Eps Chingu
#Welcome_to_EPS_Chingu ! Your trusted companion on the journey to Korea through the EPS (Employment Permit System). Let’s chase dreams together .
Whether you’re just starting or already on your way, we’re here to support, guide, and grow with you.
12/06/2026
EPS कोरिया शाखाले सिमरामा गरेको अन्तरक्रिया कार्यक्रममा हामीले सम्पूर्ण eps विद्यार्थीको तर्फबाट मुख्य 3 गुनासो राखेका थियौँ। इपीएस कोरिया शाखाका निर्देशक अनुप ढकाल, सूचना अधिकारी राजकिशोर साह लगाएतको सहभागिता रहेको कार्यक्रममा सूचना अधिकारी राजकिशोर साहले जवाफ दिनुभएको थियो।
१. रोष्टरमा रहेको कसैको file १००औ पटक सम्म पनि साहुको हातमा परेको देखाउँछ, कसैको २ वर्षमा पनि एक पटक पनि पुगेको देखाउँदैन किन .... यस विषयमा hrd सँग समन्वय गरी सबैको file साहुको हातमा पुग्न सक्ने वातावरण बनाउन सकिँदैन? भन्ने थियो
२. अघिल्लो वर्षको cbt काे कसैको पनि file कम्पनीमा पुगेको छैन र कोहीपनि कोरिया पुगेका छैनन् किन होला? अनि फेरि यसपाली cbt परीक्षा होला कि न होला? भन्ने थियो
३. Manufacturing तर्फको विद्यार्थीको medical notice अझै आएको छैन, कहिले आउने हो? यदि ढिला नैं हुने हो भने त्यसको लागि एउटा notice निकालेर जानकारी किन नगराउनु भएको हो? भन्ने थियो
१ नम्बरको जवाफमा..... कोरियामा रोजगार दाताले केही category, country, age, height, weight छानेर नै कामदारको फाइल मगाउन सक्ने भएकोले उनीहरुको रोजाइको category मा भएको व्यक्तिको file पटक पटक गएको हुन सक्ने र category म्याच नहुँदा कसिको zero देखिएको हुने भन्ने कुरा बताउनु भयो!
२. नम्बरको जवाफमा..... CBT को विषयमा hrd सँग कुरा भएको र यदि cbt दिएका विद्यार्थीलाई कोरिया रोजार दिन नसक्ने हो भने अब बाट cbt काे परीक्षा सञ्चालन नगर्नकाे लागि hrd लाई प्रस्ताव राख्ने सम्मको तयारी रहेको र त्यो विषयमा एकदमै गम्भीर रहेको भन्ने जानकारी दिनु भयो
३. नम्बरको जवाफमा ..... अहिले agriculture को roster खाली रहेकोले धमाधम agriculture को काम भै रहेको र agriculture काे return फाइल हरु आदिमा काम भै रहेको र अझै पनि लगभग २०० जना जतिको aprove हुन बाँकी नै रहेकाले agriculture तर्फको काम सकिने बित्तिकै manufacturing तर्फको मेडिकलको नोटिस निकाल्ने तयारी रहेको जानकारी गराउनु भयो !
Source - Subhaaramba korean Bhasa
12/06/2026
फिफा विश्वकप २०२६: दक्षिण कोरियाको विजयी सुरुआत, चेक माथि २–१ को पुनरागमन जित
मेक्सिकोको ग्वाडालाहारास्थित एस्टाडियो ग्वाडालाहारामा शुक्रबार (कोरियाली समयअनुसार) सम्पन्न फिफा विश्वकप २०२६ को समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा दक्षिण कोरियाले चेकियालाई २–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेकियाले ५९औँ मिनेटमा लाडिस्लाभ क्रेइचीको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि दबाबमा परेको दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो।
दक्षिण कोरियाका लागि ६७औँ मिनेटमा ह्वाङ इन–बोमले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए। त्यसपछि ८०औँ मिनेटमा ओ ह्योन–ग्युले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई २–१ को महत्वपूर्ण जित दिलाए।
यस जितसँगै दक्षिण कोरियाले समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोड्दै विश्वकप अभियानको सुखद सुरुआत गरेको छ। पराजित चेकियाले भने प्रतियोगिताको पहिलो खेलमै हार व्यहोरेको छ।
दक्षिण कोरियाले आगामी खेलमा पनि जित निकाल्दै नकआउट चरणतर्फ आफ्नो यात्रा थप बलियो बनाउने लक्ष्य राखेको छ।
12/06/2026
“मेक्सिकोस्थित ग्वाडालाजारा स्टेडियममा दक्षिण कोरिया र चेक गणतन्त्रबीचको खेलसँगै २०२६ फिफा विश्वकपमा दक्षिण कोरियाको अभियान सुरु भएको छ।”
दक्षिण कोरिया 2 - 1 चेक रिपब्लिक
11/06/2026
दक्षिण कोरियाको विश्वकप यात्रा सुरु, भोलि पहिलो खेल
सियोल, दक्षिण कोरिया। दक्षिण कोरियाले भोलिबाट विश्वकप प्रतियोगिताको आफ्नो अभियान सुरु गर्दैछ। विश्व फुटबलका समर्थकहरूको ध्यान केन्द्रित भएको यस प्रतियोगितामा दक्षिण कोरिया पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा रहेको छ।
दक्षिण कोरियाली टोलीले पछिल्ला केही महिना देखि कडा प्रशिक्षण र मैत्रीपूर्ण खेलमार्फत आफ्नो तयारीलाई मजबुत बनाएको छ। युवा तथा अनुभवी खेलाडीहरूको सन्तुलित संयोजन रहेको टोलीले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरेको छ।
भोलिको दक्षिण कोरियाले चेक रिपब्लिक संग नेपालि समय अनुसार
बिहान ७ : ४५ मा खेल खेलदे छ । खेललाई लिएर दक्षिण कोरियाभर फुटबल समर्थकहरू उत्साहित देखिएका छन्। सियोल सहित देशका विभिन्न शहरहरूमा समर्थकहरूले सामूहिक रूपमा खेल हेर्ने तयारी गरेका छन्।
तपाइँहरुको अनुमानमा भोलि कोरियाले जित्ला ?
10/06/2026
उत्तर कोरियाली सरकारी मिडियाले सार्वजनिक गरेको तस्बिरअनुसार प्योङयाङमा मंगलबार विमानस्थलमा भेटघाटपछि उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई बिदाइ गरेका छन्। सरकारी स्रोतबाट जारी उक्त तस्बिर स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको जनाइएको छ।
08/06/2026
२०८२ असार ०८ र ०९ गते (June 22 & 23, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको लागि सूचना ।
07/06/2026
कोरियन एयर टिकट सूचना !
📅 मिति: १६ जुन
✈️ रुट: काठमाडौं (KTM) ➜ इन्चोन, दक्षिण कोरिया (ICN)
🪑 सिट उपलब्ध छ
⚠️ टिकट फिर्ता (Refund) गर्न नमिल्ने तथा मिति/बुकिङ परिवर्तन (Change) गर्न नमिल्ने।
📞 सम्पर्क:
EPS Chingu Travel
9841655366
9818345747
📍 ठेगाना:
काठमाडौं, नेपाल
छिटो सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
07/06/2026
📌Remedical र Re-Job Application Form भर्न केके Documents चाहिन्छ?💯💯🌄✅✅
🇰🇷 Remedical गर्न अस्पतालमा आवश्यक Documents :
१. Passport को Photocopy
२. पहिलाको Medical Report
३. २ प्रति Photo
४. Admit Card को Photocopy
५. Medical शुल्क Rs. 2200
🇰🇷 Re-Job Application Form भर्न आवश्यक Documents:
१. Passport को Photo भएको Page (Biopage) को Colour Scan (कम्तीमा 1 वर्ष अवधि रहेको) [Less than 200kb, JPG Format]
२. Medical Report को Colour Scan [Less than 200kb, JPG Format]
३. Police Report(हालै बनाएको) [Less than 200kb, JPG Format]
४. 'A' level Bank को आफ्नै नामको Cheque [Less than 200kb, JPG Format]
५. ६ महिना यता खिचिएको, सेतो लुगा नलगाएको, White Background भएको, दुवै कान र माथिल्लो छाति प्रष्ट देखिने MRP साइजको फोटो [Less than 15kb, JPG Format]
६. Job Application Form भर्दा लाग्ने 5$ दस्तुर Form भर्ने अघिल्लो दिनको Exchange Rate अनुसार Online मार्फत Payment गर्नुपर्नेछ।
07/06/2026
💼 जागिरको अवसर (Job Vacancy)
👩 महिला कम्प्युटर अपरेटर आवश्यक
कार्यस्थल: अनलाइन अफिस, ग्वार्को, ललितपुर
📋 मुख्य जिम्मेवारीहरू
* डाटा इन्ट्री तथा अभिलेख व्यवस्थापन
* कम्प्युटरमा टाइपिङ तथा दस्तावेज तयार गर्ने
* इमेल तथा अनलाइन सञ्चार व्यवस्थापन
* कार्यालय सम्बन्धी अनलाइन कार्यहरू गर्ने
* आवश्यक प्रशासनिक सहयोग प्रदान गर्ने
✅ आवश्यक योग्यता
* महिला उम्मेदवार
* कम्प्युटरको आधारभूत ज्ञान (MS Word, Excel, Internet)
* अंग्रेजी टाइपिङमा दक्ष
* राम्रो सञ्चार सीप
* जिम्मेवार, इमानदार तथा समयपालन गर्ने
* अनुभव भएकालाई प्राथमिकता
💰 सुविधा
* आकर्षक तलब
* मैत्रीपूर्ण कार्य वातावरण
* सीप विकास तथा करियर अवसर
📞 सम्पर्क
फोन: +977- 9826831278 whatsapp
ठेगाना: ग्वार्को, ललितपुर
आवेदन दिनुहोस् र आफ्नो करियरको नयाँ यात्रा सुरु गर्नुहोस्!
05/06/2026
राहदानी नवीकरण सम्बन्धमा अत्यन्त जरूरी सूचना !
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
2012sarun@gmail. Com
Kathmandu
977