Samata Press
Official page of www.samatapress.com
'ताजा समाचार र निष्पक्ष विचार'का लागि https://samatapress.com/ हेर्दै गर्नुहोला। हामी समाचार मात्रै लेख्दैनौँ, समाचारकै माध्यमबाट समतामूलक समाज निर्माणको अभियानमा समेत टेवा पुर्याउने प्रयास गरिरहेका छौँ। हामीलाई साथ दिएर सहयोग गर्नुहोस्।
सल्लाह, सुझाव र प्रतिक्रियाका लागि :
Email : [email protected]
Website : https://samatapress.com/
Facebook : https://www.facebook.com/samatapress
Twitter : https://x.com/samatapress
06/06/2026
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट छ, चितवनबाट दुई तथा सिरहा, उदयपुर, दाङ र कैलालीबाट एक/एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीरूपको साथबाट लागूऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरादम गरेको छ ।
06/06/2026
आर्कषक सेवा सुविधाको प्रलोभन देखाइ ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौँबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका ३ बस्ने लक्ष्मी थापा कार्की र बुढानिलकण्ठ–८ बस्ने प्रिया बानियाँ रहेका छन् । पक्राउमध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै एकजनासँग रु ११ लाख ५० हजार लिएको पाइएको छ ।
यस्तै, प्रियाले जापान पठाइदिन्छु भन्दै एक पीडितबाट रु दुई लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले खोज तलास गरेको थियो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
06/06/2026
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को कुन विनियोजित बजेटमध्ये जम्मा १९.४ प्रतिशत मात्रै खर्च गरेको छ ।
प्रदेश सरकारले जेठ २१ गते(बिहीबार) सम्म १९.४ प्रतिशत मात्र खर्च गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट विनियोजन गरेको थिषे ।
जसमध्ये हालसम्म ९ अर्ब ११ करोड ९५ लाख ७५ हजार रुपैयाँ मात्रै खर्च भएको प्रदेश अर्थ मन्त्रालयले जनाएको छ । कुल खर्चमध्ये चालुतर्फ ५ अर्ब ३२ करोड ४४ लाख ८४ हजार तथा पुँजीगततर्फ ३ अर्ब ७९ करोड ५० लाख ९१ हजार रुपैयाँ मात्रै खर्च भएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए ।
06/06/2026
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताउँनुहुँदै पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नरहेको बताएका छन् ।
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले राजनीति कस्तो हुनुपर्छ भन्ने विषयमा नयाँ बहस (डिस्कोर्स) सुरु भएको उल्लेख गर्दै जनताले विगतमा गलत भनेर आलोचना गरेका अभ्यासलाई निरन्तरता दिन नहुने बताए ।
“देशमा नयाँ राजनीतिक संस्कारको सुरुआत भएको छ । हिजो जुन राजनीतिक शैलीलाई गलत भनेर प्रश्न गर्यौं, त्यही शैलीमा राजनीति गर्ने छुट हामीलाई छैन,” उनले भने, “राजनीति बारेको बुझाइ र संस्कार दुवै बदल्न जरुरी छ । जुन दलहरूको काम गर्ने शैलीको हामीले विरोध गरेका थियौँ, त्यही शैलीलाई हामीले अपनाउनु हुँदैन ।”
सञ्चारमन्त्री तिमिल्सिनाले रास्वपाका हरेक सदस्यले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलियातन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने उहाँको भनाइ थियो ।
उनले प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले अघि सारेको सुशासन, पारदर्शिता र उत्तरदायित्वको दृष्टिकोणअनुसार सबैले देशका लागि योगदान दिनुपर्ने बताए । “कुनै व्यक्ति जिल्ला सभापति वा अरु कुनै पदमा हुनु मात्र ठूलो कुरा होइन, दल र देशका लागि कसले कति योगदान गर्न सक्छ भन्ने कुरा महत्त्वपूर्ण हो,” उनले भने ।
06/06/2026
ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ ।
ताराखोला गाउँपालिका–५ धस्मरस्थित निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका–३ निवासी २० वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो ।
डोजरबाट खसेको पाइपमा च्यापिँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा गलकोट नगरपालिका–३ हटियास्थित इमर्जेन्सी अस्पतालमा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणिन्द्रप्रसाद प्रसाईंले जानकारी दिए ।
डोजर चालकलाई नियन्त्रणमा लिइएको छ भने विकको शव सोही अस्पतालमा राखिएको छ ।
06/06/2026
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताए ।
आज र भोलि हुन गइरहेको पार्टीको जिल्ला अधिवेशनका सन्भर्दमा सामाजिक सञ्जालमा ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको बताए ।
“पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ”, सभापति लामिछाने भने ।
अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएको जनाउँदै उनले महाधिवेशन प्रक्रिया पार्टी जीवन, विधि, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने अवसर भएको बताए । “यसले हाम्रो आगामी यात्रालाई स्पष्ट दिशानिर्देश गर्नेछ”, उनले लेखेका छन् ।
रास्वपाको आज ३७ र भोलि २९ जिल्लामा अधिवेशन हुँदैछन् । रास्वपाको पहिलो महाधिवेशनको प्रक्रियाअन्तर्गत वडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् ।
पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सभापति लामिछानेले संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधि अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार भएको बताउनुभएको छ । लोकतान्त्रिक प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जाने उहाँको भनाइ छ ।
06/06/2026
पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूलाई साहित्यसँग सधैं नजिक महसुस गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै कालिंगी साहित्य महोत्सवमा आफ्ना जीवनका विविध अनुभवहरू सुनाएकी छन्।
काठमाडौंमा आयोजित कालिङ्ग साहित्य महोत्सवमा प्रमुख अतिथिका रूपमा बोल्दै कार्कीले महोत्सवमा सहभागी हुन पाउँदा आफूलाई दीपावली र दुर्गापूजाजस्तै गौरवको अनुभूति भएको बताइन्।
आयोजकहरूको निमन्त्रणापछि कार्यक्रममा सहभागी हुन सहर्ष स्वीकार गरेको उल्लेख गर्दै उनले यस्ता साहित्यिक कार्यक्रमले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्।आफ्नो व्यावसायिक जीवनबारे चर्चा गर्दै कार्कीले ३१ वर्ष वकालत पेशामा बिताएको, त्यसपछि न्यायाधीश र प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेको स्मरण गरिन्।
उनले संविधानले न्यायाधीशलाई कार्यकारी भूमिकामा जान निषेध गरेपनि देशमा शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गराउनुपर्ने आवश्यकता देखिएकाले अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी स्वीकार गरेको बताइन्।
उनले उक्त जिम्मेवारी चुनौतीपूर्ण भएपनि न्यायिक पृष्ठभूमिका सहकर्मीहरूको सहयोगका कारण निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सफल भएको उल्लेख गरिन्। त्यसबेला धेरै राजनीतिक दल र बुद्धिजीवीहरूले छ महिनाभित्र निर्वाचन सम्भव नठानेको भएपनि कठोर परिश्रमका कारण लक्ष्य पूरा भएको उनको भनाइ थियो।
06/06/2026
बालेन सरकार र उनका प्रवक्ता लक्षित खडका सरकारको कार्टुन
06/06/2026
भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
त्यस अवसरमा उहाँहरूले दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी तथा जनता–जनताबीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपालको दूतावासले जनाएको छ ।
परराष्ट्रमन्त्री खनाल आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार नयाँदिल्ली पुगेका छन् ।
06/06/2026
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ ।
आगामी असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदैछ । यसअघि, एसइई- २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार २५ गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताए ।
एसइईमा एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएकामा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने यकिन तथ्याङ्क प्राप्त भइनसकेको उनले बताए । ‘ग्रेड सि’ भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन् ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu
Kathmandu
00977