Our Ramechhap
Our Ramechhap is a news media company which is in the process of official registration soon. We will mainly publish the news of Ramechhap.
Apart from this, we focus on holiday updates, essential information for citizens, entertainment, photo journalism and citizen journalism. We have a strict policy on abuse, hate speech and bullying.
26/08/2026
रामेछाप नगरपालिका - ४ हिमगङ्गा देविगाउँ घर भैइ रसुवागढी केरुङ हाइड्रोमा कार्यरत मिन आले मगर र नवराज आले मगर आज बिहान आएको बाढी पछि सम्पर्क विहिन हुनु भएको खबर उहाँको पारिवारिक श्रोत बाट जानकारी आएको छ ।
यदि उहाँहरु कोहि कसै सङ्ग सम्पर्कमा हुनुहुन्छ भने या उहाँहरुलाई देख्नुभएको छ या उहाँहरुको बारे कुनै जानकारी प्राप्त हुनसाथ सम्पर्क गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।
साथै उहाँको सकुशल उद्दार तथा खोजीको लागि सबैले सक्दो सेयर गरिदिनुहोला 🙏
#सम्पर्क : 9843150508
26/08/2026
खोजी तथा उद्धारका लागि हार्दिक अपिल 🚨
भोटेकोशी नदीमा आएको भीषण बाढीका क्रममा मन्थली नगरपालिका–५, सुनारपानी, रामेछाप निवासी गुन्ज बहादुर श्रेष्ठ सम्पर्कविहीन हुनुभएको छ।
बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसीलगायतका क्षेत्रमा ठूलो क्षति भएको र धेरै व्यक्ति सम्पर्कविहीन भएको अवस्थामा उनको पनि हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको परिवारजनले जनाएको छ ।
तल फोटोमा भएको ब्यक्तिलाई कहीं कतै देख्नुभएको छ, उद्धार भएको जानकारी पाउनुभएको छ वा उहाँको अवस्थाबारे कुनै सूचना छ भने कृपया तुरुन्त सम्बन्धित आफन्तलाई खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
🙏 कृपया यो पोस्ट धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्। तपाईंको एउटा शेयरले पनि उहाँको खोजीमा महत्वपूर्ण सहयोग पुग्न सक्छ।
नाम: गुन्जा बहादुर श्रेष्ठ
स्थायी ठेगाना: मन्थली–५, सुनारपानी, रामेछाप
घटना: आज रसुवामा आएको भोटेकोशी बाढीका क्रममा सम्पर्कविहीन
सम्पर्क नम्बर: 9844320520
26/08/2026
खोजी तथा उद्दारको लागि अपिल
रामेछाप खाडादेवी घर भै सामान लिन रसुवा गएका उत्तम प्रसाई नाम गरेको बर्ष ३७ युवक बिहान ८:३० सम्म सम्पर्क भएको र अहिले सम्म सम्पर्क विहिन भएकाले अवस्था बारे परिवारसम्म जानकारी गराउन सहयोग गरिदिनुहुन अनुरोध अनुरोध छ।
गाडि नम्बर: ६७९६, सम्पर्क: 9861784753
कसैको जीवन बचाउन सधैं ठूलो च'मत्का'र चाहिँदैन। कहिलेकाहीँ समाजको एक शब्दको साथ, व्यक्तिको सहयोग माग्ने साहस, र सरकारको समयमै पुग्ने सेवा नै पर्याप्त हुन सक्छ। एउटा जीवन जोगिनु भनेको एउटा परिवार, एउटा सपना र एउटा भविष्य जोगिनु पनि हो।
***n
05/07/2026
भन्सार नतिरी भारतबाट पंखा ल्याएको भन्दै सशस्त्र प्रहरीलाई स्थानीयले समाते,भाग्ने क्रममा बाइक दुर्घटना
पर्सामा भारतबाट भन्सार नतिरी पंखा ल्याइरहेको आरोपमा दुई जना सशस्त्र प्रहरीलाई स्थानीयले नियन्त्रणमा लिएका छन्। स्थानीयका अनुसार, भन्सार नतिरी सामान ल्याइरहेका उनीहरूलाई रोक्न खोज्दा भाग्ने प्रयास गरेका थिए। सोही क्रममा उनीहरूले चलाएको मोटरसाइकल दुर्घटनामा परेको र दुई जना सशस्त्र प्रहरी घाइते भएको बताइएको छ।
आक्रोसित स्थानीय भन्छ्न“सर्वसाधारणले भन्सार तिर्नुपर्ने, सुरक्षाकर्मीले तिर्नु नपर्ने कानुनको समान पालना गर्नुपर्छ” भन्दै विरोध जनाएका थिए।
04/06/2026
29/05/2026
बजेट ।
08/03/2026
रामेछापमा रास्वपा को जित !
रामेछापको पछिल्लो अपडेट
कृष्णहरि बुढाथोकी (रास्वपा): २१०५९
रामचन्द्र खड्का (नेपाली काँग्रेस):१४६७३
माधवप्रसाद ढुंगेल (नेकपा एमाले):१५४३६
श्यामकुमार श्रेष्ठ(नेकपा) :११५४९
दिपबहादुर योञ्जन(उज्यालो नेपाल पार्टी):६८०४
ढालबहादुर खपाङ्गी मगर (श्रम संस्कृति पार्टी):१३०६
गोरे तामाङ(राप्रपा): ४७५
जम्मा गणना मत: ७६,५५८
जम्मा बदर मत: ४,५०८
खसेको मत:९०,७१०
गणना हुन बाकी मत: १४,१५२
रामेछापको पछिल्लो मतपरिणाम :
कृष्णहरि बुढाथोकी (रास्वपा) : २०४६०
माधव ढुंगेल (एमाले) : १५१३६
रामचन्द्र खड्का (कांग्रेस) : १४४७४
श्याम कुमार श्रेष्ठ (नेकपा) : ११२१९
बदर मत : ४३८६
हालसम्म ७४ हजार ६ सय १० मतगणना भएको छ ।
Category
Contact the business
Website
Address
Kathmandu