Dev Raj Sawad

Dev Raj Sawad

Share

I am young, energetic & self-respect person.

06/08/2026

आर्थिक सहयोगका लागि हार्दिक अनुरोध !!

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सदस्य तथा राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पत्रकार राजेन्द्र बिष्ट ज्यु स्वास्थ्य अवस्था गम्भीर भएका कारण हाल वीर अस्पताल, काठमाडौंको आकस्मिक कक्ष (ICU/Emergency Care) मा उपचाररत रहनु भएको छ ।
अस्पताल स्रोतका अनुसार उहाँको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भए पनि स्थिर रहेको छ। उहाँको उपचार दीर्घकालीन तथा जटिल भएकाले ठूलो आर्थिक स्रोतको आवश्यकता परेको छ। यस विषम परिस्थितिमा नेपाल पत्रकार महासंघका सम्पूर्ण सदस्यहरू,पत्रकार साथिहरू, विभिन्न पेशागत संघ-संस्थामा आबद्ध व्यक्तित्वहरू, शुभेच्छुक, शुभचिन्तक तथा सहयोगी ब्यक्तित्वहरूलाई आफ्नो सामर्थ्य अनुसारको आर्थिक सहयोग गरी पत्रकार बिष्टको उपचारमा साथ सहयोग प्रदान गरिदिन हुन हार्दिक अनुरोध छ ।
यहाँहरूको सानो सहयोगले पनि उहाँको उपचारमा ठूलो राहत पुग्न सक्छ। मानवताको यो कठिन घडीमा एकताको भावना प्रकट गर्दै सहयोगका लागि सबैमा हार्दिक अनुरोध गर्दछौं।
साथै पत्रकार राजेन्द्र बिष्टज्यूको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गर्दछौँ।

• नेपाल पत्रकार महासंघ
शाखा कञ्चनपुर

‘सरकारले नसुने सडक आन्दोलन नै हाम्रो अन्तिम विकल्प हुनेछ’ 19/07/2026

"सरकारले समयमै हाम्रो जायज मागहरूलाई सम्बोधन नगरे, सडक आन्दोलन नै हाम्रो अन्तिम विकल्प हुनेछ। संवाद र समाधान हाम्रो पहिलो प्राथमिकता हो, तर निरन्तर बेवास्ता भए आफ्नो अधिकारको संरक्षणका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य हुनेछौं।"

‘सरकारले नसुने सडक आन्दोलन नै हाम्रो अन्तिम विकल्प हुनेछ’ काठमाडौँ। शिक्षा मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको “शैक्षिक परामर्श सेवा, विदेश अध्ययन अनुमति पत्र तथा तय...

12/06/2026

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कारण विस्थापित भएका नागरिकहरूको माग यथाशीघ्र सम्बोधन गर्दै उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने एमाले सांसद कृपाराम राना ले माग गर्नुभएको छ। प्रभावित परिवारहरूको न्यायोचित पुनर्स्थापना, जीविकोपार्जनको सुनिश्चितता तथा राज्यको जिम्मेवारी निर्वाह गर्न सरकार गम्भीर हुनुपर्ने उहाँको धारणा रहेको छ।

01/06/2026

"राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाधीनताको प्रश्नमा पक्ष–विपक्ष हुँदैन, केवल राष्ट्रहित र राष्ट्रिय एकता हुन्छ। गल्ती स्वीकारेर सच्याउनु नै महानता हो। तर सत्य स्पष्ट भइसकेपछि पनि विभिन्न (कु)तर्कको आडमा त्यसलाई ढाकछोप गर्ने प्रयास किन? इतिहासले राष्ट्रहितभन्दा माथि व्यक्तिगत वा बाह्य स्वार्थलाई राख्ने लेन्डुप दोर्जेहरूको मूल्याङ्कन सधैं गरेको छ, र भविष्यले पनि गर्नेछ।"

शैक्षिक परामर्श संस्थामा धरपकड गर्दा देशको अर्थतन्त्रमा धक्का र पलायनको समस्या - मूलपत्र 28/05/2026

शैक्षिक परामर्श संस्थामा धरपकड गर्दा देशको अर्थतन्त्रमा धक्का र पलायनको समस्या - मूलपत्र काठमाडौं– ४ शैक्षिक परामर्श संघहरुले कन्सल्टेन्सीमाथि कारबाही अघि दर्ता तथा नवीकरणका लागि पर्याप्त समय दिन सरक...

20/05/2026

सरकारविरुद्ध महासंघको थप सशक्त दबाब अभियान !!

Photos from ECAN's post 17/05/2026
Photos from चितवने ठिटो's post 28/04/2026

Best wishes

Category

Address


Putalisadak Chowk
Kathmandu