KTM Awaj

KTM Awaj

Share

काठमाडौं महानगरपालिका र उपत्यकाका गतिविधि All about Kathmandu Metropolitan City

16/04/2026
12/04/2026

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग गरिँदै आइएको छ । यहाँका ग्रामीण भेगका नागरिकले हिजोआज खाना पकाउनका लागि परम्परागत चुलोमा गुइँठाको प्रयोग गर्दै आएका छन् । ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका, विपन्न तथा दलित परिवारले परम्परागत चुलोको प्रयोग गर्दै आएका हुन् ।

07/04/2026

ढकमक्क लालीगुराँस
इलामको सन्दकपुर गाउँपालिकास्थित पर्यटकीय क्षेत्र छिन्टापुमा ढकमक फुलेको लालीगुराँस । सामान्यतया चैत-वैसाखमा फुल्ने लालीगुँरास लालीगुराँसले यस क्षेत्रको सुन्दरता थपेको छ ।

Photos from KTM Awaj's post 06/04/2026

मुस्ताङमा हिमपात
मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङ क्षेत्रमा परेको हिमपात । शनिबारदेखि लगातार परेको हिमपातले त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । तस्बिरहरू : सुशीलबाबु थकाली

Photos from KTM Awaj's post 05/04/2026

४८ ओैं कार्यपालिका बैठकमा कार्यवाहक मेयर सुनिता डंगाेल ।

05/04/2026

जङ्गे पिल्लर
नेपाल-भारत सीमा क्षेत्र इलामको सन्दकपुर गाउँपालिका कालपोखरीमा अवस्थित १२ नम्बरको मुख्य स्तम्भ (जङ्गे पिल्लर) । जङ्गे पिल्लरको बायाँ क्षेत्र भारत हो भने दायाँ क्षेत्र नेपाल हो ।

05/04/2026

मुक्तिनाथ बसपार्कमा सेताम्मे हिउँ
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ स्थित रानीपौवा बसपार्कमा सेताम्मे हिउँमा पार्किमा राखेको सवारीसाधन र आसपासका क्षेत्र। आज राति परेको हिउँले मुक्तिनाथ क्षेत्रअन्तर्गत रानीपौव बजार, झारकोट र बसपार्क क्षेत्र सेताम्मे बनेको थियो।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu
00977