M.R Rajesh
(Jhapa Piuro)
/content number:100.
16/05/2026
पथरीशनिश्चरेको कुशलचोकबाट एक बोरा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ
२ जेठ / पथरी
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८कुशलचोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार शुक्रबार राति करिब ११ बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट कुशल बजारबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषध बरामत गरेको हो ।
प्रहरीले घरमा बोरामा प्याक गरेर राखिएको ट्रामाडोल २ हजार २ सय १० क्याप्सुल र स्पासपेन २ हजार ३ सय २० चक्की गरी जम्मा ४ हजार ५ सय ३० पिस लागूऔषध बरामद गरेको जनाएको छ ।
उक्त लागूऔषधसहित पथरीशनिश्चरे–८ निवासी २४ वर्षीय सुसन राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
05/05/2026
जग खन्ने क्रममा जिल्ला प्रहरी कार्यालय सल्यानमा ब म भेटिएकाे छ । हालसम्म ८६ वटा बम लगायत ब म बनाउन प्रयोग हुने सामाग्रीहरु फेला परेका छन् ।
05/05/2026
छेडाबजारबाट लागूऔषधसहित चारजना पक्राउ
जाजरकोटको छेडाबजारबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। नेपालगञ्जबाट जाजरकोटतर्फ जाँदै गरेका चार जनालाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरुमा नलगाड नगरपालिका–७ का २० वर्षीय सौगात सुनार, २३ वर्षीय नरेन्द्र सुनार, २६ वर्षीय भुपेन्द्र सुनार तथा वडा नं. २ का १८ वर्षीय नेत्र बहादुर सुनार रहेका छन्। #देशरैबार
04/05/2026
चोरीको मोटरसाईकल सहित मानिस पक्राउ ।
15/04/2026
🚨 देशभर लागूऔषधसहित १३ जना पक्राउ 🚨
देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूको विवरण यसप्रकार छः
📍 काठमाडौं (बालाजु)
➡️ सुदिप कालेकोटे (२२) – माछापोखरी, हाल बालाजु
📍 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
➡️ अजय सिंह (३१) – भारतीय नागरिक
📍 झापा (दमक)
➡️ मनिश श्रेष्ठ (२८) – दमक–९
➡️ राजु सुनुवार (३०) – दमक–९
📍 सुनसरी (धरान)
➡️ विधित विश्वकर्मा (२०) – धरान–१५
➡️ विकास विश्वकर्मा (२०) – धरान–१५
➡️ विश्व राई (२८) – धरान
➡️ शिव विश्वकर्मा (३५) – धरान–७
📍 सुनसरी (इटहरी)
➡️ युजिन श्रेष्ठ (२१) – भोजपुर घर, हाल इटहरी–६
📍 नवलपरासी (पश्चिम)
➡️ रामदिप थारू (२३) – पालिनन्दन–६
➡️ रामबचन यादव (२५) – पालिनन्दन–६
📍 ललितपुर (थसीखेल)
➡️ दिलिप कुमार गिरी (३७) – झापा घर, हाल ललितपुर
➡️ अजय गुरुङ (३७) – सुनसरी घर, हाल ललितपुर
🛑 प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
10/04/2026
तपाई विरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ?
सुनिश्चित गर्नको लागि एक पटक QR Code Scan गर्नुहोस् ।
#नेपालप्रहरी
04/04/2026
उर्लाबारी-३ मंगलबारेबाट ठूलो परिमाणमा लागूऔषध बरामद, दुई जना पक्राउ
२१ चैत / उर्लाबारी
इलाका प्रहरी कार्यालय उर्लाबारीले ठूलो परिमाणमा लागूऔषध तथा प्रतिबन्धित औषधिसहित दुई जनालाई पक्राउ गरेको छ।
शुक्रबार प्रहरी निरीक्षक नविन ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–३ केर्खाली चोकस्थित ललिता तामाङको घरमा डेरा गरी बस्दै आएका मोरङको पथरी शनिश्चरे नगरपालिका–८ बस्ने ४३ वर्षीय योगेन्द्र तुङहाङ र पथरी शनिश्चरे–४ बस्ने ४४ वर्षीय कमल बहादुर दाहाललाई पक्राउ गरेको हो। विषेश सूचनाका आधारमा उक्त स्थानमा छापा हानिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार उनीहरूबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ, गाँजा जस्तो देखिने वस्तु तथा विभिन्न प्रकारका प्रतिबन्धित औषधि बरामद गरिएको छ।
बरामद गरिएको लागूऔषधमध्ये कालो प्लास्टिकमा पोका पारिएको ब्राउन सुगर जस्तो देखिने ३ पोका पदार्थ प्लास्टिकसहित ४ ग्राम ३ सय ४० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम ७ सय मिलिग्राम खैरो लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै कालो प्लास्टिकमा पोका पारिएको १ पोका पदार्थ प्लास्टिकसहित ५ ग्राम ८ सय मिलिग्राम र प्लास्टिक बाहेक ५ ग्राम १ सय ९० मिलिग्राम सेतो लिसाइलो पदार्थ बरामद गरिएको छ।
यस्तै सेतो र पहेंलो प्लास्टिकमा पोका पारिएको २ पोका गाँजा जस्तो देखिने पदार्थ प्लास्टिकसहित २ केजी २७५ ग्राम र प्लास्टिक बाहेक २ केजी २३० ग्राम बरामद गरिएको उर्लाबारी प्रहरीले जनाएको छ।
त्यसैगरी विभिन्न प्रकारका प्रतिबन्धित औषधि पनि बरामद गरिएको छ। डाइसाइक्लोमिन हाइड्रोक्लोराइड (स्पासरेस्ट) लेखिएको २३५ पत्तामा २३५० गोटी, डाइसाइक्लोमिन हाइड्रोक्लोराइड (स्पासपेन फ्रि) लेखिएको २५२ पत्तामा २५२० गोटी, प्रोमेथाजिन हाइड्रोक्लोराइड (भोमिन–२५) लेखिएको ३५ पत्तामा ३५० गोटी तथा ट्रामाडोल हाइड्रोक्लोराइड (ट्रामोल–५०) लेखिएको ९५७ पत्तामा ९५७० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै डाइसाइक्लोमिन हाइड्रोक्लोराइड (रेरिस्पास–२०) लेखिएको ९३८ पत्तामा ९३८० गोटी, डाइसाइक्लोमिन हाइड्रोक्लोराइड (बरालमुन) लेखिएको ९४ पत्तामा ९४० गोटी, नाइट्राजेपाम (निट्जासेन–१०) लेखिएको ५९ पत्तामा ५८५ गोटी तथा एन्टिकोफ नामक ट्याब्लेट ३७ पत्तामा ३७० गोटी बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै रेडमी र भिभो कम्पनीका २ थान मोबाइल, सामसुङ
03/04/2026
धनुषामा फार्मेसी सञ्चालक लागूऔषधसहित पक्राउ :
धनुषा प्रहरीले ढल्केबरस्थित निको फार्मेसी सञ्चालक रामकुमार महतोलाई टापेन्टा, स्पासरेस्ट, डोवेल लगायत लागूऔषधसहित पक्राउ गरेको छ। तीन युवालाई पनि लागूऔषधसहित नियन्त्रणमा लिइएको छ।
19/02/2026
09/02/2026
प्रतिबन्धित औषधी Tramadol र Spaspain सहित २ जना मानिसहरु नियन्त्रणमा...
04/02/2026
काठमाडौँ आउँदै गरेकी रोशनी झापामा समातिइन्, सुरुवालका गोजिमा लुकाएर राखेकी चीजले पुर्यायो जे #ल !
काठमाडौँ आउँदै गरेकी एक युवतीलाई झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट नियन्त्रणमा लिएको छ। यति एयरलायन्सबाट काठमाडौँ आउने लागेकी हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
किन नियन्त्रणमा लिइयो ?
रोशनी यति एयरलायन्सको उडान नम्बर ९२६ बाट काठमाडौँ आउँदै थिइन्। विमानस्थलमा प्रवेश गरेपछि रेगुलर चेकजाँचका क्रममा उनको सुरुवालका गोजीमा १४४ ग्राम ४०० मिलिग्राम खै #रो हि #रो #इन फेला पर्यो। जससँगै उनलाई प्रहरीले नियन्त्रणमा लियो।
उनले दिएको बयानका आधारमा यता काठमाडौँमा उनलाई कुरेर बसिरहेका दुई जनालाई समत प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरुमा सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–५ का २१ वर्षीय थोर्मस तामाङ छन्।
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Website
Address
Nepal Morang Urlabari
Kathmandu
7