Chithi Patra HD
नमस्कार। Chithi Patra HD, Social Media मा यहाँहरुलाई स्वागत छ।
13/04/2026
राजनीतिमा युवाहरूको संलग्नता बढ्दै जानु उत्साहको विषय : पूर्वराजा शाह
प्रतिनिधि सभा बैठक, २०८२ चैत २७ गते
08/04/2026
प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश: मित्र राष्ट्रसँग सम्बन्ध सुदृढ, शान्ति र लगानीमा जोड !
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँगको भेटमा मित्र राष्ट्रहरूसँगको सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सन्तुलित वैदेशिक नीतिमार्फत पारस्परिक लाभमा आधारित सहकार्य विस्तार गर्ने बताएका छन्।
प्रधानमन्त्री शाहले विश्वमा भइरहेका द्वन्द्वले सर्वसाधारणमा असर पार्ने भएकाले शान्तिलाई साझा प्राथमिकता बनाउनुपर्नेमा जोड दिए। साथै, उनले लगानीमैत्री वातावरण, उद्यमशीलता प्रवर्द्धन र दिगो विकासमा सरकार केन्द्रित रहने जानकारी दिए।
विदेशमा रहेका नेपालीको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको उनले स्पष्ट पारे।
प्रतिनिधि सभा बैठक, २०८२ चैत २५ गते
प्रतिनिधि सभा बैठक, २०८२ चैत २४ गते
प्रतिनिधि सभा बैठक, २०८२ चैत २३ गते
05/04/2026
गृहमन्त्री सुदन गुरुङ राष्ट्रपति भवनमा सभामुख डिपि अर्यालज्यूको सपथ ग्रहण कार्यक्रममा सहभागी हुँदाका तस्बिरहरु
05/04/2026
सम्माननीय प्रधानमन्त्री बालेन शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।
03/04/2026
प्रधानमन्त्री बालेन शाह गण्डकी प्रदेशबाट निर्वाचित सांसदहरूसँग छलफलमा ।
रातभर छड्के अपरेशनमा गृहमन्त्री सुदन गुरुङ — ७ दिनमै ७ जना पक्राउ !
03/04/2026
गृहमन्त्री सुदन गुरुङ्ग के.एम.सी पुगेर घाइते भेटे, डा. सुनिल शर्मालाई धन्यवाद
गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुग्नुभएको छ। घाइतेहरूलाई पूर्व सांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आउनुभएको छ। सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा. सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिनुभएको छ।
गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिनुभएका मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै केएमसी अस्पताल जानुभएको थियो। डा. सुनिल शर्मालाई भेटेर उहाँले घाइतेहरूको अवस्था समेत बुझ्नुभएको थियो। अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा. शर्माले बताउनुभयो।
शर्माले भन्नुभयो, “तपाईं आउनुभयो, बिरामीको अवस्था पनि बुझिरहनुभएको छ। यहाँ घाइते भएका सबैको उपचार मैले निःशुल्क गर्ने व्यवस्था मिलाएको छु।”
गृहमन्त्री गुरुङले जेनजीका घाइतेहरूको घाउमा मलम लगाएकोमा धन्यवाद दिनुभयो। मन्त्री गुरुङ राति करिब १० बजे अस्पताल पुग्नुभएको थियो। भेट्नेबित्तिकै उहाँले भन्नुभयो, “तपाईंले घाइतेहरूलाई मात्र होइन, उहाँहरूको परिवारको आँसु पनि पुछिदिनुभएको छ। यो सेवामा कमी नहोस्, तपाईंप्रति सधैं सम्मान छ।” मन्त्री गुरुङले अंकमाल गर्दै धन्यवाद समेत व्यक्त गर्नुभएको थियो।
प्रथम प्रतिनिधि सभा बैठक
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Baneshwor
Kathmandu
44600