Smart Info
all type intertainment video
14/06/2022
काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३४१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ जना र ८ सय ६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६२७ पुगेको छ ।...
नेपालमा थप १२ जनामा कोरोना पुष्टि, १६ जना निको भए काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो ...
14/06/2022
काठमाडौं । त्रिभूवन चन्द्र बहुमुखी क्यााम्पस (त्रिचन्द्र) कलेजको पुनर्निर्माणको माग गर्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । मंगलबार कलेज अगाडि विद्यार्थीले क्याम्पसको पुनर्निर्माणको माग गर्दै सडकमै पढेर विरोध जनाएका हुन् । क्याम्पसका भौतिक संरचनाको पुनर्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन् । कलेजमा अध्ययनरत विद्यार्थी भवन कुनबेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको बताउँछन् । भवनका कक्षाकोठामा पानी परेको बेला पानी चुहिने गरेको उनीहरुले बताए । अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीको संख्या बढिरहे पनि भवन भत्किएर खस्ने हो कि भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको विद्यार्थीको गुनासो छ ।...
त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको माग गर्दै विद्यार्थीको विरोध प्रदर्शन काठमाडौं । त्रिभूवन चन्द्र बहुमुखी क्यााम्पस (त्रिचन्द्र) कलेजको पुनर्निर्माणको माग गर्दै विद्यार्थीले विरोध प...
14/06/2022
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज आपूर्ति हुन नसक्दा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०७९ अन्र्तगत विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री पौडेलले कागजको आपूर्ति हुन नसकेका कारण समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताएका हुन् । उनले पाठ्यपुस्तक छाप्ने कागज अन्तर्राष्ट्रिय बजारबाट ल्याउनुपर्ने र सो को आपूर्ति हुन नसक्दा छपाईमा ढिलाइ भएको बताए । त्यसैगरी पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री लिमिटेडका कर्मचारीहरु स्थानीय तह निर्वाचनमा जानुपर्ने स्थिति भएका कारण पनि असर परेको उनले उल्लेख गरे । मन्त्री पौडेलले पाठ्यपुस्तक उपलब्ध गराउन १५ दिन मात्रै ढिला भएको दाबी गरे ।...
कागज आपूर्ति हुन नसक्दा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सकिएन : शिक्षामन्त्री पौडेल काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज आपूर्ति हुन नसक्दा समयमै पाठ्यपुस्तक उपल.....
14/06/2022
काठमाडौं । स्वास्थ्य र त्यसमा पनि विशेष रुपमा महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको सनराइज बैंकले काठमाडौंको ओम बहालमा निशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ । पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ । सामान्यतय महिलाहरु स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन् । यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुनसक्ने र ठूलो क्षतिबाट जोगिन सकिने डाक्टरहरु बताउँदछन् ।...
सनराइज बैंकद्वारा निशुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर सञ्चालन काठमाडौं । स्वास्थ्य र त्यसमा पनि विशेष रुपमा महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको सनराइज बैंकले काठमाड...
14/06/2022
कञ्चनपुर । शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्नै लाग्दा अझै पनि कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पा्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या हुने गरेको छ । ‘केही कक्षामा विद्यार्थीलाई पुराना पुस्तक दिएर काम चलाउँदै आएका छौँ,’ शुक्लाफाँटा नगरपालिका– ६ मा रहेको बैजनाथ माध्यमिक विद्यालयका शिक्षक प्रकाश उप्रेतीले भने, ‘पाठ्यपुस्तक फेरिएका कक्षामा पठनपाठन गराउन कठिन भएको छ।’...
कञ्चनपुरका विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक कञ्चनपुर । शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्नै लाग्दा अझै पनि कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्.....
14/06/2022
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.८२ अङ्कले नेप्से परिसूचक ओरालो लागेर दुई हजार ३२.३४ मा कायम भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२७ अङ्कले कमी आई ३८९.९८ मा ओर्लेको छ ।...
नेप्से परिसूचकको पहिरो थामिएन काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने .....
14/06/2022
काठमाडौं, ३१ जेठ । गायिका इन्दीरा जोशी र फेसन डिजाइनर शरद केडिया आज विवाह बन्धनमा बाधिदैछन् । उनीहरुको विवाह चितवनको बाराही जंगल लजमा भइरहेको हो । विवाह समारोहदुवै परिवार र थोरै आफन्तको बीचमा भइरहेको छ । आइतबार इन्दिराले मेहन्दी फंक्सन गरेकी थिइन् ।उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । गत असोजमा जोशी र केडीयाले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका थिए । सार्वजनिक भएको भिडियोमा केडियाले औठी लगाइदिएपछि जोशी मुस्कुराउदै प्रेमीलाई अंगालोमा कसेकी थिइन् ।...
विवाह बन्धनमा बाधिए गायिका इन्दिरा जोशी र शरद केडिया काठमाडौं, ३१ जेठ । गायिका इन्दीरा जोशी र फेसन डिजाइनर शरद केडिया आज विवाह बन्धनमा बाधिदैछन् । उनीहरुको विवाह चितव....
14/06/2022
काठमाडौं । बोलपत्रको लामो प्रक्रियाका कारण किसानले खोजेको समयमा मल उपलब्ध गराउन समस्या भएको सरकारले बताएको छ । बोलपत्रमा सहभागी हुने व्यवसायीलाई विश्वास गर्दा समेत कतिपय अवस्थामा दुःख पाइएको र किसानले समयमा रासायनिक मल प्राप्त गर्न नसकेको भन्दै त्यसमा सुधारको आवश्यकता औँल्याइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले रासायनिक मलको विषय देशको साझा समस्या भएकाले समाधानका लागि सबैको सार्थक पहल जरुरी रहेको बताए। उनले सहजरूपमा रासायनिक मल आयातका लागि सरकारीस्तरमा (जीटुजी) नै विशेष पहल गर्नुपर्ने र त्यसका लागि सरकार लागिपरेको जानकारी दिए ।...
रासायनिक मल उपलब्ध गराउन सरकार लागि परेको छ : मन्त्री यादव काठमाडौं । बोलपत्रको लामो प्रक्रियाका कारण किसानले खोजेको समयमा मल उपलब्ध गराउन समस्या भएको सरकारले बताएको छ । ब...
14/06/2022
काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खेल क्षेत्रको पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष १७१ पालिकामा बजेट जाने व्यवस्था गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले एक स्थानीय तह एक खेल पूर्वाधार निर्माण गर्ने सरकारको नीतिअनुसार विगतमा निर्माणाधीन खेल पूर्वाधारलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा १७१ वटा पालिकामा बजेट जाने प्रस्ताव गरेको बताउनुभएको हो ।...
खेलकुद विकासका लागि १७१ पालिकामा बजेट जाने काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खेल क्षेत्रको पूर्वाधार निर्माणका लागि आगामी ...
14/06/2022
काठमाडाैँ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ । तीमध्ये १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्रीकक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी असारको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पाेरेशनले जनाएको छ । कर्पाेरेशनले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो । डिएपीमध्ये बाँकी तीन हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको उसले जनाएको छ ।...
‘डिएपी मल आइसक्यो, युरिया मल असारको पहिलो सातादेखि भित्रिन्छ’ काठमाडाैँ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत ग...
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
00977