Insurance Khabar

Insurance Khabar

Share

Insurance is a means of protection from financial loss. An entity which provides insurance is known as an insurer, insurance company, insurance ca

It is a form of risk management, primarily used to hedge against the risk of a contingent or uncertain loss.

18/10/2024

Nothing is better plan than investments...

19/09/2023

Tiktok Facebook New schemes launched...

निकट भविष्यमै नेपालमा क्रिप्टो करेन्सी प्रयोग गर्न सकिने - Naya Print 26/11/2021

बिटक्वाइन, इथरम, एक्सआरपी, बिएनबी आदि क्रिप्टोकरेन्सीका केही उदाहरण हुन्।
पुरा पढ्नुहाेस्

निकट भविष्यमै नेपालमा क्रिप्टो करेन्सी प्रयोग गर्न सकिने - Naya Print हरिश्चन्द्र खड्का काठमाडौं, मंसिर ९ । अर्थमन्त्री जनार्दन शर्माले भविष्यमा नेपाली बजारमा पनि क्रिप्टोकरेन्सी क...

31/03/2021

Live Now...

29/11/2020

नेपालबाट वैदेशिक रोजगारका लागि बाहिरी देश जान श्रम विभागबाट श्रम स्विकृती (Foreign Visa) लिनु आवश्यक पर्दछ । यसरी श्रम स्विकृती लिनका लागि म्यादी जिवन बीमा (Term Life Insurance) शुल्क बुझाउनु आवश्यक छ । वैदेशिक राेजगारका लागि जाँदै गरेका श्रमिककाे म्यादी जीवन बीमा शुल्क अब इसेवाबाट अनलाइन तिर्न मिल्ने भएकाे छ । म्यादी जीवन बीमामा बुझाइएकाे शुल्क राजगारका लागि जानुभएका नेपाली कर्मचारीकाे स्वास्थ उपचार खर्च, शारिरिक क्षतिकाे उपचार खर्च, मृत्यु भएकाे खण्डमा स्राद्धकाे खर्च, साथै अरू सुविधा पर्दछन् ।

इसेवाबाट वैदेशिक राजगारका लागि म्यादी बीमा शुल्क अनलाइन तिर्न मिल्ने सुविधाकाे सुरूवात सँगै अब श्रमिकहरूले बीमा कम्पनी धाइराख्नु नपर्ने र विदेशमा रहेका श्रमिकले पनि स्वयम श्रम स्विकृती नविकरणका लागि निवेदन दिन मिल्ने भएकाे छ । इसेवाबाट हालका लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे म्यादी जीवन बीमा शुल्क बुझाउन सकिन्छ ।
म्यादी बीमा शुल्क (Term Life Insurance) बुझाउनका लागि निम्न लिखित प्रक्रिया पुरा गर्नुहोस् :

१. इसेवा खातामा लग इन गर्नुहोस् ।

२. सर्च बारमा “Foreign Employment Insurance Fund” लेखी देखाइएको आइकनमा थिच्नुहोस् ।

३. व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने “Individual” र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने “Man Power” छनोट गर्नुहोस् ।

४. Insurance Company मा Sun Nepal Life Insurance Company Ltd छान्नुहाेस् ।

५. व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर साथै राेजगार अवधी र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर, लट नम्बर साथै राेजगार अवधी दाखिला गरी “Check” मा थिच्नुहोस् ।

६. देखाइएको विवरण सबै ठिक छ भनी प्रमाणित गरी शुल्क तिर्नुहोस् ।

यसरी वैदेशिक रोजगारका लागि बुझाएको म्यादी बीमा शुल्ककाे टिपोट राख्न चाहनुहुन्छ भने माथिल्लो दायाँ कुनामा देखिने PDF को आइकनमा थिची भुक्तानी विवरण डाउनलोड गर्नुहोस् ।

02/10/2020

नेपाली शेयर मार्केटकाे वर्तमान यथार्थ

22/09/2020

13/09/2020

४ वर्षे कार्यकाल सकाएर आज बिदा हुँदै कुलमान

आईपीओ पर्याे कि परेन माेबाइलमा यसरी हेर्नुहाेस्🤔 30/08/2020

IPO FPO Rights & Dividends Results |
माेबाइलबाटै घरैबसि आईपीओ एफपीओ सेयर पर्याे कि परेन यसरी सजिलै हेर्नसक्नुहुनेछ। तपाइलाइ के सम्बन्धी जानकारीमुलक भिडियाे चाहानुहुन्छ कृपया तल उल्लेख गर्नुहाेस् र याे भिडियाे तपाइलाइ कस्ताे लाग्याे कमेन्टमा लेख्नुहाेस् । तपाइकाे सुझाव सल्लाह र अनुराेधलाइ संम्भव भएसम्म सम्बाेधन गर्ने काेशिस गरिनेछ।
मेरो शेयर घरबाटै कसरी रिन्यु गर्ने? How to renew Meroshare and Demat Account online from your home?
https://youtu.be/JTQRSJdSxes

मेरो सेयरको नयाँ सफ्टवेयरमा के के छन् जान्ने की🤔 | MEROSHARE NEW VERSION SOFTWARE'S FEATURES |
https://youtu.be/j2SZ9SKE7gI

आईपीओ पर्याे कि परेन माेबाइलमा यसरी हेर्नुहाेस्🤔
https://youtu.be/H7T0qYxsmWA

आईपीओ पर्याे कि परेन माेबाइलमा यसरी हेर्नुहाेस्🤔 IPO FPO Rights & Dividends Results | माेबाइलबाटै घरैबसि आईपीओ एफपीओ सेयर पर्याे कि परेन यसरी सजिलै हेर्नसक्नुहुनेछ। तपाइलाइ के सम्बन्....

31/07/2019

‘बीमा अनिवार्य होइन, आवश्यकता हो’
========================
राैतहटको मौलापुर नगरपालिका- ६, पथरा बुधरामकी चार वर्षीया लक्ष्मीकुमारी यादवको हत्या आफ्नै बुवा रामकिशोर यादवले गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । हत्याको कारण थियो- बीमा रकम ।

रामकिशोरले एकमहिना अघि छोरीको जीवन बीमा गरेका थिए । छोरीको मृत्यु भए २५ लाख रुपैयाँ पाउने बुझेपछि उनैले असार १६ गते राति हत्या गरे । ७० वर्ष लामो नेपालको बीमा इतिहासमा भएको यो नै पहिलो दुःखद र अपत्यारिलो घटना भयो ।

त्यसको १५ दिनभित्रै पोखरामा रमेश नेपालीले आफ्नै श्रीमती लक्ष्मीको हत्या गरेको घटना बाहिरियो । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार लक्ष्मीको हत्याको एउटा कारण बीमा रकम पनि थियो ।

नेपाल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झा यस्ता दुःखद घटनाहरुबारे विमा कम्पनी र अभिकर्ताहरुले बेलैमा ध्यान दिनुपर्ने बताउछन् । प्रस्तुत छ, सीईओ झासँग अनलाइनखबरले बीमा क्षेत्रका विविध विषयमा गरेको कुराकानीको सम्पादित अंश:

आर्थिक सुरक्षाको लागि गरिने बीमाले अपराध पनि बढाउन खोजेको रौतहट र पोखराको घट्नाले देखायो होइन ?

यी दुई घटनाले निकै दुखित बनायो । हामी बीमा व्यवसायीहरुले भविश्यमा यस्ता घटना हुन सक्लान कि भन्नेमा सचेत हुनपर्छ । यसमा हामी हाम्रो तर्फबाट के गर्न सक्छौं भन्ने सोच्नुु पर्छ । अहिले नेपालमा कोहि पनि व्यक्ति बीमा कम्पनीमा आफैं आएर बीमा गरेका छैनन् ।

कोही व्यक्ति बीमा गर्न अभिकर्ता वा सिधै बीमा कम्पनीमा आए भने उनी किन बीमा गर्न चाहन्छन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । बीमा गर्न आउने व्यक्तिको आम्दानीको श्रोत, बीमा गर्न चाहनुको कारण, आनिबानीदेखि स्वास्थ्य अवस्थासम्मको मिहिन जानकारी लिनु पर्छ ।

पहिले त यस्तो विषयमा अभिकर्ताले ध्यान दिनुपर्छ । गलत सोचका साथ बीमा गर्न खोजेको व्यक्तिले धेरै कुराहरु लुकाउँछ । हामीले सकेसम्म सत्य खोतल्ने प्रयास गर्नुपर्छ ।

पोखरा र रौतहटमा भएका घटानाले एकदमै स्तब्ध बनाएको छ, यो नेपालमा नयाँ हो । छिमेकी भारतमा यस्ता घटना नयाँ होइन तर, हाम्रो नेपालमा कल्पना भन्दा बाहिरको कुरा थियो । आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि गम्भीर हुनुपर्छ ।

जति बढी विमा पोलिसी बिक्री गर्यो त्यति बढी कमिशन आउने भएका कारण अभिकर्ताले धेरैको बीमा गराउन खोज्छन् । यो अवस्थामा यस्ता घटना कसरी रोक्न सकिन्छ ?

पैसा नउठेर सिमेन्ट उद्योग बन्द भएको समाचार मैले पढेको थिएँ । बढी बेच्न खोज्दा नै यस्तो भएको हो । भविष्य नहेरी बिक्री बढाउन खोजियो भने त्यसको असर त पर्छ नै । हामीले बीमा त गर्ने हो तर, बीमा गर्न योग्य छ छैन भन्ने पनि हेर्नुपर्यो ।

सबै बीमा कम्पनीले ‘टार्गेट बेस’ काम गरिरहेका छौं । त्यो टार्गेट गएर अभिकर्तामा ठोकिन्छ । टार्गेट पुरा गर्न अभिकर्ताहरुलाई हामी आकर्षक सेवा सुविधा दिन्छौं तर, उहाँहरुले धेरै बीमा गर्ने नाममा ‘क्लाईन्ट’बारे राम्ररी नबुझी गर्नु हुँदैन ।

भनेपछि अभिकर्तामार्फत यस्ता घटना रोक्न सकिन्छ ?

बीमा अभिकर्तामार्फत नै हुने भएका कारण उहाँहरुले आफू नै पहिलो ‘अन्डरराइटर’ हो भन्ने बुझ्नुपर्छ । उहाँहरु आफूले गर्न खोजेको बीमाबारे गहिरोसँग बुझ्न पर्‍यो । यो-यो अवस्थामा बीमा कभरेज हुन्छ वा हुँदैन भनेर बझ्न र बुझाउन सक्नुपर्छ ।

अर्को कुरा आपराधिक घट्नामा संलग्नहरुलाई कडा कानुनी सजाय हुनुपर्छ, जसबाट यसो गर्नै हुँदैन भन्ने सन्देश प्रवाह होस् ।

बीमा दाबी भुक्तानी एकदमै ढिलो हुने गरेको बिमितहरुको गुनासो छ । ढिलाईको कारण के हो ?

कानूनमा १५ दिनभित्र बीमा दाबी भुक्तानी गर्नुपर्छ भनेर लेखिएको छ । मृत्यु दाबी भुक्तानी र बीमा परिपक्व -म्याचुरिटी क्लेम) गरी दुई किसिमका दाबी भुक्तानी हुन्छ । पहिलोमा कागजात नपुग्ने समस्या धेरै हुन्छ । नपुगेका कागजात पुर्याउन हामी आफैं पनि सहजिकरण गर्छौं ।

यो सन्दर्भमा मलाई एउटा घटना याद आयो । एक जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएछ । उहाँको परिवार सम्पर्कमा आउनुभयो तर, कागजात ल्याउनु भएन । विकट क्षेत्रबाट आउनु भएको छ, कागजात पुर्याउने सम्भावना कमै देखिएपछि हामीले नै सहजीकरण कागज पूरा गर्यौं ।

म्याचुरिटी क्लेममा चाहीँ कुनै समस्या छैन । हामीले २४ घण्टामै भुक्तानी दिएको रेकर्ड पनि छ । त्यसो त, मृत्यु दावी भुक्तानी पनि २४ घन्टामै गरेको रेकर्ड पनि छ । सिन्धुलीमा भएको एउटा दुर्घटनामा परिवारका एक जनाबाहेक सबैको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये एक जनाले हाम्रोमा बीमा गर्नु भएको रहेछ । पुरा कागजात आएकाले हामीले २४ घण्टामा सिन्धुली नै पुगेर भुक्तानी गर्यौ ।

भर्खरै आर्थिक वर्ष सकिएको छ । धेरै सूचकका आधारमा पहिलो नेपाल लाइफको ‘फोर्थ क्वाटर’को रिपोर्ट कस्तो आउला ?

हामी शुरुवाती दिनदेखि नै अग्रपंक्तिमा छौं । बजार हेर्दै, वातावरणको विश्लेषण गर्दै अगाडि जाने क्रममा आर्थिक वर्ष २०७५/०७६ को फोर्थ क्वाटर रिपोर्ट उत्साहप्रद छ । हामीले यसपाली पनि नौ अर्ब माथिको बीमा शुल्क आर्जन गरेका छौं ।

हाम्रो बीमा शुल्क २३ अर्ब पुगेको छ । यो नतिजाबाट हाम्रो टिम खुसी छौं । मुलुकमा बीमाको पहुँच कम भएको बेला हामीले राम्रो प्रगति गरेका छौं ।

अघिल्लो वर्षको तुलनामा बीमा पहुँच ८ प्रतिशत बढेको छ । नेपाल लाइफको तुलनात्मक प्रगति कस्तो छ ?

पछिल्लो समय बीमाको पहुँच राम्रै बढेको छ । समग्र बीमा बजार नै राम्रो सुधार भइरहेका बेला नेपाल लाइफले पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको तुलनामा हामीले करिब ६४ प्रतिशत विजनेश बढाएका छौं ।

पछिल्लो समय नयाँ बीमा कम्पनीहरु पनि आए पनि हामीले नयाँ विजनेशमा प्रगति गर्‍यौं । मार्केट सेयर हाम्रा लागि एउटा चुनौति थियो, जसमा हामी खरो उत्रिएका छौं ।

यस्तो सफलता कसरी हासिल हुन्छ ?

बीमा भनेको एकदमै विश्वासको कुरा हो । बिमित र अभिकर्ताहरुले हामीलाई विश्वास गर्नु भएको छ । बीमा बिजिनेसमा अभिकर्ताहरुको काम धेरै गाह्रो हुन्छ । अभिकर्ताले कमिशनका लागि मात्र काम गर्ने होइन, विमित र संस्थाको हित पनि हेर्नुपर्छ ।

हामी टिम वर्कबाट पनि सफल भएका हौं । यो सफलतामा लगानीकर्ताको पनि ठूलो योगदान छ । बीमा समितिले हामीलाई चुक्ता पुँजी बढाउन भन्दा लगानीकर्ताहरु साढे पाँच अर्ब हाल्न तयार रहनु भयो ।

बीमा क्षेत्रमा पनि मर्जरको चर्चा शुरु भएको छ, केहि सोच्नु भएको छ ?

मर्जरको विषय ‘सिजनल’ हो जस्तो मलाई लाग्दैन । कुनैबेला निकै चर्चामा हुने र कुनै बेला चुपचाप बस्नु पर्ने प्रक्रिया मर्जरको होइन । यो २ किसिमले हुन्छ । एउटा आवश्यकताका आधारमा हुन्छ, एउटा एक्लै हिड्न सकिएन भने साथी खोज्नु पर्छ ।

अर्को सिनर्जी आउने किसिमको भयो भने मर्जरमा जानुपर्ने हुन्छ । जस्तो १ र १ जोडेर ११ बनाउन सकिन्छ भने मर्जरमा जानु राम्रो हुन्छ । अहिले हामी जे छौं त्यो भन्दा राम्रो कसरी हुन सकिन्छ भन्ने हुन्छ । त्यसका लागि हामी पनि खुला छौं तर, अहिले नै केहि सोचेका छैंनौ ।

नयाँ बीमा कम्पनीहरुका कारण केहि चुनौती थपिएको हो ?

म चुनौतीलाई अवसरको रुपमा लिन्छु । सफल हुनका लागि चुनौतीलाई अवसर बनाउनपर्छ । बजारमा नयाँ प्रतिष्पर्धी थपिएपछि नयाँ योजना अनुसार काम गर्नुपर्छ, जुन हामीले गरेका छौं ।

प्रगतिको चाहना सबैमा हुन्छ । कोहि व्यक्ति वा संस्था परिपूर्ण हुँदैन । हामीले राम्रोका लागि काम गर्ने हो । यो कुरा मनन् गर्दै आफ्नो कामलाई स्थिर तरिकाले अगाडि बढाउन सक्नुपर्छ ।

अब बजारले राम्रो ‘ग्रो’ गर्छ भन्ने भएपछि नयाँ बीमा कम्पनीहरु थपिए । योसँगै मार्केट सेयर इन्ट्याक्ट राख्ने चुनौती भयो । त्यसका लागि ब्यापार बढाउनु पर्ने भयो, जुन हामीले गर्यौं । म यसको श्रेय गर्वकासाथ हाम्रा अभिकर्तालाई दिन्छु । अभिकर्ता साथीहरु राम्रोसँग परिचालित हुनु भएकैले हाम्रा विजनश राम्रो भयो ।

नयाँ कम्पनीहरु थपिएपछि विमाको दायरा पनि बढेको छ । पछिल्लो समय बीमामा नागरिक चासो कस्तो छ ?

नागरिकमा बीमाबारे निकै चासो बढेको पाएको छु । बीमा कम्पनीहरु थपिएसँगै बीमासम्बन्धी कार्यक्रमहरु पनि धेरै भए । बीमा अभिकर्ताहरुको संख्या बढ्यो । हिजो हाम्रोमा १८ हजार सक्रिय अभिकर्ता थिए, आज २४ हजार छन् ।

बीमा अभियन्ता अर्थात् विमाबारे बोल्दै हिँड्नेहरु पनि बढेका छन् । अर्को कुरा, हिजो सञ्चारमाध्यमहरुमा बीमाका विषयमा कम कभरेज हुन्थे । अहिले धेरै स्पेश पाएको छ । आठवर्ष अघि म यो क्षेत्रमा आउँदा बीमाबारेको समाचार पढ्न हप्ता कुर्नुपथ्र्यो, आज दैनिक आउँछ ।

नियमनकारी निकाय बीमा समितिले पनि बीमा जागरणको कार्यक्रम चलायो । गाउँगाउँमा पुगेर त्यहाँको स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रमहरु गर्यो । यसले पनि आम नेपालीमा बिमाबारे धेरै सचेतना आएको छ ।

अहिले बीमा क्षेत्रका मुख्य समस्या चाहिँ के-के हुन् ?

सबै आर्थिक क्षेत्रको पहिलो समस्या भनेको विजनेश नै हो भनिन्छ तर, नेपालमा हरेक वर्ष बीमा गर्नेको संख्या बढिरहेको छ । बीमा गर्नेको औसत उमेर ३० वर्ष भन्दा माथि देखिन्छ ।

हिजो बीमा क्षेत्रमा जनशक्तिको कमी थियो भनिन्छ तर, हामीले जनशक्ति धेरै चाहिने गरी काम नै गरेका थिएनौं । दुई-तिन वर्ष हामीले बीमाको पहुँच ६ प्रतिशत मात्रै भन्यौं, सधै यहिँ हुन्छ भन्ने सोच्यौं । तर ‘ग्रोथ’मा फड्को आयो । नौवटा कम्पनी भएको बजारमा १० वटा नयाँ थपिँदा जनशक्तिमा केही कमी देखिएको हो । जागिरका लागि धेरैको रोजाई अहिले पनि बैंकिङ क्षेत्र नै हो । पछिल्लो समय

बीमा क्षेत्रमा जागिरको आकर्षण बढेको छ । यो क्षेत्र क्रमिक रुपमा युवा आकर्षण बढ्दैछ ।

बीमा क्षेत्रबाट मुलुकलाई राम्रो फाइदा पुगेको छ । हामीलाई पूर्वाधार विकासको आवश्यकता छ । यसका लागि दिर्घकालीन लगानी आवश्यक छ । यस्तो लगानी जीवन बीमा क्षेत्रबाट जुट्नसक्छ । जीवन बीमा कम्पनीहरुमा वार्षिक रुपमा पैसा जम्मा भएर एउटा निश्चित समयका लागि बसेको रकम लगानी गर्न सकिन्छ ।

म अनिवार्य बीमाको पक्षमा छैन । अहिले बैंकबाट बीमा गरेको विषयले नकारात्मक असर गरेको छ । यसको कारण नै अनिवार्य हो । बीमाका लागि ‘मोटिभेट’ गर्ने हो । ‘क्लाईन्ट’बाट लिएको रकम हाम्रो कमाई नभएर दायित्व हो । यो रकमलाई ‘गभर्मेन्ट ब्याकअप प्रोजेक्ट’मा लगानी गर्न सकिन्छ ।

बीमा आजको आवश्यकता हो । कसैको व्यवसाय बढाउन नभई आफ्नो आवश्यकता पुरा गर्न बीमा गर्नुपर्छ भन्ने भावना जगाउनु पर्छ । बीमा अनिवार्य भने हुनुहुँदैन ।

भनेपछि, बीमाका माध्यमबाट तरलता समस्या पनि समाधान हुन्छ त ?

अहिले बैंकमा २५-२६ खर्ब रुपैयाँ निक्षेप छ । त्यसमा बीमा क्षेत्रको हिस्सा दुई खर्बभन्दा छ । नेपाल लाइफको मात्र ७० अर्बभन्दा बढी पुगेको छ । कुन क्षेत्रले निक्षेप ल्याएको छ भन्ने हेर्नु पर्‍यो ।

बैंकिङ क्षेत्रबाट गएको पैसा बीमा हुँदै फेरि बैंकिङ क्षेत्रमा फर्किएको भन्ने छ । हामीले गाउँगाउँ गएर बैंकिङ च्यानल बाहिर रहेको पैसा उठाएर ल्याएका छौं । निक्षेपमा योगदान गरेको क्षेत्रलाई थप प्रोत्साहित गर्नेबारे सरकारले सोच्नुपर्छ । https://www.onlinekhabar.com/2019/07/783989

16/07/2019
Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu