PNSS
श्री पृथ्वीनारायण माध्यमिक विद्यालय तारकेश्वर-५, काठमाडौं High School
श्री जितपुर माध्यमिक विद्यालय, तारकेश्वर -३ मा कार्यरत प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक वासुदेव तिमिल्सिनाको हिजो मिति २०८२/०८/२० गते भएको असामयिक निधनमा हाम्रो विद्यालय परिवार अत्यन्त दुखि छ। शोकको यस घडीमा मृतक प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछौं र तारकेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको निर्देशन अनुसार आज मिती २०८२/०८/२१ गते आइतबार विद्यालयको नियमित तथा अतिरिक्त लगायतका सम्पुर्ण कक्षाहरू शोक विदा स्वरूप वन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ।
---- पृथ्वीनारायण माध्यमिक विद्यालय परिवार !!
कक्षा ७,८,९ र १० को अतिरिक्त कक्षाहरू आज मिती २०८२/०६/२२ गते विहान ८.०० बजे बाट शुरु भएको व्यहोरा सम्पूर्ण विद्यार्थी तथा अभिभावक ज्यूहरुमा जानकारीको लागि अनुरोध गरिन्छ।
22/09/2025
आदरणीय अभिभावक ज्यूहरु तथा प्रिय बिद्यार्थी भाइ बैनीहरु,
यहि मिति २०८२/०५/२३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा शहादत प्राप्त गर्नु हुने विर शहिदहरु प्रति श्रद्धान्जली अर्पण गर्दै नेपाल सरकारले भोली मिति २०८२/०६/०१ गते शोक विदा दिने निर्णय गरेकोले भोलीको परीक्षा संबन्धी सम्पुर्ण कार्यक्रम स्थगित गरिएकाे व्यहोरा जानकारी गराइन्छ।साथै परीक्षा तालिकाको क्रम भने पुरानो तालिका अनुसार क्रमशः सन्चालन हुने व्यहोरा पनि सुचित गरिन्छ।
आदरणीय शिक्षक, कर्मचारी तथा अभिभावक ज्यूहरु र प्यारा बिद्यार्थी भाइ बैनीहरु !
यहि भाद्र २३ र २४ गते भएको जेनेरेसन - जेड को आन्दोलनको कारण देशमा सिर्जित बिषम परिस्थितिले गर्दा अवरुद्ध हुन गएको दोश्रो त्रैमासिक परीक्षाका कार्यक्रमहरु भोली मिति २०८२/०५/ ३० गते सोमबार बाट पुनः सन्चालन हुने व्यहोरा जानकारी गराइन्छ। साथै भाद्र २४ गतेको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भोली भाद्र ३० गते हुने र तत्पश्चातका विषयहरू क्रमश:पुरानै तालिका अनुसार सन्चालन गरिने तथा असोज ३ गते सम्बिधान दिवस र असोज ४ गते शनिवारका दिन पनि तालिका अनुसार परीक्षा क्रमशः सन्चालन हुने व्यहोरा सूचित गरिन्छ। कक्षा ११/१२ को हकमा भने भोली मिति २०८२/०५/३० गते बाट असोज ४ गते शनिवार वाहेक ६ दिन क्रमशः परीक्षा सञ्चालन हुनेछ।
जेन - जि पुस्ताको आन्दोलनकाे कारण देशमा सिर्जित बिषम परिस्थितिले गर्दा कक्षा ११/१२ सहित सम्पुर्ण कक्षाका आज र उप्रान्तका परीक्षाहरु अर्को सुचना नआए सम्म स्थगित गरिएकाे व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ।
हिजो २०८२/०५/२३ गते युवा पुस्ताको आन्दोलनमा ज्यान गुमाउनु हुने बिद्यार्थीहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं।देशमा सिर्जित बिषम परिस्थितिका कारण आजको परीक्षा पछि सन्चालन हुने गरी स्थगन गरिएको ब्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ।
06/07/2025
माध्यमिक शिक्षा परीक्षा -२०८१ मा यस पृथ्वीनारायण माध्यमिक विद्यालयबाट उत्कृष्ट जि.पि.ए. सहित उतिर्ण हुने परिश्रमी बिद्यार्थीहरु, समर्पित शिक्षक -कर्मचारीहरु र सहयोगी अभिभावक ज्यूहरु तथा बिद्यालयको शैक्षिक विकासमा प्रतक्ष्य वा परोक्ष रूपमा सम्बद्द राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौँ।
--------- बिद्यालय परिवार !!
Click here to claim your Sponsored Listing.
Contact the school
Website
Address
Basahachaur, Tarakeshwar 5
Kathmandu
Opening Hours
| Monday | 00:00 - 23:59 |
| Tuesday | 00:00 - 23:59 |
| Wednesday | 00:00 - 23:59 |
| Thursday | 00:00 - 23:59 |
| Friday | 00:00 - 23:59 |
| Saturday | 00:00 - 23:59 |
| Sunday | 00:00 - 23:59 |