) तपाईं कुन ठाउँबाट बुलबुल सुनिरहनुभएको छ ?

21/09/2024

केटाकेटीमा पढेको धेरै याद थिएन मलाई । यो पटक अडियो बुक बनाउने सिलसिलामा प्रकाश कोविदका पाठक यति धेरै ठोकिनुभएको छ मसँग कि म अचम्म परेको छु । यस विषयमा जति धेरै जोडिनुभयो मसँग, सत् प्रतिशत सकारात्मक उहाँप्रति । कुनै युगले उत्तेजना मात्रै फैलाउने लेखनी भनेर दुत्कारेको साहित्यचेतकै कारणले हजारौं लाखौं मानिस नेपाली साहित्यमा अभिप्रेरित भएर लागेका छन् । सलाम छ प्रकाश कोविदलाई । तपाईं बाँचिरहनुभएको भए सायद आफ्नो जीवनकालको बेला भन्दा धेरै प्रशंसकलाई सामाजिक सञ्जालबाटै भेट्न सक्नुहुन्थ्यो !
कोविदको #नोयो उपन्यास पढेपछि मभित्र छुट्टै तरंग उत्पन्न भएको छ । ३ घण्टा समय निकालेर सुन्नुहोला । सायद तपाईं भित्र पनि कोविद तरंग पैदा हुनेछ ।

14/09/2024

बालेनलाई त सुनाइदिनुस् नै कसैले । उनीबाहेक देशका अरु कोही नेता तपाईंलाई मन परेका छन् भने उनलाई यो सुन्न नछुटाउनू भनिदिनुहोला । अँ, आफूलाई खराब लागेका चाहिँ कसैले सुन्न लागेको थाहा पाए पनि नदिनू है । खराबले यसबाट चतुर्याइँ सिक्यो भने झन् खतरा भएर निस्किन सक्छ । असली राजनीतिको पाठ सिक्नु छ भने तपाईं उपन्यास #आचार्य_विष्णुगुप्त_चाणक्य सुन्नुहोस् वा पढ्नुहोस् । अति उत्तम पुस्तक छ ।
मेरो झन्डै एक हप्ताको ठूलो मिहिनेत परेको छ यसमा । र, आज यो सपना पूरा पनि भएको छ । किशोर उमेरमा मैले पढेको यो उपन्यास मेरा सबै श्रोतालाई सुनाउने ठूलो रहर थियो ।
केही ठाउँका नाम र शब्दहरु शुरु शुरुमा कठीन लाग्छन् तर पछि तिनै शब्दले मन छुन थाल्छन् । भिडियो फाइलको अन्त्यमा ती कठीन शब्द र ठाउँका नामको अर्थ पनि बताइएको छ ।
आज राती १० बजेदेखि प्रेमियर हुन शुरु हुनेछ ।
च्यानलको नाम

04/09/2024

आज प्रसारण हुने #बुलबुल अपलोड भइसक्यो ।
युट्युबमा गएर सर्च गर्नुहोस्
च्यानलको नाम : Nepali Chhapro
आज प्रेमियर हुने बुलबुलको अंक-२ (BULBUL 002)
समय : नेपालमा बेलुकीको ठिक 9:15 बजे (हरेक बुधबार)

31/08/2024

सायद म ८ कक्षामा पढ्थेँ होला – पहिलो पटक "विचार विज्ञान: पढ्दा । पहिलो दुई पन्ना च्यातिएको पुस्तकबाट पढेको थिएँ । विचार सम्बन्धी वाक्यहरुले मेरो किशोर मस्तिष्कमा खूब प्रभाव पारेको थियो । अलि पछि फ्ेरि पढेँ यो पुस्तक । खप्तड बाबाबारे अनेकौं किस्सा वा किंवदन्ती पनि सुनेको छु । आफू बुझ्ने भइसक्दा पनि ज्युँदै रहनुभएका परमहंस १००८ स्वामी महापुरुषको प्रत्यक्ष दर्शन गर्ने मौका मिलाउन नसक्नु जीवनको ठूलो खेद हो भन्ने लागिरहन्छ । हिजो मात्रै हैन, आज पनि र भोलिका लागि पनि यो पुस्तक कालजयी छ । यसमा न हिरो छ, न हिरोइन, न कथा छ, न मैं हुँ भन्ने भावको कुनै कथन । तर पुस्तकमा संसार छ, जीवन छ, आफू हुनुको बोध छ । अहिलेको किशोर पुस्तकलाई त कति कुरा पत्यार नलाग्ला वा कति सामान्य कुरा जस्तो पनि लाग्ला । तर विचार विज्ञानका हरेक वाक्य र शब्दहरु मेरा लागि शाश्वत् लाग्दछन् ।
श्रव्य सामग्री बनाउने क्रममा २४ वर्षमा सैयौं हजारौं पुस्तकहरु पढेँ हुँला । तर ४ दिन लगाएर पढिएको यो "विचार विज्ञान" (श्रव्य पुस्तक) लाई मैले आफ्नो जीवनको सानो पुण्यको रुपमा लिएको छु । अन्य साथीहरुले पनि श्रव्य पुस्तक बनाउनुभएको रहेछ यसमा, तर पनि मलाई किन किन आफू पढेर विचार विज्ञानलाई श्रव्य रुप दिन मन लाग्यो र यो कार्य गरेको छु । फुर्सदमा वा आफ्नो मनोबल कमजोर भएका बेला यो पुस्तक सुन्नुभयो भने तपाईंलाई ऊर्जा दिनेछ भन्नेमा म विश्वस्त छु । अझ एक एक थान पुस्तक किनेर घरमै सुत्ने कोठामा राख्नुस् है भनेर सुझाव पनि दिन्छु म यो कृतिबारे ।
(अहिले राती नेपाली समय अनुसार सवा नौ बजेपछि प्रेमियर हुनेछ )

25/08/2024

झन्डै एक वर्षपछि फेरि शुरु हुन लागेको रेडियो कार्यक्रम #बुलबुल प्रसारण गर्न राजधानी बाहिरका केही एफएम संचालकहरुले पनि सहकार्यका साथ प्रसारण गर्ने इच्छा गर्नुभएकाले हामीले आउँदो बुधबारदेखि शुरु हुने #बुलबुल युट्युब च्यानल सँगै एकैसाथ केही एफएम रेडियोहरुबाट पनि प्रसारण गर्ने भएका छौं ।
#बुलबुल प्रसारण हुने च्यानल subscribe र share गरेर साथ दिनुहुन सम्पूर्ण मित्रहरुमा हार्दिक अनुरोध गर्दछु ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Dillibazar Height
Kathmandu

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00