Santosh

Santosh

Share

08/02/2026

ञानेन्द्र शाही भन्छन- तारामा भोट हालौं !

08/02/2026

झापा- ५ मा स्वत: स्फूर्त रञ्जित तामाङको पक्षमा उर्लियो जनमत || कांग्रेस र राप्रपाले पनि तारामा भोट हालेर Ranjit Tamang जिताउने भएको छ ।

08/02/2026

तारा ⭐️⭐️⭐️⭐️⭐️ मा भोट हाल्न युवाहरू धमाधम विदेशबाट आए !

05/02/2026

जुम्लाको विकासमा प्रचण्ड र नरेश भण्डारीको अतुलनीय योगदान

• हिजो जुम्ला सिटामोल नपाएर रोगले थलिएको जिल्ला थियो । आज जुम्ला रोग होइन डाक्टर उत्पादन गर्ने थलो भएको छ ।

• हिजो जुम्लाको स्याउ बारीमै कुहिन्थ्यो । आज ज्ञानेन्द्र शाहीहरूले जुम्लाको स्याउले बजार पायो भन्दैछन । हो त्यहि जुम्लाको स्याउले बजार पाउने गरी बाटो बनाउने काम गणतन्त्रले गर्यो !

• हिजो राजतन्त्रमा जुम्लाबाट काठमाडौं दरबारमा २ सय रुपैयाँमा बेचिएर दास बन्न आउनुपर्थ्यो । अहिले क. प्रचण्ड / Comrade Prachanda र Naresh Bhandari हरूको विद्रोही चेतले आज विकास र समृद्धिको ढोका खोलेको छ ।

जुम्ला फेरि अल्लारेको दौडमा हिँडेर बर्बाद हुनुहुँदैन तारा ⭐️⭐️⭐️ मा मतदान गरेर अझ स्वर्णयुगमा प्रवेश गर्नुपर्छ, त्यसका लागि नरेश भण्डारीले जित्नैपर्छ ।

05/02/2026

चुनाबमा मतदाताले विवेक नपुर्याए के हुन्छ ?
#सिक्किममा जनताबाट अनुमोदित भएका शासकले देश नै भारतमा विलय गराए ।
#जर्मनीमको ठूलो दलकै हैसियतमा प्रधानमन्त्री बनेका हिटलरले सबै शक्ति हातमा लिएर ६० लाखको हत्या गरे ।
#युरोपको विकसित देश युक्रेनको सत्तामा कलाकार जेलेंस्की पुगेपछि देश खण्डहरमा परिणत भयो ।
#नेपालमै दुईतिहाईको शक्तिसहित केपी ओलीको शासनले के गर्यो ? स्पष्ट छ ।

27/01/2026

रुकुमेलीको प्रचण्ड प्रेम

22/01/2026

चुनाव जित्न बालेन साहलाई छैन सहज, रञ्जित तामाङले जित्ने यस्तो छ अंकगणित !

झापा-५ मा Ranjit Tamang ले जित्ने आधार

• झापाका २५ हजार सुकुम्बासी र १० हजार मजदुर ले रञ्जित तामाङ जिताउँदा नै भविष्य देख्छन । बालेनलाई जिताए बुल्डोजरले आफ्नो छाप्रो भत्किने र सडकछाप हुनुपर्ने दिन आउँछ । त्यसैले गरिब मारेर गरिबीमुक्त बनाउन खोज्ने बालेन होइन गरिबलाई गास बास कपासको ग्यारेन्टी गर्दिनुपर्छ राज्यले भन्ने सुसंस्कृत राजनीतिक नेतृत्व हुन रञ्जित !

• झापा-५ लाई दमक भ्यूटावर मन नपरेकाले बालेन जिताउन खोजेका होइनन । त्यहाँका जनताले भ्यू टावर बनेकोमा उत्साहित छन । बरु भ्यू टावर जलाएर राज्यको ५ अर्ब नोक्सानी गर्दिएकोमा बालेनसँग स्थानीय रिसाएका छन ।

• झापाका जनतालाई प्रधानमन्त्री को अभाव भएर बालेन खोजेका होइनन । प्रधानमन्त्री त केपी ओली छँदै थिए । प्रधानमन्त्री नै चाहिएको भए बालेन भन्दा ओली बन्न सक्छन किनकि बालेनको भन्दा ओलीको दल ठूलो हुन्छ । बालेन प्रत्यक्ष निर्वाचित सरकार प्रमुख हुन लागेका होइनन । संसदीय निर्वाचन जितेर हिजो ओली, देउवा प्रचण्ड जसरी प्रधानमन्त्री भए त्यसैगरी संसदीय अंकगणित मिलाएर हुनुपर्छ । बालेनको हकमा त्यो सम्भव नहुन सक्छ ।

• झापा-५ रिसाएको आफ्नो क्षेत्रमा विकासको अभाव भएर होइन । देशभरका ठूला उद्योग ओलीले उतै झापातिर खोलेका छन । त्यो लापत्त हुन्छ भनेर बालेन रोज्दैनन ।

• ओली त्यहिँका स्थानीय हुन भने बालेन टुरिस्ट उम्मेदवार हुन । आफ्नो क्षेत्र भत्काउन, बिगार्न र नष्ट पार्न बालेनलाई स्थानीयले मत दिँदैनन ।

• झापा रिसाएको देशको गञ्जागोल, बेतिथि र विकृतिसँग हो । त्यसको नेतृत्व ओलीले गरे भन्ने रिस छ । ओलीभन्दा बालेन अझ ठूलो विशाक्त हो भन्ने स्थानीयलाई राम्रोसँग ज्ञान छ । त्यसैले आफ्नो विद्रोही आवाजलाई पुस्तान्तरण गर्न र सचेततापूर्वक निकास निकाल्न ओली र बालेन फालेर स्थानीय नेतृत्व रञ्जित तामाङ रोज्छ ।

• झापा वाम आन्दोलनको स्थापित थलो हो । त्यहाँ कम्युनिस्ट जनघनत्व असाध्यै छ । झापा विद्रोह हुँदा सुखानीको जंगलमा जिउँदै पुरिनुपरेको ति शहीदको याद र खुन अझै आलो छ । त्यसैले त्यहाँको कम्युनिस्ट जनमत ओलीको विकल्पमा बेगारी बालेनतिर होइन संस्कारी रञ्जिततिर खनिन्छ ।

यसरी हेर्दा झापा-५ को मत परिणाम यस्तो हुनसक्छ 👇

झापा क्षेत्र नं. ५: रञ्जित तामाङले यसरी बालेन्द्र साह र केपी ओली हराएर लालकिल्ला जोगाउने छन ।

कुल मतदाता संख्या: १,६३,३७९
खस्ने अनुमानित मत (६३.४५%): १,०३,६६३
१. रञ्जित तामाङ
रञ्जितले युवा, पहिचानवादी, सुकुम्बासी, मजदुर र परम्परागत पार्टीका असन्तुष्ट मतहरूलाई ध्रुवीकरण गरेको आधार:
रञ्जितले पाउने प्रतिशत
१८ देखि २९ वर्ष - १९,७६९ - ४०% - ७,९०८
३० देखि ४५ वर्ष - २९,६५३ - ४५% १३,३४४
४५ देखि ६० वर्ष : ३२,०२२ - ४५% १४,४१०
| ६० वर्ष माथि : २२,२१९ - ४०% ८,८८८
जम्मा : ४४,५५०

२. बालेन साह (दोस्रो स्थान)

१८ देखि २९ वर्ष : १९,७६९ - ५०% - ९,८८५
३० देखि ४५ वर्ष : २९,६५३ - ३५% - १०,३७९
४५ देखि ६० वर्ष : ३२,०२२ - २५% - ८,००५
६० वर्ष माथि : २२,२१९ - १५% - ३,३३३ |
जम्मा : ३१,६०२

३. केपी ओली (तेस्रो स्थान)

१८ देखि २९ वर्ष : १९,७६९ - १०% - १,९७७
३० देखि ४५ वर्ष : २९,६५३ - २०% - ५,९३१
४५ देखि ६० वर्ष : ३२,०२२ - ३०% - ९,६०७
६० वर्ष माथि : २२,२१९ - ४५% - ९,९९९
जम्मा : २७,५१४

अन्तिम चुनावी सारांश (Final Tally)
रञ्जित तामाङ - ४४,५५० विजयी ✅
बालेन साह - ३१,६०२ दोस्रो
केपी ओली -२७,५१४ तेस्रो |
विश्लेषणको निचोड:
यस संशोधित गणित अनुसार, रञ्जित तामाङले बालेनलाई १२,९४८ को भारी मतान्तरले र केपी ओलीलाई १७,०३६ मतले पछि पार्दै झापा-५ मा ऐतिहासिक जित हासिल गर्नेछन्।

22/01/2026

बालेन साहसँग किन झापा तरंगित छ, किन मतदान गर्दैन ?

बालेन्द्र साहले काठमाडौंको मेयर हुँदा गरिबी उन्मुलनका लागि वैकल्पिक रोजगारी को स्थापना गरेनन बरु स्वरोजार जनताको छातीमा बुट र घाँटीमा डोजर चलाए । बालेनले काठमाडौं का ४ लाख मजदुर लखेटे । आज उनीहरूका १० लाख आश्रीत परिवार अलापविलापमा छ । बालेनको उम्मेदवारी ले अहिले झापा तरंगित छ । २५ हजार सुकुमबासी जनता फेरि उठिबास लाग्नुपर्ने चिन्ताले ग्रसित छन । त्यो २५ हजार मत Ranjit Tamang ले पाउने देखिन्छ । जुन मत नै निर्णायक जीतको मत हो ।

20/01/2026

झापा-५ को रोज्छ ?

19/01/2026

देशको वियोगान्त

12/01/2026

देश जल्दाको यि शासक र देश जलाएर भाग्ने यि लुसिफरहरू 🤬😇🤪

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu