Setoparda.com
a complete entertainment news port
21/12/2025
अदालतको आदेशमा रिहा भएपछि पहिलोपटक केन्द्रिय कार्यालय पुगेका रास्वपाका सभापति
रवि लामिछानेको कार्यकर्ताद्वारा भब्य स्वागत गरेकाछन।
01/12/2025
चलचित्र बिकास बोर्ड 'सिनेपा बक्स अफिस' ले सार्वजनिक गरेको मंसिर १३ गते शनिबार राती १२ बजेसम्म देशभर प्रदर्शन भएका चलचित्रहरुको बक्सअफिस कलेक्सन
29/11/2025
विपिन कार्की बने काजी
चलचित्र ‘काजी’ को फर्टलुक्स सार्वजनिक भएको छ। जसमा अभिनेता विपीन कार्कीलाई काजीको भूमिकामा प्रस्तुत गरिएकोछ ।
लक्ष्मण रिजालको निर्देशनमा बनेको चलचित्रलाई आगामी चैत २७ गतेलाई फिल्मको प्रदर्शन मिति टुङ्गो लगाएको छ ।
‘काजी’ मा विपिन सँगै केकी अधिकारी गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी लगायतको अभिनय रहेको छ ।
विपिन कार्की बने काजी
चलचित्र ‘काजी’ को फर्टलुक्स सार्वजनिक भएको छ। जसमा अभिनेता विपीन कार्कीलाई काजीको भूमिकामा प्रस्तुत गरिएकोछ ।
लक्ष्मण रिजालको निर्देशनमा बनेको चलचित्रलाई आगामी चैत २७ गतेलाई फिल्मको प्रदर्शन मिति टुङ्गो लगाएको छ ।
‘काजी’ मा विपिन सँगै केकी अधिकारी गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी लगायतको अभिनय रहेको छ ।
23/11/2025
निर्देशक मीन भाम आगामी चुनावमा उमेदवार बन्ने।
'कालोपोथी', 'शाम्बाला' जस्ता चर्चित चलचित्रका निर्देशक मीन भाम आगामी चुनावमा उमेदवार बन्ने भएकाछन। आफु ८४ को चुनाव लड्ने तयारी गरेपनि जेन-जी आन्दोलनपछि अन्तरिक सरकारले २१ फागुनमा चुनाव मिति घोषणा गरेपछि पूर्ण रुपमा यतिबेला चुनावी तयारीमा लागेको बताएका छन् ।
नेपाली काङ्ग्रेसको सदस्य रहेका भाम काठमाडौं क्षेत्र नं ३ बाट चुनाव उठ्ने तयारी गरेको तर पार्टीले टिकट दिदा पुर्ख्यौली घर मुगुमै पठायो भने पनि आफु जान तयार रहेको बताए ।
निर्देशक मीन भाम आगामी चुनावमा उमेदवार बन्ने।
'कालोपोथी', 'शाम्बाला' जस्ता चर्चित चलचित्रका निर्देशक मीन भाम आगामी चुनावमा उमेदवार बन्ने भएकाछन। आफु ८४ को चुनाव लड्ने तयारी गरेपनि जेन-जी आन्दोलनपछि अन्तरिक सरकारले २१ फागुनमा चुनाव मिति घोषणा गरेपछि पूर्ण रुपमा यतिबेला चुनावी तयारीमा लागेको बताएका छन् ।
नेपाली काङ्ग्रेसको सदस्य रहेका भाम काठमाडौं क्षेत्र नं ३ बाट चुनाव उठ्ने तयारी गरेको तर पार्टीले टिकट दिदा पुर्ख्यौली घर मुगुमै पठायो भने पनि आफु जान तयार रहेको बताए ।
22/11/2025
भोलिको नेपाल बन्द फिर्ता
भोलिको नेपाल बन्द फिर्ता!
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका महाभियानले आइतबारबाट हुने गरी घोषणा गरेको भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन भएकोछ । सरकार र महाअभियानका प्रतिनिधिसँग शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएपछि नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिएको हो।
14/11/2025
चलचित्र 'परान'की आमा र तीन छोराहरू साथमा।
14/11/2025
आज शुक्रबार एकमात्र चलचित्र प्रदर्शनमा आएको छ।
सुरक्षा पन्तको शीर्ष अभिनय रहेको चलचित्र धागोले भने अत्यन्तै न्यून शो पाएको छ। तेस्रो हप्तामा चलिरहेको परानले हल कब्जा नै गरेको अवस्था छ भने जारीले पनि दोस्रो उच्च शो पाएको छ। त्यस्तै दोस्रो हप्तामै मन बिनाको धनको शो समेत 'धागो'को भन्दा उच्च छ। बाकी रहेको शोहरु आजै प्रदर्शनमा आएको रनिङ म्यान, पाँचौ हप्तामा चलेको जेरि अन टप अन्य चलचित्रहरुको पोल्टामा छन।
13/11/2025
चलचित्र ‘आ बाट आमा’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरू पल शाह, विपना थापा, प्रदीप रावत, पल शाह, सिम्रन पन्त, साइग्रेस पोखरेल र उषा उप्रेतीलाई प्रस्तुत गरिएको छ । पल शाहको मुख्य भूमिका रहेको यो चलचित्रबाट साइग्रेस पोखरेलले चलचित्र नगरीमा डेब्यु गर्दैछन् । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र चन्द्र पन्तले लेखन तथा निर्देशन गरेकाहुन । चलचित्र माघ १६ गतेबाट देशौभर प्रदर्शनमा आउदैछ ।
10/11/2025
जारी २
शुक्रबारदेखि प्रदर्शन भएको चलचित्र ‘जारी २’को ‘डाइरेक्टर्स कट’ तयार भएको छ । सेन्सर समेत भइसकेको ‘डाइरेक्टर्स कट’मा करिब १४ मिनेट थप भई चलचित्र २ घण्टा २१ मिनेट लामो बनेको छ । ‘डाइरेक्टर्स कट’ मंगलबारबाट प्रदर्शनमा आउनेछ ।
दर्शक, शुभचिन्तक र टिमकै केही साथीभाइको सुझाव अनुसार चलचित्रलाई परिमार्जित र परिस्कृत गरेको निर्देशक उपेन्द्र सुब्बाले ‘जारी २’को ‘डाइरेक्टर्स कट’लाई दर्शकले अझै धेरै मनपराउने विश्वास व्यक्त गरे । ‘
चलचित्रमा ओदयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।
10/11/2025
नेपाल प्रिमियर लिग (एनपीएल) टोली बिराटनगर किङ्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् ।
सोमबार बिराटनगर किङ्सले सामाजिक संजालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी गराएको हो ।
नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक रहेका दासानायके ले यसअघि एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकको भूमिकामा रहिसकेका छन ।
10/11/2025
फेरि हलमा फर्किए दर्शक
नेपाली चलचित्र जगतको लागी यसपालिको दशै खासै उल्लासमय भएन, दशैंदेखि सुस्ताएको बक्स अफिस बिस्तारै चलायमान भएकोछ । तिहारको छेको पारेर प्रदर्शनमा आएका चलचित्र बरिष्ठ बलराम, मैझाराे, साेल्टिनीले खासै ब्यापार नगरेपनी सँगै प्रदर्शनमा अाएकाे जेरी अन टपले भने प्रर्दशनकाे चाैथाे हप्तामा आउँदा समेत राम्राे ब्यापार गरेकाे छ । जेरी अन टप अभिनेता अनमाेल केसीकाे करियरकै सर्वाधिक ब्यापार गर्ने चलचित्र बन्नुका साथै याे बर्षकाे सर्वाधिक ब्यापार गर्ने चलचित्र बनीसकेकाे छ । जेरीकाे बाटाे पछ्याउदै गत साता प्रदर्शनमा आएकाे परानले पनी सुरूका दिनमा कम शाे र झरीका कारण प्रभावित भएपनी ‘वर्ड अफ माउथ’ कारण दाेस्राे सातामा आउँदा शाे सख्यां बढाएकाे छ । त्यस्तै शुक्रबार प्रदर्शनमा आएका दुई फिल्ममध्ये सर्वाधिक शो पाएको ‘जारी २’ले पहिलो दिन नै देशव्यापी ७० प्रतिशत अकुपेन्सी हासिल गरेको थियो । दोस्रो दिन शनिबार दर्शक अकुपेन्सी अझ उच्च रह्यो । थाेरै शो पाएपनी ‘मन बिनाको धन’ले पनि दुई दिन सुखद व्यापार गरेको छ ।
09/11/2025
दर्शकहरु सँग प्रतिक्रिया लिदै अशोक दर्जी तथा चलचित्र 'मन बिनाको धन' परिवार ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
44600