Himali Express
This is Himali Express news portal official page. This is Aarthik Sanchar news portal official page.
05/06/2026
रवि र बालेनप्रति आक्रोशित रामकुमारी झाँक्रीले भनिन्– यो देशविरुद्ध परिचालित पात्रहरु हुन् । उनीहरुलाई जिताएर ठूलो भूल गर्यौं भन्ने कुरा जनताले इतिहासमा लेख्नेछन् । यस्तै हो देश सक्नेहरु पनि । लेण्डु दोर्जेले सिक्किममा १०० सिटमा ९७ सिट ल्याएर देशै भारतलाई बुझाएका थिए । जेलेन्स्कीले रुससँग जोरी खोज्दा लाखौं जनतालाई मात्रै सिध्याएनन्, देशकै ठूलो भूगोल पनि सिध्याए ।
05/06/2026
उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री वालेन्द्र शाहलाई यस्ताे म्यासेज लेख्दा गरिएकाे थियाे कारबाही–
‘सम्माननीय प्रधानमन्त्रीज्यू
सादर नमस्कार !
सचिवको कार्यकाल पाँच वर्ष हुन्छ । म मुख्यसचिव हुने सम्भावना छैन ।
म अवकाश हुने दिन असार २४ गते हो । राजदूतको विज्ञापन खोलिएको रहेछ ।
मैले फर्म भर्न मिल्छ कि मिल्दैन ?
हजुरको जानकारीको लागि सादर अनुरोध गर्दछु।’
यत्ति म्यासेज लेखेको आधारमा उनलाई बिहीबार प्रहरी कार्यालयमा बोलाएर झण्डै ९ घण्टा केरकार गरिएको थियाे ।
फोनमा गरिएको म्यासेज प्रधानमन्त्रीले जानकारी नगराई पक्कैपनि प्रहरीले थाहा पाउँदैन । प्रधानमन्त्रीलाई म्यासेज गलत लागेको भए 'इग्नोर' गरिदिए पुग्थ्यो।
तर प्रहरीलाई जानकारी गराउनु, प्रहरीले उनलाई बोलाएर ९–९ घण्टा कार्यालयमा राख्नु र केरकार गरेको घटनाकुनै व्यक्तिको सनकको भरमा राज्यशक्तिको दुरुपयोगको उदाहरण हो ।
सरकारले राजदूतको आवेदन खोलेका छ। पुष्करले आफूसँग रहेको प्रधानमन्त्रीको मोबाइलमा म्यासेज गरेर जिज्ञाशा राख्नु नाजायज र अन्यथा हुँदै होइन ।
प्रधानमन्त्रीले ‘कृपया यसरी व्यक्तिगत म्यासेज नगरिदिनु होला’ भनिदिएको भए पुगिहाल्थ्यो। तर, शक्तिको दुरुपयोग गरियाे ।
04/06/2026
रविले मोदीलाई दिए पशुपतिनाथ र रामजानकी मन्दिरको मूर्ति अनि तस्बिर ।
03/06/2026
रवि लामिछानेको भारत भ्रमण: भाजपा र भारत सरकारले किन दियो विशेष महत्त्व ?
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भ्रमण 'राजकीय शैली' को देखिएको छ । भ्रमणका क्रममा भारत सरकार र सत्तारुढ दल भाजपाले उनलाई विशेष महत्त्व दिएका छन् ।
सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बुधबार भेटवार्ता गरेका छन् । भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल 'एक्स' मार्फत खुसी व्यक्त गर्दै दुई देशबीचको साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गरेका छन् ।
मोदीले नेपाल भारतको ‘नेबरहुड फस्ट’ (छिमेकी पहिलो) नीतिको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको नयाँ सरकारसँग ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन भारत उत्सुक रहेको स्पष्ट पारे । यसअघि लामिछानेले भारतका गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर र भाजपा नेता नितिन नवीनसँग पनि उच्चस्तरीय भेटघाट गरेका थिए ।
भारतले विशेष महत्त्व दिनुका मुख्य कारणहरू:
विगतमा नेपालका पुराना र परम्परागत दलका नेताहरूको तुलनामा रास्वपा सभापति लामिछानेले यसपटक पाएको उच्च प्राथमिकतालाई कूटनीतिक मामिलाका विज्ञहरूले निकै चासोका साथ हेरेका छन्। यसका मुख्य कारणहरू निम्न छन् :
नयाँ राजनीतिक शक्तिको उदय : परराष्ट्र विज्ञ इन्द्रा अधिकारीका अनुसार विदेशी शक्तिहरू सधैँ नयाँ राजनीतिक शक्तिसँग सम्बन्ध विस्तार गर्न चाहन्छन् । नेपालको राजनीतिमा नयाँ र शक्तिशाली शक्तिका रूपमा उदाएको रास्वपासँग सम्बन्ध गाँस्न भारतले विशेष जोड दिएको देखिन्छ ।
सत्ता र शक्तिको कूटनीति : पूर्वराजदूत डा. लोकराज बराल "सबैले बलेको आगो ताप्ने" टिप्पणी गर्दै जो शक्तिमा छ, उसैलाई कूटनीतिक महत्त्व दिनु स्वाभाविक भएको बताउँछन् । छोटो समयमै शक्तिशाली बनेको रास्वपामार्फत भारतले नेपालको नयाँ सत्ता समीकरणसँग बलियो सम्बन्ध स्थापित गर्न खोजेको छ ।
सम्बन्धको निरन्तरता र स्थायित्व : नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्कीका अनुसार रास्वपा अहिले नेपालको राजनीतिमा एक निर्णायक शक्ति हो, जसको प्रभाव आगामी चुनावसम्म रहिरहने देखिन्छ । त्यसैले नेपालसँगको दीर्घकालीन सम्बन्धलाई सुरक्षित र निरन्तर राख्न भारतले लामिछानेलाई यो महत्त्व दिएको हो ।
समग्रमा, रास्वपा सभापति रवि लामिछानेको यो भारत भ्रमण र भारतीय नेतृत्वको उत्साहजनक प्रतिक्रियाले नेपाल-भारत कूटनीतिक सम्बन्धमा परम्परागत दलहरूबाहेक नयाँ राजनीतिक शक्तिहरू पनि उत्तिकै निर्णायक बन्दै गएको प्रस्ट पारेको छ।
03/06/2026
कस्ताे लाग्याे कन्यामकाे चिया बगान ?
इलामको सूर्योदय नगरपालिकामा अवस्थित कन्याम चिया बगान अवलोकन गर्दै पर्यटक । कोशी प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रहेको कन्याममा मनोरम वातावरणमा रमाउन, भिडियो र फोटो खिच्न आन्तरिक तथा वाह्य पर्यटक आउने गर्दछन् |
तस्बिरः रवीन्द्रप्रताप गुप्ता/रासस
बालेनले ‘बेलायत कार्ड’ खेलेपछि रिसियाे भारत
02/06/2026
भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले विदेशमन्त्री एस जयशंकर र भाजपाका वरिष्ठ नेता तथा गृहमन्त्री अमित शाहलाइ भेटेका छन् ।
02/06/2026
राप्रपा छोडन लागेका महामन्त्री धवल शमशेर राणा र दुर्गा प्रसाई मिलेर जाने तयारी गरेका छन् ।
बालेन्द्रको पद धरापमा, हर्कले पल्टाए नियमावली र संविधानका धारा !
बालेन भगवान होइन भन्दै गर्जिए गगन, भने– माफी मगाएरै छाड्छौं
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Putalisadak
Kathmandu