Student-Teacher Routine for Parents
Lumbini Pradesh News
02/03/2026
पूर्वखाेलाकाे हेक्लाङ केन्द्र निर्वाचन सामग्री राख्न स्थानीयको अवरोध पुरा पढ्नुहोस
02/03/2026
रामेछाप दुर्घटनामा मतदान अधिकृत खटाइएका शिक्षकको मृ’त्यु
रामेछापको दुर्घटनामा थप एकजनाको मृ'त्यु भएको छ। मृ'त्यु हुने मतदान अधिकृत छन्। यसअघि उक्त दुर्घटनामा एकजना प्रहरीको मृ'त्यु भइसकेको छ ।
दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृ'त्यु भएको प्रहरीले जनाएको छ। रामेछापको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार घिमिरेलाई रामेछाप-२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो।
उनी रामेछाप नगरपालिका-३ स्थित मुगाटारस्थित रुद्राक्षश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए। उनी निमावि द्वितीय तहका शिक्षक हुन्। यसअघि दुर्घटना स्थलमै असई पर्शुराम यादवको मृ'त्यु भएको थियो।
15/02/2026
शान्ति नमुना माध्यमिक विद्यालय - उत्कृष्ट विद्यालय घोषित !
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी,भक्तपुरको अनुसन्धान तथा गुणस्तर सुधार शाखाले आर्थिक वर्ष २०८०/ ८१ मा देशका सातवटा प्रदेशका ४२ वटा उत्कृष्ट सामुदायिक विद्यालयहरूमध्ये १६ वटा सूचकहरूको आधारमा असल शैक्षिक अभ्यासहरूको मूल्याङ्कनमा नेपालमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यालयहरू प्रथम शान्ति नमुना माध्यमिक विद्यालय मणिग्राम रुपन्देही, द्वितीय नवीन औद्योगिक कदरबहादुर रिता मावि बुटवल, रूपन्देही र तृतीय पब्लिक हाइस्कुल धरान सुनसरी रहेका छन्।
विद्यालयमा गो*ली चल्दा प्रधानाध्यापकको मृ*त्यु
समाचार कमेन्टमा
21/01/2026
लुम्बिनी प्रदेश - निम्न माध्यमिक तह, तृतिय श्रेणीमा शिक्षक नियुक्ति तथा पदस्थापनका लागि जिल्ला सिफारिस गरिएको सूचना !
21/01/2026
एसइईको परीक्षा सर्यो, चैत १९ गतेदेखि सुरु हुने
शिक्षा मन्त्रीका विज्ञ सल्लाहकार अभिषेक घिमिरे भन्नुहुन्छ, लगभग दुई महिना पछि मात्र कात्तिक २३ गते औपचारिक जिम्मेवारी पाइएको हो ।यसर्थ, मंसिर र पौष महिना मात्र खुलेर काम गर्ने मौका मिल्यो । हुन त हातमा कुनै कार्यकारी अधिकार थिएन । तर, सार्वजनिक शिक्षा सुधारको मुद्धा बोकेर आएको हुनाले ज्यान फालेर काम गरेका थियौँ ।
एउटा उच्च सार्वजनिक छवि भएको व्यक्ति मन्त्री भएको बेला उहाँ पनि असफल हुने हो भने भोलि त्यस्ता सम्पूर्ण व्यक्ति/प्राज्ञ/विज्ञ माथिको भरोसा हराउँछ भन्ने लागेर नै दिनरात नभनी लागिरह्यौँ ।
तर सोचेको भएन । एउटा पनि काम गर्न सकिएन भनेर लेखिरहँदा हात काँपेको छ । यो असफलताको सम्पूर्ण नैतिक जिम्मेवारी लिँदै र यो बीचमा कुनै राम्रा काम भएका भए त्यसको जस मन्त्रीज्यु सहित मन्त्रालयका सबै कर्मचारी र सचिवालयका सदस्यहरुलाई दिन हुन आग्रह गर्दै यहाँहरुसँग माफी चाहान्छु ।
व्यक्तिगत रुपमा सिकाइ धेरै भयो । यो ज्ञान संसारका कुनै पनि विश्वविद्यालयले दिन सक्दैनन् । तर, अनुभवजन्य सिकाइबाहेक केही गर्न नसकेकोमा ठूलो लज्जाबोध भएको छ ।
राज्यको एक रुपैयाँ तलब भत्ता र अन्य सुविधा नलिई दैनिक १८ घन्टा खटिएर २६ भन्दा बढी अति संवेदनशील विषयका कार्ययोजना बनाएर काम गरेका थियौँ । सबै फाइल मन्त्रीपरिषदको कार्यालयसम्म नपुगुन्जेल अन्तीम समयसम्म पनि भिडिरहेकै थियौँ ।
तर, यी कुनै पनि विषयको Outcome निस्किन सकेन । Output नै ननिस्किए पछि गरेका हजारौँ प्रयासको पनि कुनै अर्थ पनि भएन । यो बीच कुनै चमत्कार भयो भने आउलान् । अर्को सरकारले अपनत्व लिएला पनि । त्यो हाम्रो वशमा रहेन अब !
जस जसले नियतवश रोक्न लाग्नुभयो वा अन्जानमा अरुको लहैलहैमा लागेर बाटो बिराउनुभयो आफैँ मनन गरेर एक पटक छोराछोरीको आँखामा आँखा जुधाएर माफी माग्नु हुनेछ भन्ने विस्वास छ । जसले दिलज्यानले सहयोग गर्नुभयो- उहाँहरुप्रति हृदयदेखि नै आभार प्रकट गर्दछु ।
त्यसैले दोष कसैलाई नदिई पुनः माफी माग्दै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । तर, शैक्षिक मुद्धामा चल्ने कलम र चाल्ने कदम अझै सशक्त र परिष्कृत भएर लागिरने प्रण यहाँहरुसँग गर्न चाहान्छु ।
14/01/2026
14 Jan 2026
Vacancy Announcement !
https://www.lmc.edu.np/
Lumbini Medical College, affiliated with Kathmandu University and recognized by the Nepal Medical Council, invites applications for faculty positions for following Pre-Clinical/Clinical Depts.
Interested candidates are requested to submit their application, CV, academic credentials, training certificates, & citizenship copy by 2082/10/15 via email at [email protected] or directly at the LMC reception.
For inquiries: 075-411201/ 411202, Ext. 888 (Academic Office), 169(Administration)
शिक्षक सरुवा- 2082 सम्बन्धी केही नयाँ व्यवस्था
1 पारस्परिक सरुवा हुन् सक्ने
2 अपाङ्गता भएको शिक्षकको सरुवा पायक पर्ने ठाउँमा गरिने
3 रिक्त भएको सात दिन भित्र 15 दिनको सूचना गर्नु पर्ने
4 स्थायी सेवा दुई वर्ष नभई सरुवा नहुने
5 आधारभूत तहको कक्षागत समान तहको आधारभूत विषयगत र मावि शिक्षकको विषयगत रिक्त दरबन्दी सरुवा गर्नुपर्ने
6 उपल्लो योग्यतालाई प्राथमिकता जस्ता प्रावधान समेटिएको बुझिएको छ
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu