Tarangini Foundation

Tarangini Foundation

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tarangini Foundation, Nonprofit Organization, Kumarigal, Kharibot Gaurighat, Kathmandu.

Tarangini Mahila Adhikar Prashikshyen Kendra (Tarangini Foundation), established in 2017, is a feminist organization dedicated to advancing gender justice through advocacy, documentation and movement-building.

Photos from Tarangini Foundation's post 23/06/2026

तरंगिनी फाउन्डेसनले सिस्ने गाउँपालिका- रुमालबारामा गठन गरिएको महिला समूहसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा समुदायमा महिलाहरूको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका चुनौतीहरू तथा ती समस्याहरूको सम्भावित समाधानका उपायहरूबारे सहभागीहरूसँग खुला छलफल गरिएको थियो।

सर्वाङ्गीण विकास परिषद्द्वारा आयोजित अपाङ्गता भएका व्यक्तिहरूले भोग्नुपरेका समस्या तथा चुनौतीहरू साझा गर्ने कार्यक्रममा तरंगिनी फाउन्डेसनका बिष्णु नेपालीले अपाङ्गता भएका महिलाहरूले भोग्नु परेका समस्या तथा चुनौतीहरू प्रस्तुत गर्नुभएको थियो। साथै, अपाङ्गता र लैङ्गिक हिंसाबीचको अन्तरसम्बन्ध, अपाङ्गता भएका महिलाहरू हिंसाको बढी जोखिममा पर्नुका कारणहरू तथा यस्ता हिंसा न्यूनीकरणका लागि गर्न सकिने पहलहरूबारे प्रस्तुतीकरण गरिएको थियो।

साथै, घरेलु तथा साना उद्योग कार्यालयसँग भविष्यमा प्रभावकारी सीपमूलक तालिम सञ्चालन गर्ने, महिलाहरूको जीविकोपार्जन र आत्मनिर्भरतामा सहयोग पुर्‍याउने तथा संस्थागत समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल सम्पन्न गरिएको छ।

Photos from Tarangini Foundation's post 22/06/2026

आज तरंगिनी फाउन्डेसनले सर्वाङ्गीण विकास परिषद्को सहकार्यमा सिस्ने गाउँपालिकामा हिंसा प्रभावितमैत्री सेवा तथा न्यायमा पहुँच अभिवृद्धिका लागि सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सिस्ने गाउँपालिकाका कानुनी सहायता समिति, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक, मुद्दा फाँटका प्रमुख, एक द्वार संकट व्यवस्थापन केन्द्र तथा सुरक्षा आवासका प्रतिनिधिहरू, महिला सेल प्रमुख, जिल्ला कानुनी सहायता समितिका प्रतिनिधि, स्थानीय संघ–संस्थाका प्रतिनिधिहरू, महिला मानव अधिकार रक्षकहरू, गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख तथा अन्तरपार्टी महिला सञ्जालको सक्रिय सहभागिता रहेको थियो।

अन्तरक्रियाका क्रममा हिंसा प्रभावित व्यक्तिहरूलाई प्रभावकारी, पहुँचयोग्य र प्रभावित मैत्री सेवा उपलब्ध गराउने तथा न्यायमा पहुँच सुनिश्चित गर्ने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले आ–आफ्नो निकायको भूमिका, जिम्मेवारी र चुनौतीबारे अनुभव आदानप्रदान गर्दै आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Photos from Tarangini Foundation's post 22/06/2026

आज मिति २०८३ असार ८ गते उदयपुरको बेलका नगरपालिका वडा नं. ५ का वडाध्यक्ष दीपक राज रेग्मीज्यू सहित विभिन्न टोलका १५ जना युवा महिलाको सहभागितामा स्थानीय महिलाका सवाल, आवश्यकता तथा वडा कार्यालयका आगामी कार्यक्रमहरूमा महिला सहभागिताका विषयमा संवाद कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमले युवा महिलाहरूको नेतृत्व र सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यका साथ ९ सदस्यीय तरंगिनी युवा महिला समूह समेत गठन गरेको छ।

Photos from Tarangini Foundation's post 22/06/2026

दुहबी नगरपालिका वडा नम्बर १० मा वडा अध्यक्ष तुलाराम माझी तथा ३० जना युवा महिलाहरूको उपस्थितिमा युवा महिलाका सवाल र वडाका आगामी योजनामा युवा महिलाको सहभागिता विषयमा छलफल कार्यक्रम सम्पन्न भयो। साथै, युवा महिलाको नेतृत्व र सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले ११ सदस्यीय वडा स्तरीय तरंगिनी युवा समूह गठन गरिएको छ।

Photos from Tarangini Foundation's post 22/06/2026

दुहबी नगरपालिका वडा नं. ११, तनमुनामा वडा अध्यक्ष खड्ग नारायण उराव तथा ३९ जना युवा महिलाहरूको उपस्थितिमा युवा महिलाका सवाल, आवश्यकता तथा वडाका आगामी योजना तथा कार्यक्रममा युवा महिलाको अर्थपूर्ण सहभागिताका विषयमा छलफल कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमका क्रममा युवा महिलाको नेतृत्व, सहभागिता र सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले ९ सदस्यीय तरंगिनी युवा समूह गठन गरिएको छ।

#

Photos from Tarangini Foundation's post 21/06/2026

तरंगिनी फाउन्डेसनले पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्षज्यू तथा महिला, बालबालिका शाखा र स्वास्थ्य शाखाका प्रतिनिधिहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ। यसका साथै पुथा उत्तरगंगा गाउँपालिकाका बाच्छीगाउँ, तक गाउँ तथा कोल गाउँका महिला समूहका दिदीबहिनीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रमका क्रममा स्थानीय महिला तथा समुदायका सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका अनुभव, आवश्यकता, चुनौती तथा समुदायका प्राथमिक मुद्दाहरूको बारेमा जानकारी लिने अवसर प्राप्त भयो। यस्ता भेटघाट तथा अन्तरक्रियाले स्थानीय तहसँग सहकार्यलाई थप सुदृढ बनाउनुका साथै समुदायका आवाज, आवश्यकता र अपेक्षालाई अझ नजिकबाट बुझ्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

Photos from Tarangini Foundation's post 21/06/2026

तरंगिनी फाउन्डेसनद्वारा गठन गरिएको भूमे गाउँपालिकाको तल्लो साकिम महिला समूहसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममार्फत हामीले महिला समूहका सदस्यहरूसँग नजिकबाट संवाद गर्ने, उहाँहरूका अनुभवहरू सुन्ने तथा समुदायका आवश्यकता र चुनौतीहरूलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्राप्त गर्यौं।

यस अन्तरक्रियाले समुदायका विभिन्न सामाजिक मुद्दाहरू, महिलाहरूले भोगिरहेका समस्या तथा सम्भावित समाधानका उपायहरूबारे जानकारी लिन सहयोग पुर्‍यायो। समुदायसँगको यस्तो निरन्तर संवाद र सहकार्यले स्थानीय आवश्यकता अनुरूप कार्यक्रम सञ्चालन गर्न तथा समुदायमै आधारित दिगो परिवर्तनका लागि थप प्रभावकारी पहलहरू अघि बढाउन प्रेरित गरेको छ।

Photos from Tarangini Foundation's post 21/06/2026

तरंगिनी फाउन्डेसनद्वारा भूमे गाउँपालिकामा समुदायस्तरमा लैङ्गिक हिंसा तथा बालविवाह न्यूनीकरणका लागि गाउँपालिका तथा विभिन्न शाखाका प्रतिनिधिहरू, प्रहरी, महिला स्वास्थ्य स्वयंसेविकाहरू, वडा जनप्रतिनिधिहरू तथा महिला समूहका प्रतिनिधिहरूको सहभागितामा पालिकास्तरीय समन्वयात्मक बैठक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा लैङ्गिक हिंसा र बालविवाहका विद्यमान अवस्था, चुनौतीहरू, सेवा प्रवाहको प्रभावकारिता, सरोकारवाला निकायहरूबीचको समन्वय तथा हिंसा न्यूनीकरणका लागि आवश्यक पहल तथा सहकार्य बारे छलफल गरिएको थियो।

18/06/2026

घर उज्यालो बनाउने हातहरू, आफ्नै जीवनमा अझै सम्मान र अधिकारको उज्यालो खोजिरहेका छन् ।
"उज्यालो बनाउने हातहरू" घरेलु श्रमिक महिलाहरूका संघर्ष, साहस, सपना र न्यायको खोजीको कथा हो । घर र समाजलाई थाम्ने श्रमिकहरुको श्रमलाई मान्यता, सम्मान, र श्रमिक अधिकार सुनिश्चितताको अपिल गर्दछ ।
कबिता-बबिता बराल

18/06/2026

तरङ्गिनी फाउण्डेसनद्वारा रुकुम पूर्व - सिस्ने गाउँपालिकामा गठन गरिएको महिला समूहको सदस्य आफ्नो अनुभव साझा गर्दै :

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kumarigal, Kharibot Gaurighat
Kathmandu