Films Santosh

Films Santosh

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Films Santosh, Baneshwor, Kathmandu.

06/06/2026

बलिउड अभिनेता अक्षय कुमार एउटा सफल अभिनेता मात्र होइनन्, उनी आफ्नो अनुशासित जीवनशैली र फिटनेसका लागि झन् परिचित छन्। ५८ वर्षको उमेरमा पनि उनको ऊर्जा, फुर्तिलोपन र शारीरिक तन्दुरुस्ती देख्दा धेरै युवा समेत प्रेरित हुने गर्छन्। यसको मुख्य कारण हो-उनको नियमित दिनचर्या।

अक्षयको दिन बिहान ४ बजेतिर सुरु हुन्छ। अधिकांश मानिसहरू निदाइरहेका बेला उनी उठिसकेका हुन्छन्। उनी बिहानको शान्त वातावरणलाई अत्यन्त मन पराउँछन् र यही समयलाई आफ्नो शरीर र मनका लागि सबैभन्दा महत्वपूर्ण मान्छन्।

उठेपछि उनी केही समय आफूलाई केन्द्रित गर्न खर्च गर्छन्। त्यसपछि दौड, स्ट्रेचिङ, योग, साइकलिङ, स्विमिङ वा मार्सल आर्ट्सजस्ता गतिविधिमा सहभागी हुन्छन्। फिट रहनका लागि उनले कहिल्यै जिममा मात्रै निर्भर रहनुपर्ने आवश्यकता नरहेको बताउने गरेका छन्। उनका अनुसार शरीरलाई सक्रिय राख्ने जुनसुकै अभ्यास उपयोगी हुन्छ।

अक्षय विशेषगरी मार्सल आर्ट्सका पारखी मानिन्छन्। युवावस्थादेखि नै उनले विभिन्न प्रकारका मार्सल आर्ट्सको प्रशिक्षण लिएका थिए र आज पनि त्यसलाई आफ्नो फिटनेसको महत्वपूर्ण हिस्सा बनाएका छन्। उनका वर्कआउटहरू मांसपेशी बनाउने उद्देश्यका लागि नभई शरीरको लचकता, सहनशीलता र चुस्तता कायम राख्न केन्द्रित हुने गर्छन्।

बिहानको व्यायामपछि उनी पौष्टिक नास्ता गर्छन्। खानपानमा पनि अक्षय निकै सचेत छन्। अत्यधिक जंक फुड, ढिलो रातसम्मको खानपान र अस्वस्थ बानीहरूबाट उनी टाढा रहने प्रयास गर्छन्। उनले धेरै पटक सार्वजनिक रूपमा आफू राति चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानीले जीवनमा ठूलो सकारात्मक प्रभाव पारेको बताएका छन्।

फिल्मको व्यस्त छायांकन, विज्ञापन र विभिन्न कार्यक्रमबीच पनि अक्षय आफ्नो फिटनेस रुटिनलाई त्यो भन्दा धेरै प्राथमिकतामा राख्छन्। यही अनुशासनले उनलाई दशकौँदेखि बलिउडका सबैभन्दा फिट र सक्रिय कलाकारमध्ये एक बनाएको छ।

धेरै मानिसहरू फिटनेसका लागि महँगो जिम, सप्लिमेन्ट वा विशेष उपकरण खोज्ने गर्छन्। तर अक्षय कुमारको जीवनशैलीले एउटा सन्देश दिन्छ- स्वस्थ शरीरको आधार नियमितता, अनुशासन र स्वस्थ बानीहरू हुन्।

सायद यही कारणले ५८ वर्षको उमेरमा पनि अक्षय कुमार आजका युवा कलाकारहरूसँग प्रतिस्पर्धा गर्न सक्ने ऊर्जा र फिटनेस कायम राख्न सफल भएका छन्।

तपाईंहरु अक्षय कुमारको फ्यान हो ? हो भने यो कन्टेन्ट कस्तो लाग्यो कमेन्टमा लेख्नुहोस् है ? 👇

05/06/2026

समिर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’ले करिब १९ करोडको हाराहारीमा कलेक्शन गरेको थियो। यस फिल्मका निर्देशक समिर भट्टका बा विराज भट्ट हुन्।

अब आगामी दशैंमा रिलिजको तयारीमा रहेको यसको सिक्वेल ‘१२ गाउँ २’ले बक्स अफिसमा कति कमाउन सक्ला? 🤔

तपाईंको अनुमान कति? कमेन्टमा लेख्नुहोस् 👇🔥

Follow us 👉🏻 The Celebrity Times

05/06/2026

अभिनेत्री नन्दिता केसी ले मातृत्वपछिको आफ्नो भावनात्मक यात्रा सार्वजनिक गरेकी छन्। हाल अमेरिकामा बसोबास गर्दै आएकी नन्दिताले बच्चाको हेरचाह, हर्मोनल परिवर्तन, अनिद्रा र बुवा गुमाउनुको पीडाका कारण आफूलाई कतै हराएको महसुस गरेको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो शरीरले नयाँ जीवनलाई संसारमा ल्याएको भन्दै त्यसप्रति गर्व व्यक्त गरेकी छन्। साथै, स्वस्थ खानपान, अनुशासन र नियमित वर्कआउटमार्फत आफूलाई पुनः स्थापित गर्ने यात्रामा फर्किएको जानकारी दिएकी छन्।

उनले स्वस्थ मन र शरीर बिना परिवार र बच्चाको राम्रो हेरचाह गर्न नसकिने उल्लेख गर्दै सबैलाई आफूलाई माया गर्न कहिल्यै नछोड्न आग्रह गरेकी छन्।

The Celebrity Times

05/06/2026

यो वर्षको दशैं नेपाली फिल्म उद्योगका लागि निकै रोचक हुने देखिएको छ। अहिलेको अवस्था हेर्दा अनमोल केसीको ‘बाटुलो जून’, समिर भट्टको ‘१२ गाउँ २’ र पल शाहको ‘आ बाट आमा २’ एकै सिजनमा रिलिज हुने तयारीमा छन्। अरु १,२ वटा फिल्म पनि यसै मितिमा आउने लगभग पक्का जस्तै छ । तर, हामी युवापुस्तामा लोकप्रिय तिन सुपरस्टारको चर्चा पो गरेका हौं ।

नेपाली फिल्मका तीन चर्चित स्टार अनमोल, पल र समिरका फिल्म आमनेसामने हुँदा बक्स अफिसको प्रतिस्पर्धा पनि निकै चर्किने निश्चित छ। तीनै कलाकारको आफ्नै फ्यान बेस र बजार भएकाले दर्शकमाझ अहिलेबाटै कसले बाजी मार्ला भन्ने चर्चा सुरु भइरहेको छ। यस अगाडी १२ गाउंले १९ करोड हाराहारी र आ बाट आमाले ६/७ करोड हाराहारी कमाएको थियो ।

तर, दशैंमा तीन स्टारडमको पनि परीक्षा हो। दशैंको भीडमा कसले दर्शकको मन जित्दै बक्स अफिस कब्जा गर्छ, त्यो भने रिलिजपछि मात्रै थाहा हुनेछ। तपाईंहरु सुरुमा कुन फिल्म हेर्ने ? नाम लेख्नुस् है कमेन्टमा 😀👇

The Celebrity Times ❤️

05/06/2026

महानायक राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा सुनिने ‘सीमा पार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ एउटै अर्थमा बुझिने गरिए पनि यी दुई पूर्ण रूपमा फरक विषय भएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै हमालले सीमा अतिक्रमणका दुई फरक पाटा र देशलाई आवश्यक पर्ने नेतृत्वको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनको भनाइअनुसार सीमा पार अतिक्रमण सरकारभन्दा पनि स्थानीय नागरिकसँग जोडिएको हुन्छ। नेपाल र भारतबिचको खुला सीमाका कारण शताब्दीयौंदेखि दुवै देशका नागरिक व्यापार, खेतीपाती र सामाजिक सम्बन्धमा जोडिएकाले यस्ता समस्या आउने हमालले उल्लेख गरेका छन्।

नदीले धार परिवर्तन गर्दा, सीमा स्तम्भ हराउँदा वा क्षतिग्रस्त हुँदा र बस्ती विस्तार हुँदा यस्तो अतिक्रमण हुने उनको बुझाइ छ। यस्ता घटना नीतिगत नभई भौगोलिक निकटता र ऐतिहासिक परिस्थितिको परिणाम भएको हमालले बताएका छन्। उनले यसलाई रणनीतिक विस्तार नभई प्रशासनिक र स्थानीय समस्याको रूपमा अर्थ्याएका छन्, जसलाई संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट समाधान गर्न सकिन्छ।

तर, राज्य–प्रायोजित भू–अतिक्रमणको प्रकृति भने पूर्ण रूपमा फरक हुने हमालले दाबी गरेका छन्। कुनै राष्ट्रले विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्न प्रत्यक्ष रूपमा सक्रियता देखाउँदा यस्तो अतिक्रमण हुने उनले बताएका छन् ।

अरु हमालले के के लेखेका छन्, त्यसका लागि उनको फेसवुक पोस्ट भिजिट गरेर हेर्नुहोला है त ☺️

The Celebrity Times ❤️

05/06/2026

वरिष्ठ पत्रकार विजय कुमारसँग भेटपछि अभिनेका वीपिन कार्की खुसी देखिएका छन् । सामाजिक संजालमा एउटा सेल्फी पोस्ट गर्दै उनले यो भेटलाई निकै महत्वका साथ लिएको संकेत दिए ।

अभिनेता कार्की र पत्रका विजय कुमार बीचको भेटघाट औपचारिक भेटमा सीमित नरहेको वीपिनको पोस्टबाट संकेत देखिएको छ। भेटपछि अभिनेता कार्कीले यसलाई आगामी दिनमा सहकार्य र संयुक्त सिर्जनाको सम्भावनासँग जोडिएको विशेष अवसरका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार, यो भेटले भविष्यमा सँगै केही अर्थपूर्ण र स्मरणीय परियोजनामा काम गर्ने सम्भावनाप्रति उत्साह थपेको छ। उनले विजय कुमारजस्ता अनुभवी र सिर्जनशील व्यक्तित्वसँग सहकार्य गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको पनि बताएका छन्।

ल शुभकामना दुबैजनालाई 🙏

The Celebrity Times ❤️🙏

05/06/2026

हामी जति लेख्छौं, जति चिच्याउँछौं, त्यति नै आवाज हराएजस्तो लाग्छ। हात दुख्ला, घाँटी सुक्ला—तर पनि प्रश्न उस्तै छ, फिल्म उद्योग सुध्रेला कि न सुध्रेला?

हालै रिलिजको तयारीमा रहेको फिल्म ‘बाटुलो जुन’ मा अभिनेता भुवन केसीको एउटा महत्वपूर्ण सिन नै लिक भएको छ। गाडीभित्र बसेर खिच्न तयारी गरिएको दृश्यमा केसी टेक दिन लागिरहेको बेला, सेटभित्रैबाट कुनै व्यक्तिले मोबाइलमा भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिए । हामिले विहान पनि अर्को फिल्मको सिन लिक भयो भनेर कराइरहेका थियौं ।

यस्ता घटनाले तत्काल ठूलो आर्थिक घाटा नपुर्याउला, तर फिल्मको क्रिएटिभ प्रोसेस, सस्पेन्स र मेकिङको गोपनीयता भने गम्भीर रूपमा कमजोर बनाइरहेको छ। अझ छायांकनकै क्रममा यस्ता संवेदनशील सिनहरू लगातार बाहिरिनु भनेको समग्र फिल्म उद्योगकै लागि चिन्ताजनक संकेत हो।

यदि यस्तै लापरवाही र गैरजिम्मेवार व्यवहार रोकिएन भने, भोलि पोस्टर र प्रमोशनको लगानी पनि नउठ्ने अवस्था आउन सक्छ। अन्ततः हामी केवल हेर्ने दर्शक मात्र बन्नेछौं । 🙂

The Celebrity Times

05/06/2026

सोसल मिडियाको बढ्दो प्रयोगका बीच सम्बन्धहरूमा बढ्दै गएको दूरीबारे दीपा सिम्खडाले भावुक अभिव्यक्ति व्यक्त गरेकी छन्।

गायक अर्जुन सापकोटाकी पत्नीसमेत रहेकी सिम्खडाले सामाजिक सञ्जालमार्फत साझा गरेको लामो स्टाटसमा आजको पुस्ता २४ घण्टा अनलाइन भए पनि भावनात्मक रूपमा अफलाइन बन्दै गएको उल्लेख गरेकी छन्।

उनले रिल्स, स्टोरी र मोबाइलको अत्यधिक प्रयोगका कारण धेरै दम्पती तथा प्रेमी–प्रेमिकाबीच वास्तविक संवाद कम हुँदै गएको बताएकी छन्। सिम्खडाको भनाइमा वर्षौंपछि मानिसलाई सयौं रिल्स होइन, आफ्ना प्रियजनसँग बिताएका वास्तविक र भावनात्मक पलहरू नै याद रहने गर्छन्।

उनले सामाजिक सञ्जाल छोड्नुपर्ने नभई त्यसको प्रयोगसँगै आफ्ना प्रियजनका लागि पनि पर्याप्त समय छुट्याउनुपर्ने सन्देश दिएकी छन्। सिम्खडाको यो पोस्टलाई सामाजिक सञ्जालमा धेरैले मन पराएका छन् ।

The Celebrity Times ❤️

05/06/2026

महानायक Rajesh Hamal को दैनिक जीवनशैली र खानपानप्रति सधैं दर्शकको चासो रहँदै आएको छ।

हिजो राति करिब ८ बजे डिनर गरेका हमालले आज दिउँसो १ बजे लन्च गरेका छन्। उनको लन्च मेनुमा जुस, रोटी, अण्डालगायत हल्का तथा सन्तुलित खाना रहेको देखिन्छ। यो आजको सेड्युअल हैन, हमालको लन्च यसै समयमा यस्तै प्रकारको हुने गर्छ ।

लामो समयदेखि नै हमालले आफ्नो जीवनशैलीलाई अनुशासित र सरल राख्दै आएका छन्। उनको यो दैनिक रुटिनले धेरैलाई आकर्षित गर्ने गरेको छ।

तपाईंलाई महानायकको यस्तो लाइफस्टाइल कस्तो लाग्छ?

The Celebrity Times ❤️🙏

05/06/2026

मिठो सम्झना - सन् १९९७ देखि सन् २००३ सम्म अभिनेत्री शबाना आजमी राज्य सभाको सदस्य हुँदा एकपटक नेपाल आएकी थिइन् , त्यही वेला ललितपुरको यलमाया केन्द्रमा गायक शैलेश सिंह आफ्नो एल्बम उपहार दिँदै ! यहां प्रकाश सायमी पनि छन् ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Baneshwor
Kathmandu
44600