Nepal Sh*to Ryu Karate Do Association
Nepal Sh*to-Ryu-Karate-Do-Association has been established in Kathmandu on October 20, Kathmandu Municipality ward No 1 Naxal.
The Dojo is registered on Nepal Karate Federation under the National Sports Council 1999
10/06/2026
"राखेपको उपाध्यक्षमा,पुर्व गोलकिपर श्रेष्ठ नियुक्त"
काठमाण्डौ,२७ जेठ वुधवार,
राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा विसाल श्रेष्ठ नियुक्त भएका छन्। राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर श्रेष्ठ आज (बुधवार) राखेपको उपाध्यक्षमा नियुक्त भएकाहुन ।उनलाई शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार राखेपको उपाध्यक्षको जिम्मेवारी दिएको हो। त्यसैगरि आजै मन्त्रालयले,चार जना राखेप बोर्ड सदस्य समेत नियुक्त गरेकोछ। नवनियुक्त हुनु भएका सदस्यहरुमा क्रिकेट का पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, टेबल टेनिसकी सिक्का सुवाल,बुद्धिचालकी मोनालिसा खुम्बु र फुटबलकी पवन शाही रहेकाछन।
10/06/2026
"एशियाडका लागि,कराते खेलाडी छनौट "
काठमाण्डौ २७ बुधवार,
आगामी सेप्टेम्वरमा जापानको नागोया शहरमा हुन गईरहेको २०औँ एसियाली खेलकुद का लागि राष्ट्रिय कराते टिमको छनोट मंगलवार सम्पन्न भएकोछ ।ऐतिहाशिक पदक विजेता हिमालयन वारियर एरिका गुरुङग सहित १० खेलाडीहरु नेपाल कराते महासंघले छनौट गरेकोछ । एरिका ६८ किलो भन्दा माथि तौल समुहमा छनौटमा परेकी हुन । त्यसैगरी राकेश मानन्धर – ५५ केजी,मिनबहादुर तामाङ – ६० केजी र तेन्जिङ शेर्पा ८४ केजी भन्दा माथि तौल समुहमा र सोनिम मानन्धर एकल कातामा छनौट भए ।
त्यसैगरि महिला तर्फ सानुमाया थिङ एकल काता,पुष्पका लामा – ५० केजी,निरुपा दोङ तामाङ – ६८ केजी र महिला टिम काता तर्फ एलिसा रास्कोटी मगर र मेघा लिम्बु छनौट हुन सफल भईन ।कराते एकेडेमी सातदोवाटोमा मंगलवार सम्पन्न भएको छनौट प्रतियोगिता राउन्ड रोबिनको आधारमा सन्चालन गरेका महासंघले जनाएकोछ ।
जापानको नागोयामा हुन गईरहेको २० ओै एशियन गेम्सका लागि
महिला तर्फ ६८ किलो भन्दा माथि तौल समुहमा ऐतिहशिक पदक विजेता एरिका गुरुङ्ग छनौट हुन सफल भएकीछिन ।सफल खेलाडी एरिकालाई हाम्रो तर्फवाट हार्दिक वधाई तथा शुभकामना ! www.nepalkarate.org
09/06/2026
काठमाण्डौ,जेठ २६,मंगलवार,
मन्त्रीहरू सुधन गुरुङ र महावीर पुनको शपथ ग्रहण कार्यक्रम ।
(राष्ट्रपति भवन,शितल निवास काठमाण्डौ)
09/06/2026
News of our grand event 12th Mt.Everest international Karate championship-2026,which was held on 29-31 May Kathmandu Nepal.thanks for news,online news starnewstv.com.np/articles/
"१२ ओै माउण्ट एभरेष्ट कराते सम्पन्न,नेपाल टिम च्याम्पियन" | Star News Tv काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको स्वीकृती एवम नेपाल कराते महासंघको तत्वाधानमा नेपाल सितोरियो कराते संघको बा...
08/06/2026
"शितोर्यु जन्मदाता 仁 賢和, Mabuni Kenwa (केनवा माबुनी)"
शितोर्यु कराते का निर्माता (जन्मदाता संस्थापक)仁 賢和, Mabuni Kenwa (केनवा माबुनी)को जन्म सन १८८९ नोभेम्वर १४ मा जापान को ओकिनावा शुरीमा भएको थियो।उहाँ एक महान राजा केनियो ओशिरोको राज्यका र्युक्युका योद्धाहरूका वंशज हुनुहन्थ्यो ।
मास्टर केनवाले शितोर्यु करातेको विकाश,विस्तार र प्रवर्द्धनमा अहोरात्र लागिपर्दै संसारभर यो कलाको विस्तार गर्नुभएको थियो ।हाल नेपालमा सवैभन्दा लोकप्रिय खेलको रुपमा स्थापित शितोर्यु कराते मा करिव १० लाख भन्दा बढी आवद्ध रहेकाछन ।यो खेल नेपालमा दैनिक रुपमा लाखौ खेलाडीहरु प्रशिक्षणरत छन ।नेपालमा यो खेल महागुरु थानेश्वर राईले ३६ को दशकमा भित्र्याउनु भएको थियो ।@खपाङगीमाईलो,
07/06/2026
घर फर्किए कतार 'कराते टिम'
काठमाण्डौमा भर्खरै सम्पन्न भएको 12th Mt.Everest international Karate Championship (29-31 May ,जेठ १५-१७ सम्म ) मा सहभागी भएर कतार 'कराते टिम' आज स्वदेश फर्किएकाछन ।
नेपाल सितोरियो कराते संघ,नक्साल डोजो द्धारा आयोजित उक्त प्रतियोगितामा १ स्वर्ण,सहित टिम चौथो भएको कतार टोलीलाई कार्यक्रम संयोजक गजेन्द्र वहादुर खपाङगी ईश्वरले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए ।प्रतियोगितामा नेपाल सहित भारत,वंगलादेश र कतार सहभागी रहेका थिए ।
नेपाली करातेको करिव साँढे ५ दशकको ईतिहाशमा कतारका कराते टिम पहिलो पटक गत वर्ष नक्साल डोजो द्धारा आयोजित 11th Mt.Everest international Karate Championship-
2025 मा सहभागी जनाएका थिए ।यो सहित नेपलमा कराते कतार टिमको सहभागिता तश्रो पटक हो ।कतार टिमको सहभागिताले नेपाली करातेकर्मीहरुमा थप उर्जा र हौशला समेत थपिएको संयोजक खपाङगीले वताउनुभयो । निरन्तर २७ वर्षदेखि कराते खेल मार्फत राष्ट्रलाई टेवा पुरयाउदै आईरहेको,सितोरियो कराते नक्सालको यो समग्रमा २८ ओै प्रतियोगिता हो ।
खेलौ,सितोरियो कराते खेलौ,
SH*TO-RYU KARATE New dojo riemot humla district . खेलौ,सितोरियो कराते खेलौ,
coach-Khadka Bahadur,
१६ ओै राष्ट्रपति रनिङगशिल्ड प्रतियोगिता-२०८३,
दशरथ रंगशाला,त्रिपुरेश्वर काठमाण्डौ,जेठ २० बुधवार,
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Kathmandu