Development Creation

Development Creation

Share

Development Creation promotes your business and gives you all entertainment. If you need our help to advertisement your any business.

Please send us all details on the below Mention email address.

Photos from Development Creation's post 22/11/2025

सुपादेउराली सांस्कृतिक समाज काठमाडौँद्वारा खेलिएको देउशी भैलो बाट संकलन गरिएको रकमको केही हिस्सा काठमाडौँ जोरपाटी अवस्थित सहयोगि समाज नेपाल (अनाथलयमा)न्यानो कपडा बलाङ्केटहरु वितरण कार्य सम्पन्न गरेको छ।
अर्जुन कुँवर भानु खनाल सुभाष ज्ञवाली मोतिराज खनाल मुकुन्द घिमिरे कृष्ण भुसाल ध्रुव बस्नेत काशीनाथ घिमिरे लगायतको टिम उपस्थित भई सहयोगी समाज नेपाल आश्रममा न्यानो कपडा वितरण कार्यक्रम गर्नुभएको छ।
काठमाडौं

28/10/2025

सुपादेउराली साँस्कृतिक समाज द्वारा आयोजित देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न

तिहारको अवसर पारेर अर्घाखाँची बाट आई काठमाडौंमा बसोबास गर्दै आएका संगितकर्मी साथीहरूको संगठन सुपा देउराली साँस्कृतिक समाज द्वारा काठमाडौंको विभिन्न ठाउँका देउसी भैलो खेलेर हाम्रो साँस्कृतिक पर्व तिहारमा संस्कृतिको जगेर्ना गर्दै रिति रिवाजलाई अगाल्दै संगितकर्मी टिमले तिहारलाई उत्सवको रुपमा मनाएका छन । विभिन्न भेष भुसामा सजिएका कलाकारहरुको प्रस्तुतिले देउसी भैलो कार्यक्रम मनमोहक देखिन्थ्यो । उक्त कार्यक्रममा देखिएका विभिन्न किसिमका पहिरन र बाजागाजा तथा फुलमालाले पनि यस भैलो टिमको आकर्षण बढेको थियो । देउसी भैलो सङ्गै अर्घाखाँची लगायत पश्चिम् भेगमा खेलिने सोरोठी, मारुनी ,ख्याली , कौडा, र झ्याउरे गीत सङ्गै नृत्य प्रस्तुतिले गर्दा निकै रोमान्चक र मनमोहक दृश्य अबलोकन गर्नेहरुको उपस्थिति पनि बाक्लो देखिन्थ्यो । अर्घाखाँचीका समाजसेवी सुभाष ज्ञवालीको संयोजकत्वमा यसवर्षको देउसी भैलो सम्पन्न भएको हो । कलाकारको ब्यबस्थापनमा बरिस्ठ गायक मोतिराज खनाल हुनुहुन्थ्यो त्यसैगरी बाध्यबादनको ब्यबस्थापन बरिस्ठ कलाकार शिव शाहले गर्नुभएको थियो । नृत्य व्यबस्थपनको काम सन्जिला सुमित्रा , टेकराज पोख्रेलले गर्नुभएको थियो । सामाग्री ब्यबस्थापन तथा देउसी भैलोको व्यबस्थापन ऋषि भुसाल , सबिन खड्का , धुर्व बस्नेत , छबिलाल बेलबासे , चिरञ्जीवी खनाल, मुकुन्द भुसाल लगायतले समाल्नुभएको थियो । आर्थिक व्यबस्थापनको काम मुकुन्द घिमिरे , काशिराम घिमिरे , अनिल पौडेल , राजेन्द्र जिसी लगायतले गर्नुभएको थियो , देउसी भैलो भट्याउनेमा गायक तथा सर्जक मोतिराज खनाल हुनुहुन्थ्यो । त्यसैगरी गायकी तर्फ लोकप्रिय गायक मोतिराज खनालको संयोजकत्वमा गायिका पुष्पा शाह , गीता खनाल, किरण पन्थी तारापती पोख्रेल , कोपिला देउजा बिष्णु खनाल , राम प्रसाद पोख्रेल लगायत कलाकारहरुको दमदार प्रस्तुति रहेको थियो । त्यसैगरी बाध्यबादन कलाकार तर्फ शिव शाह , धुर्ब बस्नेत , किस्मत शाह हुनुहुन्थ्यो । नृत्य तथा मादल बादक तर्फ मारुनिमा छबिलाल बेलबासे , तिलका भुसाल , बाबुराम रायमाझी , हुनुहुन्थ्यो , त्यसैगरी पुरुसिङ्गे नाचमा मुकुन्द भुसाल र राजेन्द्र जिसी हुनुहुन्थ्यो । नृत्य कलाकार कृष्टिना शाह, प्रमिता पोख्रेल , प्रबिना घिमिरे घिमिरे , अस्मिता पौडेल, कौसिला भुसाल , शिल्पा पाण्डे , साबित्रा भुसाल र कविता भुसाल हुनुहुन्थ्यो । सहायक कलाकारहरु मधु पौडेल , धनेन्द्र बस्नेत , कृष्ण भुसाल , भानु खनाल , डि आर पोख्रेल , सन्तोष पन्थी , सौगात खनाल , आर एन पौडेल , शंकर न्यौपाने , जयराम पोख्रेल , गोबिन्द प्रसाद , नारायण प्रसाद घिमिरे , आशिष् पौडेल , हरी रायमाझी , सुमित राना मगर, एकराज भट्ट लगायत हुनुहुन्थ्यो । सुपादेउराली साँस्कृतिक समाजको देउसी भैलो सव्य र भव्यरुपमा सम्पन्न भएको समाजसेवी ऋषि भुसालले बताउनु भयो । अर्घाखाँचीको कला संस्कृतिको जगेर्ना गर्नु हाम्रो मुल उदेश्य रहेको गायक तथा सर्जक मोतिराज खनालले बताउनु भयो । गायक तथा मोडल सबिन खड्काले हाम्रो परम्परा र रितिरिबाजको सबै मिलेर संरक्षण गर्नु पर्ने बताउनु भयो । बरिस्ठ पत्रकार मुकुन्द भुसालले आगामी वर्षहरुमा पनि यसैगरी हाम्रा पर्वहरुलाई उत्सबको रुपमा मनाउदै कलाकारहरुको प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनु भयो

25/10/2025

महत्वपूर्ण कागज र सामान समेत रहेको झोला माइकोमा छुटेपछि बाटोमा रुँदै भौतारी रहेकी जर्मन युवतीको झोला र त्यसभित्र रहेको सामान समाजसेवी युवा आकाश अर्यालको सुझबुझ र सक्रियताले फेला परेपछि जर्मन युवतीले खुशी हुदै भनिन्- 'नेपालीहरु साच्चिकै इमान्दार हुने रहेछन्।'

भाइटीकाको अघिल्लो दिन साँझ एकजना विदेशी युवती नारायणघाट बजारमा एउटै बाटोमा करिब तीन-चार पटक ओहरदोहर गरिरहेकी थिइन्। यसरी विदेशी युवती एउटै बाटोमा धेरै चोटी ओहरदोहर गरिराखेको युवा आकाश अर्यालले देखेपछि उनले ती विदेशी युवतीलाई केही समस्या परेको होकी भनेर नजिकै गएर सोधे।

शुरुमा त युवती केही बोलिनन्। फेरी दोहर्याएर सोधेपछि ती युवती रुन थाल्छिन्। विदेशी युवती रोएको देखेर आकाशले ती विदेशी युवती माधि कसैले दुर्ब्यबहार गरेको होकी भन्ने सोचेछन्।

जर्मनीबाट नेपाल घुम्न आएकी ती युवतीले रुँदै भनिछन्- 'काठमाण्डौंबाट माइक्रो चढेर साँडाको पाँच बजे नारायणघाट झरेको माइक्रोबाट झर्दा दुई मध्ये एउटा मात्र इरोला निकालेर अर्को झोला निकाल्न बिर्सेछु। जुन झोलामा आइप्याड, कार्ड लगायत महत्वपूर्ण सामान छ।'

ती विदेशी युवती आपनो झोला छुटेको माइक्रो खोज्न अत्तालिएर यताउति भौतारी रहेको भन्ने थाहा पाएपछि आकाश अर्याल तत्कालै माइकोको खोजीमा जुट्छन्।

माइक्रो कहाँ जान लागेको, कति नम्बर हो भन्ने केही जानकारी ती जर्मन युवतीसँग थिएन। रुदै गरेकी युवतीलाई उनको सामान जसरी पनि फिर्ता दिने ढाडस दिदै विकाश अर्याल माइक्रो खोजीमा जुटे।

ती युवतीलाई आफूले चलाउने अटोमा राखेर उनीहरु सबैभन्दा पहिला नजिकैको वडा प्रहरी कार्यालयमा गएर सिसिटिभी फुटेज चेक गर्छन्। प्रहरीले सिसिटिभी फुटेज चेक गर्दै पारस बर्षपार्क जान सुझाब दिन्छ। उनीहरू लोकेसन ट्रेस गर्दै पारस बसपार्क पुग्छन् । पारस बसपार्कमा उक्त माईक्रो फेला नपरेपछि त्यहाँ बाट आँपटारी चोकमा पुग्छन् र ताहाँ पनि माइक्रो भेटिएन।

उनीहरुले त्यहि रहेको इभी चार्जिङ स्टेशनमा सोधपुछ गर्दा काठमाण्डौं बाट आएको माइको करिब पन्ध्र मिनेट अधि हिडेको जानकारी पाउँछन् ।

ईभी चार्जिङ सेन्टर सञ्चालक सँग उक्त माईक्रो चालकको नम्बर रहेछ। त्यहिबाट उनीहरुले फोन गरेर जर्मन नागरिकको झोला भए नभएको सोध्छन्। माइको चालकले आफ्नो माइक्रोमा झोला रहेको बताएपछि उनीहरु माइक्रो भएको ठाउँगा पुग्छन्। चालकले आफ्नो माइक्रोमा छुटेको झोला जर्मन युवतीलाई दिन्छन्।

छुटेको झोला सहित सबै सामान फिर्ता पाए‌पछि जर्मन युवती निकै खुशी हुन्छिन्। नेपालीको इमान्दारीता र सहयोगी भावनाको तारिफ गर्दै झोला खोज्न मद्धत गर्ने आकाश अर्याल र चालकलाई हात जोडेर नमस्ते गर्छिन्। जर्मन युवतीले नेपालीको सहयोगी भावना देखेर तारिफ गर्दै भन्छिन् 'नेपालीहरु साच्चिकै एकदमै इमान्दार हुने रहेछन् ।'

ती युवतीले माइक्रो चालकलाई धन्यवाद दिदै झोला फिर्ता गरेर सहयोग गरे बापत खुशीले केही पैसा पनि दिन्छिन्।

अटो चलाएर परिवार पाल्दै आईरहेका युवा आकाश अर्याल सहयोगी र मनकारी छन् । उनले क्यान्सर पीडित बिरामी र उनका आफन्तहरुलाई अस्पताल आवतजावत गर्न आफ्नो अटोमा कुनै पैसा लिदैनन्। विरामी र विरामीका आफन्तलाई निःशुल्क सेवा दिन्छन् ।

आकाश अर्यालले यो सम्पूर्ण घटनाक्रमको बारेमा भिडियोमा सविस्तार बताएका छन्। सामाजिक सञ्जालमा मानिसहरुले उनको निकै तारिफ र प्रशंसा गरेका छन्।

आकाश अर्यालको सहयोगी भावनाले नेपालीहरू सहयोगी र इमान्दार हुने रहेछन् भन्ने सन्देश विदेशमा समेत फैलिन्छ। जुन हामी नेपालीहरुको लागी सुखद कुरा हो।

24/10/2025

२०८२ सालको सबैभन्दा उत्कृष्ट भैलो नाच । यी भाईहरुले सबैको मन जिते

23/10/2025

आज टिका लगाउन नपाउने हरू को को हुनुहुन्छ? 😥😥

23/10/2025

B***n शाह देउसी भैलोमा रमाउदै ***nshah

21/10/2025

Message from the President of Israel.

21/10/2025

आज तिमी सम्पूर्ण नेपालीहरूको हृदयमा साहस, समर्पण र मित्रताको प्रतीकका रूपमा अंकित भएका छौ , आफ्नो साथीको जीवन बचाउन आफ्नै प्राण अर्पण गर्ने यस्तो असल मित्र सबैमा जागोस् भन्ने कामना। हार्दिक श्रद्धाञ्जली बिपिन जोशी तथा परिवारजनप्रति गहिरो समवेदना🙏

20/10/2025

Happy Laxmi puja to all: सबै नेपालीको घरमा लक्ष्मीको बास रहोस् । 🙏🕉 अनि हजुरहरुले लक्ष्मी भित्र्याउनु भयो त !!

18/10/2025

देउसी भैलो - अर्घाखाँची जिल्लामा खेलिने ख्याली नाच ।।

17/10/2025

Championship trophy winner Nepal 🇳🇵🇳🇵🇳🇵

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kalanki
Kathmandu
44600