World Link Channel
सत्य तथ्य खबरको लागि World Link Channel, We want Join all of World Population. Officially registered Media and News Name : - World Link Channel Pvt.Ltd.
सत्य तथ्य खबर :- World Link Channel
11/06/2026
🚨 महिलालाई #गैरकानुनी रूपमा विदेश पठाउने #गिरोहका ६ जना पक्राउ!🤔🤔
प्रहरीले ३१ लाख ८० हजार रुपैयाँ नगद बरामद गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरू:
✅ केदारबहादुर खड्का (सङ्खुवासभा)
✅ ईश्वर न्यौपाने (सिन्धुपाल्चोक)
✅ रामबहादुर क्षेत्री (गुल्मी)
✅ प्रकाश साह (सप्तरी)
✅ कुमार उराउ (मोरङ)
✅ पशुपति राई (खोटाङ)
11/06/2026
📰 अनौठो घटना:- 📱💔 प्रेमिकालाई iPhone दिन चोरीको बाटो रोजे, अन्ततः पक्राउ!🤔🤔
भारतको नागपुरमा तीन युवाले प्रेमिकालाई महँगो उपहार दिन पैसा जुटाउन चोरी गरे। तर योजना सफल हुनुअघि नै प्रहरीको फन्दामा परे।
सन्देश: साँचो माया महँगो उपहारले होइन, विश्वास र इमानदार व्यवहारले टिक्छ।
11/06/2026
साबधान :- #पशुपतिनाथ क्षेत्रमा भारतीय महिला #गिरोहको आतंक ! श्रद्धालु र पर्यटकलाई निशाना बनाएर लुटपाट
काठमाडौंको Pashupatinath Temple क्षेत्रमा विदेशी तथा स्वदेशी भक्तजनको भीड हुने अवसरको फाइदा उठाउँदै भारतीय महिला गिरोह सक्रिय भएको जानकारी प्राप्त भएको छ। भीडभाडको मौका छोपेर नगद, मोबाइल, गरगहना तथा बहुमूल्य सामान चोरी र लुटपाट गर्ने गतिविधि बढेको भन्दै सुरक्षाकर्मीले सतर्क रहन आग्रह गरेका छन्। #नेपाल #पशुपतिनाथ #काठमाडौं #सतर्करहौं #ताजाखबर
10/06/2026
ग्याङ बनाएर आतंक मच्चाउने २५ युवक २१ मोटरसाइकलसहित पक्राउ🤔🤔
काठमाडौं । विभिन्न क्षेत्रमा समूह बनाएर हुलहुज्जत, डर–त्रास फैलाउने तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिमा संलग्न २५ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
10/06/2026
रसुवामा #हुन्डी कारोबारको ठूलो #पर्दाफास! १९ लाख ५२ हजार १०० रुपैयाँसहित मिडमार छिरिङ गुरुङ पक्राउ 🤔🤔
पक्राउ परेका व्यक्ति
नाम: मिडमार छिरिङ गुरुङ
उमेर: ३५ वर्ष
ठेगाना: गोसाईंकुण्ड गाउँपालिका–३, रसुवा
बरामद रकम: रु. १९ लाख ५२ हजार १००
सवारी साधन: ना १ ज ४८०७ नम्बरको भाडाको सुमो
प्रहरीले पक्राउ परेका गुरुङमाथि हुन्डी कारोबार सम्बन्धी कसुरमा जिल्ला अदालत रसुवाबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
जनतालाई #थाहा भएन #मुक्तक 🤓By RL Rana
10/06/2026
ब्राउन #सुगरदेखि हजारौं ट्रामाडोलसम्म #बरामद, झापा–सुनसरीमा ६ जना #पक्राउ🙏🤔
पक्राउ परेका व्यक्तिहरू, ठेगाना र बरामद लागू औषध
रोशन कार्की (३२ वर्ष)
ठेगाना: काठमाडौं
पक्राउ स्थान: मेचीनगर नगरपालिका–६, मेचीडाँडा, झापा
बरामद: ४८ ग्राम ६० मिलिग्राम ब्राउन सुगर
विश्वनाथ राजवंशी (३२ वर्ष)
ठेगाना: मेचीनगर–१४, लालपानी, झापा
पक्राउ स्थान: मेचीनगर नगरपालिका–६, मेचीडाँडा, झापा
बरामद: २ ग्राम २५० मिलिग्राम ब्राउन सुगर
दयानन्द यादव (२० वर्ष)
ठेगाना: अररिया, भारत
पक्राउ स्थान: बराहक्षेत्र नगरपालिका–५, सुनसरी
बरामद: १,६९० क्याप्सुल ट्रामाडोल र नगद रु । २७,५००
अभिषेक चौधरी (२९ वर्ष)
ठेगाना: (प्रहरीले सार्वजनिक नगरेको)
पक्राउ स्थान: इटहरी, सुनसरी
बरामद: १ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर
रुपेश चौधरी
ठेगाना: रामधुनी नगरपालिका–३, सुनसरी
पक्राउ स्थान: इनरुवा–३, सुनसरी
बरामद: ५ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर
अभिषेक श्रेष्ठ (२० वर्ष)
ठेगाना: इटहरी उपमहानगरपालिका–११, सिमरवना, सुनसरी
पक्राउ स्थान: खनार, सुनसरी
बरामद: ९८० क्याप्सुल ट्रामाडोल र १,१८० ट्याब्लेट डिसाइक्लोमाइन
प्रहरीका अनुसार, पक्राउ परेका सबै व्यक्तिमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
10/06/2026
धनगढीमा #किशोरीमाथि सामूहिक जबर्जस्ती #करणी गर्ने ३ जना पक्राउ 🤔🤔
कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा १८ वर्षीया किशोरीमाथि सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २१ वर्षीय प्रदीप चन्द, १७ वर्षीय पारस ऐडी र १६ वर्षीय विशाल बुढा रहेको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीय क्षेत्रमा चिन्ता र आक्रोश फैलिएको छ। महिलामाथि हुने हिंसा तथा यौनजन्य अपराधका घटनाले समाजमा गम्भीर प्रश्न खडा गरिरहेका बेला यो घटना थप चिन्ताजनक बनेको छ।🙏🙏
10/06/2026
रुकुम #पश्चिममा वडाध्यक्षसहित ६ जना #जुवाको खालबाट पक्राउ🤔🤔
रुकुम पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष नन्नराम बाठासहित ६ जना जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोलीले त्रिवेणी गाउँपालिका–४ लामाखेतस्थित बिमलबहादुर खड्काको घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा:
त्रिवेणी गाउँपालिका–४ का ४७ वर्षीय वडाध्यक्ष नन्नराम बाठा,
मुसिकोट नगरपालिका–११ का ४८ वर्षीय कमल पुन,
त्रिवेणी गाउँपालिका–५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती,
सोही ठाउँका ३० वर्षीय शिव विवश घर्ती मगर,
५३ वर्षीय नन्दकुमार घर्ती मगर,
तथा त्रिवेणी गाउँपालिका–२ का ४० वर्षीय मनबहादुर बोहोरा रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ६७ हजार १०५ रुपैयाँ तथा जुवामा प्रयोग हुने दुई बुक तास बरामद गरेको जनाएको छ। घटनास्थलबाट पक्राउ परेका सबैमाथि प्रचलित कानुनअनुसार अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 🙏🙏
09/06/2026
झापा । #कर्तव्य ज्यान मुद्दामा #अदालतबाट दोषी ठहर भई कैद #सजाय भुक्तान गर्न बाँकी रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
झापा जिल्ला अदालतको फैसला अनुसार फरार रहेका झापा दमक नगरपालिका–८ निवासी २८ वर्षीय दिवश भन्ने दिप्सन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार दमक नगरपालिका–७ स्थित सिर्पाली टोलबाट पक्राउ गरेको जनाएको छ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu