Nava Raj Kandel

Nava Raj Kandel

Share

Health Professional

01/12/2025

आजबाट भेरी अस्पताल, नेपालगन्ज, बाँकेमा ५ दिन अवधिको Medical Abortion (MA) तालिमको शुरुवात भएको छ ।

आयोजक: मानव संसाधन विकास केन्द्र, कर्णाली प्रदेश, सुर्खेत

प्राविधिक सहजीकरण: भेरी अस्पताल, नेपालगन्ज, बाँके

आर्थिक सहयोग: कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (KIRDARC), जुम्ला (Save the Children को स्थानीय साझेदार संस्था)

सहभागिता: Save the Children को कार्यक्षेत्र तातोपानी गाउँपालिका (जुम्ला), शुभकालिका गाउँपालिका (कालिकोट), चामुण्डा विन्द्रासैनी नगरपालिका (दैलेख) र छेडागाड नगरपालिका (जाजरकोट) अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारी (ANM) हरु ।

मिति: २०८२.०८.१५

28/09/2025

हार्दिक शुभकामना !

13/09/2024

जन्मदिनको अवसरमा सप्रेम शुभकामना प्रदान गर्नुहुने समस्त परिवारजन, मान्यजन, आफन्तजन, गुरुवर्ग, पेशागत अग्रज, सहकर्मी तथा शुभेक्छुक र विशेषगरी जीवनको विभिन्न समयमा भेट भएका साथीहरुलाई हार्दिक धन्यवाद !
२०८१ भाद्र २८

07/09/2024

निजामती सेवा दिवस २०८१ को अवसरमा सबैलाई शुभकामना ।

यस अवसरमा समसामयिक विषयमा केही टिप्पणी !

१. कर्मचारी समायोजन ऐन आएको ६ वर्ष भइसक्यो । संघीय निजामती सेवा ऐन अझै आउन सकेको छैन । संघको मार्गदर्शक कानुन विना प्रदेश सरकारहरुले हचुवाको भरमा र कतिपय अवस्थामा विभेदपूर्ण तरिकाले प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन जारी गरेका छन् जुन कर्मचारीको वृत्तिविकासमा प्रतिकुल रहेका छन् ।

२. संघले सबै पक्षलाई विचार पुर्‍याएर वैज्ञानिक तवरले तयार गरी हस्तान्तरण गरेको संगठन संरचना र दरबन्दी तेरिजलाई केही स्वार्थ समूहको उक्साहटमा फेरबदल गरी बेढंगको बनाइएको छ जुन सारभूत रुपमा कर्मचारीविरोधी छ । वृत्तिविकासका खुड्किलाको रुपमा रहेका माथिल्लो तहका पदहरु कटौती हुनु र नेतृत्व गर्ने अवसरबाट वञ्चित गर्नेगरी कार्यालय र महाशाखा/शाखाहरु मर्ज गर्नु र एउटै पदमा दुई/तीन वटा सेवा समूहका पदहरुलाई वैकल्पिक रुपमा slash मा राख्नु यसैका उदाहरण हुन् ।

३. प्रदेश मातहतका कार्यालयहरुमा प्राय सबै तिर संघबाट कामकाजमा आएका कर्मचारीहरुको हालीमुहाली र बोलवाला छ । निर्णायक ठाउँमा प्रदेशमा समायोजन भएका कर्मचारी नहुँदा निजामती सेवा ऐन, नियमावली र संगठन संरचनाको सन्दर्भमा सम्बन्धित सरोकारवालाका हकहितका विषयवस्तुहरु ओझेलमा परेका छन् ।

४. लोक सेवा आयोगबाट योग्यता प्रणाली (meritocracy) का आधारमा छनौट भई आएका तोकिएको तहका सक्षम निजामती कर्मचारीहरुलाई जिम्मेवारीविहीन बनाई आफुखुशी जिम्मेवारी तोक्ने काम गरिएको छ ।

५. निजामती कर्मचारीले नेतृत्व गर्ने मन्त्रालय मातहतका निजामती सेवा ऐन नियमावली अनुसार संचालन हुने संरचना र कार्यालयहरुलाई खारेज गरी राजनीतिक नियुक्ति हुने व्यक्तिले नेतृत्व गर्ने र छुट्टै ऐनबाट संचालन हुने प्रतिष्ठान जस्ता संरचना सिर्जना गरी निजामती कर्मचारीको भविष्यलाई अँध्यारो तर्फ धकेलिएको छ ।

यी र यस्ता धेरै कुराहरु छन् जसले गर्दा आज निजामती कर्मचारीहरुको मुहारमा खुशी छाउन सकेको छैन ।

तुलनात्मक रुपमा बागमती र गण्डकी प्रदेश यसका अपवाद हुन् जसले कर्मचारीहरुको वृत्तिविकासलाई प्रतिकुल असर नहुने गरी थप परिस्कृत रुपमा संघीयता कार्यान्वयन गरिरहेका छन् । यस सन्दर्भमा सबैभन्दा बढी समस्या कर्णाली प्रदेशमा छ । प्रदेश सरकारले तयार गरेको संगठन संरचना र जारी गरेका निजामती सेवा ऐन र नियमावलीले निम्त्याएका समस्या समाधानका विषयमा विभिन्न मितिमा ज्ञापनपत्रहरु बुझाइएको र सोको कुनै सम्बोधन नभएपछि सरोकारवाला कर्मचारीहरुबाट उच्च अदालत र सर्वोच्च अदालतमा मुद्धा दायर हुने परिघटनाले समस्या ज्युँका त्युँ रहेको विषयलाई प्रष्ट संकेत गरेका छन् । अत: समस्याको न्यूनीकरण, रोकथाम र दिगो समाधानका लागि नेपाल सरकार र सातै प्रदेशका प्रदेश सरकारहरु थप जिम्मेवार हुनु आजको आवश्यकता हो ।

05/09/2024

I've just reached 400 followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉

Photos from Nava Raj Kandel's post 19/08/2024

हिजो दाङबाट नेपालगन्ज तर्फ आउँदा लिइएका केही तस्वीरहरु । मलाई राप्ती राजमार्गको शीतलपुर देखि अमिलिया खण्डको पहाडी भू-भाग ज्यादै सुन्दर लाग्छ । तुल्सीपुर देखि देउराली सम्मको १९ किमी उकालो र देउराली देखि अमिलिया सम्मको ११ किमी ओरालो बाटो, बान्की परेका घुम्तीहरु, चारै तिर हरियाली त्यस माथि अहिले सुधार गरिएको फराकिलो सडक मनमोहक छन् ।

09/08/2024

हरियो सर्प

अचेल जताततै
मौलाएको छ हरियो सर्प प्रवृति
घाँस जस्तै देखिन्छ
विश्वस्त नहुनु थप सचेत हुनु
मौका कुरेर बसेको हुन्छ
डस्न सक्छ जुनसुकै समय
नजिक नजानु
जानै परे
निकै ध्यान दिएर हेर्नु
सावधानी अपनाउनु
हरियो सर्प प्रवृतिलाई
नागपञ्चमीको अवसरमा
शुभकामना !

- नवराज कँडेल

05/08/2024
Photos from Nava Raj Kandel's post 11/07/2024

राष्ट्रिय निर्देशिका बमोजिम सबै प्रक्रिया पूरा गरी आर्थिक वर्ष २०८०/८१ मा प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुन सफल भएकोमा कालिकोट जिल्लाको सम्पूर्ण सरोकारवाला टिमलाई हार्दिक बधाई ! व्यवस्थापक डा. Sanket Bishokarma ज्यूको उल्लेखनीय योगदानको स्मरण गर्दै भेरी अस्पतालको आगामी बसाइ सुखद रहोस् ।

स्वास्थ्य सेवा कार्यालय, कालीकोट: Health Service Office, Kalikot
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu
00977