Insight Plus

Insight Plus

Compartilhar

Creator

13/07/2026

डेढ वर्षीय बालक आरवको क्रूर हत्यारा विराज पाठकलाई मृत्युदण्ड!

३० सेकेन्डमा आठ पटक भुइँमा बजारेर डेढ वर्षीय आरवको हत्या गर्ने विराज उर्फ जितेन्द्र पाठकलाई उत्तर प्रदेशको फिरोजाबाद जिल्ला अदालतले मृत्युदण्ड को ऐतिहासिक फैसला सुनाएको छ। घटना भएको मात्र ४०-४१ दिनमै न्याय मिलेको भन्दै भारतभर अदालतको व्यापक प्रशंसा भइरहेको छ।

घटनाको पूरा विवरण:
• मिति: ३० मे २०२६
• स्थान: फिरोजाबादको शिकोहाबाद, यादव कॉलोनी
• पीडित: १८ महिने (डेढ वर्षीय) बालक आरव
• आरोपी: विराज उर्फ जितेन्द्र पाठक (२४ वर्षीय, बालकको मामाको नाता)

आरोपी बालककी आमाप्रति एकतर्फी आकर्षित थियो। पटक-पटक विवाहको प्रस्ताव राखे पनि आमाले अस्वीकार गरिन्। रिस र प्रतिशोधमा उसले बालकलाई चकलेट किनिदिने बहानामा घरबाट बाहिर लगेर सडकमा बारबार भुइँमा बजारेर क्रूर हत्या गरेको थियो। CCTV मा समेत कैद भएको यो घटनाले देशभर आक्रोश फैलाएको थियो।

प्रहरीले ६ दिनमै चार्जसिट दायर गर्‍यो। आरोपी एनकाउन्टरमा घाइते भएर पक्राउ परेका थिए।

अदालती फैसला: फिरोजाबाद जिल्ला तथा सत्र अदालतका न्यायाधीश डा. बब्बू सारंग ले यो अपराधलाई “दुर्लभमध्ये दुर्लभ” (Rarest of Rare) ठहर गर्दै विराज पाठकलाई मृत्युदण्ड सुनाए। १३ जना गवाह र प्रमाणका आधारमा दोषी ठहर गरियो।

यो छिटो र कडा फैसलाले न्याय प्रणालीप्रति आम जनतामा आशा जगाएको छ। बाल हत्याको यस्तो जघन्य अपराधमा कडा सजाय आवश्यक छ भन्ने सन्देश गएको छ।

्या #फिरोजाबाद_कोर्ट #मृत्युदण्ड

13/07/2026

आजकाल ठूला भनिएका मिडियाहरू दन्त्य कथामा व्यस्त थिए। उनीहरू आफै स्टोरी बनाउथे, स्टोरीमाथि बहस गराउँथे। तिनले आज आफ्नो गेट अगाडि पार्किङ गरेको गाडीको कथा भेटेका छन् । अब कति दिनसम्म यो कथाले माइलेज लिने हो, थाहा छैन !

Subscribe to get exclusive benefits:
https://www.facebook.com/InsightPluss/subscribenow

13/07/2026

🌟 The world of Electronics & Technology is moving faster than ever!

From smarter AI assistants that feel almost human, to foldable phones, electric vehicles hitting the roads, and wearable gadgets tracking our health in real-time — innovation is everywhere.

What excites me most is how technology is becoming more sustainable and accessible every day. The future isn't just coming... it's already here!

Which gadget or tech trend are you loving right now? Drop it in the comments! 👇

13/07/2026

"कान्तिपुर पब्लिकेसनको गेटमा गाडी छोड्ने व्यक्ति एमालेका नेताको छोरा !"

"कान्तिपुरको गेटमा गाडी छोड्ने व्यक्ति भर्खरै रास्वपा प्रवेश गरेका व्यक्ति ।"

"कान्तिपुरको गेटमा गाडी छोड्ने व्यक्ति एकजना व्यवसायी"

"आफ्नै हिसाबले गाली छोडेर भागेका थिए, यी व्यक्ति ।"

यी माथिमध्ये तपाईँलाई आफ्नो राजनीतिका आस्था सम्बन्ध कोण र आवेशका आधारमा जुन हेडलाइन मनपर्छ त्यही हेडलाइन राख्नु ।

13/07/2026

विभिन्न मिडिया र व्यापारिक प्रतिष्ठानका गेटमा आवतजावत प्रभावित हुने गरी राखिएका गाडीहरू नेपाल प्रहरीले हटाएको छ। सायद नियम विपरीत देख्यो भने कारबाही पनि गर्ला ? अब ती गाडी धनीहरूले यही कारबाहीका कारण आत्महत्या गरे भने, एमाले जनहरूले प्रधानमन्त्रीको पुतला दहन गर्छन् कि गर्दैनन् होला ?

एउटा जिज्ञासा मात्रै

13/07/2026

यो समाचारमा कतिको सत्यता होला त ? आजकाल त मेनस्ट्रिमका मिडियाले लेखेका समाचारहरूमा पनि दर्जनौंपटक cross verify गर्नुपर्ने हुन्छ ! मन नपरेका हरूको कुण्ठा पोख्ने माध्यम बनेको छ समाचार कक्षहरू !

13/07/2026

अब यिनीहरूलाई नियम कानुन मान भन्ने हो भने, अर्को रडाको मच्चेला । एमाले जनहरूले आन्दोलन गर्ने मौका पाउलान् ! मिडियाले "सर्वसाधारण नागरिकलाई बाटोमा व्यापार गर्न दिएन" भनेर अर्को हेडलाइन बनाउँला !
अनि एकछिनपछि स्टुडियोमा तथा कथित बुद्धिजीवी बोलाएर देश सिङ्गापुर जस्तो बनेन भनेर सरकारलाई गाली गर्लान् !

Photos from Insight Plus's post 13/07/2026

धुलो लागेको Range Rover: भाटभटेनी र मिडियाको अगाडि छोडिएका बेवारिसे शक्तिहरू
=============================
आज बिहान भाटभटेनीको पार्किङमा एउटा gleaming कालो Range Rover देखेँ। चम्किलो, महँगो, र पूरै बेवारिसे। ढोका अलिकति खुलै, झ्यालमा धुलोको पातलो तह। जसरी कुनै धनी मालिकले आफ्नो प्रेमिकालाई भाटभटेनीको चिसो एसीमा छोडेर "पाँच मिनेटमा आउँछु" भनेर गएका थिए, र पाँच मिनेट तीन घण्टा भइसकेको थियो।

अर्कोतिर, प्रमुख सञ्चारगृहहरूको गेटअगाडि पनि उस्तै दृश्य। Mercedes, BMW, Prado हरेकको नम्बर प्लेटमा शक्ति झल्किन्छ। यी गाडीहरू जसले शहरको ट्राफिक जाममा समेत 'VIP' को भाव देखाउँछन्, आज एउटा साधारण फुटपाथको छेउमा निर्जीव जस्तै थचक्क परेका छन्। कुनैको इन्जिन अझै तातो छ, कुनैको वाइपरमा पानीको थोपा अड्किएको छ। मालिक कहाँ? सायद भित्र कुनै 'ब्रेकिङ न्यूज' बनाउँदै होलान्, वा कुनै 'सोर्स' सँग चिया खाँदै होलान्।

यो दृश्य कुनै नयाँ होइन, तर आज यो अलि फरक लाग्यो।
यी गाडीहरूले नेपालको एउटा अनौठो यथार्थ चित्रण गर्छन् शक्ति र पहुँचको प्रदर्शन। सडकमा जाम भएर बस्ने साधारण नागरिकले यी गाडीलाई हेरेर सोच्छ, "यो मालिकको केही लाग्दैन।" अनि भित्र बसेका मालिकले सायद सोचिरहेका हुन्छन्, "यो शहर मेरो हो।" तर गाडी भने निर्जीव भएर पार्किङमा थाकेको जस्तो देखिन्छ। जसरी कुनै अमीर मान्छे आफ्नो सम्पत्तिलाई पनि बेवास्ता गर्न सक्छ, त्यसरी नै।

सायद यी गाडीहरूले हामीलाई भन्न खोजेका छन्:
"हामी महँगा छौं, तर हामीलाई पनि पार्किङ चाहिन्छ। हाम्रा मालिकलाई भने कहिलेकाहीँ 'पार्किङ' नै चाहिँदैन — उनीहरू जहाँ पनि 'स्टप' गर्न सक्छन्।"

यो दृश्य हाँसो लाग्दो पनि छ, दुःख लाग्दो पनि।
नेपालमा जहाँ साधारण मानिसले मोटरसाइकल पार्क गर्न ठाउँ खोज्नुपर्छ, त्यहाँ यी महँगा गाडीहरूले 'बेवारिसे' भएर पनि ठाउँ ओगटिरहेका हुन्छन्। सायद यो पनि एउटा शक्ति हो बेवास्ता गर्ने शक्ति।

अर्को पटक यस्ता गाडीहरू देख्दा म अब रिसाउँदिन।
म मात्र मुस्कुराएर सोच्छु "भाइ, तिम्रो मालिकले तिमीलाई कति माया गर्छ, हेर्नु त।"

12/07/2026

गणेश नेपालीको दुःखद घटना हामी सबैलाई स्तब्ध बनाउने खालको छ। एक युवाले आफ्नो जीवनको बलिदान दिनुपर्ने अवस्था आउनु कुनै पनि हिसाबले सामान्य होइन। उनको परिवारलाई न्याय, राहत र सहयोग हुनुपर्छ, यो कुरामा दुई मत छैन।

तर केही रन्थनिएका एमाले (र अन्य विपक्षी) हरूले यो घटनालाई अगोमा घिउ थप्ने काम गरिरहेका छन्।
वास्तविकता के हो?

नियम उल्लङ्घन गरेर जथाभावी पार्किङ गर्दा व्हील लक लाग्यो।
विवाद भयो, र एउटा युवाले निराशामा extreme कदम चाले।
अब यही घटनालाई लिएर "बालेन सरकारले हत्या गर्‍यो", "राजीनामा देऊ" भन्दै राजनीतिक नाटक मञ्चन भइरहेको छ।

यो कस्तो तर्क हो?
नियम लागू गर्न खोज्दा जनताले "अत्याचार" भन्छन्।
नियम नलागू गर्दा फुटपाथ जाम, ट्राफिक अस्तव्यस्त, फोहोर, अनुशासनहीनता भयो भनेर "देश सिंगापुर बनाऊ" भन्छन्।

दुवै कुरा एकैसाथ हुँदैन।
सिंगापुर बन्न नियम कडाइका साथ लागू गर्नुपर्छ। त्यहाँ पार्किङ नियम तोड्नेले जरिवाना मात्र होइन, गम्भीर सजाय पाउँछ। अनि त्यही नियम लागू गर्दा "जनतामाथि अत्याचार" भन्ने अधिकार कसैलाई छैन।

गणेश नेपालीको घटना व्यक्तिगत निराशा र व्यवस्थाको कमजोरी दुवैको परिणाम हो। तर यसलाई राजनीतिक हतियार बनाएर, लासमाथि राजनीति गरेर, महानगरको नियम प्रवर्तन अभियानलाई बदनाम गर्न खोज्नेहरूले देश र जनतालाई ठूलो घाटा पुर्‍याइरहेका छन्।

Photos from Insight Plus's post 12/07/2026

सोमालियामा बस्ने सिभिक सेन्स भएकाहरूलाई नियम कानुन मान्न लगाउने कुरा बेकार हो।
लासमाथि राजनीति गर्ने तिमीहरूलाई धिक्कार छ।

Quer que o seu negócio seja a primeira Arte E Entretenimento em Lisbon?
Clique aqui para solicitar o seu anúncio patrocinado.

Categoria

Art

Website

Endereço


Kathmandu
Lisbon
14000